www.smoonsharma.blogspot.com

Thursday, June 25, 2015

                                         अनिश्चित गन्तब्य

         मैले विरगंज नै जाने अठोट गरेँ । कसैको अपसोच थियो त घरको बुढी कै ? मीठो मसिनो चामल अनि उनको माया । राति सिमसिमे पानी पर्दै थियो ? कलंकीबाट विरगंज त्यही नौ दश घण्टाको रफतार । फेरी हतासको यात्रा विरानो, कताको मोड हो अत्तो न पत्तो । जेसुकै होस घुमौ न त । काउन्टरमा गफगाफ गरिदैं थियो एउटी युवतिसंग परिचय भयो । उनको रुप, कलिलो काक्रो जस्तै । बोल्न संकोच मानी मानी बोलँे । उनको नाम रहेछ मनिषा । रहिछिन इलामेलि, जान लागेकी धरान । खाजाको अफर राखु भनेको, उनले खाजा खाइसकेकी रहिछिन् । उनको चक्षु मृगनयनी । अनुहार गहुँगोरो चेप्टो परेको अनुहार । मलाई कुनी के को हावा लाग्यो म त्यसै उनीसंग मोहित भएँ ।
यात्रा अनेक हुन्छन् । वियोग, संयोग, विछोड, मिलन, तृष्णा, क्षितिजको । यस्तै यस्तै यात्रा त क्षितिज कै भएपनि उनीसँगको मिलनले मलाई अट्ठाहस नै भयो । जे भए पनि एक कप कफि त पिइयो पनि । यसै बहानामा मोबाइल नम्बर लिन भ्याइयो । घरको  श्रीमती सम्झदा त अफ्ठेरो मान्नुपर्ने तर कता कता टाउकोमा कुरा उठ्यो परस्त्रि त्यो पनि सुन्दर नारी संग मित्रता राख्न किन नपाइने ? यसरी नै हाम्रो विछोड पनि भयो ।
            त्यतिकैमा मेरो साथी रुपेश आइपुग्यो । उसलाई मैले सबैकुरा राखेँ । उसले भन्यो भाउजु सँगको खटपट र मनिषासंगको दोस्ति सान्दर्भिक नहोला । हामी दुवैको टिकट एउटै भएको हुनाले कलंकीबाट विरगंजको लागि छुट्यौं । रातभरीको यात्रामा मलाई निन्द्रा लागेन । सम्झे माया भन्ने कुरा के होला ? मेरो अकल्पनिय श्रीमती प्रतिको छिनमै पलाएको वितृष्णा अनि मनिषा संगको भेट । यि दुई कुराको नजिर ठम्याउन गाह्रो भयो ।

गाडि कहिले एक्सप्रेस त कहिले ५० को स्पिडमा गुडिरहेको थियो । हरिया रुखका वोटहरु काला देखिन्थे । हावा वेगले चलिरहेको थियो ।
म आफ्नो बारेमा सोँच्दै थिँए  । रुपेशले मलाई ब्युझाँयो । मायाको कुरा गर्दा, मेरो पनि त्यस्तै जिन्दगी थियो । अहिले मेरो सुखद जिन्दगी छ । प्रतिका अलिक चुलबुली छे । सुन्दर उ पनि छे,  उसको म प्रति ठूलो आत्मियता र सदभाव पनि छ । र सबैभन्दा ठूलो कुरा उ असहज परिस्थितिमा मलाई सधैँ साथ दिन्छे ।
बाटोमा गाडी रोकियो हामीले चिया र नास्तामा खिर खायाँै ?
चारकोशे झाडी र चन्द्र निगाहपुर पनि काटिएछ । गाडी त्यतिकै गफैगफमा सिमरा आइपुगेछ । रुपेश बसबाट ओर्लियो । उसको घर ओर्लिन कर गर्दै थियो । तर मैले मानिन । कुरा खेल्दै गयो पल वितेको पत्तै पाइएन ।
विरगंज वसस्टप आयो सबै ओर्लिए । मेरा गोडाले डेग मार्न सकेन । तरपनि ओर्लिनै थियो । बिहानीको साढे पाँच बजेको थियो । नजिकैको आदर्श बसस्टपमा चियाको चुस्की लिएँ ।  सोँचे कता जाने ? कहाँ जाने ? अत्तो पत्तो भएन ? टाढा, त्यही माथि, नौलो ठाँउमा मन चिसिदो रहेछ । घर सम्झे । रिस त उठ्यो । तर प्रश्न प्रति प्रश्न सम्बोधन हुने ठाँउ काँहि भेटिएन फेरि काठमाडौं नै फर्किए । टाढा जाँदा घरको माया झन हुने रहेछ  । फर्केको केहि दिन पछि मनिषालाई फोन लाएँ उनले रिप्लाई दिन अस्विकार गरीन । सम्झे ठिकै गरिन ।

विचार र संदेश पयार्यवाची शब्द हुन् । अन्तरंग, परस्पर कुराकानी वा भाषण सबै अन्र्तनिहित धारणा हुन भन्दा गाह्रो हुन्छ । साहित्य श्रृजना हो । वाक्यका चाल अनि त्यस माथिको विवेचना र प्रस्फूटन हुने मानवीय संवेदना बुझ्न गाह्रो हुन्छ शव्दका भावहरु किल्ष्ट नहुँदा ।
    कविता,लेख, कथा, नाटक, पुष्तकमा समेटिएका कुरा ग्रहण गर्न र त्यसमा समाहित भई यथार्थमा ढाल्न अत्युक्ति नहोला । मैले दन्ते कथाहरु सुनेथे र पहिलो  कविता लेखेथेँ । भोजबहादुर । साहित्य र श्रृजना अन्तरंगबाट प्रकट हुने व्यंगविनोद हुन् । रातारात जसरी कोही माथी पुग्दैन । त्यसरी नै शाहित्यमा म दिग्गज छु भनी कसैले भन्दैन ।
    शाहित्यकारहरु थुप्रै छन् जो अटल प्रयासबाट धेरै समयपछि माथि पुगेका छन् ।

Tuesday, June 23, 2015

साम्यवादी सपनामा नेपाली क्रान्ति

कम्युनिष्ट सिदान्तको प्रतिपादन मा कार्ल माक्र्स र फ्रेडरिच एन्जलसले १८४८  मा गरेका हुन । जुन रुपमा नेपालमा साम्यवाद लादिन  खोजियो त्यसले हजारौं मान्छे घरवार विहिन हुन पुगे, लाखौं मानिस अपाँग भए अनगिन्ती मानिस सम्पति विहिन भए, लाखौं मानिस आफन्तबाट टाढिन पुगे र लाखौं मानिस विदेश पलायन भए ।
    मानव इतिहास वर्ग संघर्षको इतिहास हो ।  अफ्रिकामा जसरी सामान्य मानिसलाई कोक्रोचको संज्ञा दिँदै बन्दुकले भुट्ने गरिन्थ्यो त्यसरी नै युदका नाइकेले कसैलाई छोडेन् । विशाल पार्टी बनाउन केटाकेटीलाइ दिउँसै अपहरण गरी ग्रामिण क्षेत्रबाट युदमा लगिन्थ्यो । त कसैलाई राती ओछ्यानमा सुतेका बेला नकाबधारीले अपहरण गर्ने गरेको पाइयो ।
    नेपाल एक्काइसौं शताब्दीमा कुइरोको काग बनेको छ, नेपाललाई नयाँ नेपाल बनाउनु छ,  रोजगारीको अभाव छ,  हाम्रो पार्टीमा प्रवेश गर तिमीहरुको घरबार पार्टीलाई सुम्पियौ । तिम्रा घरमा पढ्ने छोरा छोरीलाई हाम्रा लडाकु बनावो, हामी तिमेरलाई गरिबीको खाल्डोबाट छिचोल्दै नयाँ नेपाल दिनेछौं हाम्रो अभियानमा साथ दियौ आश्वासनको रट यही नै थियो ।
    जसले हाकाहाकी हतियारधारी गुरिल्लाको माझ केही सिप नलागी लाटकोसेरो ओसरे झैँ  मान्छे त्यही नै लागे ।
    हाम्रो समाज पिछडिएको छ । यहाँ राजा, उद्योगपति, मुखिया,  हली, ज्यामी, सुनार देखि लोहार छन् । समाजको ऐनालाई  भारतीय भूमिबाट दुर्वीनले हेर्दै जुम्ला, हुम्ला देखि नेपालमा रक्तपात मच्चाइयो ।
    आज तराईका पार्टीहरुसँग मेलमिलाप कति राम्रो सदनमा । आधा पार्टी चैं सत्ता आएन रे ।  कुर्सीमा दुवै हुँदा  संविधान  जनतालाई नदिने अनि अझ नयाँ नेपालमा युद्दै चाहिन्छ रे कस्तो  निती ? हलो अड्काएर पृथ्वी परिकल्पना गरेका हुन कि ? अचेल प्रचण्ड कोही मर्दा पर्दा भावविहोर हुन्छन् रे १
    यदी यही पुजीवादसँग दोहोरी खेल्दै अघि वढ्नु थियो भने आधा नेपालका संरचना किन भत्काइयो ? अनि केही काम गर्दा पार्टी धनी बनाउन चन्दा असुली गर्ने हो भने गान्धि को चर्खा आन्दोलनले केही काम नगर्ने चै किन बनाइयो ?
    राज्यसत्तामा बागडोर आफनो बनाउने हतियारको दम्भले राजा फाल्ने र सातदलसँग मिलि १९ दिने आन्दोलनले प्रतिनिधिसभा त स्थापना भयो । गणतन्त्र  पनि स्थापना भयो । खयर राष्टपतिको पद  प्रचण्डले पाएनन् रे ।
    हजारौं मानिसले न्याय पाएका छैनन, सम्पत्ति फिर्ता पाएका छैनन्, कसैको छोरो बेपत्ता छ त कसैको जागिर विस्थापित भएको छ ।
    नयाँ नेपालको नोटमा राजाको फोटो हटाएर मात्र हुँदैन प्रत्येक नेपालीको गाँस, बाँस, कपासको ग्यारेण्टी हुनुपर्दछ । प्रत्येक विद्यार्थीको हातमा पुस्तक हुनुपर्दछ, प्रत्येक नागरिकले स्वतन्त्र रुपमा बाँच्न पाउनुपर्दछ, प्रत्येक युवाले स्वदेशमा रोजगारी पाउनुपर्छ र राजनीति हतियार हैन विचार र विमर्शको हुनुपर्दछ ।
    तबमात्र गणतन्त्रको नायक प्रचण्ड र बाबुराम हुनेछन् शासनै गर्ने हो भने विश्वमा कम्युनिष्ट पार्टी धेरै छन् केपी ओली र माधव नेपालका हातमा दही जमेका छैनन् ।
   

Thursday, February 26, 2015

मसान घाटमा परेको किरण

मसान घाटमा परेको किरण

एउटा कोपिला जब फक्रिन्छे अनि चुडिन्छे
एउटा पुष्पा जब हुर्किन्छे अनि झर्छे
हरेक समयमा मासानघाटमा त्यस्तै नयाँ नयाँ मानिसको लास पनि पोलिन्छ ।
अघोरिबाबालाई त्यो लास सुँघन कति मज्जा आउँदो हो ।
६ महिना पछि विस्तारबाट उठेर त्यही मसानघाटमा जान्थे र भिँड हेर्थे ।
गहिरो निन्द्रामा परेको मलाई
गोली पड्काए पनि घैरो आदत भैसकेको थियो ।
आवाज सुन्दा सुन्दा वाक्क दिक्क लागेको मलाई आफ्नो अस्तित्ववोधको मात्र विलौना थियो ।
त्यसैले एक धुँवा र त्यही मसानघाट परतिरको शिवालयको दृश्वालोकन गर्दै पुनः कोठमा फर्किएँ ।

Wednesday, February 25, 2015

म हराएँ कता कता

म हराएँ कता कता 

उनकै लागी हराएँ होला । 
अवाक मेरा आवाजहरु पछ्याउन म सक्दिन
कानो वैह्रो मै हुँला । 
अपत्यारिलो वनको चोइटो मै हुँला ।
जुन तारा हेर्दै लठ्टिने मै होला ।
एक्टिङ नजान्ने पाखे वैदार मै हुँला । 
मेरा रोदन कस्का लागि, 
मेरा प्रतिबिम्ब उनका लागि कि सबै म ति हुँला ? 
अविरल वग्दछ इन्द्रावती 
अनि अविरल वग्दछ वाग्मति
कोशिकै किनारा सर्पै सर्पका छाला वगाउँन
शंख ध्वनी गरे साधुहरुले ।
सन्तहरुले मुरली फुके ।
गएन तुवाँलोे ।
राम काशी गए ।
विष्णु गए लंका ।
इन्द्रले अप्सराको मोहनी लाए चारै द्वार ।
अग्नि देवले वेगले हावा चलाए । 
नन्दीले भिरङ्गी बोलाइ
लावालस्कर लाए ।
प्राण पाएनन कसैले ।
यो कुम्भ मेला अन्त्य कसरी भो आश्चर्य ।
ज्वार भाटा १६÷१७ को प्रश्न
अनेकन थिए भवि प्रतिको संवोधन जानी नजानी
भूलोकको अरानी भन्दा प्यारी सान्नानी
सुत्रीको डोरीबाट बनेको भविक्ष्यको दरबाजा।
पर्दा आगे र पछाडीको कहानी ।
घर रामै्र थियो जहान ती राम्रै थिइ। कायापलट थियो संसार हे दैव ।
राइफल समाउने हातले कसरी समाएछ कलम । क्रोधी भए वैरी माम खोसियो, अन्न लुटीयो जीन्दगी भयो पानी पानी ।

सरफरोस


सरफरोस

सरफरोस तमन्ना उठ् कर चले थे हम
कोही पेहेचानना पाए ना अच्छा इन्सान ना वनसके
पूरा भारत रेल्वे पर सवार थी वो
नजर ना लुटा किसिने उसका 
आग ए टि।टि। जवरजस्त भाडेके ३५०÷५०० बच्चा था 
९ दिनके शफर मे वो थकि नेपालगञ्ज पहुँची रास्ते मे भुतनीके
और लौट चली विरगंज लखनउ, हरिद्वार तौक पहुँची और 
मिष्ठी और रवडी खाकर लौट चली जनकपुरी और पहुँची काठमाडौं
टाँग लडाके ।

Nay More Peanuts

Nay More Peanuts

Once a man was going to New Delhi. He was with a north face jacket which he bought from his friends shop at Kathmandu. He unfolds it on hand and put it on his bag. And went to railway station from Birgunj. He got enough money so he possesses AC class. A Tiffin boy thought the passengers on long travel that he was a born on high class. Why not? The suffering cold made him uneasy to again put on the jacket and to eat something. Such uneasy habit of that man made peanuts catching boy rethink that weather he was taking a sample of the jacket to order in the hometown. Such vicious thoughts emerging through his mind made him get know to take the 'mumfully' peanuts. He thought he was a "rais." He lies on a trip over a dibba for 4 days and peanut seller saw him conversation each hour solidly. Alas, he bought one Addidas and at the eleventh hour he made a trip to Taj Mahal and went to his Aunt's rent.

हिन्दी चलचित्रकी अभिनेत्री पत्रकारको बारम्बारको प्रश्नपछि बनिन रिसहा

बलिउड । काठमाडौं । चलचित्र “दायरा”को रिलिजपछिको फोटो शुटमा अभिनेत्री करिना कपुर रिसले आक्रामक भएकि छिन् । वास्तवमा पत्रकारले उनलाई देव्रे पट...