शनिबार शनीको दिन

शनिबार शनीको दिन पिपलबोटमा शनिको शान्तिको लागि परिक्रममा गर्ने । मन नास्तिकबाट पुरै आस्तिक तिर छछलकिँदो । मन एकाग्र भएको छ दिन पिपलबोटमा शनिको शान्तिको लागि परिक्रममा गर्ने । मन नास्तिकबाट पुरै आस्तिक तिर छछलकिँदो । मन एकाग्र भएको छ ।
आज चुनावको टटारोको माहोल । उपचुनावमा कार्यतालिका थियो । विजेता को होलान ? मेरो मन राजनीतिक कहुतुहलता तर्फ इंगित नभएपनी कता कता प्रसंगवश ध्यान अलिकती केन्द्रित अवस्य नै भएको होला ?
शनिवार मानिस सरसफाई र मिष्ठान्न भोजन तर्फ आकर्षित हुन्छ । फुर्सदीलो बन्छ । मनोरञ्जन तर्फ आकर्षित हुन्छ ।
केही पोष्ट भएछ । अनि कफि । अनि उही पुरानो दोकान । पुरानो पसल केही उतारचढाज हुन्छ । रौनकै अर्को ।
आज साइनो हेंरे । कोठाको परिदृश्य । आत्म सहानुभूति । विचमा तृप्तीसँग मुरलीधरको खटपट र आँखा जुधाइ । मैले होहल्लाका विच तालमेल मिलाउन सकिन । एकाहोरिएको नारीवाद लेख्ने जमर्को गरेकै हो तर अचानक मन तरङ्गित हुँदो रैछ । म नि पुरुष नै त हुँ । भावना र मष्तिस्क, अनुभुति का बीच श्रृजना । बार्तालाप नयाँ आयाम । समाचार कतैको टिप्नुपर्छ । पढाकु हुन विस्तारै तालमा ढुङ्गा हाल्नुपर्ला । पौडिन चुनौति नै होला ।
शनिबार शनिको दशा । यसै नी राहु र केतु राम्रो नभएको प्रतित । आग्रह र वेवास्ता अनि वसाई वाक्कलाग्दो । जसोकि दाडिमको रुखमा वस्न त पाइने तर दाडिम झर्दा नि केलाउन नपाइने । यसका फूलका वासनाले लठ्याएको ।  अनि चित्कार मानिसको । अनेकानन शब्दजाल । टकराब मिलन शून्य । विल्कुल हेराहेर । आज थुप्रै नौला काम र आलुचना नास्ता । तर घैँटोमा घाम लागेन । शनिबारको रित्तता ।
तर लक्ष्मीको शेष कालान्तरमा हुन्छ  भनि दुरदर्शनले बतायो । मन प्रफुल्ल होला  भनि मुस्कान आउला भनेको ।
यथार्थतामा जीवनको रास नारीवादमा नघोत्ली वस्तु र विनिमयमा समर्पीत हुने हो तर भय छ मौनता शरिरको कसै पुरुषले भंग पार्दा हुन ।
इतिहास नै हुँदो रैछ पठ्नीय विषयवस्तु । विद्यमान वर्तमान र भविष्य क्षितिज ।
आयमका बाटोमा ज्ञानबाट परिस्कृत हुन नयाँ अध्यायको नेटोमा समाहित हुने कि । नयाँ सामानको रोजाई गर्ने । या नयाँ साथि बनाउने । या नविन ठाउँ घुम्ने । सबै आवन्चित हुन्छन् साथि र पुस्तक बाहेक ।
क्षितिज मेरो विषयको परको कुरो हो ।
तर वर्तमान समयको परिचक्रमा जीवनको समयको काँटा प्रविधिमैत्री भएर घुमाउनु पर्ला । मलाई समयसँग चल्न गाह्रो छ । एकाध महिना समय अनुरुप चलियो  । ज्ञानि भइयो , ध्यानी पनि केही हदसम्म भैयो । अनुरुप केही फल मिल्यो पनि ।
तर इन्द्रिय र अरुले भनेका वाक्यचालमा मौलाएर दुर्विन यन्त्रले शुष्म रुपमा केलाउन सफल हुनु नयाँ दृष्टिकोण बनाउन थाल्नु छ । ढंग अनुसार खुला ज्ञानि बन्नुछ । समय अनुसार ज्ञानी पनि बन्नै पर्ला । अनि त मह हातमा पर्ला । नत्र शहरमा कहाँ शहरिया कहलिएला र ! फगत मान्छे त भएका छन् । ७ बार गन्ने अनि शनिबार कहिले भन्दै सुकुल गुण्डो भइयो भने । लक्ष्मीले सराप्लीन । सरस्वतीले कुम्भकुर्णलाई जीभमा निन्द्रा देलिन ।
अपहेलना, निचता र क्षणिक अर्थोपाजनले मानिसलाई बौलाहा बनाउँछ , मानिसको अन्तराल अन्धो बनाउँछ । रमाएर जीवन जीउन त भलै समस्याको संगालो र समय कटुवा बाहेक न उ ज्ञानमा दिपज्योलत हुन्छ । न त अर्थोपार्जन होला ।
सालौं साल गरिवीको छाँयाले उसलाई एक्ल्याउँछ । आवजले मन्त्रमुग्ध त बनाउँछ साथको रित्तोपनले उसलाई केही भोग मै आफ्नो जीवनको श्रेष्ठतम हावा दादा बनाउँछ । तर सामुन्नेको रित्तताको माहोलमा संगितको जुर्म सरह आभास पत्ता नलगाउने हो भने अनुहारमा क्रेज हुँदैन ।
कपोल्कल्पित तन्नेरी, बढापाका र दौतरीको उक्साहटमा साथ मिलाउन निसन्देह आवारगीको नमूना वन्दा कसो होला ? भनि सक्दछु । तर बन्नै सक्दिन । रिसाउँलान कोही । आ रिसाउन ।
आँखाको नसा हटाउनु छ । कुलत होलान त्याग्नु छ । स्वस्थकर बन्नु छ । पढाकु बन्नु छ । भौतिकवाद आत्मसात गर्नु छ । धर्म पनि त छोड्नु छैन ।
यो कुनै नीचता होइन । जीवनको परिुधिले स्नातोकोत्तरमा ल्याएर छोडेको छ । बाटो सङ्ग्याउँदै जानुछ । झेलिँदो मानिस र समाजमा समालिँदै सँगै अघि पाइला चाल्नु छ ।

Comments

Popular posts from this blog

कोशी पारी फलाँटका माधव खरेल काभ्रेबाट १६ वर्षको उमेरमा घरबाट भागी काठमाडौं

लङ्गुर बुर्जे जिवन, साउदी माना,पाना,आना

गीता सार !