सम्झना लायक दुखःद क्षण


अचानोको चोट अचानोलाई त्यती नै ! राजनीतिको अर्थ थोरै थाहा छ । वातावरण राजनीतिमय बनि जाँदा फेरी किताबको कुनो डोको चौतारी भनेझैं आफू कुनामा हराइरहेको सारा सम्पर्क विच्छेद जस्तै संसारमा सानो अपराधी भएर बस्नु परेको छ । खासै काण्ड त केही छैन । 

देख्दा वैमनस्यता जागेको हुनसक्छ । त्यसो त आजभन्दा धेरै अघि सबैकुरा मिलेको थियो । काम गर्दै थिएँ । तर आज वातावरण चुलिएको छ संदिग्ध अपराधमा जेलनेल जालसाझिँबाट उन्मुक्त परिवार र समाजको हावारुपि चरित्रबाट माथि उठ्न नसक्दा मन पेचिलो भएको छ ।  जुनकिरी हराएकि छे । सुलसुले लागेको छ जिउभरी ।

पसिनाको धन प्यारो छ । जो हाउडेलाई थाहा भएको कुरो हो । सबै मानिस आफू सहि भनि ढाकछोप गर्न तम्सन्छन् । त्यसपर म थाहा छैन । आज  महामारीको प्रकटता प्रहारले संसार गाँज्दा संसार अमिलो भएको छ जो कोहीलाई । 

अहोरात्र खटियो भाडा, दशैं खर्च, परिक्षाको लागि भनेर । तिहार आयो । तर मल मुत्र त्यागि स्नान गरेछी जनै धारण गर्नु पर्छ भन्ने यो पठ्ठो ब्राम्हणलाई सानै देखि थाहा नभएको कि अन्जानिदो भएको समाजको पात्र वैमनस्यताको लागि चुर सलामी !

गैंडा, घोयल, चौरी, बाघ, मृग, जरायो यि सबै जंगली जनवार हुन् आफू मुढो भएर दुलो भित्र छुम्सिलो भएर बागबजारका गल्लिका सधैं चित्कार सुन्थे घोप्टियो  लकडाउनमा अनकन्टार रातका यादगार कुण्ठाहरुको सनका मौज्दाद खल्तीमा नोटको सगरी थुम्का थुम्की नहुँदाको अल्लारे वैसको कोप झण्डा हातैले गाड्नुपर्ने भएछी कुर्कुचालाई के दोष ।

वैकुण्ठबाट विष्णुजीको गीताको निसन्देह पाठ गर्दै थिए । रणभूल्ल भइन्छ । मौलाइन्छ थाकिन्छ । कता कता स्वादिलो हुन्छ । वीचमा चित्कार र यौनकुण्ठा र घृणाको पात्र आफ्नो मष्तिस्कको घाउले गर्दा सर्वत्र फैलने आवाजको सनक त्यही एसिडलाई अन्जानिदा दैव संकट ।

मूला खानु न्यानो । स्कुस त झन प्यारो । कुखुरा छोडियो । कोभिडका लहरमा डिडि ¥यामोनको गीत संगित सुनिन्छ ।

त्यसो त कांग्रेस र कम्युनिष्ट पार्टीको कलह आजमात्र होइन । पार्टी फूल र राजनीतिमा आएको कोरोनाको कहर र संसद विघठनले म नि अछुतो रहिन ।

सन्यासी भइयो कि ! होला रुमाल सधैं मिल्कन्छन् ।

जोग अएछ प्रविधिमय हुने तर शुभ सन्ध्यामा मोवाइल फोन हराँउदा फेरी आइफोनको रहर हराएछ । रुमाल सधैं मिल्कन्छन् ।

हामी सबै एक हौं । हाम्रो देश प्यारो छ । हामी नेपाली जन्मे देखि स्वतन्त्र छौं हामी नेपाली जन्मे देखि स्वतन्त्र छौं । हामीलाई कसैको दासत्व स्विकार छैन । जय जय काली जय जय गौरव भन्न आँउछ तर अर्को मानिसले राष्ट्र गानको आवरणलाई पनि दौलतको कोप हुँदा होस हराउँदा । ठोस नपाउँदा । चिटिङ्ग हुँदा टोपि , रुमाल , चस्मा, औषधि, जनै हराउँदा धर्तिमा पानी जमेपछि वर्षातमा छातिमा पानी फोका जम्दा वेस्मरी निचोरी दुध सेवन गरेछी ¥याल निचोर्दियो कोरोना संकट हे दैव !

२०७८ को कोरोना संकट  तथास्तु ।

जय देश !

जय नेपाल !


Comments

Popular posts from this blog

दृश्य र सपना

निर्वाचन खर्च सिमा तोकियो

सुनको भाउ २,७०००० कायम