Daily Routine

             आजको बिहानी तालिका अनुसारको थिएन । दैनिक चर्या कसैको पनि त तालिका अनुसार हुँदैन । तर तालिका अनुसार चल्ने को होला र ! पक्केै पनि नेपालमा तालिका अनुसार चल्न त सभ्रान्त परिवारमा हुर्किनु पर्ला ।
   खासै काम पनि केही छैन । अर्थोपार्जन गर्न मुस्किल छ । तर बिना पैसा जीयुन  पनि त चलाचउन गाह्रै पर्ला । भर्खर स्नात्तकोतरको जाँच सकिएको छ । धेरै बत्तिमा पढ्दा स्थिती तनावपूर्ण छ । साथिहरु त परिक्षाको बेला पनि ठट्टा गर्छन । तर मलाई त्यस्तो अफठ्यारो बेलामा मुखमा लाली छाउन गाह्रो पर्छ ।
सोच्दा पढेर के गर्ने । डिग्री हासिल गर्न त होनी  भन्ने कानमा आवज सुनिन्छ । हिजो सुमनसँग कुरा भयो । उसले भन्यो,“समिर तिमी एम.पि.ए किन ट्राई गर्दनौं । मैले त धेरै साथी सँग मिली त्रिभुवन विश्वविद्यालयमा टेस्ट दिएँ । यस्मा खर्च भर्नाको १७,०० र किताबको १६,०० पर्ने रहेछ । पढ्नमा अब्बल विद्यार्थी उनी । भन्दै थिए । मलाई यिस्पच दिन आउँछ । प्रेजेन्टेसन दिन्छु । अरुलाई बुझाउन पनि आँउछ ।  उनको धोको रहेछ नेपालमै सरकारी जागीर खाने । युरोप तिर बाहिर जाँदा मोटेलमा काम गर्नु पर्छ रे ! त्यसो त होटल रेष्टुरामा नेपाली विद्यार्थी वेटर, रिसेप्सनिष्ट भएर काम गर्दा पैसा त्यति हुँदैन अनि जिउ दुख्ने गरी काम गर्नु पर्दा तनाव बेस्सरी हुन्छ भन्ने भनाभन हाम्रो विचमा भयो । त्यही कुराकानी बीट मारियो । हिजोको दिन त्यसरी नै बित्यो ।
दुइ दिन भयो मेरो पढाईमा समस्या आएको । म स्तब्ध छु । निन्द्रा मात्र लाग्छ । तालिका बनाएको छु । तर कुम्भकर्ण भै हाल्छु । सायद सरस्वतीमाता म सँग रिसाइन । अलंकार गरेर मलाई लिनिन भने के होला ।
पैसा कमाउने योग छैन । न कुृनै काज .न कुनै काम । दाह्री पलाएको छ । काट्नु छ ।
बजार जान मन लाग्दैन खुद्रा व्यापार हुँदैन । कस्तो जात्रा ।
अन्योन्याश्रित सम्बन्ध छ पैसाको र मेरो । आर्थिक विचलन आएछी एस एल सी पछि बजारमा  बिताएँ । मानिसहरुको दलाली अनि बठ्याईले मेरो योवनलाई मात्र कुम्ल्याएन । झन गरिब बनायो । सायद यस गरिबीबाट पेट चिर्न अर्को मूलुकको बासस्थान सुकुम्बासी भएर रोज्नुपर्ने हो कि !
          हुनेखाने त पढ्न जालान आफ्नो खुट्टा श्रम गर्न गयो भने मानसिक रुपमा विचलन हुने हो कि शारिरीक के होला ? लेखाजोख गर्न गाह्रै पर्छ ।
                  आज के गरेर बानि लगाउनु अध्ययन गर्न सायद डायट समयमै लिनुपर्ने होला कि । प्राकृतिक दर्शन गर्न कतै जाउँ ।
दैनिकी खासखुस र कुराकानीबाट आजित काठमाडौं शहरबाट ४÷५ दिन पर रहेर फर्किदाँ मानिस निकै सुखी हुन्छ । उ मानसिक तनावबाट टाढा हुँदो हो । उसको खुट्टा टक्टकिदो हो । तर डर लाग्छ घर परिवार अन्योल गरि रिसाउँछन काम बाट त्यसै टाढा भाग्दा । बरु कुर्सीमा बस्नु दोकानमा कसैलाई पर्खेर कसैलाई फेसबुकमा सम्झेर के गर्ने । काठमाडौंको चालचलन यस्तै त होनी । ब्यस्त सडक बागबजारको कथा ।
            तालिका बनाउँछु पालना हुँदैन मन रुन्छ । शारिरीक व्यायाम त गर्नै पर्छ । 
 

Comments

Popular posts from this blog

कोशी पारी फलाँटका माधव खरेल काभ्रेबाट १६ वर्षको उमेरमा घरबाट भागी काठमाडौं

लङ्गुर बुर्जे जिवन, साउदी माना,पाना,आना

गीता सार !