www.smoonsharma.blogspot.com

Friday, January 9, 2026

कुन पदार्थहरु बजारमा महंगो


नेपाल राष्ट्र बैंकले सर्वधारणले खरिद गर्ने बजार भाउ औषत १.६३ प्रतिशतमा सिमित रहेको बताएको छ । यो दर नियमीत बजार भाउ भन्दा निकै तल रहेको हो । 

मंसिरमा खाद्य तथा पेय पदार्थको समूहको मुद्रास्फीति २.०५ प्रतिशतले ऋणात्मक रहेको बताइएको छ । त्यस्तै गैह्र खाद्य सेवा समूहको मुद्रा स्फिती ३.७५ प्रतिशतले रहेको बताइएको हो ।

हाल वृद्वि रहेका केही पदार्थहरुमा घ्यू, तेल, गैह्र मदिराजन्य पदार्थ, दुग्ध पदार्थ, अण्डा पर्दछन् ।

महाधिवेशन तोकिएपनि नेतृत्व कस्ले लिने भन्ने प्रश्नमा नेपाली कांग्रेस


भनिन्छ, राजनीतिमा आफन्त  नातागोता कोही भनिँदैन, राजनीतिज्ञका आसेपासे भएपनि इष्टमित्र र पार्टी कार्यकर्तासँग लगाव हुन्छ राजनीतिक अभिष्ट नेताको शौक नै हो ।

यतिखेर नेपाली काङ्ग्रेस पार्टीमा १५ औं महाधिवेशनको चटारो छ । एउटा व्याख्या र विधानको चर्चा छ भने अर्को राजनैतिक मुद्वा र सिद्वान्तको ।

पार्टीको विशेष महाधिवेशनमा आफ्नो नैतिक धरातल र सिद्वान्तमा कसी लाउन खोज्ने नेताहरु आज फेरी गुट उपगुटबाट प्रभावित बन्न खोजेका छन् ।

पार्टी नेता गगन थापा ०८३ मा महाधिवेशन हुने ठोकुवा गरिरहेका थिए । सभापति देउवाले ०८४ को चुनाव पछि पार्टी महाधिवेशन तर्फ धकेलिने इंगित गरेका थिए । पार्टीका शिर्ष नेता शेखर कोइराला ०८३ मा महाधिवेशनको लागि आव्हान गर्दै हिंडेका थिए । जेन–जी को आन्दोलन पछि विश्वप्रकास शर्मा पनि कोइरालाकै लाइनमा आइपुगेका थिए ।

पार्टीको नेतृत्व र सिद्वान्त बदली पार्टि महाधिवेशनको संघारमा जाने उनीहरुको तर्क थियो ।

२१ फागुन अघि महाधिवेशनको चर्चा गर्ने कोइराला र देउवा निर्णायक मोडबाट पन्छिएका छन् ।

पार्टी अधिवेशनको संघारमा गए पार्टी नेतृत्वको रस्साकस्सीमा कतै फूटको संघारमा जाने त होइन ? प्रश्न घुमिल भएको छ । यद्यपी भविष्यका पुस्ताको लागि यो अवस्य सम्भावी पनि छ । के महाधिवेशन सकस पूर्ण वतावरणबाट पार्टी स्थायीत्व तर्फ जान्छ र नेताहरुले यसको निश्कर्ष सरल रुपमा पार्टीलाई अवतरण गरी स्थिर नेतृत्व देलान प्रश्नको तगारो त नेताहरुलाई नै छ तथापी पार्टी पंक्ति ढुक्क हुने आशामा भने छैनन् ।


Saturday, January 3, 2026

१५ औं महाधिवेशन २०७३ सालको बैशाख अन्तिम साता हुने

 नेपाली काङ्ग्रेसको १५ औं महाधिवेशन २०७३ सालको बैशाख अन्तिम साता हुने बताइएको छ ।

शुक्रबार कार्यबाहक सभापति पूर्ण बहादुर खड्काले स्वयमं वैशाख २८,२९,३० र ३१ गते महाधिवेशन गर्ने भनेर नीति समायोजन गरेर केन्द्रिय कार्यालय बिपि स्मृति प्रतिष्ठानमा वैठक पारित भएको थियो ।


महाधिवेशन अवधि भर वडा, गाउँ–नगर पालिका अधिवेशन, प्रतिनिधि सभा क्षेत्रिय अधिवेशन, जिल्ला अधिवेशन, प्रदेश अविेशन हुँदै केन्द्रिय अधिवेशन हुने पार्टी कार्यलय समितिले जनाएको छ ।

महामन्त्री गगन थापाको आफ्नो मतः

महामन्त्री गगनकुमार थापाले पुस अन्तिम भित्र विशेष महाधिवेशन जसरी पनि हुने ठोकुवा गरेका छन् । उनले काङ्ग्रेसको विधानको घारा १७(२) बमोजिम ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले खुला प्रतिष्पर्धा गर्न इच्छुक हुने तर्क व्यक्त गरेका छन् भने अन्य व्यवहारिक प्रयोजन गरेर पार्टीलाई सुमधुर बाटोमा लान सकिने बताएका छन् ।

दलले कार्यकर्ताको भावना  अनुरुप काम गर्ने र पार्टीको महाधिवेशन लम्व्याउन नहुने तर्क थापाले राखेका थिए । उनले फागुन २१ को निर्वाचनमा पार्टी सामेल हुनपर्ने कारण सदस्यता नविकरण गर्नु पर्ने यावत समस्या भएको हुँदा पार्टी पंतिलाई पूस अन्तिममै महाधिवेशन गर्न सुझाव

र प्रतिक्रिया दिएका थिए ।

ताप्लेजुङ्को आसपास केन्द्रविन्दु भएर भूकम्प

ताप्लेजुङ् । ताप्लेजुङ्को आसपास केन्द्रविन्दु भएर भूकम्प गएको बताइएको छ ।


आज बिहान ६ः३१ मा फलैंचा आसपास भएर गएको ४.६ रेक्टर स्केलको भूकम्पको विवरण आउन बाँकी रहेको बताइएको छ ।

बुद्व एयरको विमान रनवे बाट चिप्लीएर दुर्घटना

भद्रपुर । शुक्रबार राती




 बुद्व एयरको विमान रनवे बाट चिप्लीएर दुर्घटनामा परेको छ । यद्यपी केही सामान्य चोटपटक बाहेक चालकदलका सदस्य र यात्रुहरु सकुसल रहेको जानकारीमा आएको छ । 

काठमाडौं– भद्रपुरको ९०१ नम्बरको जहाज मा ५१ यात्रु रहको बताइएको छ । शुक्रबार राती ८ः३० बजे जहाज दुर्घटनामा परेको थियो जहाज कसरी रनवे बाट चिप्लियो भन्ने कारणको खोजी भइरहेको अधिकारीहरुले बताएका छन् ।  

राति भद्रपुर बसेर शनिबार बिहान पहिलो उडानमा काठमाडौं फर्किने जहाजको तालिका थियो ।

Tuesday, December 30, 2025

काठमाडौंमा सार्वधिक चिसो मापन

मंगलबार । काठमाडौंको मौसम आज वर्षको सार्वधिक जाडो रहेको मापन गरिएको बताइएको छ ।

जल तथा मौसम विभागको अनुसार काठमाडौंको आजको न्यूनतप तापक्रम ४.८ डिग्री रहेको बताइएको छ ।

विभागका अनुसार देशका हिमाली भागमा हिमपात रहेको र तराईका केही स्थानमा शितलहर परेको पनि बताइएको छ ।

देशका कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानमा विरलै पानी पर्ने मौसम विभागले जानकारी दिएको छ ।


आजको जुम्लाको न्यूनतम तापक्रम ४.५ डिग्री रहेको र हिजोको काठमाडौंको न्यूनतम् तापक्रम १२ डिग्री रहेको मापन गरिएको थियो ।


सुनको मुल्यमा गिरावट

नेपाली बजारमा छापावाला सुन प्रति तोलामा  ७ हजार ९०० रुपैयाँले घटेको छ ।

हिजो मात्र सुनको मूल्य नेपाल सुनचाँदी व्यवसायी संघले २,७०००० कायम गरेको थियो ।

आज चाँदीको मूल्य ४,५९० रुपैयाँ रहेको छ ।


विगत केही महिनामा सुन र चाँदीको मूल्यमा बढ्ने क्रम रोकिएको थिएन । 


हिन्दी चलचित्रकी अभिनेत्री पत्रकारको बारम्बारको प्रश्नपछि बनिन रिसहा

बलिउड । काठमाडौं । चलचित्र “दायरा”को रिलिजपछिको फोटो शुटमा अभिनेत्री करिना कपुर रिसले आक्रामक भएकि छिन् । वास्तवमा पत्रकारले उनलाई देव्रे पट...