www.smoonsharma.blogspot.com

Thursday, April 11, 2019

Would I could get healthier again as before?

म सोच्दै छु, म माँ छायाँ किन आउँछ, दिमागमा अनायासै शरीरका समस्याहरु किन खुल्छन । मनोवैज्ञानिक रुपमा रोगको त्रास खेल्न थाल्छ अनि बतारिएका आवाजले मेरो शरिर काप्न थाल्छ शरिरको तापक्रम हल्का बढ्दै जान्छ । म पानी खान्छु त्यसैले आराम दिँदैन । तातोपानी खाने विचारमा छु । कता कता मेरो दिमागमा अनाधिकृत रुपमा मनोवैज्ञानिक रुपमा त्रासदी छर्ने मानिसका शब्दका वाण सुन्नुपर्छ मलाई मेरो शारीरिक र मानसिक स्वास्थ्य प्रति दिग्दार लाग्छ ।
टेलिभिजन र रेडियोको सन्देश कुनै उल्टो त भएको हैन ? मानिसका अनौपचारिक र औपचारिक शब्द जालले मलाई दिग्भ्रमित बनाउँछ । आँखाका नानीका तर्कनाहरु ज्सका कारण म स्वयं तर्सिरहेको थिएँ । मेरो लक्ष्य, मेरो सपना, मेरा सोच, मेरो कल्पना सबै माटोमा विलिन भएका थिए ।
माया मैले कसैबाट पाइन । त्यो पाउने विषयवस्तु पनि त होइन रछ ।
आजका दिनमा म अचेत छु सायद सचेतना भन्दा अचेत मजदुर काम लाग्छ होला । आज म पनि एक मजदुर भएको छु तर ज्याला मेरो सोच रहेन । त्यसैले म पैसालाई गौण मान्छु । किनकि त्यो मेरो सोच भन्दा टाढाको विषय हो । तर संसार त पैसा मै अडेको छ ।
खाजा समयमा नपाउनु भनेको धुम्रपान भन्दा हानिकारक विषय हो । त्यसैले खाजा म समय मै खान्छु ।
जे भएपनि म स्नाकोत्तरको जिद्यार्थी त भएको छु यसले मेरो जीवनमा नयाँ किरण रोपेको छ ।
तर धेरै उकोहोरिएर पढ्दा विरामी हुने रैछ । आँखा जचाँउदा डाक्टरले सोडियम भेल्पोरिक एसिड मानिसमा एपिलेप्सि हुँदा प्रयोग हुने औषधी रहेको बताएँछन् । मलाई रिंगटा लाग्छ, मष्तिस्कमा नसाहरु कपेको, टाउको घुमेको जस्तो महसुस हुन्छ । मलाई निन्द्रमा त्यस्तो चक्कर आएर पटक पटक व्युझिन्छु ।
भोलि अस्पताल गएर जचाउँछु सायद अस्पतालको ओपीडी खुलेको छ होला, के म फेरी स्वस्थ हुन्छु त ! अब एकोहोरिएर कहिले दिनको १५ घण्टा पढ्दिन ।

Wednesday, April 10, 2019

chitra 27

आज चैत्र २७, बिहान ५ः३० मा उठेर ड्युटी गर्न सधैँ जसो गाह्रो भएन तर आजको समोसा भिन्नै स्वादको थियो । काम खासै भएन, व्यस्त रहिन आज कम थकित भएँ । आज किताब पढ्ने मेसो आएन । न त कुनै पत्रपत्रिका पढियो कारण ३ घण्टा चश्मा नै थिएन आँखामा । आज कम्प्युटरमा हात अरु दिन भन्दा कम चलाएको कारण पनि होला मानसिक तनाव भएन । तर पुतलिसडक तिर चश्मा लिन जान शुरु चोटी गाह्रो भयो । त्यसो त घाममा नहिँडेको धेरै भएछ । आँखामा हाल्ने दुई ड्रप, डिब्बा औषधि ल्याएँ । ब्लुकट लेन्स पनि राखेर चस्मा तयार गर्न लगाएँ । बेलुकि पाँच बजे चश्मा पनि तयार भयो । साथै मन फुरुङ्ग भएको छ आजराती रिङ्गटा लाग्दैन होला । तर वास्तवमा समोसा, चिया, जेरी साँच्चै मीठो थियो ! 

chaitra 26

आज चैत्र २६ गते, केही समाचार त बनाउन भ्याइन । अस्ति एउटा समाचा लेखौं भनेको मौसम मिलेन ।
बिहान ६ बजे नै उठेँ । उठेर पर के.सी. को होटलमा चिया खाजा मगाए, शुशिल टुप्लुक्क आइपुग्यो । खाजा मगायो आलु चना, पकौडा चिया खाइयो । पैसा उसले तिर्यो । रमाइलो गफ भयो । त्यसरी गफ गरेर रेष्टरामा नखाएको धेरै भएछ । अफिस फर्के ।
त्यति कै मा मिनकुमार आइपुगे । हिसाब किताबको हेक्का राखे । डेक्सटपमा डिजाइन गरेँ ।
त्यसपछि खाना खान घर आएँ । जाँदा सुवर्ण बसेको रै छ ? बुबाको पुरानो साथी । सुवर्ण मजाकको गफ गर्ने मानिस । त्यसपछि सुवर्ण अंकललाई चिया दिएर भए पनि गफ गर्न भ्याएँ ।
त्यसपछि कार्यक्रम संयोजक अरुणा लामा साझँका उत्तम रिमाल आए । मेरा बारेमा खासखुस कुरा काट्दै थिए । आमा हस्पिटल जान भनी जबरजस्तपैसा मागि लागिन । यसो पोखरेल अंकलकोमा गएको त नयाँ पत्रिकामा प्रकाशित एउटा लेखमा हस्पिटल ओपीडि सेवा लगायत सबै बन्द लेखिएको पाएँ ।
बिरामीको कुरा गर्दा म पनि बिरामी भएको छु । च्यानल नेपालमा काम गर्दा गौशाला देखि म बिरामी भएको थिएँ । मलाई त्यतिबेला आर्थिक अभावका कारण सो मिडिया छोड्नुपर्यो। त्यसपछि जिन्दगी देखि फ्रस्टेसन भएर आयो । म बौलाउँदै गए । त्यसपछि मानिसले मलाई दायाँ बायाँ हेर्न थाले । त्यो घडी शंकटकालको थियो । मानिससँग डराउने रोग मलाई लाग्यो ।  क्याम्पसदेखि इन्टर्नमा काम गर्न गएको मान्छे म निकै हौसिए छु । मेरा सपना एकै चोटीमा भताभुगं भयो । त्यसपछि मलाई कोमा भयो । खाना खान खाटमा मात्र खान थाले । फ्राई चाउचाउ, मासु (कुखुरा,खसी), काक्रो, बदमका केस्रा, नरिवल मेरा खानकी हुनेगर्थे । मेरो आँखामात्र चल्थ्यो । केही नौला मान्छेले मलाई घुरेर हेर्थे म डराउँथे । म एक दिन आँखा चिम्लीदा भगवान गणेशलाई सपनामा सजिव देखेँ । भगवानको प्रत्यक्ष स्वरुपको दर्शन दिनुभयो अनि भन्नु भयो के माग्छस माग । मैले माभगवान सँग आउने बेलाको शान्ति प्रकृयामा हाम्रो देशमा शान्ति छाओस र आदरणिय गिरिजाबाबु र कमरेड प्रचण्ड बीचको वार्ता सफल होस भनि वरदान मागे । त्यसरात २०६२ तिर गौशालामा भूकम्प गए जस्तो भयो । कुकुर भुकेको आवाज गुञ्जायमान भयो । म कोठा माथि पुगेँ । बुबाले थाम्दै मलाई मेरो खाटमा ल्याउनु भयो ।
त्यसदिन देखि मेरो कोठा बाहिर कदम परेन । त्यस समय क्रान्तिको समय थियो । राजा ज्ञानेन्द्र विरुद्ध घन्किएका स्वरहरु एक एक चोकमा घन्किएका थिए विशेष गरी चक्रपथ वरिपरी । आठ दलको संयुक्त जुलुस २४ दिन सम्म चलेको थियो । म त टिभी नै हेर्दै थिएँ । तर गणतन्त्रको नारा सडकमा कोरिँदा म धेरै खुसी भएको थिएँ । सोचेथेँ गणतन्त्रले हामी जस्ता युवाको भविष्य फेर्ने छ र जनताको छोरा राष्ट्पति बन्न पाउनेछ ।
त्यसपछि मेरो एकोहोरो काम खाटमा टिभि हेर्नु नै थियो । त्यसबाहेक विगतका १६ वर्षमा अन्य काम केही भएन हेर्ने बाहेक ।
एउटा विमली भन्ने गौतम भन्ने मुटु छुने साथी थियो । एक दिन उसकोमा पढ्न भनि पत्रकारिताका किताब बोकी म गएँ । पछि उसले च्यानलमा कान फुक्यो क्यारे पाक्न लागेको जागिर छोड्नु पर्ने भयो । त्यसपछि मैले १५ वर्ष खाट मै टिभी दर्शन गरेँ ।
यौन मेरो लागि के को प्यास हुनु यो त अतृप्त एकल बासमा सिमित भयो धेरै वर्ष ।माया कुनै स्त्रि सँग हुने हुँदै भएन ।
मेरा शुरुका मिडिया छोडेका दिनमा मानिसहरु चिल्लाउथे, अचम्म मान्दै विदेशी आगन्तुक कोठा बाहिर पशुपतिमा पछाडी लाग्थे । मलाई उसले पो मद्दत गर्ने सोची नज्दीक जान्थे उ वतासिन्थ्यो । फेरी हाँसेर अर्को विदेशी केटी आउँथी र अर्को तिर लाग्थी । सर्वत्र मानिस मेरो कुरा काटथे । मलाई लाग्थ्यो म आफै तत्कालीन आतंककारी माओवादी त होइन ? समय र मानिसका घोचिला आँखा र सन्त्रासले मलाई माओवादी विचार मनन गर्न अग्रसर गरायो । दमनले एक्लै कोठामा टिभि हेरिरहेँ । तर हाँसोलाग्दा कुरा त के भने  माओवादी र कम्युनिष्ट भन्नेहरु नै म देखि म स्वयमंलाई पागल बनाई टाढा भाग्थे । मलाई कोठामा गाह्रो परेको थियो ।
आज डिजाइन गरे । ३,५० पिस फाइनान्सको रेट बुझन आएका थिए । लेँखे, पढेँ त्यति ।
तर हिजो मैले विश्व स्वास्थ्य दिवसको बारेमा समाचार लेखेको थिएँ । डाटा प्रशोधन भएन ।
आज घाँटीको टेन्सन छ । घाँटीमा साग अडकिएको रहेछ ब्रस गर्दा थाहा पाएँ। ऋस्पतालको ओ.पि.डी सेवा सञ्चालन भएपछि घाँटी जचाउनु छ।
त्यसो त गौशाला हुँदा खेरी थुक निल्न गाह्रो हुन्थ्यो ।

Tuesday, April 9, 2019

chaitra 25

       आज चैत्र २५ गते, मलाई बिहानको समयमा उठ्ने बानी परको छ, हर्षित छु । त्यसो त व्यवहारिक बनिसकेको छुइन मानसिक तनावमा पर्न थालेको छु । अलिकति बढ्ता कुरा घर परिवारका सदस्यले गर्दा बेहोसी हुन थालेको छु । आमाले कराउँदा मेरो मनबाट अनायास घिन लाग्दा कुरा निस्कन थालिसेकेको छ । मलाई थाहा भएसम्म मेरो मुखबाट यी कुरा त्यती कहिल्यै निस्कदैन । हिजो बहिनी र आमा मिलिमिल कुरा घुमाई घुमाइए दिमाग केलाए, झन्डै बेहोसी भएँ । एक छिन मलिन भएँ । आँखामा आँसु आयो । त्यसपछि खाना निल्न गाह्रो भयो । यो त सत्र दिन सम्म परिक्षामा पढ्न बस्दा पनि झन्डै बेहोसी भई, खानेकुरा निल्न गाह्रो भएको पनि हो । त्यतिन्जेलमा बहिनी र मेरो झगडा परेछ, उसको हातमा मैले नंग्राले कोपरेछु पनि । दिमागको सचेतना हराउँदा ।
   बिहानको यात्रा त्रिपुरेश्वरतिर लागियो । बागबजारको बाटोमा एउटी नचिनेको बयस्क महिलाले उताको बाटो तिर जाने संकेत गरि । म गइन । बागबजारको फुटपाथबाट भक्तपुर बसस्टपमा जाँदा ठूलो कुकरले झम्टीन खोजो । खिचा होइन घर पालुवा कुकुर । हस्यांग, फस्यांग गर्दै दौडियो । टोक्ला जस्तो लाग्यो डराएँ । साँच्चि भन्नै विर्सेको अस्ति पुराणको सामाग्री छापेर पुर्याउँदा कोटीहोम यज्ञमा जाँदा काली नामको कुकुरले टोकेको थियो त्यसपछि साह्रै विरामी भएँ । दिमागी र स्वासप्रश्वासको । त्यसो त प्रदुषण, धुँवा, धुलो सम्बन्धि समाचार पनि लेखेको त थिँए ?
म त्रिपुरेश्वर आँखा अस्पताल गएँ । टोकन लिएँ ।
   टोकनको पालो नआएको बेला चिया खान पुरानो  सिटी पेज भएको सकेट बिल्डीगं छेउको फुटपाथमा पुँगे । एउटा बटुवाले भन्यो । त्यहाँ सेल इन भन्ने कम्पनी थियो रे । त्यसपछि अफिसै अफिस भरिएको भवन हो रे त्यो । तलको पसलको भाडा रु २,००,००० मा अस्ति नै लागि सक्यो रे । सबै चाइनिज सामानको होलसेल अनि रिटेल त्यहाँ बस्दै छ रे ।
उनीसँग प्रिपेड मोबाइलको कुरा चल्यो । प्रिपेड मोबाइल आएको एक दशक र आधा पनि नभएको रहेछ नेपालमा । उनले भने पहिले पेजरले सञ्चारमा नयाँ आयाम दिएको हो । मैले पनि रु ७८,०० मा पेजर भर्खर निस्कदा देखि एउटा सेतो मोबाइल ल्याएको कुरा पोखेँ । उनी भन्दै थिए, अहिले त फुच्चाफुच्चीको हातमा पनि मोबाइल छ ।
मज्जाको हाँसो भयो हामी दुई बिच । सायद, त्यो हाँसो धेरै बर्ष पछिको थियो मेरो, खुसीको एक पराई मान्छेसँग । म प्रफुल्लित हुँदै टोकन लिन पुँगे डुनट खाएर । त्यसपछि आँखा जचाएर आएँ । पावर बढेछ । चश्मा नयाँ बनाउनुपर्ने भो ।

Sunday, April 7, 2019

chaitra, 24

आज चैत्र २४ गते शनिबार । आज दिनभर चौतारी मै वित्यो, काम थियो, एउटा घनघसेमा भारी विसाउने हात चिलायो, माखो मारियो । त्यसो त मुर्गा गल्लीमा बसेछी खाइला किन नखानु । धट ! आज त कुखुरालाई वर्ड फ्लु भको छ । शनिवार २०५८ मा भएको भए हिजो आजका कुरा, के घर के डेरा हरिन्थ्यो आज २०७५ के हर्ने ?
अँ पुरानो टेलिश्रृखंलाका जीवनत र सरल पात्र बुढा त भएका हुन् । मोर्डन भएका छन् । तर सरल र जीवन्त कलाकारिता र जनजीवनका छायालाई एकोह्र्याउने कथा पंत्तिमा कमि आएको फिल हुन्छ ।
अस्तिको दिन पिकेको गल्लीमा दुध र पानी मिसिएको चिया आँए र एउटा कलाकारसँग हात मिलाएँ । नाम नसोधी फर्किए छु । हैट सोध्नु थियो । किन सोधिन ? अर्को बेला अवस्य सोध्नेछु ? मेरो कथाको सुरुवात हुने हो की?
अँ आज खास काम केही छैन। ज्यामीले नी भारी बोकेकोभए ५÷७ सय बनाइसक्थ्यो होला खाली हात जगन्नाथ ।
आज गीत पढ्छु । कमसेकम भगवान कृष्णको र जीवनको दर्शन र अलि अलि पूर्वीय दर्शनले मलाई संगाल्छ की । वा मैले अलिकति हावा बोल्छु की । वाईवाई लएको छु अवेर राती सम्म भोक लाग्यो भनि खान । बज्र स्वाठ मोटेले हिजो फोन उठाएन त्यसलाई म दक्षिणा दिन्न ।
एउटा पाठ पढ्छु । हो कि । अनि फोन गर्छु होला मेरी उनीलाई । गरिन भने उसले यो कथा त पढ्ली । सायद पढिन भने पनि ठीकै छ ।
आज केही राजनीतक पत्र पत्रिका पढेँ । बहुलवाद र प्रत्यक्ष निर्वाचन पढेँ । के रैछ त बहुलवाद साथी सँग छलफल गर्नुपर्ने एकोहोरिदै गएको छु ।

Friday, April 5, 2019

2075-12-22

आज चैत्र २२ गते शुक्रबार रातको १ बजे निन्द्रा परेको छैन । शरिरमा शिथिलता नभई परिक्षा ताका भएको प्रयासका बाबजुत भएको शारिरीक कमजोरी मेरो लागि घातक सिद्व हुने हो की जस्तो आभास हुन्छ । तथापि मेरो मनमा भएको दुविधा हट्छ कुनै मोडमा अनि आफ्नो मानसिकता आफैँ स्वच्छ पार्छु ।

भर्खरै सचेतनाको बारेमा पढेको थिएँ । ऐतिहासिक द्वन्दवाद र चेतनामा भिन्नै प्रसँग छ भनि पाएँ । त्यसो त सो प्रसँग मेरो न्यूज पोर्टलमा पनि अस्ति भेटेको थिँए । पढेपछि यसको बोधार्थ माथि झन छर्लङ्ग भएँ ।

तर परिक्षा अनुकुल विद्यार्थीको तयारी गर्न गाह्रो हुँदो रहेछ त्यो पनि स्नातोकोत्तरमा । धन्न धन्न पास भइएछ । आज मैले मेरो एउटा कलेजको साथीसँग भेटेँ, चिया खाँए उ भन्दै थिए राम्रै नम्बर आएछ तर तयारी पुगेन । अनायास चिन्तित भएँ तरपनि आउने दिनमा किताबी अक्षरका बनोट अनि उत्तरपुस्तिकामा श्रृजित बनोटको ढंग र त्यसको अंग्रजी लिपिमा साभार र दिमागी सम्झनेशक्तिमा ह्रास क्रमश बढ्ने हो कि घट्ने हो कुनै तुक छैन ।

आज गिता पढदै छु नेपालीमा केही अफ्ठयारा व्याकरणले मन गुनीलो बनाएर ल्याएको छ बोधार्थ र प्रसंग बुझदा । कता कता समाजवादबाट टाढा अध्यात्मिकवाद तिर पढ्दा सुनदा सुर्यका रापिलो किरणबाट बयरको बुट्यानको छहारी भेट्टाएको आभास हुने रै छ । विहानीको सूर्य, घण्टा, दिन, समय, पल सबै बोध हुने र मानविय संवेदनाका साधन आँखा, नाक, कान, मुख र छालाका तन्तुहरु संस्कृतको अध्ययनले चलायमान हुने रहेछ ।  विरानो ठाउँमा मानव शरिरले  ऋतु र वर्षाका संवेदनाले त्यसै प्रफुल्लित हुने रै छ । आगामि दिनमा के गर्ने, के लेख्ने टुङ्गै छैन ।
                                                                                          इति श्रि !

Tuesday, January 22, 2019

Power, Article 1

आज राजनीति पढ्न मन लाग्यो मेरो किताबको अर्को विषय । राजनीति सांस्कृतिक रुपमा बढि फैलिएको हने हुँदो रहेछ । जसरी ओबामा आँफै कालो वर्णका भएपनि पहिलो काला रंगका राष्ट्रपति उम्मेदवार होइकन छाडे । माक्र्सवादी चिन्तनबाट केलाउँदा आर्थिक वर्ग संघर्ष र पूँजीवादको श्रमिक वर्गसँग हुने दवदवाले श्रम वजार र उत्पादन माथिको प्रभावलाई द्वन्दात्मक बनाउँदै हुने जाने रहेछ । नव माक्र्सवादमा समाजको सिद्वान्त र राजनीतिक संघर्ष र त्यसको अधार र पूजीँवादले संसोधनवाद र श्रमिक वर्गसंग मिलिजुलीको राजनीतिक संघर्ष मिलाउँदो हुने रहेछ । वेबरले राज्य व्यवस्थाका कर्मचारी तन्त्रका मनोमानीलाई चिरफार गर्दै बजार तन्त्र र व्यवसायीकरणलाई फैलावट गर्दै जाने रहेछ । कूलीन सिद्वान्तले कुनै निश्चित हेक्काले चूनाव मार्फत प्रजातान्त्रिक मूल्य मान्यताका विचार बोकेका राजनीतिककर्मीमा विभाजन गराई आफ्नो उपादेयतालाई प्रष्ट्याउँदो रहेछ । बहुलवादले इच्छुक समूहलाई राजनीतिक धरातलमा उभ्याई राजनैतिक कृयाकलापमा उभ्याई राजनीतिक कृयाकलापमा संलग्न गराउँदो होला । दुर्खाइमले श्रम प्रति विभाजन, नैतिक समाज, समाजमा मानिसले उत्तरदायित्व बोक्नुपर्ने, व्यत्तिलवादी चारित्रिक उठा, सामाजिक एकता, यांत्रिक एकता र माक्र्सवादी द्वन्दवादको कुरा चरितार्थ गर्ने रहेछ । नव दुर्खाइम राजनितिक समाजले के यी कार्य समाजमा प्रभाव भएका छन् विशेषगरी प्रकार्यवादी संरचनामा भनी प्रश्न सोद्दो रहेछ । फोकोको छुट्टै सिद्वान्तले शक्ति र मानवीय सोचको कुरा केलाएँदो रहेछ । शक्ति विधान बाट संचालित हुन्छ र राजनीतिक अंग सेना, कर्मचारीतन्त्र, प्रशासन र शैक्ष्कि सेवामा अन्र्तनिहित कुराको समालोचना गर्दो रहेछ । सरकारी कार्यान्वन सिद्वान्तमा “कार्यान्वनको पनि कार्यान्वयन” भनी मिसाइन फोको को सिद्वान्त प्रत्युत्पादन भएको रहेछ । समकालीन राजनीतिक समाजमा भूमण्डलीकरण र नागरिकताको कुरो दिइएको पाइयो । राजनीतिक समाजमा भूमण्डलीकरण र नागरिकताको कुरो दिइउको पाइयो । राजनीति र शक्तिको परिवर्तनिय रुप  (Changing Definations of Politcs and Power) मा मूख्य शिर्षक केलाउँदा यावत कुराहरुलाई वर्णन गरिएको छ ।Kate Nash ले उद्वरित गरेका आंशिक कुरा ूTo the Topicयिनै हुन सरसरती हेर्दा सवै कुरा पढ्न धेरै वेर अक्षर वकुध्यानम गरेर घोत्लिनु नै पर्ला । अर्को समय फेरि घोरिएर दुइ चार शब्द कोरौंला ।
इतिश्रि
Tue, Dec, 25

हिन्दी चलचित्रकी अभिनेत्री पत्रकारको बारम्बारको प्रश्नपछि बनिन रिसहा

बलिउड । काठमाडौं । चलचित्र “दायरा”को रिलिजपछिको फोटो शुटमा अभिनेत्री करिना कपुर रिसले आक्रामक भएकि छिन् । वास्तवमा पत्रकारले उनलाई देव्रे पट...