www.smoonsharma.blogspot.com

Monday, March 30, 2026

मौसम परिवर्तन सँगै वर्षा


पश्चिमी मौसमको प्रभाव र स्थानीय वायुको प्रभाव तेज देखिएको छ । जसको प्रभावले देशका हिमाली तथा पहाडी भागमा बादल लागेको छ ।

मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान शाखाले देशका कर्णाली र पश्चिम नेपालका केही भूभागमा मेघ गर्जन र चट्याङ्का साथ पानी परिरहेको बताएको छ ।

विभागको अनुसार यी स्थानमा आज दिउँसो पानी पर्ने र देशको तराई भू–भागमा पनि हल्का वर्षा हुने सम्भावना रहेको प्रकाशमा पारेको छ । 


नेपाली चलचित्रमा एआईको प्रयोगबारे प्रशिक्षण


चलचित्र क्षेत्रलाई उज्जल बनाउने हेतुले कला संयोजनमा प्राकृतिक बौद्विकताको पहल हुने बताइएको छ ।

चलचित्र विकास वोर्ड र नेपाल एआइ फिल्म एलायन्स 

(नाइफा)बीच भएको एक समारोहमा नेपाली चलचित्रका २०० भन्दा बढि प्राविधिक र कलाकारहरुको उपस्थिती रहेको बताइएको छ । 

चावहिल स्थित चलचित्र विकास वोर्डको प्रेक्षालयमा अध्यक्ष दिनेश डिसीले नेपाली चलचित्रमा एआईको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।

यस्तै नाइफाका अध्यक्ष करुण थापाले एआईले चलचित्रलाई सम्मून्त बनाउने र यसको लागि कार्य थालनि गरिइसकेको बताए ।

उनले सिनेमा एक उद्योग भएको र यसलाई पर्याप्त जनशक्ति र प्रविधि चाहिएको उजागर गर्दै हाल इन्टरनेट र उपकरण प्रयोग गरी झिनो समयमा कार्य समापन गर्न सकिने पनि उल्लेख गरे ।





व्रिज कोर्ष र तयारी कक्षामा पावन्दी


शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले विभिन्न कक्षा र उच्च शिक्षाका नाममा हुने व्रिज कोर्ष र तयारी कक्षा पूर्ण रुपमा प्रतिबन्ध लगाइने बताएका छन् ।

२०८३ वैशाख १ उपरान्त यस्ता कक्षाहरु सञ्चालन भएमा सरकारी ऐन र कानून उपर शिक्षण संस्थाहरुलाई कार्वाही गरीने बताइएको हो ।

मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, यस्ता कार्यको आयोजनाले विद्यार्थी तथा अभिभावकलाई आर्थिक वोझ पर्न जाने उल्लेख गरिएको छ । 


नेपाली काङ्ग्रेस संस्थापन पक्षको बैठक आव्हान

निर्वाचन र नयाँ सरकारको कार्यान्वयन पछि पछिल्लो पटक नेपाली काङ्ग्रेस संस्थापन पक्षले आगामी मंगलबार अधिवेशन बोलाएको छ ।


विशेषत गौरीबहादुर कार्की आयोगका दोषी निवर्तमान प्रधानमन्त्री के.पी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक र पूर्वमन्त्री दिपक खड्काको पक्राउको विषयलाई पार्टीले कसरी सम्बोधन गर्ने भन्ने विषय उल्लेख रहने पार्टीको अनुशासन समितिले बताएको भनिएको छ । साथै फागून २१ गते भएको निर्वाचनमा नेपाली काङ्ग्रेसको सहभागीता र परिणामको बारेमा समेत छलफल गरीने बताइएको हो ।


Sunday, March 1, 2026

नेपाली काङ्ग्रेस र (बीपी) काङ्ग्रेस समाहित

 नेपाली काङ्ग्रेस र (बीपी) काङ्ग्रेस समाहित भएको छ । आइतबार दुई पार्टी बिच एकता भएको बुझिएको हो । कांग्रेस सभापति गगन थापा र बीपी कांग्रेसका सुसीलमान श्रेष्ठ बीच घोषणा पत्रमा हस्ताक्षर भएको हो । परिवर्तन, लोकतन्त्र, राष्ट्रिय एकता तथा जनअधिकारको संरक्षण र सुदृढीकरणका लागि प्रतिबद्ध रहेको उल्लेख गर्दै जारी वक्तव्यमा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै उक्त निर्णय गरिएको जनाइएको छ । 


कांग्रेसले विशेष महाधिवेशनमार्फत ‘बदलियो कांग्रेस, बदल्छौँ देश’ भन्ने संकल्प अघि सारेको सन्दर्भमा एकीकरणको निर्णय गरिएको सहमतिपत्रमा उल्लेख छ ।

Tuesday, February 3, 2026

औद्योगिक विकासको लागि जापानी सहयोग


सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले जापान भ्रमणको क्रममा नेपाल जापानको सधैं हितैशि रहेको र जापानी उद्योग नेपालमा प्रवद्र्वन गर्न नेपाल सधैं उद्वत रहेको र पूर्ण सुरक्षाको ग्यारेण्टी दिइने औंल्यानु भएको छ । 

उहाँले नेपाल र जापानबीच धार्मिक एकता रहेको पनि प्रकाश पार्नु भएको छ ।

भ्रमणमा उहाँले नेपालमा बुद्व जन्मेको र बौद्वमार्गीहरुलाई नेपाल पर्यटकीय दृष्टिकोणले अति लाभदायक भएको बताउनु भएको छ ।

नेपाल जापानबीचको ७० वर्ष कुटनैतिक सम्बन्ध रहेको सन्दर्भमा आयोजित एक सम्मेलनमा बोल्दै उहाँले कृषि र जलश्रोत जस्ता आयोजनामा जापान सरकारको उल्लेखनिय सहयोग रहेको र सामाजिक न्याय, सुशासन र जनताको समृद्विमा आफू सधैं कटिबद्व रहेको बताउनु भएको छ ।

कार्यक्रममा जापानका लागि नेपालका कार्यवाहक राजदूत हरिहरकान्त पौडेल, परराष्ट मन्त्रालयका  सचिव अमृत राई र सहसचिव भृगु ढुङ्गानाको पनि सहभागिता रहेको बताइएको छ ।  


निर्वाचन आयोगको कालोसूचीमा परेका उम्मेदवारहरु


निर्वाचन आयोगले ७६ जना उम्मेदवारको नाम कालोसूचीमा राखेको छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका

अनुसार वन्द सुचीबाट निम्न व्यक्तिका उम्मेदवारहरुलाई हटाएको बुझिएको छ ।

कालोसूचीमा परेकाहरु

(बसुन्धरादेवी चौधरी, आम जनता पार्टी र जनादेश पार्टी नेपालका संयुक्त उम्मेदवार

(रहेना खातुन, आम जनता पार्टी र जनादेश पार्टी नेपालका संयुक्त उम्मेदवार

(लक्ष्मीदेवी शाह, आम जनता पार्टी र जनादेश पार्टी नेपालका संयुक्त उम्मेदवार

(कमला खत्री, जनता समाजवादी पार्टी

(हिरोइनकुमारी शाह, जनमत पार्टी

(गजेन्द्रकुमार मेहत्ता, जनमत पार्टी

(मोहमद असदुल्लाह, जनमत पार्टी

(सुमित राई, जय मातृभुमि पार्टी

(राजु मिजार, जय मातृभूमि पार्टी

(प्रीति गुप्ता पटेल, जय मातृभूमि पार्टी

(लक्ष्मी श्रेष्ठ, नागरिक शक्ति

(जाहेरा बानु, नेपाल कम्युनिष्ट पार्टी माओवादी

(प्रतिमादेवी यादव, नेपाल जनता पार्टी

(सुनितादेवी दास, नेपाल सद्भावना पार्टी

(भुवन औजी, मितेरी पार्टी

(गायत्री राई, मितेरी पार्टी

(सुनिता पौडेल, मितेरी पार्टी

(दीपक चौधरी, राष्ट्रिय एकता दल

(विकाराम चौधरी, राष्ट्रिय जनमोर्चा

(सुनिताकुमारी कुर्मी, राष्ट्रिय जनमोर्चा

आयोगको जरिवाना नबुझाउने

(राजदेव राम, राष्ट्रिय परिवर्तन पार्टी

(राजकुमार राजवंशी, नेपाल सद्भावना पार्टी

(शम्भूकुमार सिंह, नेपाल सद्भावना पार्टी

(सत्यदेव चौधरी, जनमत पार्टी

(सुमित्रा मण्डल, मितेरी पार्टी नेपाल

(शिवजी यादव, जनता समाजवादी पार्टी नेपाल

(रामनरेश महत्तो कोइरी, आम जनता पार्टी र जनादेश पार्टी नेपालका संयुक्त उम्मेदवार

(सूर्यमल यादव, राष्ट्रिय मुक्ति पार्टी नेपाल, जसपा र नागरिक उन्मुकति पार्टी नेपालका संयुक्त उम्मेदवार

(राजेन्द्रप्रसाद साह, श्रम संस्कृति पार्टी

(राम नरेश राय, राष्ट्रिय मुक्ति पार्टी नेपाल

२५ वर्ष नपुगेका

(पूजाकुमारी चौधरी, प्रजातान्त्रिक पार्टी

(प्रियंका शर्मा, उन्नत लोकतन्त्र पार्टी

(अस्मिता माया जिम्बा, नेपाली जनता दल

(मुना प्रधान, आम जनता पार्टी र जनादेश पार्टी नेपालका संयुक्त उम्मेदवार

मतदाता नामावलीमा नाम नै नभएको

(तिलक जोशी यादव, नेपाली जनता दल


हिन्दी चलचित्रकी अभिनेत्री पत्रकारको बारम्बारको प्रश्नपछि बनिन रिसहा

बलिउड । काठमाडौं । चलचित्र “दायरा”को रिलिजपछिको फोटो शुटमा अभिनेत्री करिना कपुर रिसले आक्रामक भएकि छिन् । वास्तवमा पत्रकारले उनलाई देव्रे पट...