www.smoonsharma.blogspot.com

Sunday, March 5, 2017

प्लेटोको दन्त्यकथा


जब मानिसहरु छाँया भित्रका गुफामा हुन्छन् प्रत्येक तस्बिर र मान्छेका आवाज खेलौना लाग्न थाल्छ । छाँया भित्रका मानिसलाई भावना र कुण्ठा अनि अतिरीक्त भौतिक सामाग्रीको अभावले साङग्लीमा जेलिएको जस्तो फिल हुन्छ । उनीहरुलाई हेर्ने दृष्टिकोण खेलौनारुपी हुन्छ । न उनीहरु यता उती जान नै सक्छन् गए पनि आफ्नै सर्कलका का साथीहरु जो व्यवहारमा प्राय उनीहरु जस्तै हुन्छन् ।
आगो अर्को भित्तामा सल्किएको हुन्छ तर पनि उनीहरु कैदिहरुलाई मात्र हेरिरहेका हुन्छन् । जब एक कैदिलाई माफि दिइन्छ र आफू बस्ने गुफाबाट निकालिन्छ उसलाई उठ्नै र घाँटीमा ठूलो अट्टाहस हुन्छ । उसले आफ्नो विगत तत्काल विर्सन्छ । त्यो एक किसिमको भ्रम हो भन्ने ठान्दछ । उसले हेर्न थालेका दृश्य चकिद हुँदै आफूले सँधै गुफामा हुँदा हेर्ने गरेको परिदृश्य विल्कुल झूठो हो भन्ने लिन्छ ।
उसलाई प्रकाशको किरणसँग सिँधै अवगत गराउन कोशिस गरिन्छ र उसको आँखामा ठूलो दुःख महशुस हुन्छ । उ अरु धर्तीमा देख्ने वस्तुहरुलाई हेर्न चाहँदैन । उ आफ्नो विचार गुमाएर तल खसेको हुन्छ । उ आफू माथि(छुट्टै) संसारमा कसरी समाहित हुन्छ त ?  उसले चन्द्रमा र ताराहरु नियाँल्छ, सूर्य भन्दा शितल त्यो आभास पाउँछ । पानीको परावर्तनमा उ रम्छ र म  त्यस्तै बन्न रुचाउँछ । संसारमा महिना र वर्ष कसले दियो ? यसको संरक्षक को हो उ भुल्दछ र उसका विगतका कैदमा परेका साथी पनि यस्तै हुन्छन् ।
उ आफैँ परिवर्तन हुन चाहन्छ । पहिलेका साथीसंगि विचलीत भएका हुन भनि तिनीहरुको जीवन तिरस्कृत गर्दछ । संगीहरु जो बनका कुनामा समय विताइ हेर्ने गर्छन्, को आफ्नो पिछा  गर्दैछ ? पहिले यहाँबाट अन्त जान को सोच्दैछ ? त्यहाँ उसले फर्कदा मान र खुसी पाउला र ?
होमर ले भनेका छन् गरिब गुरुको गरिब नोकर हुनु राम्रो
बाहिरी जीवन हेरेर आएको मान्छेले पछिल्लो जीवन स्विकार गर्ला ?
यदी यस्तै प्रतिष्पर्धा भएमा उसको हेराई टेढो हुँदैन थियो र आँखाले सिँधा हेर्ने गथ्र्यो नि । कसरी दृश्य हेर्ने यो बढी महत्वपूर्ण हुन्छ र सबभन्दा हाँसोलाग्दो कुरा पनि । उ जान त गयो तर उसको आँखा गएछ भनि आक्षेप लगाउने दुइ चार जना मान्छे भेटिन्छन् । उसले प्रतिवाद गरेमा उसले मरणासन्न कुटाई भेटाउला ।
उज्यालो सूर्य हो । सबै मान्छे घरमा वा एकान्तमा बाँचुन, राम्रो कुरा प्रतिको मोह सबैमा हुन्छ । यस्ता कुरा गर्न थाल्यो भने मान्छेले एक अर्कामा खिसिट्युरी गर्न थाल्दछन् । किनकी सबै मानिस सम्पूर्ण हुँदैन । मान्छेको आत्मा पनि अशुद्धै हुन्छ । कोही यस्ता होलान जो बाल्मिकी बाट रत्नाकर बनेका होलान् ? बरु रत्नाकर बाट बाल्मिकी बनेका धेरै होला । आझेलमा परेका विचारले न्याय पाउँदैनन । उ सँग कानूनसँग झुज्न सक्ने शक्ति हुनुपर्छ ।
   तिनछक्क पर्ने आँखा दुई किसिमका हुन्छन् । एउटा दिमागको हेराई अर्को शारिरीक । पहिले आत्मशुद्धि हुनुपर्छ ।
यसले अरुप्रति दयाको भाव उत्पन्न गराउँछ । अर्को सूर्य हेरेर गुफामा फर्केको व्यक्ति त्यहाँ पनि हास्न सकोस ।
       आत्मा बलियो र एकनासको बनाउन ज्ञान चाहिन्छ । सम्पूर्ण आत्मा पराधन भन्दा आत्मसन्तुष्टिमा लिन हुन सक्नुपर्छ । यो भए मान्छे एउटा सबल मष्त्स्किको मानिस पक्कै हुन्छ । मानिस गलत बाटोमा हिँडेको कसरी पत्ता लगाउने ?
यो सबै काम मानिसको शरिरको गुणसँग टासिएको कुरो हो । न यी शारिरीक व्यायामले वा आफुले गर्ने व्यवहारले निर्मुल हुन्छन् । त्यसका लागी हामीले जे देखिन्छ संकुचित तिर्षना फाल्नुपर्दछ । तर प्रत्येक यूवाको कमजोरी त्यही हो । उनीहरु शारिरीक लोभ लाभमा खान, पीन, परसंगीको चाहनामा आफ्नो आँखाले जे रोज्छ त्यही विचारमा लिप्त भइसकेका हुन्छन् । यदी उनीहरुलाई बोध भयो भने देशमा भलाई हुन्छ ।
यदी कैदीहरुले राम्ररी काम गर्न थाले र आफ्नो कामको उचित ज्याला र मान सम्मान पाउन थाले भने त्यो भन्दा राम्रो कुरा के त । चुनावमा भोट हाल्ने सभासदले उसको जिल्लालाई मात्र राम्रो हुने गरी काम गर्नु भन्दा पुरै राष्टीय झुकाव हुनुपर्छ । जसबाट नागरिकका आवश्यक मागहरु सफल हुन ।
दार्शनिक भनेका कसैलाई यो गर त्यो गर भनेर अराउने हैन । प्रजा देखि राजा सम्म वा राष्टप्रमुख देखि जनतासम्म सुशासन होस भन्ने व्यक्ति हुन् ।
के हाम्रा आँखाका नानी हराएका हुन् उज्यालो कसरी देखिन्छ ?
प्रत्येकले आफ्नो काम व्यवधान खटेर गर्नुपर्छ हाम्रो राज्य जस्तो ढिलासुस्तीमा होइन् । अनि मात्र तिमीले सोचेको जस्तो राज्य बन्दछ , राज्यका कर्मचारीहरु चाँदी र सुन खोज्ने हैन असल र खराब खोज्न थाल्ने छन् । कार्यालयमा जनताका मुददा, गरिबि र भोक हेर्दा घमासान युद्ध भएमा जनहित ओझेलमा पर्दछ ।
किनकी राजनैतिक धारणासँग सत्य दर्शन मेलखान आउँछ ।

Saturday, February 18, 2017

छगु
छिपी डक खिँए जी नेवा
इपी बर्मु जिपी सेँ

वो टरिम वो याक
जी चिगु छ च्याट

जी दनेगुलु छ पासा
जी किसी छिपी नासा

झिपी डँक नेपाली हँ
छ सु जी ला याक

जी नास्पति वो फसी
जी मिचा छन्ट ला लौसी
ज्यू कि मजु

छँगु भाग चिग जिगु टग
छन्ट ठूली ड ला य
कासाका ठो जिगु बुःख
छ मनैनी
वो च्याट छ बुट
ज्यू ला मज्यु सा छ ये याक नी
छ नेवा खः जी ला तामांग हे हे ।

बर्मु बाजे छुयाट
आगास ज्वना झव्याट
जुल की मजुनी
जसा ढाये जी ला मन्यना ढायबी
ठो ये सन्देश प्रचार या
ज्यु ला मिडिया डक
जी सुन्तला छ बदाम
छगु टुटी झिगु शिलन्यास
खला मजुनी ठो ये नाटक
झिगु निती

जि ह्यामु छ ग्या छ सो उइट ख्याल ख्याल या ।
खाइला बी ए मा छु न मालुम भए ।
वे भिसा मरुनी ढा

झिगु देश झिगु सरकार
जय गणतन्त्र
जय देश जय नरेश

                                   
                         वयस्कमा के गुण होलान ?
 संसारमा मानिस  जन्मेपछि  आफ्नै लागि खुरुक्क विपत्ति निम्त्याएको हुन्छ ।  शिशु अवस्था पछि उ समाजिक बन्धनमा हुन्छ । समाज र उसको पारिवारिक स्थिती, उसले पाउने ज्ञान, धर्म, संस्कृति, संस्कार, आचरणमा वाधिँदै उ समाजमा भौतिकवादी बन्नै पर्ने हुन्छ ।
त्यसपछि १६ र १७ को वैंसमा उसले राजनीतिक आवरण बोेक्नै पर्ने हुन्छ । उसको देशको राजनैतिक तरंग कस्तो छ ढलिमुली भएपनि उ त्यससँग नचाहाँदै नचाहाँदै पनि उ परिष्कृत बन्दै जानेछ । समाजका विभिन्न अपारदर्शी  र पारदर्शी ऐनाले उसलाई आँफै लतारिएको महशुस एक ढंगले गराउँदैन । तर उसको चरित्रमा भने हावी हुँदो हो ।
हरेक शिशु वयस्क बन्दा उ कस्तो किसिमको बनिसकेको हुँदो हो यी कुरामा प्रत्याभूत गर्न गाह्रो अवस्य छ । सामाजिक क्रान्ति, भौतिक समाज, शैक्षिक योग्यता, विदेश मोह, संचार, पत्रपत्रिका, र छापामा छापिने हरेक प्रविधीका आख्यान र उसको असफलता । आर्थिक स्तरमा कमजोर र प्रविधि अनि शैक्षिक कुरामा असफलता हँुदा प्रत्येक क्षण क्षणमा कि त उ आफ्नो बाटो खोज्छ हैन भने उ कुलतको शिकार
हुन्छ ।
  भनिन्छ राजनीतिमा लडाँइमा जित्न नाल, गोला र बारुदको आवश्यकता पर्छ । लेकिन एक सफल मान्छे बन्न के गर्नु पर्ला ? छुट्याउन सकिने भएपनि खड्कोको अभावको हुन्छ । उ पैसाको अभाव भएपछि
दुव्र्यशन र लागुपदार्थको हावी बन्छ । क्षण क्षणमा बुझ्ने कुराहरु विर्सदा, बजारमा थन्किएका राम्रा कुरा छान्न नपाउँदा आफूलाई मन नपर्ने परस्त्रीसँग लालाहित हुनुपर्दा एक किसिमको प्वालको पाहुना (त हेरी म हेरी एकादेशको लोप हुन लागेको भ्यागुता) हुन्छ । जसलाई बन्दुकको नाल नै चलाउन आँउदैन, कुनै शिपको विकास न कुनै विद्यार्थीको हाउभाउ । समाजमा भने त्यस्ताको चालामाला ठूलै हुँदोरहेछ ।
 उसको दिमागमा के होला ? वयस्कपनको गुण, शिशु जस्तो व्यवहार अनि एक्लो जिन्दगी । उसको हात र खुट्टा दरिला पक्कै होलान् तर काम उ गर्दैन । सोचौं उ कति जनाको फ्यान होल ा? सामाजिक घेराबन्धिमा उ रित्तएको छाता हुन्छ । पानी पर्दा धरर्र् प्वालबाट खस्दा उसको टाउकोको गती के होला ? यसरी हरेक कुरामा बन्धकीले त्यसपछि रित्तिए छि मानिसमा उदाशिनता आँउदैन होला ?
  जब सम्म उ परिष्कृत, विशिष्ट र अजिंगर एक रुखमा हाँगा बन्दैन उसले बोल्ने वानी हावा न चावाको हुन्छ । उ ढलीमली गरे मै हूँ बने विश्वासमा कुठाराघात भएको पाउँछ । अरु धुरी चढेको देख्दा उ पातालमा घिस्रीदैँ गरेको हुन्छ । हरेक चिन्तन मनन गरेपनि उ समाजको आधारशिला बन्नै सक्दैन ।  उ पढालु बनेको हुँदैन, उ आयामी बनेकै हुँदैन, उ गल्लीमा सबैसंग बोल्छ तर अरुका माझमा होस हराए सरह हुनेछ । जीन्दगीमा त्यागको भावना हुदैन, संस्कृति र भाषाका घनिभूत पारदर्शी पर्यायवाची नहुँदा साच्चिकै उ टुहुरो हुनेछ ।
एक शिशुको जन्म चाहे जुनसुकै धनी वा गरिब भएनी उचित ठाँउमा नभए उचित संस्कारमा नहुर्के आर्थिक , सामाजिक, राजनैतिक, मनोवैज्ञानिक, शास्त्रिक, भौतिक, दार्शनिक सबै क्षेत्रमा पूर्ण र अपूर्ण कस्तो हुनेछ उसको लालनपालन, सरसंगत, पाठन, दर्शन र समाजले मात्र उद्धरित गर्दछ ।

Sunday, September 4, 2016


  1.                    यात्रा 

              कुरा संवेदना र भावुकताको होला ? मानसपटलमा अनेकौं अन्जानिदा शब्दका बिच राजधानीका ठाउँमा रुमल्लिने बानी हाम्रो । मेरो स्थिती पनि निकै बेरसम्म यही रहयो । करिब करिब ४८ महिना काम गर्दा अनेकौ धारणा का बिच आफैं एक्लै हराइएको महशुस भयो । कता जाने कता वातावरणीय स्वतन्त्रतामा आफू मौन हुने अनि निरन्तर यात्राको महसुस गर्ने । कानमा गुजुर गुजुर गर्ने अनेकान शब्द लाई सुइकुच्चा ठोक्ने उपाय त्यही एउटै हो ।त्यसो हुनु भनेको मेरो मनमा कल्पना शक्ति पलाउनु पनि हो । साथै सरर बग्ने हावा तथा दृश्यहरुको समायोजनले फुरुंग पार्दै जाने एउटा अचुक उपाय नि हो । सायद म, तपाई, हामी सबै यसै किसिमका रोग बाट अनेकानन दिन बाट ग्रसित हुन्छौं होला । समय काम गर्दै जाँदा अनेकानन दिन बित्छन र प्राय बित्छन पनि । कम्तिमा पनि महिनाको १ पटक त काठमाडौं छाडी बाहिर घुम्न जानै पर्ने रहेछ ।  त्यही कुरा बुझि म पनि चितवन हुँदै ताप्लेजुङको लागि गएँ । यात्रामा एक लिम्बू साथी भेटियो । भर्खर साउदीबाट आएको रहेछ । गाना सुन्दै विदेशी आइफोन बोकेर यात्रामा मन्त्र मुग्ध भई निदाउँदै थियो उ । एउटा संयोग के थियो भने पाँचथर, ताप्लेजुङ जाने प्राय लिम्बू नै हुँदा रहेछन् । बाटोमा कुराकानी हुँदै, टुङगिदै गयो नास्ता छुन मन लागेन एउटा कोक खाइयो । यात्रा गर्नु रमणिय कुरा हो । तर बाटो मै गाडीको बाटो फेरियो । र मकवानपूर र भिमफेदीको बाटो हुदैँ यात्राको शुरुवात भयो । मकवानपुरको उचाईमा यात्राको सम्भावना मुटु चिस्याउने हुँदो रहेछ । मैले सोचे पुरानो सिम्रौनगढ भनेको कहाँ होला ? यतै त हो नी । चिसो हावाको बेग, अनि ५०÷६० माइलेजको त्यो सवारी छिटै आउने हो कि तराईको भू–भाग भनि सोच्दा सोच्दा १ दिन त्यसै गयो । अबेर राती झङग बन्दा  पो चितवन तर्फ बढदै थियो गाडी । चेकिङ परेछ । १५ मिनेट पछि बाटो खुल्यो ।त्यसपछि नजिकैको मित्र सँग बोलचाल गर्न थालियो । खाना खाईयो ।  सिराहा पुग्दा आकाश गड्कियो । पानी प¥यो । करिब आधा घन्टाको भारी बर्षाले यात्राको रौनक अर्कै बनायो । दमक आएछी थाहा पाएँ झापा आइएछ । बिहान ४ बजे चारआलि पुगियो यात्रु हरु झरे । गाडी फेरी १ घण्टाको लागि रोकियो । त्यसपछि पहाडको उकालो चडदै गयो । ति पहाडहरु अतित को संगालो बनिसकेका थिए रमणिय त होलान् । तर भावनाको संवेगमा आँखाले केही नपाए जस्तो भयो । ताप्लेजुङ हिड्न पुगेको मान्छे म फिदिममै ओर्लिए एउटा लजमा बसेँ खाना खाएँ । एउटा तुम्बा पनि ताने । घर जानुपर्ने हो तर परिक्षा सम्झे घरै जान मन लागेन । माथि नै पौवा भन्ज्याङ् ओर्ले अनि फर्के ? त्यो मेरो दोष हो कि के हो ? मलाई पत्तै भएन। हजुरआामाको दर्शन गरेर आएको भए पनि हुन्थ्यो । तर नाङगिन पुग्दा त ३÷४ दिन त्यसै बित्छ के गर्ने आज २६ गते ३० गते मेरो परिक्षा । अनायसैँ फर्के । तर पनि सम्झे कानको आवाजकसरि हटला । आँखामा शितलता कसरी होला र दिनहरुले कसरी नया“ मोड लेलान् । तर शरिर मा त शान्तिको आभास पो हुँदो रहेछ । यसरी यात्राको लागि कहिले काहीँ कता कता हराउनु पर्ने रहेछ चाहे छोटो होस् या लामो ।


Tuesday, November 17, 2015

नाना थरीका सन्तान


सन्तोष कवि हो  । उ नपुङ्सक तर सवैले भन्ने सुन्ने दार्शनिक,  चित्रकार, घुमिरहन मनपराउने , प्रकृतिप्रेमीे र अनुसन्धानकर्ताको रुपमा चिन्दथे । सारा जीवनमा उसले एउटा पनि कविताको हरफ लेखेको थिएन । मुनामदन त कविता हो तर मदनमुना लाई यसको पयार्य मान्न सकिँदैनथ्यो । तर जे भए ता पनि सन्तोष त कवि नै हो नि ?
सन्तोषको खुबी, उसले मसि र कपि झिकेर लेखेपछि सहर भरी उसकै कविताको चर्चा परिचर्चा हुन्थ्यो । सन्तोषको सहरमा पढाइकोे शोक यस्तो थियो कि जस्तो कुनै स्त्रीले ऐना हेर्नु जस्तो ? वा कहिँ, नभएको चुट्एिको खेलौनाको हात हेरेर तिन छक्क पर्ने बानी भएको नवजात विद्यार्थी जस्तो । बास्तवमा सहरमा पढ्ने बानी चिडीयाखानामा बाधिँएका जनवारलाई हेरी तिनीहरुको चालचलन लेख्नु जस्तै थियो ।
सहर पनि ढुङगा र मोटर, धेरै किसिमका मानिस विभिन्न जातका मानिस, एउटा अनौठो जातको प्राणि उ । तीन हजार कोष पर उत्तर र दक्षिण, पूर्व र पश्चिम सन्तोष कविको रुपमा घुम्थ्यो । र सहरमा लामो सास फेथ्र्यो । उ धुलाम्य सडकमा, कारमा र जे भए ता पनि । तर जब उ न्यूरोडमा हुन्थ्यो र हल्ला खल्ला खास खुस सुन्थ्यो । ओहो उ छक्क पर्थो ? र सरकारी अफिस वरिपरी पनि हल्ला छ की वा कसैले अनेपेछित तारिफ र अपेछित कुराकानी गर्दै छन् कि भनी कान थाप्थ्यो ?
पुराना कविका माध्यमबाट हामीले सुनेका नै हौं शहर भनेको नारीकै प्रशंसा योग्य ठाँउ हो । र सन्तोषले आगामि दिनमा के लेख्छ वा उसको पक्का दृष्टिकोण के हो भनि शहर पर्खिरहेको थियो ?
नेपाली चुल्होमा सन्तोषलाई हरि अर्यायले डिनरको, लागि इन्भाईट गरका थिए त्यहाँ मयुरको नाँच हेरेपछि र बँदेलको मासु खाई सकेपछि सन्तोषले कवि पेशा छोडेर, गीत लेखन तर्फ उद्वत गराए ।
सन्तोष विहानमा चिसो कठ्याङग्रिदो जाडोसंगै पाउरोटी र जाम लिएर उठ्छ ।
हो काठमाडौको हावापानीले सन्तोषलाई निकै सन्तुष्ट पारको छ ।  कुनै पर्याप्त र सही काम होइन तर सन्तोष टाढा टाडा एक्लै घोत्लाईरहेको अवश्य हुन्थ्यो । उसको कविताको मर्म छापिएका पत्रिकामा सन्तोष घोत्लिरहेको पाइन्थ्यो ।
धेरै दिन पछि समकक्षि हरि र उसको भेट नजिकैको कफि सपमा भेट भयो । कुराकानी हुँदा हुँदै नजिकैको केटीमाथि सन्तोषको आँखा लाग्यो । उसले यो कुरालाई चासो नदिई कुरा अर्कै मोड्न आँटदा हरिले प्रसंग दोहोर्याए । कुरैकुरामा सन्तोष अब नारी प्रधान लेख तिर रतिभर पनि नढ्ल्किने बताए । कुरो गम्भिर रहेछ । सन्तोषले मनपराएका केटी साथी धेरै रहेछन् । तर उसले लेख्ने गरेका लेखमा उसकि प्रियसीको रत्तिभर पनि चासो रै नरछ ।
सामाखुसी सन्तोषको बसाई बालकुनीबाट सदिक्षालाई इसारा गर्यो । उसले सोच्यो उसको चम्किलो आँखाले  केही प्रतिउत्तर दिन्छ होला ।
अर्को बिहान उ कामको सिलसिलामा जमल पुग्छ र कोल्ड टि लिन्छ । बिहानमा संसार सारा सेतो देख्छ र बाटो नी सेतो देख्छ । तर चिसो बढेको अभास पाँउछ ।
एक दिन अचानक सन्तोषको संगै कलेजमा पढेकी संगितासँग भेट हुन्छ । उ सबै भन्दा मायालु बन्छे । उसले आफूले लेखेका नोटहरु पढ्न, रोज्न, छुट्याउन र ठिक ढंगबाट हल गर्न दिन्छ ।
एउटा ठूलो होटलमा सन्तोष चिसो को बेला पुग्छ । उ अपरिचत ढंगले त्यहाँ पुगेको हुन्छ । कुनै राष्ट, जात, वर्ग, युनियन, पार्टी, कुनै ग्यांगको लिडर,कुनै अदृश्य पात्रको रुपमा उ पुगेको हुँन्छ । उसको कपडा कुनै न कुनै कवि समारोहमा प्रदान गरिएका तथापि ठिक नहुने भने हुन्छन् ।
साँझमा उ झँस्कन्छ, उस्ले गाईजात्रा कवि प्रतियोगिता प्रज्ञा प्रतिष्ठानमा सफल भई ताम्रपत्र र नगद रु २५००० पाउने खबर सुन्छ ।
मेल चेक गर्छ र पोखराका साथीहरु, उदयपुर र भोजपुर, सल्यानका सबै साथीहरुलाई धन्यवाद दिएकोमा कृतज्ञता ज्ञापन गर्छ ।
र उ अक्क न बक्क हुन्छ । त्यत्त्रो समारोहमा के भन्ने ? के गर्ने ? के बोल्ने ? उ र नभुल्लमा पुगेको हुन्छ ।
भोलीको ७ बजे पछि उसले सबै टिपोट तयार गर्छ र लेख्छ ।
“वन्न कवि जो पनि सक्छ” तालि घन्कन्छ । तर   छक्कलाग्दा र राम्रा कविता लेख्न सक्ने कवि विरलै हुन्छन् र सबै त्यस्ता कबि हुँदैनन् ।

Thursday, October 8, 2015

कौशीमा देखीए तारा, भने हामी चम्किन्छौं ।
हामी लुक्छौं हामी चम्किन्छौं ।
कहाँ छ मिल्की वे ग्यालेक्सी भने म ब्लिँक हुन्छु
मलाई गन भने जस्तो लाग्यो
केही समयपछि तँ नहेर भने  हेर्नै छाँडे ।

घरको बार्दलीमा चिरबिर चरा उड्यो
अनि टाउको हल्लायो  हामी उडछौं ।
बिहानको ४ः बजे भाले डाक्यो सुस्ताएको निदरीले उठाएर भन्यो
त्यो विहानीको स्वाद तैले थाहा पाइस् ।
बट ह्वाई, म २४ घण्टा उठ्छु तर मेरा
कोल्डस्टोरमा भएका सबै साथी सधैं विहान मै काटिसक्छन् ।

त पनि यसको भागिदार होस किनकी
२ पाउण्ड मासु तैले हिजो ल्याउनै मिल्ने थिएन ।

हामी तलाई मनमा कहिले दिने शितलता दिने छैनौं ।
यो चरा, कुखुरा र अन्य पशुवलीको विनाश हो ।
र तेरो पखेटा हामीले मिलि काटिसकेका छौं ।
उड्न तलाई गाह्रो छ ।

Wednesday, September 16, 2015

Steps

when you walk on the way to go
you feel ashamed coz you are innocence
when you walk you you feel afraid
you may exhausted of faces
when you walk you feel fatigue
you may have never walked...
Today I walked more steps
I feel relaxed
coz its long before I walked

हिन्दी चलचित्रकी अभिनेत्री पत्रकारको बारम्बारको प्रश्नपछि बनिन रिसहा

बलिउड । काठमाडौं । चलचित्र “दायरा”को रिलिजपछिको फोटो शुटमा अभिनेत्री करिना कपुर रिसले आक्रामक भएकि छिन् । वास्तवमा पत्रकारले उनलाई देव्रे पट...