Would I could get healthier again as before?

म सोच्दै छु, म माँ छायाँ किन आउँछ, दिमागमा अनायासै शरीरका समस्याहरु किन खुल्छन । मनोवैज्ञानिक रुपमा रोगको त्रास खेल्न थाल्छ अनि बतारिएका आवाजले मेरो शरिर काप्न थाल्छ शरिरको तापक्रम हल्का बढ्दै जान्छ । म पानी खान्छु त्यसैले आराम दिँदैन । तातोपानी खाने विचारमा छु । कता कता मेरो दिमागमा अनाधिकृत रुपमा मनोवैज्ञानिक रुपमा त्रासदी छर्ने मानिसका शब्दका वाण सुन्नुपर्छ मलाई मेरो शारीरिक र मानसिक स्वास्थ्य प्रति दिग्दार लाग्छ ।
टेलिभिजन र रेडियोको सन्देश कुनै उल्टो त भएको हैन ? मानिसका अनौपचारिक र औपचारिक शब्द जालले मलाई दिग्भ्रमित बनाउँछ । आँखाका नानीका तर्कनाहरु ज्सका कारण म स्वयं तर्सिरहेको थिएँ । मेरो लक्ष्य, मेरो सपना, मेरा सोच, मेरो कल्पना सबै माटोमा विलिन भएका थिए ।
माया मैले कसैबाट पाइन । त्यो पाउने विषयवस्तु पनि त होइन रछ ।
आजका दिनमा म अचेत छु सायद सचेतना भन्दा अचेत मजदुर काम लाग्छ होला । आज म पनि एक मजदुर भएको छु तर ज्याला मेरो सोच रहेन । त्यसैले म पैसालाई गौण मान्छु । किनकि त्यो मेरो सोच भन्दा टाढाको विषय हो । तर संसार त पैसा मै अडेको छ ।
खाजा समयमा नपाउनु भनेको धुम्रपान भन्दा हानिकारक विषय हो । त्यसैले खाजा म समय मै खान्छु ।
जे भएपनि म स्नाकोत्तरको जिद्यार्थी त भएको छु यसले मेरो जीवनमा नयाँ किरण रोपेको छ ।
तर धेरै उकोहोरिएर पढ्दा विरामी हुने रैछ । आँखा जचाँउदा डाक्टरले सोडियम भेल्पोरिक एसिड मानिसमा एपिलेप्सि हुँदा प्रयोग हुने औषधी रहेको बताएँछन् । मलाई रिंगटा लाग्छ, मष्तिस्कमा नसाहरु कपेको, टाउको घुमेको जस्तो महसुस हुन्छ । मलाई निन्द्रमा त्यस्तो चक्कर आएर पटक पटक व्युझिन्छु ।
भोलि अस्पताल गएर जचाउँछु सायद अस्पतालको ओपीडी खुलेको छ होला, के म फेरी स्वस्थ हुन्छु त ! अब एकोहोरिएर कहिले दिनको १५ घण्टा पढ्दिन ।

Comments

Popular posts from this blog

कोशी पारी फलाँटका माधव खरेल काभ्रेबाट १६ वर्षको उमेरमा घरबाट भागी काठमाडौं

लङ्गुर बुर्जे जिवन, साउदी माना,पाना,आना

गीता सार !