www.smoonsharma.blogspot.com
Friday, March 17, 2023
नङ्ग खिइने गरी परिश्रम गर्नु सफलताको आधार होइन ?
Thursday, March 9, 2023
लङ्गुर बुर्जे जिवन, साउदी माना,पाना,आना

उत्तर, विवेचनाका अर्थ राजनीतिमा केवल राजनीतिज्ञहरुलाई आउँछ । त्यसको संगालो, अवगालो, अर्थ र अनर्थ सवैका घर–घरमा खानकी पछि हुँदा सवैको टाउको निको नै हुन्छ ।
आजकल त्यस्तै समस्या ग्रन्थ राजनीतिक तरङ्गको विवेचना ताजा खवर हरेक सञ्चारमाध्यममा हेर्न, सुन्न पाइन्छ ।
भूत पूर्व प्रधानमन्त्री ओलीको निर्वाचनको घोषणावाट कर्कंषिएको राजनीतिको ताउर र माउर आज उपरान्त चलिरहेको छ ।
शुरुमा काङ्ग्रेसी दलहरुको भेला, सभा अनि वैज्ञानिक समाजवाद तर्फ मोडिएको महाधिवेशन । त्यसपछि भेलाले उत्कृष्ट बनाएको भूतपूर्व प्रधानमन्त्री देउवाको कुर्सि मोह अनि कुर्षिको निसाफ वेस्सरी चाखेकै हुन् नेपाली जनताले ।
महाधिवेशन पछि उद्घोष भयो स्थानिय, प्रदेश र केन्द्रको निर्वाचन जसरी पनि हुन्छ । मै गराउँछु । भन्ने परिपाटी ।
पाँपाम् कुश सनासी, म धर्म तु अँलाची अर्थात राजनैतिक चुनावी माहोल पराकास्ट मै चल्यो भने नि हुन्छ ।
हो, १३ औं महाधिवेसनमा जसरी नेपाली काङ्ग्रेसले चुनावी ताउर र माउर मिलायो त्यसरी नै निर्वाचन नि हुँदा, कुर्सीको पेचकस वर्तमान प्रधानमन्त्री पुष्प कमल दाहललाई गएको पत्तै भएन छ ।
चुनावी गणना गर्दै, कसले भुइँ तहमा कति मत पाए । कता कार्यकर्ता उर्फिए र कति प्रदेशमा गुटवद्व भए कतिले मासु भात खाए र कतिले पचाए त्यो कहानि सवै दलको वखान मिडियामा चर्को रुपमा आयो ।
तर समष्टिगत रुपमा चुनावमा के कति खति भयो र सरकारमा को–को उठे कसैलाई थाहै नभए छि लाई पत्रिका हेरेछि मात्र सरकार गठ्नको सुइँको पाउने भइयो ।
त्यसो त कहाँ देउवामात्र हो, सवै दलले छुट्टा छुट्टै निर्वाचनका सदस्यका खाकाका लागि नयाँ मत जाहेरी गर्न महाधिवेशन पनि निर्देशित गरे ।
सवैको आलो पालो टालो चुनाव त भयो तर वेला परेछ विश्वविख्यात महामारी रोग कोरोनाको पालोमा ।
गोजी टक्टक्ीने वेलामा जोगीको झोलीवाट दुम्बो पनि फेरा लाउनु पर्ने समयको असरमा । त्यसो त वैंकले के वाई सि फार्म भरेर पैसा छान्दै रुटो हाल्न बन्देज भएका जिरिङ्ग मानिसको ऐरो विस्तावर सेटलाई ध्यान चैं नहोला ।
तर अग्रमन भनौं कि पश्चगमन भनौं दुनियाँमा के होस् नेपालमा चैं ढाडै भास्सिने गरी चुनावको रट्टानबाट आएको पहलकदमी हो यो समय ।
त्यसो त आवर्तनको पर्दावाट नियालिएको सुविधा गुम समाजवादि व्यवस्थामा हिन्दु राज्यको तिगडम पनि चर्किलो भयो सवजन सम्पन्न भए र संविधानसभाको वैठक कक्षमा सवै दललाई आसिक दिए पनि ।
साधु, सन्त, महान्त, व्यापारि देखि युवासमेत केही आसा राखेको हलो पार्टी खुस्कीयो ।
हो, राजनीति व्यवस्था अनुकुल मात्र सुहाँउदो रुप हो । कोरोनाकालले राजनीतिलाई अल्मल्याएर पुरानै ठाउँमा छोडेको छ । लाग्दछ आफू हराएजस्तो विश्ववाट ।
रोजगार हराएको छ । पेसा हराएको छ । मानिसको विचार हराएको छ । राजनीतिक इसा लंगुरबुर्जामा सुरु भएको छ । कहिले इटा पर्ने कि पाना कतै चिडी हो कि बुर्जा यस्तै सानो बेलाका वेलाका डाइसहरु ।
अचेल फेरी नेतागण पुराना लयमा लवस्करीय मनलागी भाषण भन्न भ्याएका हुन्छन् । कान चट्टारिन्छ । मन वट्टारिन्छ । अनि खाना खाएपछि भुँडि फुल्छ । अनि दानो सुक्छ ।
आजको परलता पैसो उडेको रित्तो गोजीको हो । आज आम मानिसलाई शान्ति पूर्ण जिवनको लागि स्थायि राजनीति चाहिएको हो गोजीमा मूल्य र चाँजोले मिलाएको एक राजनीतिक लाभ चाहे त्यो खरदार कै किन नहोस ।
Wednesday, January 18, 2023
कोशी पारी फलाँटका माधव खरेल काभ्रेबाट १६ वर्षको उमेरमा घरबाट भागी काठमाडौं
कोशी पारी फलाँटका माधव खरेल काभ्रेबाट १६ वर्षको उमेरमा घरबाट भागी काठमाडौं आए । उनी साधारण लेख पढ् गर्न पनि सक्दैनथे । मानिस नचिन्दा उनको दिनचर्या ठेलामा चना, मक खाने हुन्थ्यो । तत्कालिन प्रमुख उपेन्द्र बहादुर प्रधानाङ्ग शंकरदेव क्याम्पसको डिन हुँदा उहाँको भाइ नगेन्द्रले २०३४ साल मंसिर ४ गते माधव खरेललाई पिउनमा जागिर लाइदिए । त्यस बेलामा नागरिकताको पनि चलन थिएन र उनको तलब एक सय सोह्र रुपैया मा मात्र सिमित थियो । त्यसबेला कलेजमा ८ घण्टा काम गर्ने र खाली हुँदा दिउँसो पुतलीसडक स्थित प्लाईउड पसलमा पनि संलग्न रहेको उनी बताउँछन् ।
लेखापढि कम भएका माधव खरेलको तलब बढेर लगभग तीस हजार पुगेको छ । उनका साथमा श्रीमती शुभद्रा खरेल २० वर्ष देखि शंकरदेवमा पिउन कै रुपमा कार्यरत छिन् । उनीहरुको काम चिठी पु¥याउने, बोतलमा पानी भर्ने, हाकिमहरुलाई तातोपानी पु¥याउने , घण्टी बजाउने, चिया बनाउने, बत्ति बाल्ने र नियमित कलेज खोल्ने र कक्षा कोठाहरु बन्द गर्ने रहेको छ । उनको परिवारमा उनका जेठा छोरा राजकुमार खरेल पनि स्नाकोत्तर तहमा शंकरदेव क्याम्पस मै पढ्ने गर्छन । आफु कर्मचारी भए बापत केही सहुलियत पाएकोमा उनी खुसी छन् । त्यसो त बेग्लै खाजा खर्च पनि पाउँदा रहेछन उनी । “शंकरदेवमा एम.वि.एस सेमेस्टर, वि.वि.एस, एम.एम., बि.आई.एम. जस्ता विषय प्लस टु सकी पढाई हुने स्नानक र स्नाकोत्तर” उनी बताउँछन् ।
उनी बताउँछन् , “२०३६ सालमा बिहान बेलुकी गरेर ३,००० हाराहारीमा विद्यार्थी हुने तर हाल आएर एक वर्षको विद्यार्थीको संख्या १४,००० देखि १५,००० हुने गरेको छ । सुदुर पश्चिममा बसोबास गर्ने विद्यार्थीहरु सो क्याम्पसमा धरै पढ्ने र उनीहरु राजनीतिक रुपले सचेत हुने” उनी बताउँछन् । उनी भन्छन्, “शिक्षकले हप्काउँदा र तल्लो कर्मचारीले हप्काउँदा विद्यार्थीहरु नहप्किने भइसकेका छन् ।” पढ्ने अनुशासन विद्यार्थीमा कम रहेको, पढाउँदा कक्षा कोठामा विद्यार्थीको सिमित रहेको उनको दाबि छ । उनको बुझाइमा “विद्यार्थी हरु बढि छाडा भएको र क्लास संचालन हुँदा पनि एक अर्काका बीच हुने स्नेहका कारण जोडी विद्यार्थी कलेजको हाताभन्दा बाहिर निस्कने गरेको उनको अनुभव रहेछ ।” उनी त्यस मानेमा आफू खरो र विद्यार्थी माथि रुष्ट हुन्छन् ।
उनी भन्छन्, “विद्यार्थी चुनाव समयमा हुन नसकेको कारण प्रत्येक विद्यार्थी नेता सरहको व्यवहार गर्ने गरेका छन् ।” एक हिसाबमा विद्यार्थी आन्दोलन कै कारण २०३६ साल पञ्चायत फाल्न सकियो । त्यस पछि २०४६ सालको प्रजातन्त्रमा कांग्रेस, एमाले सत्तामा मा आए । त्यस पछि पनि आम जनमानसको घरमा केही सुधार नभएको र अहिलेको लोकतान्त्रिक परिवर्तनमा पनि गरिब नेपालीको घरमा उल्लेख्य प्रगति आफूले नपाएको उनी बताउँछन् । अहिले भने विद्यार्थीहरु टायर बाल्ने, ढुङ्गा हान्ने प्रकृया छोडेर मुखले भनाभन गर्न थालेको उनी बताउँछन् ।
समन्वयका अभावका कारण हरेक काम गर्दा अफ्ठयारा चुनौति रहेको उनी बताउँछन् । विद्यार्थीहरुले धेरै नै माया गर्ने गरेको उनी भन्छन् ।
जीवनमा आफ्नो उपलब्धिको कुरो सुनाउँदै उनी भन्छन्, “आफू घरबाट हिँडदा बेर्खची रहेको र जागिर खाए पछि धेरै वर्ष लाएर पहिले चोटी शेयर शंचय कोषबाट उन्नचालिस हजार गोप्य रुपमा निकाली दरबार मार्गको तत्कालिन एन.एम.बि फाइनान्स एकसय दश कित्ता र बैंक अफ काठमाडौंको एक शय असि कित्ता शेयर किनेर राखेर शेयर खेल्ने बेच्ने पनि गरेको थिँए ।”
त्यसो हुँदाहुँदै आफनो र श्रीमतीको कमाईले उनले थानकोट स्थित सतुंगलमा तीनकोठाको पिल्लर भएको घर लिएको र जेठो छोरा युरोप, आयरल्याण्डमा रहेको उनले खोले ।
२०७० सालमा आएको विनासकारी भूकम्पले उनको कोशी पारिको घर भत्काएको र आफ्नो बूवा काठमाडौंमा आउन नचाहेको उनी दुखेसो व्यक्त गर्छन ।
दैनिकी ९ घण्टा कलेजको काम गर्ने उनी आफ्नो काम प्रति सन्तुष्ट रहेको र घरबाट भागी काठमाडौंमा आफ्नो मेहेनतले पारिश्रमिक पाई र घर व्यवहार चलाउन पाएकोमा उनी खुसी रहेका छन् । अचेल स्वयम् आफ्नो स्थानीय ठाउँमा आफ्नो परिवार नरहेको कारण कहिले कहिले आक्कल झुक्कल मात्र जाने गरेको उनी बताउँछन् ।
Sunday, December 18, 2022
निर्वाचनको सेरोफेरोमा विताएका समय
म गएँ । एउटा गाउँ । छाना जस्तै खरको । तर थाहा छैन । कता पुगेको हो । उकालो चढ्न गाह्रो । उ त्यो घर हो श्यामेको । उसको घरमा धेरै छन् । आमा–वुवा, बाजे–वराजु, काका, काकी, दाजु भाई र उसकी श्रीमती । घरको रंग फुँग उडेको । छाना पुरानो खरको ।
धेरै अघि मेरो साथि श्यामे म सँग घुलमिल निकै ग¥थ्यो । जव उ परदेश गयो । उ झर्को फर्को गर्छ म सँग निकै । तर त्यो घरमा निकै मान्छेहरु भए नि उसको ढंगको कारण मलाई फर्केर पनि उसको घर जान मन लाग्दैन ।
म अझ उकालो लाँगे निकै समय आरामको जीवनवाट सुखी जीवनको यात्रा खोज्दै गाउँका ठाम तिर, वारी तिर । मंसिर महिनामा हलो जोत्ने गोरु भेटिदैनन् । डाले घाँस नपाएका कारण । सानो छँदा जंगल धेरै हुने त्यो गाउँ एकाएक मरुभूमि वनेर उजाड बस्तिमा लागेको रैछ । मैले भेटेको पिपल, बडर, सिसौं, आँप, चाँप, धुपि, सल्ला र कदमका रुखहरुको न्यानो र चिसो मौसम दिने ग्रामिण ठाउँ आज हेर्दा अनौठो, उजाड र म आँफै कता कता गर्मीमा आएको वकुल्लो जस्तो । हिजो देखिएका चिसो ठूलो खोला आज सुस्ताउँदो मैलो पधेँरो जस्तो रैछ । म हिँडे माथि अझ उकालो सकिनसकि हैंसे गर्दै । तर नाच्न नजान्ने आँगन टेढो, मान्छेको लागि दृश्य नै अपुरो भने जस्तै मेरो शरिरले कहाँ पैतला मार्न सक्थ्यो र ! १० मिनेटमै टाउकोमा मौरी घुमेको जस्तो रिगंटा लागेर अलिकति घाँसे चौरमा लडेँ ।
दुईतिन महिना अघि मैले फिल्म हेरें साइनो । कथाले भनेको जस्तै नायकले मायामा बम्बई भौतारिए पनि संघर्ष जति गरेपनि । तलब जति पकाएपनि । परिवारको माया त भैहाल्छ । जाँड खाने मन कस्को हुँदैन ।
मेरो दोकानमा हिजोअस्ति मात्र एक जना माग्ने मानिसले कसै महाजनको श्रीमतीलाई तथानाम गाली गर्दा मलाई अनौठो लाग्यो ।
तर फिल्मी कथानक चलचित्र “साइनो” मा कलाकार भूवन केसीले दुधको टंयाक्करको व्यापार सुहाएको हो त्यो पूर्वेली पहाडमा । त्यसो त हिरोले काठमाडौं घुम्न उवेला पँजेरो ल्याएकै हो । काठमाडौं घुम्न गाह्रो सरर ! तरपनि श्रीमती गाउँमा भएछीलाई शहरमा गर्ल फ्रान्ड कसरि बनाउने भनेर भौंतारिएपछि वालाजु तिर होमिएछन् महानायक भुवन केसी । अष्ट नारायण फिल्ममा केही समय विताएपछि उनी पाटन तिर होमिएछन् माया लाउन ।
संसार नरोह त्यहाँ माया पाउन्न जहाँ । हो गाउँ त्यत्तिकै रमाइलो हुन्छ तर आज काठमाडौंमा संघर्षरत जीवनलाई ऐँचिन निकै गाह्रो हुन्छ । विगतमा पत्रकारिता गरियो । तामझाम सहित स्थानिय निर्वाचनको भुक्तभोगी भइयो । साथै अव त क्षत्रिय तथा संविधान सभाको निर्वाचन पनि सकिएको छ । निर्वाचन मतपरिणाम अनुसार २००७ साल देखि उदायमान पुरानो प्रजातान्त्रिक शक्ति नेपाली काङ्ग्रेसले सर्वाधिक मत ल्याएको छ, भने त्यस्तै नेकपा एमालेले दोसा्रे सार्वधिक मतपरिणाम ल्याएको छ । नेकपा माओवादी संयुक्त, नेपाल कम्युनिष्ट वार्टी एकिकृत सामाजवादी,जनता समाजवादी पार्टी नेपाल तथा अन्य नयाँ वनेका स्वतन्त्र दलले पनि आफ्नो निर्वाचन क्षेत्रबाट संयुक्त मतपरिणाम ल्याएको देखिन्छ । निर्वाचन वरिपरि अमानविय घटनाको मध्यनजर राखेकै हो नेपाल सरकारले । आगामि सरकारको तिथिमिती तय नभएपनि यावत समस्या हरेक निर्वाचनको समस्या भने जस्तै यस सरकारको पनि लोकतान्त्रिक र समाजवादी संस्कार हो जनता माथि विश्वास दिलाँउदै नयाँ जन–प्रतिनिधिले आफ्नो गाउँ ठाउँको अभिभारा बोक्ने ।
भन्न खोजेको शहरको राजनीति ग्रामिण परिवेशमा धेरै चर्चामा आउँछ । समाज त्यसै कहाँ चलेको हुन्छ । हामी सवै भुक्तभोगी नै छौं । आज भोली राजधानीमा जीवन जीउन सकस नै छ । एकै व्यक्तिले पन्ध्रवटा पेशा धारण त गर्दैन । अनि व्यापार कहाँ छैन र जहाँ छायाँ मात्र देखिन्छ तर यसमा नभिगेका मानिसलाई आफैं अचम्म लाग्दो हो हरेक कारोवारीको प्रसंगसँग । हो हिजोको दिनमा अनेक विश्व महामारी सँग जुझदै मानिसको ठेगाना एक्लो प्राय बनेको थियो । आफ्नै मौनतामा हराएर खानपिनको सजगता सँगै रोगसँग लड्ने क्षमता अभिवृद्वि बढाउनु पर्ने । कुनै अपरिचित व्यक्ति सँगै परिचय दिन डराउनु पर्ने । पौष्टिक आहारको कमी, व्यायामको अनिवार्यताले शिथिल वनाएको जिवन । शहरमा आफ्नो व्ययभारले आकुल व्याकुल बनाएको जिवन । सवै होटल वन्द हुँदा एकांकी जिवन जो कसैको ऋणको सम्पर्क आउँदा वा आम्दानीको घण्टी आँउदा सजग रहनुपर्ने जिवन । आम तवरमा विद्यार्थीको शिक्षा नै धुमिलिएको जिवन । एटिममा ताला ।
अनेक अमानविय घटना जस्तो सुनेपनि नदेखिने । वैदेशिक रोजगारीको हकमा शुन्यता ।
यस्तो तहसनस मौसममा भू.पु. प्रधानमन्त्री ओलीले संसदिय राजनितिमा सरकारमाथि नियन्त्रण गर्दै मंसिर–४ को निर्वाचनको खाका खोलिदिए । के–के भयो, त्यो नेपाली जनताको आँखाले देखेकै हो । संविधान सभा नै विघठन पछिको कठिन जीवन सँगै अदालती मान्यता वाट प्रधान न्यायधीसवाट राष्ट्रपति माथि निर्वाचन गराउनु पर्ने अध्यादेश संसदवाट ओर्लदै, सडकमा नारावाजी गर्दै राजनितिक दलका प्रमुख नेतृत्वले विनती चढाएको नै हो । राजनीतिक तरलता यसरी रोगको महामारीलाई पन्छाउँदै ठोस राजनीतिमा ल्याउनु कुनै असामान्य कुरो भने होइन ।
अव निर्वाचनवाट वन्ने सरकारले समस्त राजनीतिकर्मी, पत्रकार, वुद्विजिवी, कर्मचारी, विद्यार्थी समाज,आम जनतामा नयाँ सन्देश ल्यायोस, देशमा रहेको अमानविय र अराजक संस्कारलाई पहिचान गरी सरलिकृत वातावरण तय गरेर हरेक व्यक्तिको जीवन सामान्यकृत गरोस । हरेक नेपालीले राजनीतिक, धार्मिक, सामाजिक, आर्थिक, नैतिक अधिकार प्राप्त गरुन । यही नै स्वास्थ्य जिवन हो साकार रुपमा ।
ReplyForward |
Monday, February 14, 2022
आत्मबोध को आत्मसन्तुष्ति
आत्मसन्तुष्टि नै जीवन हो । सन्तुष्ट रहन मानिस सधैं कर्म गर्छ । त्यसो त पृथ्वीमा अनेक कर्म हुन्छन् । मानिस अध्येता पनि होइन उ त कर्ता हो । धर्ती मा पुन्य र पापको आधारशिला युक्त कर्म बराबरी मात्रामा हुन्छन् ।
मानिसको जीवन अमूल्य छ, तर धर्तीमा जब उ पाइला टेक्छ शिशु, बालापन मा रहर र खुसीको सिमा निर्धारित हुँदैन । एक शिशु रमेको नै हुन्छ परिवार सँग । धर्म प्रति प्रगाढता होस वा नहोस उ भगवान भनेपछि तर्सन्छ र समर्पण हुन्छ नमस्ते गर्दै । शिशु अवस्थालाई हेर्दा बालक आमा प्रति सहानुभूति धेरै नै राख्दछ । आमाको आहार र स्यहारबाट पालन पोषण हुँदै बुवाको आर्शिवादबाट जिम्मेवारी हुँदै विद्यालयमा आश्रित जिवन जुनै बालकको लागि पनि बोधत्व भन्दा फरक भने पक्कै हुँदैन ।
मानिसहरुको कौटिल्यता र एक व्यक्तिको संस्कार कति खेर देखि परिवर्तित हुन्छ कि जब उ वयस्क बन्दै जाने छ । जब उसको नजरमा अनेक साथिको साथ छाउने छ, राम्रा वा नराम्रा उसले आत्मबोध गर्न जानेको हुँदैन । के गलत र के उत्तम उसको अनु्हारमा केही परिवर्तन आउँदैन । भन्नाको मतलब वयस्क शिशुले भन्दै न कि म गलत व्यवहारमा लागेको छु । मेरो सखा वा संगीको संगत मेरो पढाइ अनुकुल हैन भनेर । आमा बाबुको सामु उ कहिले खुल्दैन, त्यहाँ देखि बेजोड व्यगं हुन थाल्दछ आफ्नै दृष्टिकोण र पालनपोषण माथि । व्यवहारमा संकुचन देखिन्छ । तर यदी मानिस अनुकुल विचारबाट प्रेरित भएको छ भने मानिसको जिवन, जिवनशैली, आयाम, दृष्टिकोण र चरित्र पनि फेरिन्छ र ज्ञानी बन्छ ।
आत्मसन्तुष्टिको लागि मानिस समाज अनुसार चरित्रिक हुनु प¥यो । समाजको परावर्तन र चालचलन अनुसार कर्ताको क्रिया अनुकुल हुनु प¥यो । राम्रा साथि संग अनुकुलता अपनाउन सिक्नु प¥यो भने आफुलाई कुठाराघात गर्ने मानिस छ भने टाढिन जान्नुप¥यो । समाजमा श्रृजित हुन ज्ञान आर्जनको चरणमा कुशलता प्रदर्शन गर्न चुक्नु भएन । त्यसको लागि धेरै पढाकु हुन पनि जरुरी नै हुनु प¥यो । समाजमा अटाउन कर्मठ हुनु प¥यो । आफ्नो काममा दत्ताले भने अनुसारको कर्म यदी हरेक वयस्कतामा आफ्ना सन्तानले गर्दै जाने हो भने उ प्रयत्नशिल सधैं रहन्छ कर्म माथि ।
सांस्कृतिक बोध संस्कृति प्रतिको चेतना हो । धर्म अनि संस्कृति परस्पर तर फरक शाब्दिक अर्थ भएको चिन्तन हो । खस आर्य (बाहुन क्षेत्री) समाज आर्य भावनाबाट श्रृजित भएका ब्राम्हिक जीवनशैली बोकेको नेपाली संस्कृतिबाट हुर्कदै आएका जाती हौं । दशैं र तिहार हाम्रो महान उल्लासमय पर्व हो । यदि हाम्रो चेतना सांस्कृतिक र पारम्परिक हिन्दु धर्मबाट टाढिँदै गएमा हामी समाजबाट अर्को दृष्टिगोचरमा त पर्छौ तर त्यही समाजमा आफ्नो आयतन छोपी बाँच्न मुस्किलै बन्दै जान्छ पनि । हामी प्रथमत नेपाली हौं । सोच छुट्टै राख्न सकिन्छ तर सापेच्छित हुनु पर्छ । त्यो भन्दा बाहिरको मानसिकताले हामीलाई बहिरंग बनाउँछ । भन्नाले सांस्कृतिक परिवर्तन हुन सक्छ तर मानसिकता उपजको हुनुपर्छ आर्थिक र समाजमा जीवन गुजारा गर्न प्रेरीत गर्न सक्ने खालको प्रेरणादायी हुनुपर्छ भनेको हो ।
राजनीति ठोस कहिले हुँदैन । आजको राजनीति तरलिकृत छ । विश्वको ध्यान आज कोरोनाको मारमा राजनीतिक धुर्वीकरण तर्फ धकेलिएको जस्तो भान हुन्छ । आफ्नो माटो सुहाँउदो राजनीतिमा धक्का खान पाइन्छ । चुनावको चटारो यति खेर सबैमा छ । माग अनुसारको राजनीति चेतना हरेक युवाको पहिचान नै हो । भन्नाले देशको राजनीतिक अवस्थाको बारेमा पत्तो चैं हुनुपर्छ है भनेको हो । त्यसो त बकम्फुसेको जमात पनि धेरै नै छ । त्यहाँ त्यस्तै हुनु परि प¥यो । नत्र पेचकस खुकुलो भएर सम्भावना वेगर अर्धचेतन हुनु प¥यो ।
जुनसुकै मानिस जति सुकै निरस भएपनि अन्तमा धर्मात्मा नै हुने हो । भगवानको सामु मन्दिरमा गएर फूल अक्षता नचडाइ मन्दिरमा टिका ग्रहण नगरि मानिसको मन शान्त कहिले हुन्छ र ! मानिस मन्दिर, चर्च, गुम्बा, मस्जिदमा जहाँ जान सक्छ तर परम्परा विधि अनुसारको पुजा आजा गर्नाले मानिसको मन सधैं शान्त बन्छ । मानिसको जीवन त्यसै हो । जहाँ गयो त्यहीँ भूलिने । आफ्नो आत्माको शान्तिको लागि जुनसुकै खुला ठाउँमा जान मानिस पछि पर्दैन । संसार भगवानमा आश्रित छ । भन्नाले नास्तिक जीवनको कर्ममा पनि बन्धन छ । मानिसको खानाको रोजाइ उसको आत्म सन्तुष्टि हो । मानिसको विचार संकुचनमा रहेको हुन सक्छ तर आहारको अनुकुलता उसको प्रतिबिम्वित विचारको परिकल्पना र स्वाद हो भन्नाले किमार्थ फरक पर्दैन । किनकी रसोस्वादन भनेको नै यही हो ।
मानिसको अर्थको चाँजोपाजो भावीको माथ वा उसको कर्मठ थलोभूमि । कि त उ विदेशी कर्मभूमीमा काम गर्न लालायीत हुनुप¥यो । सक्छन पनि । आजको भिसा चाहना उपर पनि छैन । मानिसको जिवन आर्थिक चपेटामा पर्दैन र ! पर्छ व्ययभार र वेरोजगारीको कारण । तपाईँ जुनसकै देश वा शहर भ्रमण गर्न जानुहोस त्यहाँको धर्म, संस्कृति, जीवनशैली, राजनीति नबुझदा बोझिला अन्तरपाइन्छ । ध्यान र कर्म नै आत्मसन्तुष्टि हो अनि व्यायाम र खाना पनि ।
Sunday, November 21, 2021
सम्झना लायक दुखःद क्षण
अचानोको चोट अचानोलाई त्यती नै ! राजनीतिको अर्थ थोरै थाहा छ । वातावरण राजनीतिमय बनि जाँदा फेरी किताबको कुनो डोको चौतारी भनेझैं आफू कुनामा हराइरहेको सारा सम्पर्क विच्छेद जस्तै संसारमा सानो अपराधी भएर बस्नु परेको छ । खासै काण्ड त केही छैन ।
देख्दा वैमनस्यता जागेको हुनसक्छ । त्यसो त आजभन्दा धेरै अघि सबैकुरा मिलेको थियो । काम गर्दै थिएँ । तर आज वातावरण चुलिएको छ संदिग्ध अपराधमा जेलनेल जालसाझिँबाट उन्मुक्त परिवार र समाजको हावारुपि चरित्रबाट माथि उठ्न नसक्दा मन पेचिलो भएको छ । जुनकिरी हराएकि छे । सुलसुले लागेको छ जिउभरी ।
पसिनाको धन प्यारो छ । जो हाउडेलाई थाहा भएको कुरो हो । सबै मानिस आफू सहि भनि ढाकछोप गर्न तम्सन्छन् । त्यसपर म थाहा छैन । आज महामारीको प्रकटता प्रहारले संसार गाँज्दा संसार अमिलो भएको छ जो कोहीलाई ।
अहोरात्र खटियो भाडा, दशैं खर्च, परिक्षाको लागि भनेर । तिहार आयो । तर मल मुत्र त्यागि स्नान गरेछी जनै धारण गर्नु पर्छ भन्ने यो पठ्ठो ब्राम्हणलाई सानै देखि थाहा नभएको कि अन्जानिदो भएको समाजको पात्र वैमनस्यताको लागि चुर सलामी !
गैंडा, घोयल, चौरी, बाघ, मृग, जरायो यि सबै जंगली जनवार हुन् आफू मुढो भएर दुलो भित्र छुम्सिलो भएर बागबजारका गल्लिका सधैं चित्कार सुन्थे घोप्टियो लकडाउनमा अनकन्टार रातका यादगार कुण्ठाहरुको सनका मौज्दाद खल्तीमा नोटको सगरी थुम्का थुम्की नहुँदाको अल्लारे वैसको कोप झण्डा हातैले गाड्नुपर्ने भएछी कुर्कुचालाई के दोष ।
वैकुण्ठबाट विष्णुजीको गीताको निसन्देह पाठ गर्दै थिए । रणभूल्ल भइन्छ । मौलाइन्छ थाकिन्छ । कता कता स्वादिलो हुन्छ । वीचमा चित्कार र यौनकुण्ठा र घृणाको पात्र आफ्नो मष्तिस्कको घाउले गर्दा सर्वत्र फैलने आवाजको सनक त्यही एसिडलाई अन्जानिदा दैव संकट ।
मूला खानु न्यानो । स्कुस त झन प्यारो । कुखुरा छोडियो । कोभिडका लहरमा डिडि ¥यामोनको गीत संगित सुनिन्छ ।
त्यसो त कांग्रेस र कम्युनिष्ट पार्टीको कलह आजमात्र होइन । पार्टी फूल र राजनीतिमा आएको कोरोनाको कहर र संसद विघठनले म नि अछुतो रहिन ।
सन्यासी भइयो कि ! होला रुमाल सधैं मिल्कन्छन् ।
जोग अएछ प्रविधिमय हुने तर शुभ सन्ध्यामा मोवाइल फोन हराँउदा फेरी आइफोनको रहर हराएछ । रुमाल सधैं मिल्कन्छन् ।
हामी सबै एक हौं । हाम्रो देश प्यारो छ । हामी नेपाली जन्मे देखि स्वतन्त्र छौं हामी नेपाली जन्मे देखि स्वतन्त्र छौं । हामीलाई कसैको दासत्व स्विकार छैन । जय जय काली जय जय गौरव भन्न आँउछ तर अर्को मानिसले राष्ट्र गानको आवरणलाई पनि दौलतको कोप हुँदा होस हराउँदा । ठोस नपाउँदा । चिटिङ्ग हुँदा टोपि , रुमाल , चस्मा, औषधि, जनै हराउँदा धर्तिमा पानी जमेपछि वर्षातमा छातिमा पानी फोका जम्दा वेस्मरी निचोरी दुध सेवन गरेछी ¥याल निचोर्दियो कोरोना संकट हे दैव !
२०७८ को कोरोना संकट तथास्तु ।
जय देश !
जय नेपाल !
Tuesday, August 17, 2021
रुमल्एिको जीवन
वास्तविकता भन्दा धेरै टाढा रित्तिएको वितृष्णा, झिन्झिनाटहटले खल्बलएको कुनो स्थिरताले चुलिँदो अध्यारोँ मष्तिष्कको कुण्ठा । विरत्तीएको आकारको बहुलठ्ठीपन । कारण निमिट्यान्न मानव संवेदनहीनता । जसमा गाली, गलौंच, वितृष्णा, बेढंग र रित्तता पर केही आभा छैन । केही छ भने कुनै भौतिक पदार्थको मोह त्यो नी केही आयश्रोत रहिन्जल ।
साँची म अस्ति सुन्धारा गएको थिएँ । मानिसहरु पसल वरी परी ठूला गफ लडाउँथे । चर्का चर्का राजनीतिक प्रचार बाजी गर्ने गर्छन । कोही अर्थ व्यापारको कुरा गर्छन । कोही घर घडेरीको । कोही सुन्दरीको । अनि क्षतिग्रस्त धरहरा ।
काठमाडौं फेसनको शहर । शहिदगेट निर पाइला चाँले । धेरै भएछ नगएको । भनिन्छ ठाउँ ठाउँको छुट्टा छुट्टै निशा हुन्छ । अस्तित्व हुन्छ । पहिचान हुन्छ । तर पनि शहिदगेटलाई बुझन मैलै भ्याएको छुइन । म नि यस्तै लाउने पोसाकको खोजीमा त्यहाँ गएको थिएँ । न्यूरोडतर्फ तर्फ आकर्षित भएँ । पहिले त जारा प्यान्टको खोजीमा सुरज आर्केड गएँ ।
म ट्याम्पूबाट ओर्ले । सुन्धारामा आवाजै आवाज पाएँ । हल्लाखल्ला र चाप पाएँ । सुन्धारा एकाएक माग्ने गल्लीमा परिणत भएको छनक पाएँ । मानिस भीडाम– भीडमा कानेखुसी गर्दै थिए । अन्धाले गीत गाउन शुरु गर्यो । मानिस एक ट्वाक रुपले आँखाले दृष्टिगोचर गरिरहेथे ।
मानौं यो काठमाण्डौ शहर होइन । जहाँ खुला आकाशमा न्यानोपन लिन सकिन्छ । आफ्नो मौनतमा अटाउन सकिन्छ । रहर र संगालोमा लिप्त भइ ध्यानी र परिश्रमि हुन सकिन्छ । आज लाग्छ न त एक विद्यार्थी नै भइएको छ न त एक असल नागरिक । न त लोग्ने मानिसमा हुने गुण नै छ । न त कुनै ज्ञानको भण्डार । न त जीवन बलियो बनाउने श्री ।
जीवनको ३२ औं वसन्त पार लाउँदा काठमाडौंले यही रित्तता छोडेको छ ।
न शहरलाई आफूले केही दिन सकियो न केही लिन । म पाइन्ट किन्न हिँडेको सुन्धारा तिर । बीच बाटोमा भूगोलपार्क छिरियो । स्थिती नियाल्न खोंजे माथि शालिक रैछ तल शिलालेख । ९० सालको भूकम्पले पुर्याएको क्षतिको विवरण बारे केही लेखिएको रहेछ । प्रतिमा श्री ३ राणा शम्शेर जुद्ध शमशेरको ।
म तीनछक्क परेँ २०७२ वैशाख १२ गते गएको भूकम्पको कारणले ।
मैले वरीपरि नियाँले । विशालबजार अगाडीको जुद्ध शालिकको प्रतिमा ।
त्यसो त महर्जन कन्स्ट्र«क्सनले निर्माण गरेको घरभित्रको मन्दिर पनि नियाँले । वसन्तरपुर दरबार स्क्वार नियाँले । ठाउँ नै भेटिएन हेर्ने कन्स्ट्र«क्सन ।
त्यसपछि सुन्धारामा पोसाक किनियोँ । नयाँ फेसन ।
व्यापारको शिलशिलामा चेक साट्न गएको ७ पटक सुति पाइन्ट लाएर फिरौती भएछु । एक पटक जब अफिसबाट वीर अस्पतालमा जाँदै थिए एक चिनियाँ कम्फ्युम्यानको याद आयो ।
एक कम्फ्युम्यान जसको आफ्नो वाणी छैन । शोक छैन । नारी छैन । माया छैन । स्नेह छैन । सन्धी, नाता छैन । वरपर वैराग छ । शत्रुता छ । वैराग्यता छ । नैरास्यता छ । शिरानी मात्र छ । रहर मेटिएको छ । मधुर्यता छ काल्पनिक ।
वस्तुगत यथार्थता भन्दा पर मानसिक आँखा र इसाराको शुन्यताको कोलाहल मात्र छ । उसलाई खाना कै अभाव छ । अन्धो यौनिकता ।
अनामनगरमा टेम्पुमा दुई मानिस मुख छोपि पुस्तक पल्टाउँदै तासको कुरा गर्न थाले पैसाको । मैले नियाँले मेरो पाउमा । चुच्चो जुत्ता र घिउ कलरको प्याइन्ट । अनि चुस्स दाह्री । न कुनै उत्साह न उमंग ।
मेरो रुपलाई संम्मोहन गर्न थाले । सायद म कुनै कम्फ्युम्यान पो भएको हुँ की । के हो ?यस्तो शुन्यता के को रित्तता ? कति कठोर । सायद नयाँ फेसन मलाई न पचेको हो कि ? अनि मानिससँग बुझाबुझ नभएको हो कि ?
८ दिनको मेरो घिउ कलरको पहिरनमा कालो दाग लागिसकेको थियो । रौनक भएन । मानिसलाई चाहिने सानो कपडा छान्न त यति गाह्रो पर्ने रहेछ । अरु मेरा आंकाक्षा त अधुरा मनोकांक्षा मात्र हुने होलान । विश्व एक्काइसौं शताब्दीमा परिणत भएता पनि मन मात्रको मानिस विफोर क्रिष्ट वा इसाको हिसाब अनि पातामा मात्र सिमित रही आता वन्नु पर्ने होला । उ आका नबनि फेरी साका रुपि युगमा फर्किदा सबैले खिसि ट्उरी गर्ने होलान । अनि आयुख भन्ने होलान होऊ !
हिन्दी चलचित्रकी अभिनेत्री पत्रकारको बारम्बारको प्रश्नपछि बनिन रिसहा
बलिउड । काठमाडौं । चलचित्र “दायरा”को रिलिजपछिको फोटो शुटमा अभिनेत्री करिना कपुर रिसले आक्रामक भएकि छिन् । वास्तवमा पत्रकारले उनलाई देव्रे पट...
-
काठमाडौँ — निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभाको प्रत्यक्षतर्फको निर्वाचनका लागि उम्मेदवारले गर्न पाउने खर्चको सीमा तोकेको छ । आय...
-
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा ६ सय रुपैयाँ घटेर प्रतितोला दुई लाख ७० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल ...
-
काठमाडौँ । सुनजस्तै देखिने धातुको डल्लो देखाई ठगी गरेको अभियोगमा चारजनालाई प्रहरीले पक्राउ गरेको छ। कागेश्वरी मनोहरा नगरपालिका–५ थली क्षेत्र...




