Posts

Daily Routine

Image
             आजको बिहानी तालिका अनुसारको थिएन । दैनिक चर्या कसैको पनि त तालिका अनुसार हुँदैन । तर तालिका अनुसार चल्ने को होला र ! पक्केै पनि नेपालमा तालिका अनुसार चल्न त सभ्रान्त परिवारमा हुर्किनु पर्ला ।    खासै काम पनि केही छैन । अर्थोपार्जन गर्न मुस्किल छ । तर बिना पैसा जीयुन  पनि त चलाचउन गाह्रै पर्ला । भर्खर स्नात्तकोतरको जाँच सकिएको छ । धेरै बत्तिमा पढ्दा स्थिती तनावपूर्ण छ । साथिहरु त परिक्षाको बेला पनि ठट्टा गर्छन । तर मलाई त्यस्तो अफठ्यारो बेलामा मुखमा लाली छाउन गाह्रो पर्छ । सोच्दा पढेर के गर्ने । डिग्री हासिल गर्न त होनी  भन्ने कानमा आवज सुनिन्छ । हिजो सुमनसँग कुरा भयो । उसले भन्यो,“समिर तिमी एम.पि.ए किन ट्राई गर्दनौं । मैले त धेरै साथी सँग मिली त्रिभुवन विश्वविद्यालयमा टेस्ट दिएँ । यस्मा खर्च भर्नाको १७,०० र किताबको १६,०० पर्ने रहेछ । पढ्नमा अब्बल विद्यार्थी उनी । भन्दै थिए । मलाई यिस्पच दिन आउँछ । प्रेजेन्टेसन दिन्छु । अरुलाई बुझाउन पनि आँउछ ।  उनको धोको रहेछ नेपालमै सरकारी जागीर खाने । युरोप तिर बाहिर जा...

दृश्य र सपना

                              एक समय बालापनको थियो । जहाँ म रमाउथेँ न कुनै मानसिक तनाव न शुरता ! बिहान सबेरै उठ्ने, पढ्ने कक्षा कोठा गई अध्ययन गर्ने र बेफुर्सदी गृहकार्य गर्ने । कस्तो मृगतृष्णा माया जसको लागि आज म मरिमेट्छु कहिँ पाइन्न त्यो । परिवारको छत्रछायाँमा लालनपालन भएको र त्यो एकाग्र जीवन कति सन्तोषमय आफूँ त्यसै फूल भइ बुट्यानमा फक्रिरहेको । तर जब म कलेजका छत्र छायाँमा हुर्के दोहोरो मापदण्ड जीवनको गुजारा अनि अंग्रेजी र पत्रकारिताबीचको कठोर मेहेनत त्यहाँ नी आनन्दको छत्रबास नै हुन्थ्यो ।            न त कुनै समसामयीक राजनीति न कुनै रस म एक्लै मौलाउँदै गइरहेको हुन्थे । कठोर मेहेनत र त्यसका विचमा हुने आम्दानी कुनै पराई मानिसका चक्छुका निसायुक्त आँखाले नघच्घच्याउँदा एउटा कलिलो सिसौको जस्तो फर्किएको जीवन कति शुशिल । घर परिवार पनि त खुसी नै थिए अनि म मेरै विल्कुल केही श्रोतको आम्दानी जसको लागि गोडा फैलाउँथे । साथिसंगि आफ्नै लागि हुन जस्तो लाग्थ्यो । १६÷१७ को जीन्दगी । ...

आज मजदुर दिवस मे १

मानिस त्यसै पनि स्वतन्त्र प्राणी । समाजमा स्वतन्त्र जिवन जिउनु संविधान त कार्यान्वयन हुने विषय हो । मानिस स्वस्थ्य हुनु , शिक्षा मैत्री हुनु, आवासको ग्यारेण्टी हुनु र कुनै काम प्रतिको आधारभूत ज्ञान हुनु उसको मानसिकतामा नयाँ विचारको आभास हो ।      आज मजदुर दिवस मे १, “संसारका मजदुर एक हौं” भनि कार्ल माक्र्स र फेडरिच एन्जल्सकोे कम्युनिष्ट घोषणापत्रमा उद्वरीत नाराले आज पनि उत्तिकै महत्व बोकेको छ । १३० औं मजदुर दिवस आज नेपालमा पनि भव्य रुपले मनाइने नै छ । तर मजदुर हक, र हित सम्बन्धि धारणा मानिसमा नहुँदा आज पनि लाखौं मजदुर श्रममा त पिल्सीएका छन् तर उनीहरुले पाउने श्रम अनुसारको ज्याला नपाउँदा उनीहरुको शारिरीक तथा मानसिक स्वास्थ्यमा सहजता नपाएको अनुभव अझै छ । समाजमा मानिस बाच्न उसले कुनै न कुनै कार्य गर्नै पर्छ श्रम प्रतिको साझेदारीको भागेदार बन्नु मानिसको आवश्यकता हो । मानिस जीवनरत कामबाट उम्किन सक्दैन । हिन्दु दर्शनशास्त्र गीतामा पनि भगवाद कृष्णले अर्जुनलाई दर्शन बोध गराउँदा कर्मको उदाहरण दिँदै मानिस पौराणिक रुपमा कर्मयोगी नै रहेको बताउनु भयो । ढुँङ्गे युग, दास युग, पुजी...

विकास, राजनीति, नैतिकता र सफलता

विकास, राजनीति, नैतिकता र सफलतायस्ता पर्यायवाची आधारभूत शब्द हुन जसको परिभाषा केलाउने खड्को हामी सबैलाई छ । विकास मानव सभ्यतामा जब उदारवादको प्रश्रय भयो त्यही दिन देखि चाहे त्यो प्रजातन्त्रमा नै होस वा समाजमादमा चरम प्रयोगको कार्याशाला बन्दै आयो । जनताद्वारा, जनताको लागी र जनताले नै गर्ने शासन भनि विकासको उठान त मत माग्ने नेताले उठाए । तद अनुरुप मोटरबाटो, संञ्चार, प्रविधिमा त विकास भयो । जनताको आधारभूत विषय स्वास्थ्य, शिक्षा र आवासमा पनि संकुचित विकास भयो । संकुचित यस मानेमा दुर दराजमा स्वास्थ्य र शिक्षाबाट लाभान्वित जनता अझै मर्कामा परेका छन् । राजनीतिक रुप जे भए नि जनताका विकासका मूद्वा भाषणमा सिमित छन् । कार्यान्वयनको हिसाबमा नीति नियम र दिगो अर्थनितीको अभावमा नियम राजनीति तरलतामा हाम्रो समाजमा गढेको छ । पार्टी नीतिले जनताको घरमा चुल्हो नभई तरकारीको मरमशला मात्र बनेको छ । यदी सही र जनतामुखी आवाज दिगो अर्थनिती र हाम्रा श्रदेय नेताका मुखवाणी भइदिने हो भने आज आम समुदाय र बरोजगारीमा डुब्दैनथे होलान १ हाम्रो देशको ग्राहस्थ उत्पादन, कुल आयव्यय, बाल मृत्युदर, औषत आयु, विकासको वृद्वि द...

Friday Chaitra 29, 2075

आज शुक्रबार, मलाई संसोधनवाद के होला भन्ने प्रश्नले कुत्कुत्याइरहेको छ । संसोधनवाद भनेको विचारमाथि गरिने संसोधन हो । आफैं भित्र प्रश्न गर्दा वाक्क भएको छु । रिमाल जी लाई सोद्दा वहाँ अनविज्ञ रहेको बताउनुहुन्छ । आज रिमालजीले माछा तन्दुरी ख्वाछु भनि चिकेन नान ल्याउनु भएछ तर के सँधै जस्तो चिकेन नै खानुपर्छ भन्ने वाद नै संसोधनवाद हो । म पक्कै साथीहरु सँग वार्तालाप गर्छु अनि त्यसको विश्लेषण हुन्छ कि त ! मैले हिजो वीर अस्पतालमा वाहिर प्राङ्गणमा वसी टिकट काटेँ । डाक्टरसाबले पूर्जीमा औषधी लेखि दिए ग्यास्ट्रिकको दबाइ र वी कम्प्लेक्स त सजिलै पाइयो तर एउटा औषधीको लागि अस्पतालको लेटरप्याड र डाक्टरको सही छाप नै चाहिँदो रहेछ । दश रुपैयाँमा केही पत्ता खाएपछि अलि राहत मिलेको छ । संसोधनवाद सम्बन्धि अंग्रेजी किताब त छ कसरी पाना पल्टाउँ । चिसो किचनमा समाजवादका पाना पल्टाउँदा विरामी परेको कुरा सम्झन्छु अत्यासलाग्छ आफ्नै सुत्ने खाटमाथि । भाँडा मस्काउन पानी नहुने अनि राती फोहोर सँगै बस्नुपर्ने बाध्यता अस्पताल गएर आइसकेपछि अत्यास लाग्छ । थर्मसमा तातोपनी सार्दै पढ्दै गर्न त मज्जा लाग्छ । परिक्षाका दिन एउ...

Would I could get healthier again as before?

म सोच्दै छु, म माँ छायाँ किन आउँछ, दिमागमा अनायासै शरीरका समस्याहरु किन खुल्छन । मनोवैज्ञानिक रुपमा रोगको त्रास खेल्न थाल्छ अनि बतारिएका आवाजले मेरो शरिर काप्न थाल्छ शरिरको तापक्रम हल्का बढ्दै जान्छ । म पानी खान्छु त्यसैले आराम दिँदैन । तातोपानी खाने विचारमा छु । कता कता मेरो दिमागमा अनाधिकृत रुपमा मनोवैज्ञानिक रुपमा त्रासदी छर्ने मानिसका शब्दका वाण सुन्नुपर्छ मलाई मेरो शारीरिक र मानसिक स्वास्थ्य प्रति दिग्दार लाग्छ । टेलिभिजन र रेडियोको सन्देश कुनै उल्टो त भएको हैन ? मानिसका अनौपचारिक र औपचारिक शब्द जालले मलाई दिग्भ्रमित बनाउँछ । आँखाका नानीका तर्कनाहरु ज्सका कारण म स्वयं तर्सिरहेको थिएँ । मेरो लक्ष्य, मेरो सपना, मेरा सोच, मेरो कल्पना सबै माटोमा विलिन भएका थिए । माया मैले कसैबाट पाइन । त्यो पाउने विषयवस्तु पनि त होइन रछ । आजका दिनमा म अचेत छु सायद सचेतना भन्दा अचेत मजदुर काम लाग्छ होला । आज म पनि एक मजदुर भएको छु तर ज्याला मेरो सोच रहेन । त्यसैले म पैसालाई गौण मान्छु । किनकि त्यो मेरो सोच भन्दा टाढाको विषय हो । तर संसार त पैसा मै अडेको छ । खाजा समयमा नपाउनु भनेको धुम्रपान भन्दा ह...

chitra 27

आज चैत्र २७, बिहान ५ः३० मा उठेर ड्युटी गर्न सधैँ जसो गाह्रो भएन तर आजको समोसा भिन्नै स्वादको थियो । काम खासै भएन, व्यस्त रहिन आज कम थकित भएँ । आज किताब पढ्ने मेसो आएन । न त कुनै पत्रपत्रिका पढियो कारण ३ घण्टा चश्मा नै थिएन आँखामा । आज कम्प्युटरमा हात अरु दिन भन्दा कम चलाएको कारण पनि होला मानसिक तनाव भएन । तर पुतलिसडक तिर चश्मा लिन जान शुरु चोटी गाह्रो भयो । त्यसो त घाममा नहिँडेको धेरै भएछ । आँखामा हाल्ने दुई ड्रप, डिब्बा औषधि ल्याएँ । ब्लुकट लेन्स पनि राखेर चस्मा तयार गर्न लगाएँ । बेलुकि पाँच बजे चश्मा पनि तयार भयो । साथै मन फुरुङ्ग भएको छ आजराती रिङ्गटा लाग्दैन होला । तर वास्तवमा समोसा, चिया, जेरी साँच्चै मीठो थियो !