छगु छिपी डक खिँए जी नेवा इपी बर्मु जिपी सेँ वो टरिम वो याक जी चिगु छ च्याट जी दनेगुलु छ पासा जी किसी छिपी नासा झिपी डँक नेपाली हँ छ सु जी ला याक जी नास्पति वो फसी जी मिचा छन्ट ला लौसी ज्यू कि मजु छँगु भाग चिग जिगु टग छन्ट ठूली ड ला य कासाका ठो जिगु बुःख छ मनैनी वो च्याट छ बुट ज्यू ला मज्यु सा छ ये याक नी छ नेवा खः जी ला तामांग हे हे । बर्मु बाजे छुयाट आगास ज्वना झव्याट जुल की मजुनी जसा ढाये जी ला मन्यना ढायबी ठो ये सन्देश प्रचार या ज्यु ला मिडिया डक जी सुन्तला छ बदाम छगु टुटी झिगु शिलन्यास खला मजुनी ठो ये नाटक झिगु निती जि ह्यामु छ ग्या छ सो उइट ख्याल ख्याल या । खाइला बी ए मा छु न मालुम भए । वे भिसा मरुनी ढा झिगु देश झिगु सरकार जय गणतन्त्र जय देश जय नरेश
Posts
- Get link
- X
- Other Apps
वयस्कमा के गुण होलान ? संसारमा मानिस जन्मेपछि आफ्नै लागि खुरुक्क विपत्ति निम्त्याएको हुन्छ । शिशु अवस्था पछि उ समाजिक बन्धनमा हुन्छ । समाज र उसको पारिवारिक स्थिती, उसले पाउने ज्ञान, धर्म, संस्कृति, संस्कार, आचरणमा वाधिँदै उ समाजमा भौतिकवादी बन्नै पर्ने हुन्छ । त्यसपछि १६ र १७ को वैंसमा उसले राजनीतिक आवरण बोेक्नै पर्ने हुन्छ । उसको देशको राजनैतिक तरंग कस्तो छ ढलिमुली भएपनि उ त्यससँग नचाहाँदै नचाहाँदै पनि उ परिष्कृत बन्दै जानेछ । समाजका विभिन्न अपारदर्शी र पारदर्शी ऐनाले उसलाई आँफै लतारिएको महशुस एक ढंगले गराउँदैन । तर उसको चरित्रमा भने हावी हुँदो हो । हरेक शिशु वयस्क बन्दा उ कस्तो किसिमको बनिसकेको हुँदो हो यी कुरामा प्रत्याभूत गर्न गाह्रो अवस्य छ । सामाजिक क्रान्ति, भौतिक समाज, शैक्षिक योग्यता, विदेश मोह, संचार, पत्रपत्रिका, र छापामा छापिन...
- Get link
- X
- Other Apps
यात्रा कुरा संवेदना र भावुकताको होला ? मानसपटलमा अनेकौं अन्जानिदा शब्दका बिच राजधानीका ठाउँमा रुमल्लिने बानी हाम्रो । मेरो स्थिती पनि निकै बेरसम्म यही रहयो । करिब करिब ४८ महिना काम गर्दा अनेकौ धारणा का बिच आफैं एक्लै हराइएको महशुस भयो । कता जाने कता वातावरणीय स्वतन्त्रतामा आफू मौन हुने अनि निरन्तर यात्राको महसुस गर्ने । कानमा गुजुर गुजुर गर्ने अनेकान शब्द लाई सुइकुच्चा ठोक्ने उपाय त्यही एउटै हो । त्यसो हुनु भनेको मेरो मनमा कल्पना शक्ति पलाउनु पनि हो । साथै सरर बग्ने हावा तथा दृश्यहरुको समायोजनले फुरुंग पार्दै जाने एउटा अचुक उपाय नि हो । सायद म, तपाई, हामी सबै यसै किसिमका रोग बाट अनेकानन दिन बाट ग्रसित हुन्छौं होला । समय काम गर्दै जाँदा अनेकानन दिन बित्छन र प्राय बित्छन पनि । कम्तिमा पनि महिनाको १ पटक त काठमाडौं छाडी बाहिर घुम्न जानै पर्ने रहेछ । त्यही कुरा बुझि म पनि चितवन हुँदै ताप्लेजुङको लागि गएँ । यात्रामा एक लिम्बू साथी भेटियो । भर्खर साउदीबा...
नाना थरीका सन्तान
- Get link
- X
- Other Apps
सन्तोष कवि हो । उ नपुङ्सक तर सवैले भन्ने सुन्ने दार्शनिक, चित्रकार, घुमिरहन मनपराउने , प्रकृतिप्रेमीे र अनुसन्धानकर्ताको रुपमा चिन्दथे । सारा जीवनमा उसले एउटा पनि कविताको हरफ लेखेको थिएन । मुनामदन त कविता हो तर मदनमुना लाई यसको पयार्य मान्न सकिँदैनथ्यो । तर जे भए ता पनि सन्तोष त कवि नै हो नि ? सन्तोषको खुबी, उसले मसि र कपि झिकेर लेखेपछि सहर भरी उसकै कविताको चर्चा परिचर्चा हुन्थ्यो । सन्तोषको सहरमा पढाइकोे शोक यस्तो थियो कि जस्तो कुनै स्त्रीले ऐना हेर्नु जस्तो ? वा कहिँ, नभएको चुट्एिको खेलौनाको हात हेरेर तिन छक्क पर्ने बानी भएको नवजात विद्यार्थी जस्तो । बास्तवमा सहरमा पढ्ने बानी चिडीयाखानामा बाधिँएका जनवारलाई हेरी तिनीहरुको चालचलन लेख्नु जस्तै थियो । सहर पनि ढुङगा र मोटर, धेरै किसिमका मानिस विभिन्न जातका मानिस, एउटा अनौठो जातको प्राणि उ । तीन हजार कोष पर उत्तर र दक्षिण, पूर्व र पश्चिम सन्तोष कविको रुपमा घुम्थ्यो । र सहरमा लामो सास फेथ्र्यो । उ धुलाम्य सडकमा, कारमा र जे भए ता पनि । तर जब उ न्यूरोडमा हुन्थ्यो र हल्ला खल्ला खास खुस सुन्थ्यो । ओहो उ छक्क पर्थो ? र सरकारी अफ...
- Get link
- X
- Other Apps
कौशीमा देखीए तारा, भने हामी चम्किन्छौं । हामी लुक्छौं हामी चम्किन्छौं । कहाँ छ मिल्की वे ग्यालेक्सी भने म ब्लिँक हुन्छु मलाई गन भने जस्तो लाग्यो केही समयपछि तँ नहेर भने हेर्नै छाँडे । घरको बार्दलीमा चिरबिर चरा उड्यो अनि टाउको हल्लायो हामी उडछौं । बिहानको ४ः बजे भाले डाक्यो सुस्ताएको निदरीले उठाएर भन्यो त्यो विहानीको स्वाद तैले थाहा पाइस् । बट ह्वाई, म २४ घण्टा उठ्छु तर मेरा कोल्डस्टोरमा भएका सबै साथी सधैं विहान मै काटिसक्छन् । त पनि यसको भागिदार होस किनकी २ पाउण्ड मासु तैले हिजो ल्याउनै मिल्ने थिएन । हामी तलाई मनमा कहिले दिने शितलता दिने छैनौं । यो चरा, कुखुरा र अन्य पशुवलीको विनाश हो । र तेरो पखेटा हामीले मिलि काटिसकेका छौं । उड्न तलाई गाह्रो छ ।
- Get link
- X
- Other Apps
ऐना, बन्द कोठा अनि क्षितिज २०७१ साल फागून १६, वेजोडले पानी पर्दैछ कोठा बाहिर । आज पनि मन तन त्यही छ तर आफू आज विस्तरामा छुइन । कठ्यांिग्रदा दिन गए पनि आजको चिसोले पक्कै हल्का शरिरलाई स्फूर्ति बढाइदिएको छ । विचार आज पनि नौला छन । तर विचारका आयाम र सोच हिजोको जस्तै जुर्मुराएका छन् । खानकी पुगेकै छ । दुई छाक खान लाउन पुगेको छ । काम त्यही छ दै छ टाइपिंग अझ विशिष्ट भाषामा भनौ भने क्तभलयनचबउजभच को । यसो सोचेँ राजनीतिसँग नजिकबाट नटासिए पनि टाढा नजिकका राजनीतिक तरंगहरु घनिभूत रुपले देख्न सुन्न पाइन्छ । वास्तवामा के हो ? राजनीति । समाजमा नयाँ विचार होस अनि नयाँ परिवर्तन होस अनि नयाँ नयाँ अविस्कार के त्यही हो राजनीति ? मेरो ज्ञानमा केही घुस्दैन न मलाई हिसाव आउँछ, न कुनै सुत्र नै । विज्ञानले संसारलाई नयाँ उचाईमा पुर्याएको छ । तर मेरो मन मस्तिष्कमा जेरो फिगरको कालो सन्त्रास छ । संसारले अमेरिकालाई साम्राज्यवादी, चिनलाई फाँसीवादी, भारतलाई विस्तारवादी, मुस्लीम देशलाई उग्रवादी, रुसलाई विस्तारवादी अनि युरोपलाई संकिर्ण सोच भएका वस्तुव...