www.smoonsharma.blogspot.com

Sunday, December 28, 2025

फागुन २१ गतेका लागि एक करोड ८९ लाख मतदाता



काठमाडौँ, पुस १३ गते । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता समावेश हुने भएका छन् । निर्वाचन आयोगले अन्तिम मतदाता नामावली प्रकाशन गरी सो विवरणको जानकारी दिएको हो ।

प्रकाशित अन्तिम नामावलीअनुसार ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र अन्य दुई सय मतदाता समावेश छन् । सम्बन्धित मतदाताले मतदाता नामावलीमा आफ्नो नाम हेर्न सक्नेगरी अन्तिम मतदाता नामावली आयोगको वेबसाइटमा समेत प्रकाशन गरिएको छ ।

मतदाता नामावली ऐन, २०७३ को दफा २० बमोजिम आयोगले शनिबार अन्तिम मतदाता नामावली प्रकाशन गर्ने निर्णय गरेको प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । आयोगका अनुसार आगामी फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने नागरिकको विवरणलाई समेत अद्यावधिक गरी अन्तिम मतदाता नामावली प्रकाशन गरिएको छ ।

विसं २०७९ मा सम्पन्न भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदय निर्वाचनमा पुरुष ९१ लाख ४० हजार ८०६, महिला ८८ लाख ४७ हजार ५७९ र अन्य एक सय ८५ गरी कुल मतदाताको सङ्ख्या एक करोड ७९ लाख ८८ हजार ५७० रहेको थियो । विसं २०७९ को तुलनामा २०८२ मा कुल मतदाताको सङ्ख्या नौ लाख १५ हजार ११९ ले वृद्धि भएको छ । पुरुष मतदाताको सङ्ख्या पाँच लाख २२ हजार ५५२, महिला मतदाताको सङ्ख्या तीन लाख ९२ हजार ५५२ र अन्य मतदाताको सङ्ख्या १५ ले वृद्धि भएको आयोगले जनाएको छ ।

अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदातालाई मतदान गर्नका लागि देशभर १० हजार ९६७ मतदातास्थलमा २३ हजार ११२ मतदात केन्द्र निर्धारण गरिएको छ । यो निर्वाचनमा २०७९ सालको कुल मतदानस्थलको सङ्ख्याभन्दा ७५ वटा बढी निर्धारण गरिएको छ । कुल मतदान केन्द्रको सङ्ख्या आठ सय ८५ वृद्धि भएको छ । (गोरखापत्र अनलाइनबाट)

दिर्घरोगीको मात्र नभई स्वास्थ्य बिमा सबैको साझा सवाल


काठमाडौँ, पुस १३ गते । स्वास्थ्य बिमामा दीर्घरोगीको मात्र आकर्षण बढेको छ । स्वस्थ व्यक्तिले सकभर स्वास्थ्य बिमा नगर्ने, बिमा गरिहालेको अवस्थामा नवीकरण गर्न रुचि नदेखाउने गरेका छन् । मानिसलाई जब दीर्घरोगले समात्छ, अनि स्वास्थ्य बिमा गर्न उत्साही हुने गरेका छन् । यो गलत प्रवृत्तिका कारण स्वास्थ्य बिमा बोर्ड कमजोर बन्दै गएको छ । 

स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले देशका सबै मानिस स्वास्थ्य बिमामा आबद्ध हुने हो भने बिमा कार्यक्रमलाई अगाडि बढाउन कुनै समस्या नहुने बताउँछन् । कार्यकारी निर्देशक डा. काफ्लेले स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको एक दशकमा धेरै सुधारका काम भएको बताए। उनले बिमा बोर्डमा विभिन्न समस्या भए पनि जति प्रगति भएको छ, त्यसलाई उपलब्धिका रूपमा लिनुपर्ने बताए ।

अन्य देशको तुलनामा नेपालले बिमा कार्यक्रममा जे जति उपलब्धि हासिल गर्न सकेको छ, त्यसलाई सन्तोषजनक रूपमा लिनुपर्ने उनको भनाइ छ । कार्यकारी निर्देशक काफ्लेले बिमा कार्यक्रमले धेरै जिल्ला र स्थानीय तहलाई समेटेको बताउए। उनले स्वास्थ्य बिमामा आबद्ध भएका दीर्घरोगी, नियमित औषधी सेवन गर्ने, क्यान्सर, मिर्गौला रोग, फोक्सोसम्बन्धी रोग (सिओपिडी), दम, मधुमेहलगायतका दीर्घरोगीले मात्र स्वास्थ्य बिमा गर्ने गरेको उल्लेख गर्दै सबै वर्गलाई बिमामा आबद्ध गर्नुपर्ने बताए। 

विगतको तुलनामा स्वास्थ्य बिमामा नवीकरणमा समेत सुधार हुँदै गएको छ । विगतका वर्षमा ६९ प्रतिशत नवीकरण हुने गरेकामा आर्थिक वर्ष २०८० र ८२ मा ८० प्रतिशत नवीकरण भएको छ । स्वास्थ्य बिमा बोर्डका अनुसार स्वास्थ्य बिमा बोर्डमा ४५ प्रतिशत आबद्धमध्ये सक्रिय बिमित ३३ प्रतिशत छन् । त्यस्तै २१ प्रतिशतले उपचार सेवा लिएका छन् ।

यसै गरी स्वास्थ्य सेवा लिने दर ४१ प्रतिशत पुगेको छ । जनसङ्ख्या ‘कभरेज’ ३३ प्रतिशतले स्वास्थ्य बिमा गराएका छन् ।  यस्तै स्वास्थ्य बिमा भुक्तानीमा धेरै सुधार भएको छ । २०८२ असोज मसान्तसम्म सेवाप्रदायकको अस्पताललाई बुझाउनुपर्ने रकम सात अर्ब ३२ करोड बाँकी छ । २०८१ चैतसम्मको सबै स्वास्थ्य संस्थाको भुक्तानी भइसकेको छ । अब वैशाखदेखि असोजसम्मको भुक्तानी हुन बाँकी छ । 

स्वास्थ्य बिमामा सुधारका पक्ष भइरहँदा समस्या पनि त्यत्तिकै छन् । उपचारमा झन्झट बेहोर्नुपर्ने, सेवा उपयोग दरमा कमी, बिमित र स्वास्थ्य संस्थाबिच समन्वय अभाव, स्वास्थ्य संस्थाबाट गुणस्तरीय सेवा नपाइने गुनासो, दाबी भुक्तानी ढिलो हुने समस्या, प्राविधिक तथा डिजिटल प्रणाली कमजोर, पर्याप्त जनशक्ति र तालिमको अभाव, स्थायी जनशक्ति नहुनु, स्वास्थ्य संस्थाको असमान वितरण, स्वास्थ्य बिमा कार्यक्रम दिगोपनका लागि वित्तीय चुनौतीलगायतका समस्या छन् । ८० प्रतिशत स्वास्थ्य बिमा गर्ने दिर्घरोगी, क्यान्सर, मिर्गौला फेल भएका, दिनहुँ औषधी सेवन गर्नुपर्ने बिरामी मात्र छन् । 

सुरुमा पाइलट कार्यक्रमका रूपमा तीन जिल्लाबाट सुरु भएको स्वास्थ्य बिमा कार्यक्रम हाल ७७ वटै जिल्लामा लागु भइसकेको छ । ७७ वटै जिल्लामा स्वास्थ्य बिमाको पहुँच भए पनि सम्पूर्ण नागरिक स्वास्थ्य बिमामा आबद्ध हुन सकेका छैनन् । आबद्ध भएकाको विभिन्न समस्याले गर्दा बिमाप्रति आकर्षण छैन । बोर्डका सूचना अधिकारी विकेश मल्लले अझै पनि बिमामा मुख्य चुनौती रहेको बताए । उनले सामाजिक स्वास्थ्य सुरक्षाका लागि स्वास्थ्य बिमाबाहेक अर्को विकल्प नभएको भन्दै यसलाई सफल बनाउनुपर्ने बताए । 

बोर्डका अध्यक्ष चन्द्र थापाले स्वास्थ्य बिमामा औपचारिक क्षेत्र जोडिनुपर्ने बताए ।  नेपाल प्रहरी, सेना, शिक्षकलगायतलाई स्वास्थ्य बिमामा आबद्ध गरिनुपर्ने उनको भनाइ छ । 

स्वास्थ्य सचिव डा. देवकोटाले स्वास्थ्यमा सर्वव्यापी पहुँच प्राप्तिका लागि देशका नीतिनियम निर्माण, व्यवस्थापक, कार्यक्रम सञ्चालक, शैक्षिक प्रतिष्ठान, साझेदार निकाय एंव सरोकारवालाको साझा ऐक्यबद्धता आवश्यक रहेको बताए । (गोर्खापत्र अनलाइनबाट)

असल नेताको कार्यभारले मात्र राजनीतिक माहोल स्वच्छ हुने रवि लामिछानेको स्पष्टोक्ति


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहमति नेताले खोजेजस्तो नभई देशलाई चाहिएको जस्तो हुनुपर्ने बताएका छन् ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहसँगको सहमतिपछि लामिछानेले उक्त अभिव्यक्ति सामाजिक संजालमार्फत सार्वजनिक गरेका हुन् ।

आइतबार बिहान लामिछानेले सामाजिक संजाल फेसबुसमा शाहसँग सहमतिपत्रमा हस्ताक्षर गरेको तस्बिर राखेर लेखेका छन्, ुसहमति भनेको नेताले खोजेको जस्तो होइन, देशलाई चाहिएको जस्तो हुनुपर्छ ।ु

लामिछाने र शाहबीच ७ बुँदे सहमति भएको छ । सहमति पत्रमा पार्टीको नेतृत्व लामिछानेको हुने र आगामी प्रधानमन्त्री उम्मेदवार शाह हुने उल्लेख गरिएको छ । शाहले रास्वपाको नाम, चुनाव चिह्न र नेतृत्व स्वीकार गरेका छन् भने फागुन २१ मा हुने निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार शाह हुने उल्लेख छ ।

(कान्तिपुर दैनिकबाट)

नेपाली काङ्ग्रेस निर्वाचनमा जाने संकेत पक्कापक्की


काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै राजनीतिक दलहरु निर्वाचनमा जान तयार रहेको बताएका छन् ।

शनिबार प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको शीर्ष नेताहरुसँगको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।

उनले सबै राजनीतिक दलहरु निर्वाचनमा जान तयार भएपनि निर्वाचनको वातावरण बन्न नसकेको बताए । सरकारले निर्वाचनको वातावरण बनाउनुपर्ने र सुरक्षाको व्यवस्था हुनुपर्ने बताए ।

सभापति देउवाले भने, हामी लगायत सबै पार्टीहरु चुनावमा जान तयार छन्  तर वातावरण बनिसकेको छैन, वातावरण बनाउनुपर्छ । सुरक्षाको व्यवस्था हुनुपर्‍यो । एमाले पनि त तयार छ ।

एमाले पनि निर्वाचनमा जान तयार हो भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा सभापति देउवाले एमाले पनि तयार रहेको प्रतिक्रिया दिए । (कान्तिपुर दैनिकबाट)

Tuesday, May 7, 2024

खानेकुरा कसरी सफा खाने

खानेकुरा सफा राख्नुपर्छ । अस्वस्थ्य खाद्यपदार्थ फाइदाजनक हुँदैन । शुद्व खानेकुराको बारेमा लहर सामाजिक सञ्जालमा विगतको दशकमा नै चलेको देखिन्छ ।

खानेकुराको शुद्वता नाप्न गाह्रो मानिएता पनि गुलेटिन, चिनीको मात्रा नमिसिएको अप्रशोधित खानेकुरा एन्टीबायोटिक, हानिकारक विषादी र हार्मोन नघुलेका खानालाई प्राथमिकता दिइन्छ ।

अध्ययनको निश्कर्ष 

पोषण नामक जर्नलमा समाविष्ट तथ्य तथ्याङ्कका आधारमा खुलाइएको नतिजाको आधारमा प्रशस्त उदाहरणहरु फेला पार्न सकिन्छ । भनिएको छ , मानिसहरुको चाहना सधैं अप्रसोधित, कच्चा र बनावटी खाना तर्फ मोडिएको हुन्छ ।

खोजमा विश्लेषण गरिएको तथ्याङ्क अनुसार ७०.०८% मानिस स्वस्थ्य खानेकुराद्वारा  लाभान्वित छन् भने बाँकी नियमीत खानेकुराको सेवनमा अमिल्दो इच्छा प्रकट गरी अस्वस्थ्य बन्दछन् .

अनुसन्धानकर्ताहरुले स्वस्थ्य खाद्यपदार्थको समिश्रणमा वीउजन्य खानेकुरा, सुपारी, ओखर, बदाम, कालो दाल, भटमास, केराउ, अण्डा पर्ने विश्लेषण गरेका छन् । पोषण युक्त खानेकुराको सुचीमा विभिन्न खानेकुराहरु पर्दछन् । हरियो सागपात, फलफुल, नकुडिँएका अन्न, दुग्द्य जन्य खाद्य पदार्थ, चिज, ल्याक्टोज अमिश्रित दुधहरु, पोषणयुक्त खानेकुरा, चिल्लोरहित मासु, अण्डा, सामुद्रिक खानेकुरा, विउजन्य खानेकुरा, भट्मासका खाद्यपदार्थ, केराउ र दालहरुलाई जर्नलले पोषणयुक्त खानेकुराको सूचीमा राखेको बताइएको छ ।

स्वस्थ्य खानेकुरा सेवनको फाइदा

स्वस्थ्य खानेकुराले बजारु सोडियम, चिनीको मात्रा र अप्रसोधित खानेकुरामा ह्रासत्व ल्याउने तर्क गरिन्छ । हृदय सम्बन्धी रोग वा प्रेसर रोग हुनेलाई यस्ता खानेकुराको सेवन कम गर्न विशेषज्ञहरु सुझाव दिने गर्छन ।

घरैमा बनेका वीउजन्य खाद्यपदार्थ जस्तै अन्न, फलफूल, हरियो सागपात, सुपारी र स्वस्थ्य पोषणयुक्त खानेकुरा जीवनका लागि फाइदामुलक हुने तार्किक निश्कर्ष जर्नलले निकालेको छ ।

तर वैज्ञानिक हिसाबमा सबै पोषणयुक्त खानेकुराको कटौती स्वास्थ्यप्रदायक नहुने हुँदा सही खाद्य पदार्थको छनौट आँफैमा चुनौती रहेको जानकारहरु बताउँछन् ।

कुनै रोगका लागि केही खाद्यपदार्थ संवेदनशील हुने हुँदा कुन खानकीले मानिसमा के असर राख्छ भन्ने कुराको जानकार व्यक्ति स्वयं हुनु स्वास्थ्य विज्ञ हुनुृ बराबर हो बुझिएको छ ।

अमिल्दो खानेकुराको सेवनले मानिसमा अर्थोरेक्सिया नर्भोसिया नामक संक्रमण फैलिने जानकारहरु बताउँछन् ।

धेरै मात्रामा खानेकुराको सेवन गर्न डराउनुपर्ने हुन्छ । धेरै खानाले मानसिक रोगी बनाउँछ ।

स्वस्थ्य खानाले मानिसमा हुने कुपोषण, सामाजिक एक्लोपना र मानसिकतामा बदलाव राख्ने तर्क गरिएको छ ।
एजेन्सी



Monday, March 20, 2023

अवुद्र्व रोगको वैज्ञानिक असर


         मानिसमा अर्वुद रोगको असर देखिँदैन । यस किसिमको असरमा शरिर गल्ने, मनोविज्ञान थाहा नपाउने , शरिरमा दुखाई मच्चिने हुन्छ । मानिसमा हुने विभिन्न थेरापिबाट रोगको निधान हुने बताइन्छ ।  मानिसमा अर्वुद्व रोगको असर दिर्घ हुने जानकार बताउँछन् । बुढेसकालमा असंख्य रुपमा देखिने यो रोगको असर अचेल युवामा पनि फैलिँदै गएको एक वैज्ञानिक अनुसन्धानले देखाएको छ । त्यसो त सामाजिक संस्थाले लाखौं रकम रोग निधानको लागि खर्च गरेको पनि देखिँदै आएको नै हो ।


      त्यसो त जानकारहरुको एक प्रयासमा विभिन्न वैज्ञानिक अवसरको रुपमा ओनोकोलोजिस्ट र हेमाटोलोजिस्टहरुले चिकित्सकसँग सरसल्लाह मुताविक खोजी जारी नै राखेको हुन् ।


ओनोकोलोजिस्ट र हेमाटोलोजिस्ट अध्ययन

            यस किसिमका अनुसन्धान मानिसलाई विभिन्न एनिमियाको असर भएमा देखिँदै आइएको विश्लेषण गरिन्छ । मानिसमा देखिएका ट्युमरका समस्याको निधान यस अध्ययनमा पर्ने बताइएको हो । रोगीले कहिले काँहि आफैं रोग लुकाउँछन् । तथापि उक्त रोगको संक्रमण निधानको लागि एम।आर। आई र सिटी स्क्यानको विधी तय गर्नको लागि यस किसिमको अध्ययन जरुरी हुने विश्लेषण अनुसन्धानकर्ता हरुको खोजमा पर्ने वताइँदै आइएको छ ।


           अक्सर विभिन्न कार्यालयमा खटिने कार्यालयका कर्मचारीमा हुने पोस्ट्रेट पनि क्यान्सरको एक लक्षण नै हो । मानिसको शरिरमा रहने एक किसिमको तरल पदार्थ जसलाई अल्केलाइनको कारण पनि अर्वुद्व रोगको जोखिम हुने बताइन्छ ।



  विश्व स्वास्थ्य संगठनको तथ्याङ्कले विश्वभरी करोडौ मानिस पोस्ट्रेटको विराम रहेको बताएको छ । मानिसमा हुने खानेकुराको असर र उचित रुपमा हुने व्ययामले नै मानिसको रोगको निधान हुने उपचारविधिले बताएको छ ।

 

  मानिसमा रहेका क्यान्सर पिडितहरुको उपचारार्थ उक्त अध्ययन हरु गरिने विश्लेषण अमेरिकी वैज्ञानिकहरुको निश्कर्ष रहेको हो ।

 साराशंः वोस्टन ग्लोव टाइम्स 


Sunday, March 19, 2023

खुसीयाली भन्दा बढि आलोचनाले पछ्याउने कारण


गाली, कानचिरीलो वखानवाजी र गलत प्रचार मानिसको दैनिक जीवनको समयतालिका हो । त्यसका साथसाथै आलोचनाको अवयव अर्को सूचक हो जीवन जीउनुको ।


बालकलाई पनि थाहा हुन्छ लाठी र ढुङ्गाले मानिसको हड्डी फुटतैन तर गाली वेइजत्तीले मानिसको माया खोसिन्छ सकारात्मक सोच खोसिन्छ । साँचि भन्नु नै पर्दा हल्लै हल्ला हुन्छ र नकारात्मक गत्यारोध मात्र मानिसको जीवन बन्दछ ।

तरपनि मानिसको नकारात्मक सोचलाई परिवर्तन गर्न मानिस आँफै सचेत रहनु पर्छ र दुर्घटना, खतरा मोल्न सक्नुपर्ने सामाजिक अभियन्ताहरुको विश्लेषण रहेको पाइन्छ ।

कुनै पनि मानिस अविसादको भोगी गाली र हिज्जतबाट हुने नकारात्मक सोचको ध्वनी मष्तिस्कमा आउने नकारात्मक विवेचनाको कारणबाट हुने भनिएको छ ।

मानिसले किन नकारात्मक शंका जीवनमा वाच्नको लागि लिन्छ । अंग्रजीमा एउटा उखान छ, कुनै वच्चाको मुहार हेर्न त्यस वच्चाको ८ महिनाको भ्रुण सर्प जस्तो हो कि भ्यागुत्ता जस्तो हो पहिल्याउन चिकित्सकले शल्यकृया नगरि हेर्छ रे !

अर्थात ! मानिसको समस्याको निराकरण सुखको पहिचान हो । नकारात्मक समस्याबाट हटनु र समस्याको समाधान नै मुक्तिमोक्ष हो ।

पत्रकारहरुको आचरण गलत समाचारको तर्फ ध्यान इंगित हुन्छ जसकारण आफ्नो समाचार पत्र धेर विकोस भनेर ! तर खाली प्रत्यालोचना गर्नु र लँडाइ समस्याको निराकरण होइन । मानिसमा त्रास समाचारको माध्यमबाट नै हट्नुपर्छ भन्न मात्र खोजेको हो । त्रासमुक्त समाज, मनोवैज्ञानिक रुपमा आलोचनात्मक व्यक्तित्व र सकारात्मक सोचाइ मानिसको उज्वल मस्तिष्कको घनिभूत अवस्थाको सचेतता हो भनिन्छ ।

विहे पश्चात पनि मानिसमा सम्वन्ध विच्छेद हुने प्रकृयाको चाँजो मिल्छ जब त्यहाँ गत्यारोधको समस्या हावि हुन्छ । मान्छे मान्छे विच भलै फरकै होला समय आलोचनाको । तनाव, समस्या, नैरास्यता, अनिश्चिता सवै विश्मयावोध पर्यायवाची आलोचनात्मक व्याख्यान हुन् । शारिरीक दुःख र नकारात्मक सोचको निर्मूलताको लागि मानव जीवनमा न्यास, ध्यान, व्यायाम र सकारात्मकताको खाँचो सदैव पर्दछ । मानिसको प्रतिविम्व र नकारात्मक सोचको आधार एउटै हो आलोचना ।

व्यक्तिगत विचार र द्वन्दले शारिरीक रोगको शिकार बनाँउछ मानिसमा साँच्चि नै नकारात्मक असर दिलाँउछ र झिनो कार्यलाई पनि समस्यागत बनाउने तर्क विश्लेषण चिकित्सकहरुले गरेका छन् ।

संज्ञानात्मक ज्ञान, सांकेतिक चिन्हको पहिचान र फुर्तिलो व्यायाम नै एकमात्र रोजाई हो जसले भविष्यमा मानिसलाई सुखी राखोस्  ।
(विविसी डट कम)

हिन्दी चलचित्रकी अभिनेत्री पत्रकारको बारम्बारको प्रश्नपछि बनिन रिसहा

बलिउड । काठमाडौं । चलचित्र “दायरा”को रिलिजपछिको फोटो शुटमा अभिनेत्री करिना कपुर रिसले आक्रामक भएकि छिन् । वास्तवमा पत्रकारले उनलाई देव्रे पट...