chaitra, 24

आज चैत्र २४ गते शनिबार । आज दिनभर चौतारी मै वित्यो, काम थियो, एउटा घनघसेमा भारी विसाउने हात चिलायो, माखो मारियो । त्यसो त मुर्गा गल्लीमा बसेछी खाइला किन नखानु । धट ! आज त कुखुरालाई वर्ड फ्लु भको छ । शनिवार २०५८ मा भएको भए हिजो आजका कुरा, के घर के डेरा हरिन्थ्यो आज २०७५ के हर्ने ?
अँ पुरानो टेलिश्रृखंलाका जीवनत र सरल पात्र बुढा त भएका हुन् । मोर्डन भएका छन् । तर सरल र जीवन्त कलाकारिता र जनजीवनका छायालाई एकोह्र्याउने कथा पंत्तिमा कमि आएको फिल हुन्छ ।
अस्तिको दिन पिकेको गल्लीमा दुध र पानी मिसिएको चिया आँए र एउटा कलाकारसँग हात मिलाएँ । नाम नसोधी फर्किए छु । हैट सोध्नु थियो । किन सोधिन ? अर्को बेला अवस्य सोध्नेछु ? मेरो कथाको सुरुवात हुने हो की?
अँ आज खास काम केही छैन। ज्यामीले नी भारी बोकेकोभए ५÷७ सय बनाइसक्थ्यो होला खाली हात जगन्नाथ ।
आज गीत पढ्छु । कमसेकम भगवान कृष्णको र जीवनको दर्शन र अलि अलि पूर्वीय दर्शनले मलाई संगाल्छ की । वा मैले अलिकति हावा बोल्छु की । वाईवाई लएको छु अवेर राती सम्म भोक लाग्यो भनि खान । बज्र स्वाठ मोटेले हिजो फोन उठाएन त्यसलाई म दक्षिणा दिन्न ।
एउटा पाठ पढ्छु । हो कि । अनि फोन गर्छु होला मेरी उनीलाई । गरिन भने उसले यो कथा त पढ्ली । सायद पढिन भने पनि ठीकै छ ।
आज केही राजनीतक पत्र पत्रिका पढेँ । बहुलवाद र प्रत्यक्ष निर्वाचन पढेँ । के रैछ त बहुलवाद साथी सँग छलफल गर्नुपर्ने एकोहोरिदै गएको छु ।

Comments

Popular posts from this blog

कोशी पारी फलाँटका माधव खरेल काभ्रेबाट १६ वर्षको उमेरमा घरबाट भागी काठमाडौं

लङ्गुर बुर्जे जिवन, साउदी माना,पाना,आना

गीता सार !