www.smoonsharma.blogspot.com

Thursday, October 8, 2015

कौशीमा देखीए तारा, भने हामी चम्किन्छौं ।
हामी लुक्छौं हामी चम्किन्छौं ।
कहाँ छ मिल्की वे ग्यालेक्सी भने म ब्लिँक हुन्छु
मलाई गन भने जस्तो लाग्यो
केही समयपछि तँ नहेर भने  हेर्नै छाँडे ।

घरको बार्दलीमा चिरबिर चरा उड्यो
अनि टाउको हल्लायो  हामी उडछौं ।
बिहानको ४ः बजे भाले डाक्यो सुस्ताएको निदरीले उठाएर भन्यो
त्यो विहानीको स्वाद तैले थाहा पाइस् ।
बट ह्वाई, म २४ घण्टा उठ्छु तर मेरा
कोल्डस्टोरमा भएका सबै साथी सधैं विहान मै काटिसक्छन् ।

त पनि यसको भागिदार होस किनकी
२ पाउण्ड मासु तैले हिजो ल्याउनै मिल्ने थिएन ।

हामी तलाई मनमा कहिले दिने शितलता दिने छैनौं ।
यो चरा, कुखुरा र अन्य पशुवलीको विनाश हो ।
र तेरो पखेटा हामीले मिलि काटिसकेका छौं ।
उड्न तलाई गाह्रो छ ।

Wednesday, September 16, 2015

Steps

when you walk on the way to go
you feel ashamed coz you are innocence
when you walk you you feel afraid
you may exhausted of faces
when you walk you feel fatigue
you may have never walked...
Today I walked more steps
I feel relaxed
coz its long before I walked

Saturday, June 27, 2015

 ऐना, बन्द कोठा अनि क्षितिज
२०७१ साल फागून  १६, वेजोडले पानी पर्दैछ कोठा बाहिर । आज पनि मन तन त्यही छ तर आफू आज विस्तरामा छुइन । कठ्यांिग्रदा दिन गए पनि आजको चिसोले पक्कै हल्का शरिरलाई स्फूर्ति बढाइदिएको छ । विचार आज पनि नौला छन  । तर विचारका आयाम र सोच हिजोको जस्तै जुर्मुराएका छन् । खानकी पुगेकै छ । दुई छाक खान लाउन पुगेको छ । काम त्यही छ दै छ टाइपिंग अझ विशिष्ट भाषामा भनौ भने क्तभलयनचबउजभच को ।
       यसो सोचेँ राजनीतिसँग नजिकबाट नटासिए पनि टाढा नजिकका राजनीतिक तरंगहरु घनिभूत रुपले देख्न सुन्न पाइन्छ । वास्तवामा के हो ? राजनीति । समाजमा नयाँ विचार होस अनि नयाँ परिवर्तन होस अनि नयाँ नयाँ अविस्कार के त्यही हो राजनीति ? मेरो ज्ञानमा केही घुस्दैन न मलाई हिसाव आउँछ, न कुनै सुत्र नै । विज्ञानले संसारलाई नयाँ उचाईमा पुर्याएको छ । तर मेरो मन मस्तिष्कमा जेरो फिगरको कालो सन्त्रास छ ।
    संसारले अमेरिकालाई साम्राज्यवादी, चिनलाई फाँसीवादी, भारतलाई विस्तारवादी, मुस्लीम देशलाई उग्रवादी, रुसलाई विस्तारवादी अनि युरोपलाई संकिर्ण सोच भएका वस्तुवादी देश भनी चरित्र उच्चारण गर्छन । त्यस्तो राजनीतिक नेता अनगन्ति भएका र सुन्न थालेको समय जुगौं जुग भइसकेको  । आज आफैले आफैलाई, आफ्नो समाजलाई, अनि परिवेश, रहनसहन र दैनिक गुजारालाई हेर्दा साँचै हाम्रो हालत कुनै अफ्रिकाको कोइला खानीमा काम गरेको मजदुरको कमाइभन्दा माथिको हैसियत नरहेको प्रष्ट रहेछ भन्ने हुन्छ । बाबु तलाई भित्ते घडी, तलाई रातो मोबाइल भन्दा खुसी हुन्छौं हामी । खुसी हुनु पनि स्वभाविक हो । तर हामी कतिको हैसियत भएका प्राणी हौं वा हामी कतिका आयामी छौं त्यो त ऐना हेर्दा प्रष्ट हुन्छ । न त परिक्षामा हामी सर्वोत्कृष्ट अंक हासिल गर्न सकेका हुन्छौं । न कुनै सिपका खानी । विहान उठ्यो ब्रस गर्यो । चिया खायो अनि साथि चाहार्यो । खाना खायो । कलेज गयो बीचमा हरायो अनि गयो वरालीन विजोडी साथिसंग । हामी च्याट गर्छौं मोबाइलमा रिचार्ज गर्छौं र घन्टौं फेसबुकका फ्यान भएका छौं । दिन गएको पत्तै हुँदैन । अनि ग्राहक बनेका छौं सब नयाँ नयाँ सामानको । को भन्दा को कम सब आयातित सामानको हकदार । को भन्दा को फेसनेवल ।
        दुनिँयालाई फूटबल सम्झिने हो भने अर्को पाटोमा अर्को समयचक्र छ । त्यहाँ हामी जस्तै नौजवान कति पढ्दा हुन् , कति खट्दा हुन् सबै टाइमटेबलमा चलेको हुन्छ । त्यहाँ आठ घण्टा पढाइ काम अनि नीजि सवारीसाधन हाम्रा पहाडमा भारी पाइने गधा जस्तै सर्वसुलभ हुन्छ भन्दा खासै अपत्यारीलो नहोला । त्यहाँ कोही कसैलाई ठग्न मुस्किलै पर्छ । त्यहाँका बाटा फराकिला छन् । पानी, बिजुली र सरसफाइमा त्यहाँका देश रुमलिएका छैनन् । त्यहाँ मोटरबाटो, रेल, स्टिम इन्जन नपुगेका ठाँउ छैनन् । त्यहाँका विद्यार्थीका टाउका हामीभन्दा सय गुणा भारी हुँदा हुन् । र विकास त्यहाँको विचारको मन्थन होइन । त्यहाँ र्टेड, फाइनान्स आफ्नै ढंगले चल्छ त्यहाँ लुछाचुडी कमै हुन्छ । त्यहाँको कानूनले त्यसलाई फितलो बनाएको पाइन्छ ।
    अ म त कोठामा छु । अनि हाम्रो नजिकको देश भारत पनि कर्ममा महान छ । त्यहाँका लाखौं मानिस रातभर पनि कामले फूर्सद नपाउने रहेछन् दिनमा आरम अनि साँझ कलेज त्यस्तो परिवेश पनि मैले त्यहाँ भेटे । तर अर्थ दुइ छाक गर्ज टार्न अझ मुस्किलै रहेको आवास तिनीहरुलाई पनि त होला ।
     स्नातक पढ्दा म ५०० वटा नोबेल पढुँला, ३०० वटा कविता पढिँसकुला, १००० भन्दा बढी कथा पढुला अनि काव्य, नाटक भन्ने हुन्थ्यो । तर इतिहास, भूगोल, दर्शन र अर्थशास्त्रको महसुस आज पनि खड्किन्छ ।
    आजको राजनीति हामी सुन्छौं । कहिले कुन नेता पछारिन्छ कहिले उचालिन्छ कहाँ ठूलो भ्रष्टाचार हुन्छ । त्यही आफू हराउँदा पनि मनमा चोट नपर्ने बानी परिसकेको छ ।
      मात एउटै छ । कसरी ज्ञानको गंगामा लिप्त हुँदै जाउँ । कसरी उजेलीलाई पर्खु । कसरी दिउँसो कर्ममा हराउँ । तर विश्वको अर्को कुनो के हो मैले चुम्न सकेको छैन तर त्यस्तो मन्त्र नेपालमा कहिले आउला ? धेरै बोल्ने, धेरै सोच्ने बानी परेकोले त भन्दिन्छन् चाँडो आउँछ । तर हेर्दा अपत्यारिलो गरिब भए पनि प्राकृतिक सम्पदाले धनी देश । केवल खाँचो छ त शान्तिको, रोजगारीको सबल राष्र्टको नयाँ रुप । नयाँ संविधानले नै यो रुपको प्रगाडतामा जोड देला । नत्र हामी त्यहीँ कुटी बियाँलो, हसिया, कोदाली र हलोको मात्र पुजारी भइरहनेछौं आफ्नो पेटको लागी मात्र ।
     त्यसो त पैसा टन्न भइदिएको भए  कोही पनि त अमेरिका, युरोप जान सक्ने थिए नि । कम लगानी भएका दुवही, कतार खाडी जाने होलान् । घरानीयाहरु व्यापारका लागि हंकड,चीन, थाइल्यान्ड पस्ने होलान् । जग्गै नभएका निमुखाले देश भित्रै वा भारत तथा तिब्बतमा कुल्ली बन्ने होलान् । के गरिब विद्यार्थीले राम्रा कलेजमा विद्या आर्जन गर्न पाउलान् । यि लोककथा नभई कसैका लागि मार्मिक पनि होलान् । यस्ता दिन फेराउनु पर्छ आगामी बन्ने नयाँ संविधानले ।
                नयाँ विहानी र नयाँ रात्री देख्न पाइयोस । संविधान पार्टीका निम्ती नभई सार्थक जनताका लागि होस । यदी त्यसो नभए प्रत्येक प्रत्येक मान्छेको वास्तिविकता टाढिदै जानेछ । मान्छे घण्टा बजाउन, रेडियो सुन्न, पत्रपत्रिका पढ्न र टिभि हेर्न र घरमा पाकेको खान्की मात्र खान थाल्नेछन् । न विज्ञानको अविष्कार हुनेछ न त मानिसको यात्रा अनन्त हुनेछ । र त्यसो भयो भने त्यो प्रत्येकका लागि एक ऐना, बन्द कोठा अनि क्षितिज मात्र हुनेछ ।

Thursday, June 25, 2015

                                         अनिश्चित गन्तब्य

         मैले विरगंज नै जाने अठोट गरेँ । कसैको अपसोच थियो त घरको बुढी कै ? मीठो मसिनो चामल अनि उनको माया । राति सिमसिमे पानी पर्दै थियो ? कलंकीबाट विरगंज त्यही नौ दश घण्टाको रफतार । फेरी हतासको यात्रा विरानो, कताको मोड हो अत्तो न पत्तो । जेसुकै होस घुमौ न त । काउन्टरमा गफगाफ गरिदैं थियो एउटी युवतिसंग परिचय भयो । उनको रुप, कलिलो काक्रो जस्तै । बोल्न संकोच मानी मानी बोलँे । उनको नाम रहेछ मनिषा । रहिछिन इलामेलि, जान लागेकी धरान । खाजाको अफर राखु भनेको, उनले खाजा खाइसकेकी रहिछिन् । उनको चक्षु मृगनयनी । अनुहार गहुँगोरो चेप्टो परेको अनुहार । मलाई कुनी के को हावा लाग्यो म त्यसै उनीसंग मोहित भएँ ।
यात्रा अनेक हुन्छन् । वियोग, संयोग, विछोड, मिलन, तृष्णा, क्षितिजको । यस्तै यस्तै यात्रा त क्षितिज कै भएपनि उनीसँगको मिलनले मलाई अट्ठाहस नै भयो । जे भए पनि एक कप कफि त पिइयो पनि । यसै बहानामा मोबाइल नम्बर लिन भ्याइयो । घरको  श्रीमती सम्झदा त अफ्ठेरो मान्नुपर्ने तर कता कता टाउकोमा कुरा उठ्यो परस्त्रि त्यो पनि सुन्दर नारी संग मित्रता राख्न किन नपाइने ? यसरी नै हाम्रो विछोड पनि भयो ।
            त्यतिकैमा मेरो साथी रुपेश आइपुग्यो । उसलाई मैले सबैकुरा राखेँ । उसले भन्यो भाउजु सँगको खटपट र मनिषासंगको दोस्ति सान्दर्भिक नहोला । हामी दुवैको टिकट एउटै भएको हुनाले कलंकीबाट विरगंजको लागि छुट्यौं । रातभरीको यात्रामा मलाई निन्द्रा लागेन । सम्झे माया भन्ने कुरा के होला ? मेरो अकल्पनिय श्रीमती प्रतिको छिनमै पलाएको वितृष्णा अनि मनिषा संगको भेट । यि दुई कुराको नजिर ठम्याउन गाह्रो भयो ।

गाडि कहिले एक्सप्रेस त कहिले ५० को स्पिडमा गुडिरहेको थियो । हरिया रुखका वोटहरु काला देखिन्थे । हावा वेगले चलिरहेको थियो ।
म आफ्नो बारेमा सोँच्दै थिँए  । रुपेशले मलाई ब्युझाँयो । मायाको कुरा गर्दा, मेरो पनि त्यस्तै जिन्दगी थियो । अहिले मेरो सुखद जिन्दगी छ । प्रतिका अलिक चुलबुली छे । सुन्दर उ पनि छे,  उसको म प्रति ठूलो आत्मियता र सदभाव पनि छ । र सबैभन्दा ठूलो कुरा उ असहज परिस्थितिमा मलाई सधैँ साथ दिन्छे ।
बाटोमा गाडी रोकियो हामीले चिया र नास्तामा खिर खायाँै ?
चारकोशे झाडी र चन्द्र निगाहपुर पनि काटिएछ । गाडी त्यतिकै गफैगफमा सिमरा आइपुगेछ । रुपेश बसबाट ओर्लियो । उसको घर ओर्लिन कर गर्दै थियो । तर मैले मानिन । कुरा खेल्दै गयो पल वितेको पत्तै पाइएन ।
विरगंज वसस्टप आयो सबै ओर्लिए । मेरा गोडाले डेग मार्न सकेन । तरपनि ओर्लिनै थियो । बिहानीको साढे पाँच बजेको थियो । नजिकैको आदर्श बसस्टपमा चियाको चुस्की लिएँ ।  सोँचे कता जाने ? कहाँ जाने ? अत्तो पत्तो भएन ? टाढा, त्यही माथि, नौलो ठाँउमा मन चिसिदो रहेछ । घर सम्झे । रिस त उठ्यो । तर प्रश्न प्रति प्रश्न सम्बोधन हुने ठाँउ काँहि भेटिएन फेरि काठमाडौं नै फर्किए । टाढा जाँदा घरको माया झन हुने रहेछ  । फर्केको केहि दिन पछि मनिषालाई फोन लाएँ उनले रिप्लाई दिन अस्विकार गरीन । सम्झे ठिकै गरिन ।

विचार र संदेश पयार्यवाची शब्द हुन् । अन्तरंग, परस्पर कुराकानी वा भाषण सबै अन्र्तनिहित धारणा हुन भन्दा गाह्रो हुन्छ । साहित्य श्रृजना हो । वाक्यका चाल अनि त्यस माथिको विवेचना र प्रस्फूटन हुने मानवीय संवेदना बुझ्न गाह्रो हुन्छ शव्दका भावहरु किल्ष्ट नहुँदा ।
    कविता,लेख, कथा, नाटक, पुष्तकमा समेटिएका कुरा ग्रहण गर्न र त्यसमा समाहित भई यथार्थमा ढाल्न अत्युक्ति नहोला । मैले दन्ते कथाहरु सुनेथे र पहिलो  कविता लेखेथेँ । भोजबहादुर । साहित्य र श्रृजना अन्तरंगबाट प्रकट हुने व्यंगविनोद हुन् । रातारात जसरी कोही माथी पुग्दैन । त्यसरी नै शाहित्यमा म दिग्गज छु भनी कसैले भन्दैन ।
    शाहित्यकारहरु थुप्रै छन् जो अटल प्रयासबाट धेरै समयपछि माथि पुगेका छन् ।

Tuesday, June 23, 2015

साम्यवादी सपनामा नेपाली क्रान्ति

कम्युनिष्ट सिदान्तको प्रतिपादन मा कार्ल माक्र्स र फ्रेडरिच एन्जलसले १८४८  मा गरेका हुन । जुन रुपमा नेपालमा साम्यवाद लादिन  खोजियो त्यसले हजारौं मान्छे घरवार विहिन हुन पुगे, लाखौं मानिस अपाँग भए अनगिन्ती मानिस सम्पति विहिन भए, लाखौं मानिस आफन्तबाट टाढिन पुगे र लाखौं मानिस विदेश पलायन भए ।
    मानव इतिहास वर्ग संघर्षको इतिहास हो ।  अफ्रिकामा जसरी सामान्य मानिसलाई कोक्रोचको संज्ञा दिँदै बन्दुकले भुट्ने गरिन्थ्यो त्यसरी नै युदका नाइकेले कसैलाई छोडेन् । विशाल पार्टी बनाउन केटाकेटीलाइ दिउँसै अपहरण गरी ग्रामिण क्षेत्रबाट युदमा लगिन्थ्यो । त कसैलाई राती ओछ्यानमा सुतेका बेला नकाबधारीले अपहरण गर्ने गरेको पाइयो ।
    नेपाल एक्काइसौं शताब्दीमा कुइरोको काग बनेको छ, नेपाललाई नयाँ नेपाल बनाउनु छ,  रोजगारीको अभाव छ,  हाम्रो पार्टीमा प्रवेश गर तिमीहरुको घरबार पार्टीलाई सुम्पियौ । तिम्रा घरमा पढ्ने छोरा छोरीलाई हाम्रा लडाकु बनावो, हामी तिमेरलाई गरिबीको खाल्डोबाट छिचोल्दै नयाँ नेपाल दिनेछौं हाम्रो अभियानमा साथ दियौ आश्वासनको रट यही नै थियो ।
    जसले हाकाहाकी हतियारधारी गुरिल्लाको माझ केही सिप नलागी लाटकोसेरो ओसरे झैँ  मान्छे त्यही नै लागे ।
    हाम्रो समाज पिछडिएको छ । यहाँ राजा, उद्योगपति, मुखिया,  हली, ज्यामी, सुनार देखि लोहार छन् । समाजको ऐनालाई  भारतीय भूमिबाट दुर्वीनले हेर्दै जुम्ला, हुम्ला देखि नेपालमा रक्तपात मच्चाइयो ।
    आज तराईका पार्टीहरुसँग मेलमिलाप कति राम्रो सदनमा । आधा पार्टी चैं सत्ता आएन रे ।  कुर्सीमा दुवै हुँदा  संविधान  जनतालाई नदिने अनि अझ नयाँ नेपालमा युद्दै चाहिन्छ रे कस्तो  निती ? हलो अड्काएर पृथ्वी परिकल्पना गरेका हुन कि ? अचेल प्रचण्ड कोही मर्दा पर्दा भावविहोर हुन्छन् रे १
    यदी यही पुजीवादसँग दोहोरी खेल्दै अघि वढ्नु थियो भने आधा नेपालका संरचना किन भत्काइयो ? अनि केही काम गर्दा पार्टी धनी बनाउन चन्दा असुली गर्ने हो भने गान्धि को चर्खा आन्दोलनले केही काम नगर्ने चै किन बनाइयो ?
    राज्यसत्तामा बागडोर आफनो बनाउने हतियारको दम्भले राजा फाल्ने र सातदलसँग मिलि १९ दिने आन्दोलनले प्रतिनिधिसभा त स्थापना भयो । गणतन्त्र  पनि स्थापना भयो । खयर राष्टपतिको पद  प्रचण्डले पाएनन् रे ।
    हजारौं मानिसले न्याय पाएका छैनन, सम्पत्ति फिर्ता पाएका छैनन्, कसैको छोरो बेपत्ता छ त कसैको जागिर विस्थापित भएको छ ।
    नयाँ नेपालको नोटमा राजाको फोटो हटाएर मात्र हुँदैन प्रत्येक नेपालीको गाँस, बाँस, कपासको ग्यारेण्टी हुनुपर्दछ । प्रत्येक विद्यार्थीको हातमा पुस्तक हुनुपर्दछ, प्रत्येक नागरिकले स्वतन्त्र रुपमा बाँच्न पाउनुपर्दछ, प्रत्येक युवाले स्वदेशमा रोजगारी पाउनुपर्छ र राजनीति हतियार हैन विचार र विमर्शको हुनुपर्दछ ।
    तबमात्र गणतन्त्रको नायक प्रचण्ड र बाबुराम हुनेछन् शासनै गर्ने हो भने विश्वमा कम्युनिष्ट पार्टी धेरै छन् केपी ओली र माधव नेपालका हातमा दही जमेका छैनन् ।
   

Thursday, February 26, 2015

मसान घाटमा परेको किरण

मसान घाटमा परेको किरण

एउटा कोपिला जब फक्रिन्छे अनि चुडिन्छे
एउटा पुष्पा जब हुर्किन्छे अनि झर्छे
हरेक समयमा मासानघाटमा त्यस्तै नयाँ नयाँ मानिसको लास पनि पोलिन्छ ।
अघोरिबाबालाई त्यो लास सुँघन कति मज्जा आउँदो हो ।
६ महिना पछि विस्तारबाट उठेर त्यही मसानघाटमा जान्थे र भिँड हेर्थे ।
गहिरो निन्द्रामा परेको मलाई
गोली पड्काए पनि घैरो आदत भैसकेको थियो ।
आवाज सुन्दा सुन्दा वाक्क दिक्क लागेको मलाई आफ्नो अस्तित्ववोधको मात्र विलौना थियो ।
त्यसैले एक धुँवा र त्यही मसानघाट परतिरको शिवालयको दृश्वालोकन गर्दै पुनः कोठमा फर्किएँ ।

हिन्दी चलचित्रकी अभिनेत्री पत्रकारको बारम्बारको प्रश्नपछि बनिन रिसहा

बलिउड । काठमाडौं । चलचित्र “दायरा”को रिलिजपछिको फोटो शुटमा अभिनेत्री करिना कपुर रिसले आक्रामक भएकि छिन् । वास्तवमा पत्रकारले उनलाई देव्रे पट...