Posts

                   यात्रा                कुरा संवेदना र भावुकताको होला ? मानसपटलमा अनेकौं अन्जानिदा शब्दका बिच राजधानीका ठाउँमा रुमल्लिने बानी हाम्रो । मेरो स्थिती पनि निकै बेरसम्म यही रहयो । करिब करिब ४८ महिना काम गर्दा अनेकौ धारणा का बिच आफैं एक्लै हराइएको महशुस भयो । कता जाने कता वातावरणीय स्वतन्त्रतामा आफू मौन हुने अनि निरन्तर यात्राको महसुस गर्ने । कानमा गुजुर गुजुर गर्ने अनेकान शब्द लाई सुइकुच्चा ठोक्ने उपाय त्यही एउटै हो । त्यसो हुनु भनेको मेरो मनमा कल्पना शक्ति पलाउनु पनि हो । साथै सरर बग्ने हावा तथा दृश्यहरुको समायोजनले फुरुंग पार्दै जाने एउटा अचुक उपाय नि हो । सायद म, तपाई, हामी सबै यसै किसिमका रोग बाट अनेकानन दिन बाट ग्रसित हुन्छौं होला । समय काम गर्दै जाँदा अनेकानन दिन बित्छन र प्राय बित्छन पनि । कम्तिमा पनि महिनाको १ पटक त काठमाडौं छाडी बाहिर घुम्न जानै पर्ने रहेछ ।  त्यही कुरा बुझि म पनि चितवन हुँदै ताप्लेजुङको लागि गएँ । यात्रामा एक लिम्बू साथी भेटियो । भर्खर साउदीबा...

नाना थरीका सन्तान

सन्तोष कवि हो  । उ नपुङ्सक तर सवैले भन्ने सुन्ने दार्शनिक,  चित्रकार, घुमिरहन मनपराउने , प्रकृतिप्रेमीे र अनुसन्धानकर्ताको रुपमा चिन्दथे । सारा जीवनमा उसले एउटा पनि कविताको हरफ लेखेको थिएन । मुनामदन त कविता हो तर मदनमुना लाई यसको पयार्य मान्न सकिँदैनथ्यो । तर जे भए ता पनि सन्तोष त कवि नै हो नि ? सन्तोषको खुबी, उसले मसि र कपि झिकेर लेखेपछि सहर भरी उसकै कविताको चर्चा परिचर्चा हुन्थ्यो । सन्तोषको सहरमा पढाइकोे शोक यस्तो थियो कि जस्तो कुनै स्त्रीले ऐना हेर्नु जस्तो ? वा कहिँ, नभएको चुट्एिको खेलौनाको हात हेरेर तिन छक्क पर्ने बानी भएको नवजात विद्यार्थी जस्तो । बास्तवमा सहरमा पढ्ने बानी चिडीयाखानामा बाधिँएका जनवारलाई हेरी तिनीहरुको चालचलन लेख्नु जस्तै थियो । सहर पनि ढुङगा र मोटर, धेरै किसिमका मानिस विभिन्न जातका मानिस, एउटा अनौठो जातको प्राणि उ । तीन हजार कोष पर उत्तर र दक्षिण, पूर्व र पश्चिम सन्तोष कविको रुपमा घुम्थ्यो । र सहरमा लामो सास फेथ्र्यो । उ धुलाम्य सडकमा, कारमा र जे भए ता पनि । तर जब उ न्यूरोडमा हुन्थ्यो र हल्ला खल्ला खास खुस सुन्थ्यो । ओहो उ छक्क पर्थो ? र सरकारी अफ...
कौशीमा देखीए तारा, भने हामी चम्किन्छौं । हामी लुक्छौं हामी चम्किन्छौं । कहाँ छ मिल्की वे ग्यालेक्सी भने म ब्लिँक हुन्छु मलाई गन भने जस्तो लाग्यो केही समयपछि तँ नहेर भने  हेर्नै छाँडे । घरको बार्दलीमा चिरबिर चरा उड्यो अनि टाउको हल्लायो  हामी उडछौं । बिहानको ४ः बजे भाले डाक्यो सुस्ताएको निदरीले उठाएर भन्यो त्यो विहानीको स्वाद तैले थाहा पाइस् । बट ह्वाई, म २४ घण्टा उठ्छु तर मेरा कोल्डस्टोरमा भएका सबै साथी सधैं विहान मै काटिसक्छन् । त पनि यसको भागिदार होस किनकी २ पाउण्ड मासु तैले हिजो ल्याउनै मिल्ने थिएन । हामी तलाई मनमा कहिले दिने शितलता दिने छैनौं । यो चरा, कुखुरा र अन्य पशुवलीको विनाश हो । र तेरो पखेटा हामीले मिलि काटिसकेका छौं । उड्न तलाई गाह्रो छ ।

Steps

when you walk on the way to go you feel ashamed coz you are innocence when you walk you you feel afraid you may exhausted of faces when you walk you feel fatigue you may have never walked... Today I walked more steps I feel relaxed coz its long before I walked
 ऐना, बन्द कोठा अनि क्षितिज २०७१ साल फागून  १६, वेजोडले पानी पर्दैछ कोठा बाहिर । आज पनि मन तन त्यही छ तर आफू आज विस्तरामा छुइन । कठ्यांिग्रदा दिन गए पनि आजको चिसोले पक्कै हल्का शरिरलाई स्फूर्ति बढाइदिएको छ । विचार आज पनि नौला छन  । तर विचारका आयाम र सोच हिजोको जस्तै जुर्मुराएका छन् । खानकी पुगेकै छ । दुई छाक खान लाउन पुगेको छ । काम त्यही छ दै छ टाइपिंग अझ विशिष्ट भाषामा भनौ भने क्तभलयनचबउजभच को ।        यसो सोचेँ राजनीतिसँग नजिकबाट नटासिए पनि टाढा नजिकका राजनीतिक तरंगहरु घनिभूत रुपले देख्न सुन्न पाइन्छ । वास्तवामा के हो ? राजनीति । समाजमा नयाँ विचार होस अनि नयाँ परिवर्तन होस अनि नयाँ नयाँ अविस्कार के त्यही हो राजनीति ? मेरो ज्ञानमा केही घुस्दैन न मलाई हिसाव आउँछ, न कुनै सुत्र नै । विज्ञानले संसारलाई नयाँ उचाईमा पुर्याएको छ । तर मेरो मन मस्तिष्कमा जेरो फिगरको कालो सन्त्रास छ ।     संसारले अमेरिकालाई साम्राज्यवादी, चिनलाई फाँसीवादी, भारतलाई विस्तारवादी, मुस्लीम देशलाई उग्रवादी, रुसलाई विस्तारवादी अनि युरोपलाई संकिर्ण सोच भएका वस्तुव...
                                         अनिश्चित गन्तब्य          मैले विरगंज नै जाने अठोट गरेँ । कसैको अपसोच थियो त घरको बुढी कै ? मीठो मसिनो चामल अनि उनको माया । राति सिमसिमे पानी पर्दै थियो ? कलंकीबाट विरगंज त्यही नौ दश घण्टाको रफतार । फेरी हतासको यात्रा विरानो, कताको मोड हो अत्तो न पत्तो । जेसुकै होस घुमौ न त । काउन्टरमा गफगाफ गरिदैं थियो एउटी युवतिसंग परिचय भयो । उनको रुप, कलिलो काक्रो जस्तै । बोल्न संकोच मानी मानी बोलँे । उनको नाम रहेछ मनिषा । रहिछिन इलामेलि, जान लागेकी धरान । खाजाको अफर राखु भनेको, उनले खाजा खाइसकेकी रहिछिन् । उनको चक्षु मृगनयनी । अनुहार गहुँगोरो चेप्टो परेको अनुहार । मलाई कुनी के को हावा लाग्यो म त्यसै उनीसंग मोहित भएँ । यात्रा अनेक हुन्छन् । वियोग, संयोग, विछोड, मिलन, तृष्णा, क्षितिजको । यस्तै यस्तै यात्रा त क्षितिज कै भ...
विचार र संदेश पयार्यवाची शब्द हुन् । अन्तरंग, परस्पर कुराकानी वा भाषण सबै अन्र्तनिहित धारणा हुन भन्दा गाह्रो हुन्छ । साहित्य श्रृजना हो । वाक्यका चाल अनि त्यस माथिको विवेचना र प्रस्फूटन हुने मानवीय संवेदना बुझ्न गाह्रो हुन्छ शव्दका भावहरु किल्ष्ट नहुँदा ।     कविता,लेख, कथा, नाटक, पुष्तकमा समेटिएका कुरा ग्रहण गर्न र त्यसमा समाहित भई यथार्थमा ढाल्न अत्युक्ति नहोला । मैले दन्ते कथाहरु सुनेथे र पहिलो  कविता लेखेथेँ । भोजबहादुर । साहित्य र श्रृजना अन्तरंगबाट प्रकट हुने व्यंगविनोद हुन् । रातारात जसरी कोही माथी पुग्दैन । त्यसरी नै शाहित्यमा म दिग्गज छु भनी कसैले भन्दैन ।     शाहित्यकारहरु थुप्रै छन् जो अटल प्रयासबाट धेरै समयपछि माथि पुगेका छन् ।