www.smoonsharma.blogspot.com

Monday, January 12, 2026

इरानमा १०० भन्दा बढि मानिसहरुको सरकार विरोधी प्रदर्शनमा मृत्यु

 काठमाडौं । इरानमा देशमा आर्थिक बिचलन भएपछि आएको परिस्थीतिमा जनता सडकमा ओर्लिएका छन् । पछिल्लो घटनाहरुलाई समावेश गर्ने हो भने इरानमा १०० भन्दा बढि मानिसहरुको सरकार विरोधी प्रदर्शनमा मृत्यु भएको छ ।


अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाए अनुसार त्यहाँ जुलुसहरुमा हजारौं अश्रु ज्यासँहरु र गोली प्रहार भएको छ ।  इरानले सहयोग मागेको खण्डमा अमेरिका तयार रहेको बताइरहेको छ भने इरानमा सामाजिक सञ्जालहरु पूर्ण रुपमा बन्द रहेको जनाइएको छ । उसले अमेरिकी हस्तक्षेप हाफूलाई अमान्य हुने बताएको छ । 

महेन्द्र विक्रम थामसुहाङ् बने रास्वपाबाट उमेद्वार


पाँचथर । रास्वपाबाट महेन्द्र विक्रम थामसुहाङ्ले नेतृत्व लिने भएका छन् ।

उनी प्रतिनिधि सभा सदस्यमा उमेद्वार हुने सुनिश्चित भएको जनाइएको छ । उनी कम्युनिष्ट पार्टीमा आवद्व थिए ।|


केही महिना अघि आफ्नो पार्टी परित्याग गरि उनी नयाँ पार्टीमा सामेल भएका हुन् । रास्वपालाई आफ्नो पार्टीमा समावेश गरिएका पात्र जिताउनै पर्ने देखिएको छ भने उता पार्टीले सर्कुलर जारी गरि उनलाई एकल नेतृत्व प्रदान गरिएको हो ।


विगतका सर्वेक्षणहरु हेर्ने हो भने नेकपाको वर्चश्व रहेको पाँचथरमा घण्टी चिन्ह लाई हालीमुहाली सुनिश्चत गर्न अव आउने निर्वाचनलाई मध्यनजर गर्नु पर्ने नै देखिन्छ ।




प्रधानमन्त्री सुशीला कार्की ३०४ औं पृथ्वी जयन्तीको अवसरमा सरिक


काठमाडौं । भृकुटिमण्डप स्थित राष्ट्रिय प्रजातन्त्र पार्टीको विशेष कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की समाहित भएकी छिन् । जलपान कार्यक्रममा प्रधानमन्त्रीलाई अध्यक्ष राजेन्द्र लिङ्देनले स्वागत गरेका थिए । कार्यक्रममा उपस्थित मान्यजनहरुले वडामहाराजाधिराज पृथ्वी नारायण शाहको नेपाल एकिकरण र दिव्यउपदेशको बारेमा मन्तव्य राखेका थिए ।

कार्यक्रममा संचार मन्त्री जगदिश खरेल, कुटनितिक नियोगका प्रतिनिधि तथा सामाजिक अगुवाहरुको उल्लेखनिय उपस्थित रहेको थियो ।

इण्डियन आइडल सिजन–३ का विजेता प्रशान्त तामाङ्गको अन्तेष्टि


प्रशान्त तामाङ्गको दाहसंस्कार उनको गृह नगर दार्जिलिङ्गमा हुने भएको छ । उनको हृदयघातको कारण नयाँ दिल्लीमा ४१ वर्षको उमेरमा हिजो विहान मृत्यु भएको थियो ।

माता रुपा तामाङ्ग र पिता मदन तामाङ्गको सुपुत्र प्रशान्तको जन्म सन् १९८३ मा वेष्ट बंगाल दार्जिलिङ्गमा भएको थियो । उनी एक नेपाली भाषी भएको नाताले थुप्रै नेपाली चलचित्र र गायन क्षेत्रमा आफ्नो रोमाञ्चक प्रस्तुतीबाट चर्चित थिए । उनी बसेको नयाँ दिल्ली स्थित निवासमा हृदयघात भएको र अस्पताल पुग्ने क्रममा मृत्यु भएको अपुष्ट समाचार श्रोतहरुले बताएका छन् ।

उनीद्वारा अभिनित चलचित्रहरुमा गोरखा पल्टन, अंगालो यो मायाको ,किनमायामा आदी चर्चित रहेका छन् ।

एक नेपाली भाषी भएको र नेपाली कलाकार भएको नाताले नेपाली श्रोता तथा दर्शकलाई उनको असमायिक निधनले मर्माहत तुल्याएको छ ।

विशेष महाधिवेशनको रफ्तार

दुइ महामन्त्री विश्व प्रकास शर्मा र गगन थापाको जोडबलमा बनेको विशेष महाधिवेशनले नेपाली काङ्ग्रेसको कार्यदिशा बदलिने मूल्याङ्कन गर्न सकिन्छ । नेतृत्व र प्रधानमन्त्रीको भार आफूले मात्र लिनु सराहनिय नहुने बताइराख्ता शेखर कोइरालाले एक पुस्तौनि प्रथाको अन्त्य भएको हो कि भन्ने सन्देश दिन्छ । पूर्व प्रधानमन्त्री शेर बहादुर कोइरालाले अध्यक्षको जिम्मेवारी कसले गर्ने महाधिवेशनलाई नै निर्णय दिनु पर्ने भन्दा विगतको परिधिबाट समष्टिगत रुपमा पार्टी नयाँ हाँगोमा उत्रने र बलियो हुने आसातित अनुमान नेपाली मिडियाले लाएको प्रशस्त हुन्छ ।


हो पार्टीले नयाँ जुटको संज्ञा दिनुपर्छ । नेपाली काङ्ग्रेस भित्र नयाँ विचार र सिद्वान्तको आधारशिला तय गरिनुपर्छ । नविन श्रीङखलाबाट पार्टी मजबुत गरिनुपर्ने विभिन्न गुटबाट आवाज उठ्न थालिसकेको पनि छ । बैठक अनुसार नीति, नियम बमोजिम पार्टीको आधारशिला तय हुँदै गर्दा समाजको मुद्वालाई अगि बोक्न काङ्ग्रेसमा नविकरण आवश्यक नै परेको कुरा जगजाहेर नै छ ।




Saturday, January 10, 2026

सद्वार्थ बैंकको कार्याकारी अधिकृत पदमा रामेश्वर प्रसाद बस्याल

 


सद्वार्थ बैंकको कार्याकारी अधिकृत पदमा  रामेश्वर प्रसाद बस्याल नियुक्त भएका छन्।

नियुक्ति २०८२ फुस २५ गतेदेखि लागू हुने बैंकले जनाएको छ। बैंकिङ क्षेत्रमा करिब ३६ वर्षको लामो अनुभव सँगालेका बस्यालले सन् १९८९ देखि २००५ सम्म नबिल बैंकमा विभिन्न जिम्मेवार पदहरूमा रहेर कार्य गरेका थिए।

सन् २००५ देखि सिद्धार्थ बैंकमा आबद्ध भएका उनले यहाँ प्रबन्धकदेखि सुरु गरी वरिष्ठ प्रबन्धक, सहायक महाप्रबन्धक, नायव महाप्रबन्धक, सहायक प्रमुख कार्यकारी अधिकृत र नायब प्रमुख कार्यकारी अधिकृतसम्मको नेतृत्वदायी भूमिका सफलतापूर्वक निर्वाह गरिसकेका छन्।

समाजवाद र लोकतन्त्र मात्र होलान त नेपाली काङ्ग्रेसको प्रमुख नारा

 


नेपाली काङ्ग्रेस नेपालको सबै भन्दा ठुलो समाजवादी(लोकतान्त्रीक राजनीतिक दल हो ।

यस पार्टीको प्रथम महाधिवेसन वि.सं २००३ माघ १२ र १३ मा भएको थियो ।

नेपाली काङ्ग्रेसको आसन्न महाधिवेशनको उद्घाटन शत्र भोलि देखि भृकुटीमण्डपमा शुरु हुँदै छ ।

कांग्रेस महाधिवेशनको बन्द शत्र जेष्ठ प्रतिनिधिले सम्हाल्ने भएका छन् ।

प्रतिनिधि दर्ता, परिचयपत्र वितरण तथा बसोबास समन्वयसम्बन्धी कामहरू अगाडी बढ्दै गएका छन् ।

मञ्च निर्माण, हल सजावट तथा प्राविधिक तयारी अन्तिम चरणमा पुगेको बताइएको छ ।

 यद्यपी नेपाली काँग्रेसका महामन्त्री द्वय गगन कुमार थापा र विश्व प्रकास शर्माद्वारा सञ्चालित हुने कार्यक्रममा कुन सिद्वान्तलाई प्रश्रय दिने समाविष्ट गरिएको पाइँदैन ।

हिन्दी चलचित्रकी अभिनेत्री पत्रकारको बारम्बारको प्रश्नपछि बनिन रिसहा

बलिउड । काठमाडौं । चलचित्र “दायरा”को रिलिजपछिको फोटो शुटमा अभिनेत्री करिना कपुर रिसले आक्रामक भएकि छिन् । वास्तवमा पत्रकारले उनलाई देव्रे पट...