www.smoonsharma.blogspot.com

Saturday, January 10, 2026

समाजवाद र लोकतन्त्र मात्र होलान त नेपाली काङ्ग्रेसको प्रमुख नारा

 


नेपाली काङ्ग्रेस नेपालको सबै भन्दा ठुलो समाजवादी(लोकतान्त्रीक राजनीतिक दल हो ।

यस पार्टीको प्रथम महाधिवेसन वि.सं २००३ माघ १२ र १३ मा भएको थियो ।

नेपाली काङ्ग्रेसको आसन्न महाधिवेशनको उद्घाटन शत्र भोलि देखि भृकुटीमण्डपमा शुरु हुँदै छ ।

कांग्रेस महाधिवेशनको बन्द शत्र जेष्ठ प्रतिनिधिले सम्हाल्ने भएका छन् ।

प्रतिनिधि दर्ता, परिचयपत्र वितरण तथा बसोबास समन्वयसम्बन्धी कामहरू अगाडी बढ्दै गएका छन् ।

मञ्च निर्माण, हल सजावट तथा प्राविधिक तयारी अन्तिम चरणमा पुगेको बताइएको छ ।

 यद्यपी नेपाली काँग्रेसका महामन्त्री द्वय गगन कुमार थापा र विश्व प्रकास शर्माद्वारा सञ्चालित हुने कार्यक्रममा कुन सिद्वान्तलाई प्रश्रय दिने समाविष्ट गरिएको पाइँदैन ।

नवसंशोधनवादी, प्रतिगमनवादी, प्रतिक्रियावादी, अवसरवादी, विस्तारवादी, साम्राज्यवादी र दक्षिणपन्थी पार्टीका शत्रु

नेकपा का संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल “प्रचण्ड”ले रुकुमबाट आफू निर्वाचित हुने जानकारी दिएका छन् । रुकुम पश्चिममा आयोजित सभालाई पत्थर पार्ने क्रममा दाहालले आगामी चुनावमा रुकुम पूर्वलाई आफ्नो कर्म थलोको  रुपमा  संगालिने प्रष्ट पारेका हुन् ।

निर्वाचनमा आफू स्पष्ट मतका साथ जनतामाझ जाने र जनभावनालाई समेटी देशलाई नयाँ बाटोमा अग्रसर हुने उनले बताए । नवसंशोधनवादी, प्रतिगमनवादी, प्रतिक्रियावादी, अवसरवादी, विस्तारवादी, साम्राज्यवादी र दक्षिणपन्थी पार्टीका शत्रु मात्र नभई देशकै शत्रु रहेको र सम्पूर्ण वामपन्थी एक ढिक्का रहनु पर्ने आजको कार्यबोध र चुनौति रहेको उनको जिकिर थियो । कार्यक्रममा पार्टीका सहनेता माधवकुमार नेपाल पनि सहभागी रहेका थिए ।

आगलागीबाट उद्योग पूर्ण रूपमा जलेर नष्ट

 


झापा । दमक ९ मा भएको एक थुम्पा उद्योगको आगलागीमा १ करोड ३० लाख घनमाल जलेर नष्ट भएको छ ।

पदम भण्डारीको घरमा आगलागी हुँदा  स्वस्तीक थुक्पा उद्योगमा  विद्युत चुहावट भइ आगो लागेको प्रहरीले बताएको छ । 

आगलागीबाट उद्योग पूर्ण रूपमा जलेर नष्ट भएको छभने सोही उद्योगसँगै रहेको तीनतले पक्की घरमा समेत आगो सल्किँएको छ ।

सुन बढ्यो चाँदी भने घट्यो


नेपाली बजारमा आज सुनको मूल्य केही बढेको पाइएको छ । नेपाल सुन चाँदी तथा व्यवसायीक संघले छापावाला सुन प्रति तोलाको मूल्य २ लाख ६५ हजार ७ सय रहेको तथा चाँदी  तोलामा ४ हजार ८३५ रुपैयाँमा कारोबार रहेको बताइएको छ ।

भाउ अनुसार आज सुन तोलामा २ हजार १०० ले बढेको हो भने चाँदी ५५ रुपैंयाले बढेको हो ।

Friday, January 9, 2026

आज देशको राजधानीमा सार्वधिक चिसो


काठमाडौं । निरन्तर ओरालो लाग्दो तापक्रम २.४ डिग्री मा झरेका बताएएको छ । 

मौसम विज्ञान तथा महाशाखाले काठमाडौं बासीहरुलाई मौसमबाट जोगीन न्याना तथा बाक्ला कपडा लाउन अनुरोध गरेको छ ।

आज सवैभन्दा कम तापक्रम हुम्लामा ७.७ डिग्री मापन गरिएको छ  भने देशको दक्षिण पश्चिम बङ्गालको चापिय वायुले देशको मौसममा प्रभाव परेको तथा कोशी, मधेस वागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही तराईका केही भागमा हुस्सु लाग्ने तथा देशका अन्य भागमा मौसम सफा रहेको बताइएको छ ।

निर्वाचन आचारसंहिताको बहस


आगामी निर्वाचन आचार संहिता कस्तो रहने भन्ने विषयमा निर्वाचन प्रमुख आयुक्तहरुबीच छलफल भएको छ ।

 निर्वाचनका प्रमुख आयुक्त राम प्रसाद भण्डारीसँग कुराकानी गर्दै प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा तथा राष्ट्रिय सभा निर्वाचनका लागि आचार संहिता लागु गरिएकोमा खुसी व्यक्त गरेकी छिन् ।

आयुक्तहरु जानकी तुलाधर, सगुन समशेर जबरा र  गृहमन्त्रालयका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराई भेटघाट् समारोहमा उपस्थित रहेका थिए ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले निर्वाचनको लागि चाहिने निर्वाचन समाग्री, जनशक्तीको परिचालन, निर्वाचन सुरक्षा र आचारसंहिता एक जटील प्रश्न रहेको बताएका थिए  भने कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन शान्त, निश्पक्ष र भयरहित वातावरणमा हुने दोहो¥एकी थिइन ।


कुन पदार्थहरु बजारमा महंगो


नेपाल राष्ट्र बैंकले सर्वधारणले खरिद गर्ने बजार भाउ औषत १.६३ प्रतिशतमा सिमित रहेको बताएको छ । यो दर नियमीत बजार भाउ भन्दा निकै तल रहेको हो । 

मंसिरमा खाद्य तथा पेय पदार्थको समूहको मुद्रास्फीति २.०५ प्रतिशतले ऋणात्मक रहेको बताइएको छ । त्यस्तै गैह्र खाद्य सेवा समूहको मुद्रा स्फिती ३.७५ प्रतिशतले रहेको बताइएको हो ।

हाल वृद्वि रहेका केही पदार्थहरुमा घ्यू, तेल, गैह्र मदिराजन्य पदार्थ, दुग्ध पदार्थ, अण्डा पर्दछन् ।

हिन्दी चलचित्रकी अभिनेत्री पत्रकारको बारम्बारको प्रश्नपछि बनिन रिसहा

बलिउड । काठमाडौं । चलचित्र “दायरा”को रिलिजपछिको फोटो शुटमा अभिनेत्री करिना कपुर रिसले आक्रामक भएकि छिन् । वास्तवमा पत्रकारले उनलाई देव्रे पट...