यही मंसिर महिनामा पूर्वाधार सम्मेलन आयोजना हुने भएको छ । सम्मेलनमा उर्जा, भौतिक पूर्वाधार, सहरी विकास र यातायात गरी १२ वटा सूचीमा छलफल गरिने बताइएको छ । कार्यक्रममा कानुनी दृष्टिकोणबाट नेपालमा लगानी गर्न स्वदेशी तथा विदेशी लगानीकर्ताका लागि उपयुक्त वातावरण निर्माण भएको छ की छैन आवश्यक सम्भाव्यता के छ र लगानी मैत्री छ कि छैन भन्ने विषयमा छलफल गरिने बताइएको छ । ‘उत्थानशील भविष्यका लागि निर्माण’ नारा सहित उद्घाटन हुने छैटौं संस्करणमा यसपालि नेपाल सरकार अन्र्तगत पूर्वाधार विकास मन्त्रालयले कार्यक्रमको आयेजना गर्ने बताइएको छ । कार्यक्रम नेपाल उद्योग परिसंघ, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल निर्माण व्यवसायी महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाली युवा निर्माण व्यवसायी को सह आयोजनामा हुने भएको छ । कार्यक्रममा खासगरी नेपालमा भित्रने विकास आयोजना तथा प्रविधि मैत्री उद्योगको वस्तु स्थितीहरुको मापन गरिने बताइएको छ ।