मेरी आमा

मेरी आमा
मेरी आमा अस्पष्ट छिन् ।
तर उनी मलाई मुठ्ठी भरी खान दिन्छिन् ।
रातारात म प्रसन्न हुन्छु ।
तरकेही क्षण म त्यसलाई तिरस्कृत मान्छु ।
इच्छा मेरो भएपनि संस्कृति मेरो आमाको मान्छु ।
संसारले मेरो आमालाई गरिबिको धरातलमा छुपाएको छ ।
म उनलाई पूजा गर्छु ।
यदी मेरी आमालाई धनको खाँचो छ भने म आँफै धनी बन्छु ।
मेरी आमा ज्ञानकी सागर बन्छिन् भने मपनि उनलाई अवुझ भनी देखाउन चाहन्न ।
जीवन लाटो, अस्पष्ट, अँध्यारो चाहन्छिन भने म त्यस्तै बन्छु ।
किनकी मेरी आमा अध्यारो कि पुजारी हुन् भने
म मेरी आमालाई जनजाल बाट छिचोल्दै उज्यालो तर्फ लानेछु ।
किनकि मेरी आमा अध्यारो भन्दा माथि छिन् भने
उनलाई मेरो एक मुस्कानले प्रफुल्ल बनाइदिनेछ ।
र म उनको पेट,दिमाग र स्वभिमानमा कहिले लात मार्ने छुईन ।

Comments

Popular posts from this blog

कोशी पारी फलाँटका माधव खरेल काभ्रेबाट १६ वर्षको उमेरमा घरबाट भागी काठमाडौं

लङ्गुर बुर्जे जिवन, साउदी माना,पाना,आना

गीता सार !