www.smoonsharma.blogspot.com

Tuesday, May 7, 2024

खानेकुरा कसरी सफा खाने

खानेकुरा सफा राख्नुपर्छ । अस्वस्थ्य खाद्यपदार्थ फाइदाजनक हुँदैन । शुद्व खानेकुराको बारेमा लहर सामाजिक सञ्जालमा विगतको दशकमा नै चलेको देखिन्छ ।

खानेकुराको शुद्वता नाप्न गाह्रो मानिएता पनि गुलेटिन, चिनीको मात्रा नमिसिएको अप्रशोधित खानेकुरा एन्टीबायोटिक, हानिकारक विषादी र हार्मोन नघुलेका खानालाई प्राथमिकता दिइन्छ ।

अध्ययनको निश्कर्ष 

पोषण नामक जर्नलमा समाविष्ट तथ्य तथ्याङ्कका आधारमा खुलाइएको नतिजाको आधारमा प्रशस्त उदाहरणहरु फेला पार्न सकिन्छ । भनिएको छ , मानिसहरुको चाहना सधैं अप्रसोधित, कच्चा र बनावटी खाना तर्फ मोडिएको हुन्छ ।

खोजमा विश्लेषण गरिएको तथ्याङ्क अनुसार ७०.०८% मानिस स्वस्थ्य खानेकुराद्वारा  लाभान्वित छन् भने बाँकी नियमीत खानेकुराको सेवनमा अमिल्दो इच्छा प्रकट गरी अस्वस्थ्य बन्दछन् .

अनुसन्धानकर्ताहरुले स्वस्थ्य खाद्यपदार्थको समिश्रणमा वीउजन्य खानेकुरा, सुपारी, ओखर, बदाम, कालो दाल, भटमास, केराउ, अण्डा पर्ने विश्लेषण गरेका छन् । पोषण युक्त खानेकुराको सुचीमा विभिन्न खानेकुराहरु पर्दछन् । हरियो सागपात, फलफुल, नकुडिँएका अन्न, दुग्द्य जन्य खाद्य पदार्थ, चिज, ल्याक्टोज अमिश्रित दुधहरु, पोषणयुक्त खानेकुरा, चिल्लोरहित मासु, अण्डा, सामुद्रिक खानेकुरा, विउजन्य खानेकुरा, भट्मासका खाद्यपदार्थ, केराउ र दालहरुलाई जर्नलले पोषणयुक्त खानेकुराको सूचीमा राखेको बताइएको छ ।

स्वस्थ्य खानेकुरा सेवनको फाइदा

स्वस्थ्य खानेकुराले बजारु सोडियम, चिनीको मात्रा र अप्रसोधित खानेकुरामा ह्रासत्व ल्याउने तर्क गरिन्छ । हृदय सम्बन्धी रोग वा प्रेसर रोग हुनेलाई यस्ता खानेकुराको सेवन कम गर्न विशेषज्ञहरु सुझाव दिने गर्छन ।

घरैमा बनेका वीउजन्य खाद्यपदार्थ जस्तै अन्न, फलफूल, हरियो सागपात, सुपारी र स्वस्थ्य पोषणयुक्त खानेकुरा जीवनका लागि फाइदामुलक हुने तार्किक निश्कर्ष जर्नलले निकालेको छ ।

तर वैज्ञानिक हिसाबमा सबै पोषणयुक्त खानेकुराको कटौती स्वास्थ्यप्रदायक नहुने हुँदा सही खाद्य पदार्थको छनौट आँफैमा चुनौती रहेको जानकारहरु बताउँछन् ।

कुनै रोगका लागि केही खाद्यपदार्थ संवेदनशील हुने हुँदा कुन खानकीले मानिसमा के असर राख्छ भन्ने कुराको जानकार व्यक्ति स्वयं हुनु स्वास्थ्य विज्ञ हुनुृ बराबर हो बुझिएको छ ।

अमिल्दो खानेकुराको सेवनले मानिसमा अर्थोरेक्सिया नर्भोसिया नामक संक्रमण फैलिने जानकारहरु बताउँछन् ।

धेरै मात्रामा खानेकुराको सेवन गर्न डराउनुपर्ने हुन्छ । धेरै खानाले मानसिक रोगी बनाउँछ ।

स्वस्थ्य खानाले मानिसमा हुने कुपोषण, सामाजिक एक्लोपना र मानसिकतामा बदलाव राख्ने तर्क गरिएको छ ।
एजेन्सी



Monday, March 20, 2023

अवुद्र्व रोगको वैज्ञानिक असर


         मानिसमा अर्वुद रोगको असर देखिँदैन । यस किसिमको असरमा शरिर गल्ने, मनोविज्ञान थाहा नपाउने , शरिरमा दुखाई मच्चिने हुन्छ । मानिसमा हुने विभिन्न थेरापिबाट रोगको निधान हुने बताइन्छ ।  मानिसमा अर्वुद्व रोगको असर दिर्घ हुने जानकार बताउँछन् । बुढेसकालमा असंख्य रुपमा देखिने यो रोगको असर अचेल युवामा पनि फैलिँदै गएको एक वैज्ञानिक अनुसन्धानले देखाएको छ । त्यसो त सामाजिक संस्थाले लाखौं रकम रोग निधानको लागि खर्च गरेको पनि देखिँदै आएको नै हो ।


      त्यसो त जानकारहरुको एक प्रयासमा विभिन्न वैज्ञानिक अवसरको रुपमा ओनोकोलोजिस्ट र हेमाटोलोजिस्टहरुले चिकित्सकसँग सरसल्लाह मुताविक खोजी जारी नै राखेको हुन् ।


ओनोकोलोजिस्ट र हेमाटोलोजिस्ट अध्ययन

            यस किसिमका अनुसन्धान मानिसलाई विभिन्न एनिमियाको असर भएमा देखिँदै आइएको विश्लेषण गरिन्छ । मानिसमा देखिएका ट्युमरका समस्याको निधान यस अध्ययनमा पर्ने बताइएको हो । रोगीले कहिले काँहि आफैं रोग लुकाउँछन् । तथापि उक्त रोगको संक्रमण निधानको लागि एम।आर। आई र सिटी स्क्यानको विधी तय गर्नको लागि यस किसिमको अध्ययन जरुरी हुने विश्लेषण अनुसन्धानकर्ता हरुको खोजमा पर्ने वताइँदै आइएको छ ।


           अक्सर विभिन्न कार्यालयमा खटिने कार्यालयका कर्मचारीमा हुने पोस्ट्रेट पनि क्यान्सरको एक लक्षण नै हो । मानिसको शरिरमा रहने एक किसिमको तरल पदार्थ जसलाई अल्केलाइनको कारण पनि अर्वुद्व रोगको जोखिम हुने बताइन्छ ।



  विश्व स्वास्थ्य संगठनको तथ्याङ्कले विश्वभरी करोडौ मानिस पोस्ट्रेटको विराम रहेको बताएको छ । मानिसमा हुने खानेकुराको असर र उचित रुपमा हुने व्ययामले नै मानिसको रोगको निधान हुने उपचारविधिले बताएको छ ।

 

  मानिसमा रहेका क्यान्सर पिडितहरुको उपचारार्थ उक्त अध्ययन हरु गरिने विश्लेषण अमेरिकी वैज्ञानिकहरुको निश्कर्ष रहेको हो ।

 साराशंः वोस्टन ग्लोव टाइम्स 


Sunday, March 19, 2023

खुसीयाली भन्दा बढि आलोचनाले पछ्याउने कारण


गाली, कानचिरीलो वखानवाजी र गलत प्रचार मानिसको दैनिक जीवनको समयतालिका हो । त्यसका साथसाथै आलोचनाको अवयव अर्को सूचक हो जीवन जीउनुको ।


बालकलाई पनि थाहा हुन्छ लाठी र ढुङ्गाले मानिसको हड्डी फुटतैन तर गाली वेइजत्तीले मानिसको माया खोसिन्छ सकारात्मक सोच खोसिन्छ । साँचि भन्नु नै पर्दा हल्लै हल्ला हुन्छ र नकारात्मक गत्यारोध मात्र मानिसको जीवन बन्दछ ।

तरपनि मानिसको नकारात्मक सोचलाई परिवर्तन गर्न मानिस आँफै सचेत रहनु पर्छ र दुर्घटना, खतरा मोल्न सक्नुपर्ने सामाजिक अभियन्ताहरुको विश्लेषण रहेको पाइन्छ ।

कुनै पनि मानिस अविसादको भोगी गाली र हिज्जतबाट हुने नकारात्मक सोचको ध्वनी मष्तिस्कमा आउने नकारात्मक विवेचनाको कारणबाट हुने भनिएको छ ।

मानिसले किन नकारात्मक शंका जीवनमा वाच्नको लागि लिन्छ । अंग्रजीमा एउटा उखान छ, कुनै वच्चाको मुहार हेर्न त्यस वच्चाको ८ महिनाको भ्रुण सर्प जस्तो हो कि भ्यागुत्ता जस्तो हो पहिल्याउन चिकित्सकले शल्यकृया नगरि हेर्छ रे !

अर्थात ! मानिसको समस्याको निराकरण सुखको पहिचान हो । नकारात्मक समस्याबाट हटनु र समस्याको समाधान नै मुक्तिमोक्ष हो ।

पत्रकारहरुको आचरण गलत समाचारको तर्फ ध्यान इंगित हुन्छ जसकारण आफ्नो समाचार पत्र धेर विकोस भनेर ! तर खाली प्रत्यालोचना गर्नु र लँडाइ समस्याको निराकरण होइन । मानिसमा त्रास समाचारको माध्यमबाट नै हट्नुपर्छ भन्न मात्र खोजेको हो । त्रासमुक्त समाज, मनोवैज्ञानिक रुपमा आलोचनात्मक व्यक्तित्व र सकारात्मक सोचाइ मानिसको उज्वल मस्तिष्कको घनिभूत अवस्थाको सचेतता हो भनिन्छ ।

विहे पश्चात पनि मानिसमा सम्वन्ध विच्छेद हुने प्रकृयाको चाँजो मिल्छ जब त्यहाँ गत्यारोधको समस्या हावि हुन्छ । मान्छे मान्छे विच भलै फरकै होला समय आलोचनाको । तनाव, समस्या, नैरास्यता, अनिश्चिता सवै विश्मयावोध पर्यायवाची आलोचनात्मक व्याख्यान हुन् । शारिरीक दुःख र नकारात्मक सोचको निर्मूलताको लागि मानव जीवनमा न्यास, ध्यान, व्यायाम र सकारात्मकताको खाँचो सदैव पर्दछ । मानिसको प्रतिविम्व र नकारात्मक सोचको आधार एउटै हो आलोचना ।

व्यक्तिगत विचार र द्वन्दले शारिरीक रोगको शिकार बनाँउछ मानिसमा साँच्चि नै नकारात्मक असर दिलाँउछ र झिनो कार्यलाई पनि समस्यागत बनाउने तर्क विश्लेषण चिकित्सकहरुले गरेका छन् ।

संज्ञानात्मक ज्ञान, सांकेतिक चिन्हको पहिचान र फुर्तिलो व्यायाम नै एकमात्र रोजाई हो जसले भविष्यमा मानिसलाई सुखी राखोस्  ।
(विविसी डट कम)

Friday, March 17, 2023

नङ्ग खिइने गरी परिश्रम गर्नु सफलताको आधार होइन ?

युवा पीढि कााममा प्राय दत्तचित्त हुने गर्छ । स्वमाविक हो पनि बढ्दो उमेर शारिरीक सुगठन र जनशक्तिको आधारमा यूवा पीडी श्रममा आश्रय लिनु वास्तवमा श्रमिक संसारमा नौलो भने होइन ।
तर मानिस भविष्य र कामको वोझसँग उत्तरदायी हुनु उत्तिकै आवश्यक मानिन्छ ।
स्कट ग्लोवे एक प्रध्यापक हुन् उनको जीवन नै काममा सहअनुकुलता, सामाजिक न्याय र व्यवहारिक ज्ञानमा खर्चित भएको हुन्छ ।
मानिसको जीवनमा पैसाको महत्व उत्तिकै छ जति उनीहरुको दक्षता, ज्ञान र सम्वन्धमा भन्न भ्याएका ग्लोवेका समझदार धेरै श्रमिक साथीहरु रहेका छन् ।
आजकल उनी सन्तुलित काम, व्यक्तिगत सफल जीवन, मानसिक तनाव र कार्यलयका शारिरीक वर्नआउटका समस्याका चिनारीबाट केवल टाढा भाग्न चाहान्छन् ।यसरी आफ्नो कार्यशालालाई नियमताका साथ बाँधिनुको कारण उनी त्यति खुल्न चाहन्नन तर यो काम गर्ने संस्कृति हो भन्न उनी रुचाउँछन् ।
एक खोज काममा सन्तुलन
सन्तुष्टि चाहना मात्र नभएर एक तुष्टि पनि हो ।
लामो समय काममा दत्त चित्त भएर सटहीका निम्ति औंला भाच्नु समाजमा सहकारी चाहना र सवल जीवनको पहुँच त हो अवस्य नै !
तर उनको भनाईमा सहकारी सन्तुलन पनि एक जिम्वेवार विषयवस्तु हो ।
स्कट ग्लोवे भन्छन् “समाजमा हानी त हुन्छ । तर अफसजिलो भविष्यको उचाई पनि त प्रतिउत्तर हो ।
मानिसको फलामे चट्टान भनेको हिसावी कुरो होइन, भविष्यगत उधारो हो । सामाजिक सिकाई, प्रष्टोक्ति र मूल्यगत सुरक्षा हो ।”
एउटा इन्भेष्टमेन्ट वैंकमा काम गर्ने उनी शेयरमा बहुत शौखिन छन् । उनको काम उस्तै प्रकारको हिसावगत छ । तर उनको जीवनगत वोझमा उतारचढाव वढ्ता रहेको छ । उनी एक निर्माण व्यवसायी पनि हुन् । उता तर्फको खर्चमा उनको आम्दानीको श्रृङ्खला पर्याप्त रहेको बताइन्छ ।
जीवन एक पारिवारीक सन्तुलन हो । श्रमिकहरु आफैंमा व्यवहारिक हुने गर्छन । उनीहरुले कुनै काममा फैसला गर्दछन् अनि मात्र हाकिमले निर्देशन दिने गर्दछ भनिन्छ ।
उनले भन्न खोजेको यहाँ,“प्रसंग वस उनी आँफै केही कदम उठाउँदैनन् आर्थिक सुरक्षा आफना लागि र परिवारका लागि नै प्रथमत सुहाउँदो कुरो हो ।
कसरी जीवन सन्तुलित बन्छ
मानिसको कामको सन्तुलन एक प्रकारको खुसी हो । मानिसको आर्थिक बुझाइमा काम गर्ने जीवनको मूल्याङ्कन सही छ भन्ने कसरी ? कसरी थाहा पाउने एक रोचक कुरो हो ।
त्यसो त मानिसको जीवनमा लचकता पनि हुन्छ नै ! उत्पादनमूलक कार्य र निश्चितता दुवै संवेदनशील कुरा हो । त्यसो त कम्पनीहरुको भनाईमा जटिल जागिर र उस्तै कार्यकौशल सम्पन्न काम दिने श्रमिक महत्वपूर्ण अंग हुन् भनिएको छ ।
लेखकहरु भन्छन् यो मनोवैज्ञानिक व्यापार हो । व्यस्त शहर लण्डनको । यहाँ स्वतन्त्रता, लचकता र खुसी प्रदायक चिज हुन् ।
यहाँ कार्यगत निश्चितता , बैंकका मेनेजरले आफ्ना कर्मचारीबाट कार्यकौशलताको मापन गर्ने गर्छन ।
लामो समयको काम, गतिशिलता, आर्थिक लचकता उनीहरुको क्षमताको प्रमाण हो भनिएको छ ।
त्यसो त ज्यालामा कमी, बढ्दो निर्माण कार्यमा हुने गरेको मूल्याङ्कनले गर्दा श्रमिकहरुको एउटै रोजाई हुन्छ उनीहरुको तलबमा बढोत्तरी ।
लगानीमा सन्तुलन
मनोवैज्ञानिक रुपमा उद्योग श्रमिकको भर्तिको कार्यालय नै हो भन्दा अत्युक्ति नहोला । मार्केटको जटिलताले उपभोक्तालाई जीमखानाको छुट्टी बनाइदिएको प्रतिविम्वीत हुने गरेको रोचक पक्ष भेटिन्छ ।
सवैकुरो जीवनमा हुने कार्यव्यस्तताको सन्तुलन हो भन्ने विश्लेषण यहाँ गरिएको छ ।
हाकिमको काम गर्ने शैलीले श्रमिकलाई आर्थिक असमानता र कार्यगत ढंगमा विना कौशलता दिलाएको प्रतिविम्वित गरिएको छ ।
श्रमिकको सोच कठिन, कडा परिश्रमले मानसिक रुपमा उसलाई नै स्वस्थ दिलाउने र छोटो र दिक्दार नलाग्ने वनाउन मद्दगार हुने चित्रण गरिन्छ । त्यसले स्वास्थ्य जीवनको प्रत्याभूत हुने बताइएको जनाइएको छ ।
(विविसी वर्कलाइफ)
May be an image of 1 person and text
Like
Comment
Share

Thursday, March 9, 2023

लङ्गुर बुर्जे जिवन, साउदी माना,पाना,आना












     उत्तर, विवेचनाका अर्थ राजनीतिमा केवल राजनीतिज्ञहरुलाई आउँछ । त्यसको संगालो, अवगालो, अर्थ र अनर्थ सवैका घर–घरमा खानकी पछि हुँदा सवैको टाउको निको नै हुन्छ ।

  आजकल त्यस्तै समस्या ग्रन्थ राजनीतिक तरङ्गको विवेचना ताजा खवर हरेक सञ्चारमाध्यममा हेर्न, सुन्न पाइन्छ ।
  भूत पूर्व प्रधानमन्त्री ओलीको निर्वाचनको घोषणावाट कर्कंषिएको राजनीतिको ताउर र माउर आज उपरान्त चलिरहेको छ ।
  शुरुमा काङ्ग्रेसी दलहरुको भेला, सभा अनि वैज्ञानिक समाजवाद तर्फ मोडिएको महाधिवेशन । त्यसपछि भेलाले उत्कृष्ट बनाएको भूतपूर्व प्रधानमन्त्री देउवाको कुर्सि मोह अनि कुर्षिको निसाफ वेस्सरी चाखेकै हुन् नेपाली जनताले ।
  महाधिवेशन पछि उद्घोष भयो स्थानिय, प्रदेश र केन्द्रको निर्वाचन जसरी पनि हुन्छ । मै गराउँछु । भन्ने परिपाटी ।
  पाँपाम् कुश सनासी, म धर्म तु अँलाची अर्थात राजनैतिक चुनावी माहोल पराकास्ट मै चल्यो भने नि हुन्छ ।
  हो, १३ औं महाधिवेसनमा जसरी नेपाली काङ्ग्रेसले चुनावी ताउर र माउर मिलायो त्यसरी नै निर्वाचन नि हुँदा, कुर्सीको पेचकस वर्तमान प्रधानमन्त्री पुष्प कमल दाहललाई गएको पत्तै भएन छ ।

  चुनावी गणना गर्दै, कसले भुइँ तहमा कति मत पाए । कता कार्यकर्ता उर्फिए र कति प्रदेशमा गुटवद्व भए कतिले मासु भात खाए र कतिले पचाए त्यो कहानि सवै दलको वखान मिडियामा चर्को रुपमा आयो ।

  तर समष्टिगत रुपमा चुनावमा के कति खति भयो र सरकारमा को–को उठे कसैलाई थाहै नभए छि लाई पत्रिका हेरेछि मात्र सरकार गठ्नको सुइँको पाउने भइयो ।

  त्यसो त कहाँ देउवामात्र हो, सवै दलले छुट्टा छुट्टै निर्वाचनका सदस्यका खाकाका लागि नयाँ मत जाहेरी गर्न महाधिवेशन पनि निर्देशित गरे ।

सवैको आलो पालो टालो चुनाव त भयो तर वेला परेछ विश्वविख्यात महामारी रोग कोरोनाको पालोमा ।

  गोजी टक्टक्ीने वेलामा जोगीको झोलीवाट दुम्बो पनि फेरा लाउनु पर्ने समयको असरमा । त्यसो त वैंकले के वाई सि फार्म भरेर पैसा छान्दै रुटो हाल्न बन्देज भएका जिरिङ्ग मानिसको ऐरो विस्तावर सेटलाई ध्यान चैं नहोला ।

  तर अग्रमन भनौं कि पश्चगमन भनौं दुनियाँमा के होस् नेपालमा चैं ढाडै भास्सिने गरी चुनावको रट्टानबाट आएको पहलकदमी हो यो समय ।

  त्यसो त आवर्तनको पर्दावाट नियालिएको सुविधा गुम समाजवादि व्यवस्थामा हिन्दु राज्यको तिगडम पनि चर्किलो भयो सवजन सम्पन्न भए र संविधानसभाको वैठक कक्षमा सवै दललाई आसिक दिए पनि ।

  साधु, सन्त, महान्त, व्यापारि देखि युवासमेत केही आसा राखेको हलो पार्टी खुस्कीयो ।

  हो, राजनीति व्यवस्था अनुकुल मात्र सुहाँउदो रुप हो । कोरोनाकालले राजनीतिलाई अल्मल्याएर पुरानै ठाउँमा छोडेको छ । लाग्दछ आफू हराएजस्तो विश्ववाट ।

रोजगार हराएको छ । पेसा हराएको छ । मानिसको विचार हराएको छ । राजनीतिक इसा लंगुरबुर्जामा सुरु भएको छ । कहिले इटा पर्ने कि पाना कतै चिडी हो कि बुर्जा यस्तै सानो बेलाका वेलाका डाइसहरु ।

  अचेल फेरी नेतागण पुराना लयमा लवस्करीय मनलागी भाषण भन्न भ्याएका हुन्छन् । कान चट्टारिन्छ । मन वट्टारिन्छ । अनि खाना खाएपछि भुँडि फुल्छ । अनि दानो सुक्छ ।

  आजको परलता पैसो उडेको रित्तो गोजीको हो । आज आम मानिसलाई शान्ति पूर्ण जिवनको लागि स्थायि राजनीति चाहिएको हो गोजीमा मूल्य र चाँजोले मिलाएको एक राजनीतिक लाभ चाहे त्यो खरदार कै किन नहोस ।


Wednesday, January 18, 2023

कोशी पारी फलाँटका माधव खरेल काभ्रेबाट १६ वर्षको उमेरमा घरबाट भागी काठमाडौं


 कोशी पारी फलाँटका माधव खरेल काभ्रेबाट १६ वर्षको उमेरमा घरबाट भागी काठमाडौं आए  । उनी साधारण लेख पढ् गर्न पनि सक्दैनथे । मानिस नचिन्दा उनको दिनचर्या ठेलामा चना, मक खाने हुन्थ्यो । तत्कालिन प्रमुख उपेन्द्र बहादुर प्रधानाङ्ग शंकरदेव क्याम्पसको डिन हुँदा उहाँको भाइ नगेन्द्रले २०३४ साल मंसिर ४ गते माधव खरेललाई पिउनमा जागिर लाइदिए ।  त्यस बेलामा नागरिकताको पनि चलन थिएन र उनको तलब एक सय सोह्र रुपैया मा मात्र सिमित थियो ।  त्यसबेला कलेजमा ८ घण्टा काम गर्ने र खाली हुँदा दिउँसो पुतलीसडक स्थित प्लाईउड पसलमा पनि संलग्न रहेको उनी बताउँछन् ।


लेखापढि कम भएका माधव खरेलको तलब बढेर लगभग तीस हजार पुगेको छ । उनका साथमा श्रीमती शुभद्रा खरेल २० वर्ष देखि शंकरदेवमा पिउन कै रुपमा कार्यरत छिन् । उनीहरुको काम चिठी पु¥याउने, बोतलमा पानी भर्ने, हाकिमहरुलाई तातोपानी पु¥याउने , घण्टी बजाउने, चिया बनाउने, बत्ति बाल्ने र नियमित कलेज खोल्ने र कक्षा कोठाहरु बन्द गर्ने रहेको छ । उनको परिवारमा उनका जेठा छोरा राजकुमार खरेल  पनि स्नाकोत्तर तहमा शंकरदेव क्याम्पस मै पढ्ने गर्छन । आफु कर्मचारी भए बापत केही सहुलियत पाएकोमा उनी खुसी छन् । त्यसो त बेग्लै खाजा खर्च पनि पाउँदा रहेछन उनी ।  “शंकरदेवमा एम.वि.एस सेमेस्टर, वि.वि.एस, एम.एम., बि.आई.एम. जस्ता विषय प्लस टु सकी पढाई हुने स्नानक र स्नाकोत्तर” उनी बताउँछन् ।  


उनी बताउँछन् , “२०३६ सालमा बिहान बेलुकी गरेर ३,००० हाराहारीमा विद्यार्थी हुने तर हाल आएर एक वर्षको विद्यार्थीको संख्या १४,००० देखि १५,००० हुने गरेको छ । सुदुर पश्चिममा बसोबास गर्ने  विद्यार्थीहरु सो क्याम्पसमा धरै पढ्ने र उनीहरु राजनीतिक रुपले सचेत हुने” उनी बताउँछन् । उनी भन्छन्, “शिक्षकले हप्काउँदा र तल्लो कर्मचारीले हप्काउँदा विद्यार्थीहरु नहप्किने भइसकेका छन् ।” पढ्ने अनुशासन विद्यार्थीमा कम रहेको, पढाउँदा कक्षा कोठामा विद्यार्थीको सिमित रहेको उनको दाबि छ । उनको बुझाइमा “विद्यार्थी हरु बढि छाडा भएको र क्लास संचालन हुँदा पनि एक अर्काका बीच हुने स्नेहका कारण जोडी विद्यार्थी कलेजको हाताभन्दा बाहिर निस्कने गरेको उनको अनुभव रहेछ ।”  उनी त्यस मानेमा आफू खरो र विद्यार्थी माथि रुष्ट हुन्छन् ।

उनी भन्छन्, “विद्यार्थी चुनाव समयमा हुन नसकेको कारण प्रत्येक विद्यार्थी नेता सरहको व्यवहार गर्ने गरेका छन् ।” एक हिसाबमा विद्यार्थी आन्दोलन कै कारण २०३६ साल पञ्चायत फाल्न सकियो । त्यस पछि २०४६ सालको प्रजातन्त्रमा कांग्रेस, एमाले सत्तामा मा आए । त्यस पछि पनि आम जनमानसको घरमा केही सुधार नभएको र अहिलेको लोकतान्त्रिक परिवर्तनमा पनि गरिब नेपालीको घरमा उल्लेख्य प्रगति आफूले नपाएको उनी बताउँछन् । अहिले भने विद्यार्थीहरु टायर बाल्ने, ढुङ्गा हान्ने प्रकृया छोडेर मुखले भनाभन गर्न थालेको उनी बताउँछन् ।   

समन्वयका अभावका कारण हरेक काम गर्दा अफ्ठयारा चुनौति रहेको उनी बताउँछन् । विद्यार्थीहरुले धेरै नै माया गर्ने गरेको उनी भन्छन् ।

जीवनमा आफ्नो उपलब्धिको कुरो सुनाउँदै उनी भन्छन्, “आफू घरबाट हिँडदा बेर्खची रहेको र जागिर खाए पछि धेरै वर्ष लाएर पहिले चोटी शेयर शंचय कोषबाट उन्नचालिस हजार गोप्य रुपमा निकाली दरबार मार्गको तत्कालिन एन.एम.बि फाइनान्स एकसय दश कित्ता र बैंक अफ काठमाडौंको एक शय असि कित्ता शेयर किनेर राखेर शेयर खेल्ने बेच्ने पनि गरेको थिँए ।”

त्यसो हुँदाहुँदै आफनो र श्रीमतीको कमाईले उनले थानकोट स्थित सतुंगलमा तीनकोठाको पिल्लर भएको घर लिएको र जेठो छोरा युरोप, आयरल्याण्डमा रहेको उनले खोले । 

२०७० सालमा आएको विनासकारी भूकम्पले उनको कोशी पारिको घर भत्काएको र आफ्नो बूवा काठमाडौंमा आउन नचाहेको उनी दुखेसो व्यक्त गर्छन ।

दैनिकी ९ घण्टा कलेजको काम गर्ने उनी आफ्नो काम प्रति सन्तुष्ट रहेको र घरबाट भागी काठमाडौंमा आफ्नो मेहेनतले पारिश्रमिक पाई र घर व्यवहार चलाउन पाएकोमा उनी खुसी रहेका छन् । अचेल स्वयम् आफ्नो स्थानीय ठाउँमा आफ्नो परिवार नरहेको कारण कहिले कहिले आक्कल झुक्कल मात्र जाने गरेको उनी बताउँछन् । 


Sunday, December 18, 2022

निर्वाचनको सेरोफेरोमा विताएका समय

     

         म गएँ । एउटा गाउँ । छाना जस्तै खरको । तर थाहा छैन । कता पुगेको हो । उकालो चढ्न गाह्रो । उ त्यो घर हो श्यामेको । उसको घरमा धेरै छन् । आमा–वुवा, बाजे–वराजु, काका, काकी, दाजु भाई र उसकी श्रीमती । घरको रंग फुँग उडेको । छाना पुरानो खरको ।
धेरै अघि मेरो साथि श्यामे म सँग घुलमिल निकै ग¥थ्यो । जव उ परदेश गयो । उ झर्को फर्को गर्छ म सँग निकै । तर त्यो घरमा निकै मान्छेहरु भए नि उसको ढंगको कारण मलाई फर्केर पनि उसको घर जान मन लाग्दैन ।

म अझ उकालो लाँगे निकै समय आरामको जीवनवाट सुखी जीवनको यात्रा खोज्दै गाउँका ठाम तिर, वारी तिर । मंसिर महिनामा हलो जोत्ने गोरु भेटिदैनन् । डाले घाँस नपाएका कारण । सानो छँदा जंगल धेरै हुने त्यो गाउँ एकाएक मरुभूमि वनेर उजाड बस्तिमा लागेको रैछ । मैले भेटेको पिपल, बडर, सिसौं, आँप, चाँप, धुपि, सल्ला र कदमका रुखहरुको न्यानो र चिसो मौसम दिने ग्रामिण ठाउँ आज हेर्दा अनौठो, उजाड र म आँफै कता कता गर्मीमा आएको वकुल्लो जस्तो । हिजो देखिएका चिसो ठूलो खोला आज सुस्ताउँदो मैलो पधेँरो जस्तो रैछ । म हिँडे माथि अझ उकालो सकिनसकि हैंसे गर्दै । तर नाच्न नजान्ने आँगन टेढो, मान्छेको लागि दृश्य नै अपुरो भने जस्तै मेरो शरिरले कहाँ पैतला मार्न सक्थ्यो र ! १० मिनेटमै टाउकोमा मौरी घुमेको जस्तो रिगंटा लागेर अलिकति घाँसे चौरमा लडेँ ।


दुईतिन महिना अघि मैले फिल्म हेरें साइनो । कथाले भनेको जस्तै नायकले मायामा बम्बई भौतारिए पनि संघर्ष जति गरेपनि । तलब जति पकाएपनि । परिवारको माया त भैहाल्छ । जाँड खाने मन कस्को हुँदैन ।

मेरो दोकानमा हिजोअस्ति मात्र एक जना माग्ने मानिसले कसै महाजनको श्रीमतीलाई तथानाम गाली गर्दा मलाई अनौठो लाग्यो ।

तर फिल्मी कथानक चलचित्र “साइनो” मा कलाकार भूवन केसीले दुधको टंयाक्करको व्यापार सुहाएको हो त्यो पूर्वेली पहाडमा । त्यसो त हिरोले काठमाडौं घुम्न उवेला पँजेरो ल्याएकै हो । काठमाडौं घुम्न गाह्रो सरर ! तरपनि श्रीमती गाउँमा भएछीलाई शहरमा गर्ल फ्रान्ड कसरि बनाउने भनेर भौंतारिएपछि वालाजु तिर होमिएछन् महानायक भुवन केसी । अष्ट नारायण फिल्ममा केही समय विताएपछि उनी पाटन तिर होमिएछन् माया लाउन ।

संसार नरोह त्यहाँ माया पाउन्न जहाँ । हो गाउँ त्यत्तिकै रमाइलो हुन्छ तर आज काठमाडौंमा संघर्षरत जीवनलाई ऐँचिन निकै गाह्रो हुन्छ । विगतमा पत्रकारिता गरियो । तामझाम सहित स्थानिय निर्वाचनको भुक्तभोगी भइयो । साथै अव त क्षत्रिय तथा संविधान सभाको निर्वाचन पनि सकिएको छ । निर्वाचन मतपरिणाम अनुसार २००७ साल देखि उदायमान पुरानो प्रजातान्त्रिक शक्ति नेपाली काङ्ग्रेसले सर्वाधिक मत ल्याएको छ, भने त्यस्तै नेकपा एमालेले दोसा्रे सार्वधिक मतपरिणाम ल्याएको छ । नेकपा माओवादी संयुक्त, नेपाल कम्युनिष्ट वार्टी एकिकृत सामाजवादी,जनता समाजवादी पार्टी नेपाल तथा अन्य नयाँ वनेका स्वतन्त्र दलले पनि आफ्नो निर्वाचन क्षेत्रबाट संयुक्त मतपरिणाम ल्याएको देखिन्छ । निर्वाचन वरिपरि अमानविय घटनाको मध्यनजर राखेकै हो नेपाल सरकारले । आगामि सरकारको तिथिमिती तय नभएपनि यावत समस्या हरेक निर्वाचनको समस्या भने जस्तै यस सरकारको पनि लोकतान्त्रिक र समाजवादी संस्कार हो जनता माथि विश्वास दिलाँउदै नयाँ जन–प्रतिनिधिले आफ्नो गाउँ ठाउँको अभिभारा बोक्ने ।

भन्न खोजेको शहरको राजनीति ग्रामिण परिवेशमा धेरै चर्चामा आउँछ । समाज त्यसै कहाँ चलेको हुन्छ । हामी सवै भुक्तभोगी नै छौं । आज भोली राजधानीमा जीवन जीउन सकस नै छ । एकै व्यक्तिले पन्ध्रवटा पेशा धारण त गर्दैन । अनि व्यापार कहाँ छैन र जहाँ छायाँ मात्र देखिन्छ तर यसमा नभिगेका मानिसलाई आफैं अचम्म लाग्दो हो हरेक कारोवारीको प्रसंगसँग । हो हिजोको दिनमा अनेक विश्व महामारी सँग जुझदै मानिसको ठेगाना एक्लो प्राय बनेको थियो । आफ्नै मौनतामा हराएर खानपिनको सजगता सँगै रोगसँग लड्ने क्षमता अभिवृद्वि बढाउनु पर्ने । कुनै अपरिचित व्यक्ति सँगै परिचय दिन डराउनु पर्ने । पौष्टिक आहारको कमी, व्यायामको अनिवार्यताले शिथिल वनाएको जिवन । शहरमा आफ्नो व्ययभारले आकुल व्याकुल बनाएको जिवन । सवै होटल वन्द हुँदा एकांकी जिवन जो कसैको ऋणको सम्पर्क आउँदा वा आम्दानीको घण्टी आँउदा सजग रहनुपर्ने जिवन । आम तवरमा विद्यार्थीको शिक्षा नै धुमिलिएको जिवन । एटिममा ताला ।
अनेक अमानविय घटना जस्तो सुनेपनि नदेखिने । वैदेशिक रोजगारीको हकमा शुन्यता ।

यस्तो तहसनस मौसममा भू.पु. प्रधानमन्त्री ओलीले संसदिय राजनितिमा सरकारमाथि नियन्त्रण गर्दै मंसिर–४ को निर्वाचनको खाका खोलिदिए । के–के भयो, त्यो नेपाली जनताको आँखाले देखेकै हो । संविधान सभा नै विघठन पछिको कठिन जीवन सँगै अदालती मान्यता वाट प्रधान न्यायधीसवाट राष्ट्रपति माथि निर्वाचन गराउनु पर्ने अध्यादेश संसदवाट ओर्लदै, सडकमा नारावाजी गर्दै राजनितिक दलका प्रमुख नेतृत्वले विनती चढाएको नै हो । राजनीतिक तरलता यसरी रोगको महामारीलाई पन्छाउँदै ठोस राजनीतिमा ल्याउनु कुनै असामान्य कुरो भने होइन ।

अव निर्वाचनवाट वन्ने सरकारले समस्त राजनीतिकर्मी, पत्रकार, वुद्विजिवी, कर्मचारी, विद्यार्थी समाज,आम जनतामा नयाँ सन्देश ल्यायोस, देशमा रहेको अमानविय र अराजक संस्कारलाई पहिचान गरी सरलिकृत वातावरण तय गरेर हरेक व्यक्तिको जीवन सामान्यकृत गरोस । हरेक नेपालीले राजनीतिक, धार्मिक, सामाजिक, आर्थिक, नैतिक अधिकार प्राप्त गरुन । यही नै स्वास्थ्य जिवन हो साकार रुपमा । 

हिन्दी चलचित्रकी अभिनेत्री पत्रकारको बारम्बारको प्रश्नपछि बनिन रिसहा

बलिउड । काठमाडौं । चलचित्र “दायरा”को रिलिजपछिको फोटो शुटमा अभिनेत्री करिना कपुर रिसले आक्रामक भएकि छिन् । वास्तवमा पत्रकारले उनलाई देव्रे पट...