www.smoonsharma.blogspot.com
Wednesday, February 25, 2015
Tuesday, February 24, 2015
दिशा चारैतिर यात्रा कतैको
दिशा चारैतिर यात्रा कतैको
समय अनिश्चित थियो ।घाम अस्ताउँदै थियो,
पानी रिमझिम
आम्मै कान्छिले भन्दै पो थिइन हिजो,
कत्रो ठूला ठूला घरहरु,
खल्ती निमिट्यान्न थियो
मात नलिए पनि मात
पिएको अवस्था थियो,
एक रात त थियो विताउनु पर्ने अधेँरीमा ।
खुला, सडक थियो त्यो,
अध्यारो चाँदर पर सम्म थियो,
केवल एक वुँगो मान्छे र म,
सफेद पोसाकमा एक साया ।
उ कालो पहिरनमा थियो र भन्दैथियो,
उ हेर त्यो पागल ?
म पनि हाँस्थे ।
न उसलाई खाना,
न उसलाई विछ्यौना,
न समाज न कुनै
सन्तुष्टि हा.... हा...... ।
शून्यताको परिधि भित्रको शून्यताको मोह,
रात छिपिदै गयो बात पेरी हरायो,
एम्बूलेन्स, गाडी सब कुद्न थाल्यो,
६ महिना कुद्न थाले त्यसरी यो अदृश्य रुपले
आज कालो कोट लाएछ वास्तवमा
१० दशक देखि नाङ्गा भूतले त्यही फलाक्दा रहेछन्,
यो त उनीहरुको जीजुबाजेहरुको सिक्सिको पो रहेछ,
चारै दिशाबाट कुकुर भुक्ता रहेछ्न
वास्तवमा म उही हु कि को हु मँ ?
एउटा ढुङ्गा उठाउन खोज्छु सबै भाग्छन्,
जान खोज्छु म ।
सबै मेरै वरी परि भुक्न थाल्छन ।
दिशा अनेका यात्रा होला कतैको ?
Saturday, November 29, 2014
साहित्यीक सृजना , पूर्वीय र पाश्चात्य शास्त्र
धेरै शास्त्र पढ्ने मानिसलाई साहित्यक श्रृजना दिकदार लाग्न सक्छ । मानवीय अभिरुची के मा छ ? प्रत्येक व्यक्ति भिन्ना भिन्नै दृष्टिगोचर गर्छन । कोही समाजशास्त्र, त केही विज्ञान, कोहि हिसाव, भूगोल, इतिहास, मनोविज्ञान, अर्थशास्त्र, नैतिक शास्त्र आदी इत्यादी अध्ययन गर्छन ।
साहित्य कहिल्यै मर्दैन खयर त्यो पूर्वीय होस वा पश्चिमी !
पश्चिममा अरस्तु, प्लेटो, होमर, दाँते, जोन मिल्टनका दन्ते, सेक्सपियरका दन्त्य कथाहरु अपाच्य भएकाहरु पूर्वीय चण्डी भागवत गीता अनुशरण गर्दै रामायण पढ्न मग्न हुन्छन् ।
त्यसो त हाम्रा नौजवान कलिला भाइ वहिनीहरु संस्कृतका पारंगत होलान भन्ने प्रश्न किन नउठाउने । पहिले हाम्रा कक्षा कोठाहरुमा संस्कृत विषय पढाउने गरिन्थ्यो । अनायस एक भाईलाई भेटेको थिए उनलाई पूर्वीय दर्शन अलिकति भए नि आँउदो रहेछ । यसो फूट्कर कविता, कथा, गीत, गजल र एकाङ्की पनि लेख्दा रहेछन् उनी । श्रृजना हेर्दा छक्क हुने तर पटक पटकको रटान भन्दा सरलतामा विश्वास गर्ने रहेछन् उनी ।
तत्वज्ञान कसरी लिउँ भनी सोद्दा भने तँपाई अंग्रजी पढ्नुहोस संस्कृत र संस्कृति हावी भइहाल्छ ।
म त तीनछक्क भइ हालेँनी । संस्कृतको किताब खोजी शनिबार कही सिँकौ भनी नुहाएर चण्डी हेरेको आँखा तिरमिराए । अक्षर त नेपाली देवानगरी जस्तै नी अर्थ थाहा नभया । जिल्ल परिङ्ग । संस्कृत सिक्न बुढेसकालमा कहाँ जाने होला ।
Sunday, August 10, 2014
ब्यापारी और गाँव
व्यापारी बन्ना गावोँमे अच्छा लग्ता हे शहरो मे नही, क्यों ना पुछे? वा घुमना नही मुशाफिर ही दोकान पर बीडी के लिए तरस्ते हेँ । अपनी राय मे ये हे की अक्सर मुसाफिर के जेब मे ज्यादा तर रोकडे नहीँ होते हे इसी लिए उसे छोरीया हसने लगी तो भी बहुत बढी चिज लगती है । बुजुर्क की सही मान्ना ये हे कि वो हमको क्या पता । अरे इन्सान तो अल्लाह ने वारिस किया है तकदिर खुदा जानेँ सबकी नइया तो एक है ना । लेकिन पैदावसी कौन इन्सान बुज्रुक होता है वो भि सही बात । पर देश और दुनिँया देअने वाले कभि ये लिफाफा कि मुकदर भि सुनलो आपका शिरका दर्दमे कोई समय किसिने झन्डुबाम डाला था क्या? अस्पतालका क्या परिसानी सबकी दुवा काम ना आसके? इसी लिए गलत रास्ता चुनो और बीडि पिना मत भूलो । क्यों की वो दुरदर्शनका छाता तो मुकदरका सिंकदर खुँखार डाकुको आरम मे तबर पर दिया था चायमे शख्खर सो जाता था हैवान । क्यू की तमन्ना कुछ और भि होगा भाइ मुझको क्या मालुम । माया ने तो छक्के कि पसिना छुटाए । रुप मे भि नही बदला । मैने भि पढ्ना शुरु किया था स्कुलमे नजाने छोरीका चालढाल भि छक्के जैसे हि लग्ता था दुृकान दारीकी आमा अभ्भी समझते हे ये बँदरको कौनसा काम दिया जाये कभि ठीक ढँगसे नहीँ कर पाता । लालकिल्ला तक पहुँचे हम विडी हि पिकर आगये नही समझते लौगको क्या हैरानी हुवा । मे क्यु बन्द कोठीमे हुँ सरफरोस बाइने छक्के पालते हे उधर पहाडी भालु मुझही केहेते है । क्या ओ अनाडी मे ही हु जीसकी समोसा औरोको हजाम नहीँ होता । मुभले टोपी नहीँ चाहिए, जुत्ते नही चाहिए, पेन्ट नही चाहिए, टिसर्ट नही चाहिए। आदमी कुदते है, जुटते है, फुटते है मुझे मेरा स्वरुप वापस चाहिए कोइ समझ नपाता । मे अपनी काम करते थक कर ये लेख समर्पित करता हुँ अपनी छक्के गोरियोँको जो गाओंमे हल चलाती है और मुझे अनसुनी, अनकही, लाजवाफ, बच्चलन औरत बुलाकर घण्टी देने वाली प्रेशर कुकर घण्टी देने वाली प्रेशर कुकर बुलाती है ।
Sunday, April 20, 2014
मेरो फिदिम उपत्यका
हजुरबा, आमाले हामी लाई गाउँबाट सदरमुकाममा पठाएछन् । सदरमुकाममा हाम्रा एउटा सानो कोठा थियो । एउटा किराना पसल त्यसरी नै हाम्रो दैनिक गुजारा चल्थ्यो । म एकदम चकचके थिएँ । बा, आमा, मेरी दिदी संगोलमा थियौं । गाईलाई ढुटो हाल्न मेरी दिदी जान्थिन । बा र आमा वुढा बुढी भैसकेका थिए । म स्कुल पढ्ने गर्थे । हाम्रो दैनीक गुजारा यसैमा चल्दथ्यो । मलाई ताजै सम्झना छ त्यही सेतो हाफ पाइन्ट र रातो सर्ट । त्यही गढीको बोर्डिग ।
रातहरु लम्बीदै गए, अनि दिन कहिले छोट्टीन्थे । मेरो दिदिको बारी खन्दा खुट्टाको बुढी औंला काट्टीयो । आसपासमा कुनै औषधी उपचार गर्ने अस्पताल थिएन । नजीकैका देबी दाईले बेसार लाउँदा ठिक हुन्छ भन्नुभयो । बाले हत्तनपत्त सेतो कपडा खोजीकन दीदिको खुट्टाको औंला बाधिदिनु भयो ।
आमा सधैं मेलापात जान्थिन । माथि रुखबाट स्याउला काटि ल्याउथिन । तेसो त हाम्रो पहाडको माटो निकै उर्वर थियो । त्यहाँ तराईमा फल्ने भन्दा ठूल्ठूला मेवा फल्ने गर्थे । कटहर, अनार, ज्यामिर, सुन्तला अनि अम्बा र उखु हाम्रै बारीमा रोपिन्थे । त्यहाँँका फल निकै स्वादिला हुने गर्थे । एक दिनको कुरा हो हजुर आमाले कुरौनी ल्याउनु भयो । बा, आमा, दिदी सबै लाई दिनु भयो । तर मलाई दिनु भएन । म निराश भए । किन ति बुढी हजुर आमाले मलाई माया नगरेकी होलिन् । मैले के त्यस्तो भूल गरेछु मेरो मानसपटलमा त्यस्ता कुरा कहिले हटेन ।
दीदिको घाउ बड्दै गयो । उपचार गर्न सदरमुकाम ल्याउन पैसा नभएको कारण कन्डीसन निकै सिरियस भयो । अनायासै मेरी दीदिको त्यही सानो घाउको कारण मृत्यु भयो । म जीउँदै मर्नुनबाच्नु हुने भएछ । तत्काल म पनि बेहोस भएँ रे । होस खुल्दा मलाई पानी छ्याप्तै थिएँ ।
हाम्रो हजुर बा निकै कडा पनि र आफ्नै ढंगले मिजासिलो । भनेको कुरा ट्याममा नै हुनपर्ने । नभए फनक्क फर्कने । हाम्रा बा गथासो पोख्ने गर्छन उनले एक जना लिम्बु आफ्नो घरमा पालेका रे । उसका नाम नाके लिम्बु । मुद्दा मामिलामा केही अफठ्यारा परेका बेला ती नाकेलाई देखाए पछि सबैका त्रिनेत्र खुल्ने गदर्थे रे । नाके सधैं भोटे गाउँ गई एक भारी कटहर ल्याइ हाम्रा परिवारका सदस्यलाई दिने गथ्र्यो । र पछि बुडेसकाल छोप्ने गर्दा बाजेले तराईमा २ बिगाहा जमिन नाकेलाई हामी कसैलाई न सोदी दिनु भाका रे । हाम्रो जीजुका पालमा घर सदस्य झन्डै झन्डै तीन दर्जन थेरे । हजुरआमा, आमा, नन्दका लागी .खाना पस्किन हम्य हम्य परथ्यो ।
म दशैंको अघिल्लो पटक काका संग पाथीभरा थान गएको थिए । त्यती बेला अहिले झैं मोटरगाडी चलेकै थिएन । सावित्रा होकी पार्वती दिदी कोनी कस्ले सातु पिनेर दिएकी थिइन त्यहाँ जाँदा । हामी ८ दीनका यात्राका दौरानमा पाथीभरा पुग्यौं । आमा, म, बा र काका हामी चार जाना त थियौं । सिमसिम पानी, रुखका छेउमा भ्यातलुङ धन्न काकाले नून र कालो छाता बोकेर जानु भएको थियो । हामी बास बस्दा मधेसका मानिस पनि आएका रहेछन् । सघैं पाल टागी बस्नु पर्ने भो । एक छिनमा बाघ आएको हल्ला भयो । र पाटीमा आगो बाली रात भर त्यहीँ बितायौं ।
तमोर नदीको किनारै किनार र भोटेकोशीमा रहेको गुरुङ्नीको पहाडको खोल्सा माथिको तिनछक्क पार्ने होटलमा हामीले विश्राम गरी नास्ता खाएको दिन पनि अझ मलाई याद छ ।
पहाडको हावापानी रसिलो । चिसो मौसम जतिखेरै । दशैंमा सेता घरे र राता घरे दुइटै घरमा भेला हुनु पर्ने । खसी हाम्रो घरमा खस्टी देखि काट्न शुरु हुने गर्थो । सप्तमी, अस्ठमी, नवमी र दशमी गरेर पाँचवटा ढालेर खसीको सुकुटी अँगेनामा झुन्डयाइन्थ्यो । म सानै थिएँ । हजुरबाले पधेरोंमा नुहा भन्नु भयो । मेरो त्यसै चकचके बानी म माथी गई खोल्साको पानी चलाईदिने गर्थे । उता फूपु दीदिले बेस्सरी फलाक्थीन । एउटा भकुण्डो .हजुरबाले ल्याइदिनुभएको थियो । मैले भकुन्डो खोल्सामा हालेको ग्वालीबाट निस्कियो । त्यतीकैमा प्रदिप र गणेश दाजु आइपुगे । प्रदिप दादासंग फुटबल खेल्दाखेल्दै मेरो टाउकोको निधार घरको खाँबामा लागी जस्ता सम्म पुग्यो । त्यतीकैमा फुपु दिदीले दाँत मोल्ने मन्जन लाईदिनु भयो ।
त्यसै दिन विहान हामी फिदिम उपत्यका फर्क्यौं । बाँसमा टेकी फ्यामे खोला तराउनु भएथ्यो बाले । तल खोलाको किनारमा पिङ थियो । घाँसको भारी ल्याउँदै गरेकी एक जना महिला खोलाले बगाउँदै ल्याउँदा पार्वती दिदीले देखिछिन् । र बालाई देखाईन । बा तुरुन्तै गई ती महिलालाई बाहिर ल्याई धन्न बचाउनु भयो । अनि आमा, बा र पार्वती दिदी र म वर्ष भरीको दशैं चाडमा भँुई छोड्नु पर्छ भनी पिङ खेली फिदिम उपत्यका तिर लाग्यौं ।
त्यसपछि सेतो नाइट बसमा फिदिम छोडेको बर्षौ भएछ । आज २५ वर्ष पुगियो । १७ वर्ष पुग्दा एक चोटी नागरिकता बनाउन फिदिम पुगेको थिएँ ।
फिक्कलमा सिमसिम पानी परेको थियो । पौवा भन्ज्याङ्मा खाना खाइयो । इलाम बजार गाडी बाटै घुमीयो । नागरीकता बनाउन जाँदा माथी भन्ज्याड पुग्दा गहभरी आसु नै आसु आएछ ! सायद हामीले यस्तो स्वर्ग किन छोड्नु परेको होला ? मनभरी यही प्रश्न बोकेर आँए । अब फेरी कहिले जाने होला मेरो सेजेपा अनि मेरो फिदिम ।
Sunday, February 9, 2014
अनौठो शहरमा रुमल्लिएको जीवन
काठमाडौं एउटा व्यस्त शहर ! यस्तो व्यस्तता जहाँ मानिसका मनमा केही न केही नौला नौला सपना बुनिएका हुन्छन । हजारौं अपरिचित मान्छे कसैसँग सम्पर्क नभए आफू नै अपरिचित जस्तै भइने राजधानी त भन्नु मात्रै ? तै पनि के गर्ने ? आफ्नो पढाईको शिलशिला र काम पनि खोज्नु पर्यो भनि मैले यो शहर यावत कठिनाइका बावजुत रोजें ।
बाल्य काल सम्ँिझदा कसलाई आनन्द लाग्दैन र ? समय गएको अत्तोपत्तो नहुँने । बालापन सम्झेर ल्याउँदा त धुरुधरु रुनु जस्तै हुने ?
कहिले हिसाब र विज्ञानका सुत्र घोक्न नआँउदा शिक्षकको लठ्ठी खाएको सम्झना आउँछ र त्यसै हाँस पनि उठ्छ अहिले । संगै साथीहरु संग भेट भइ भलिबल खेलिन्थ्यो । न कसैको डर न केहीको त्रास कस्तो आनन्द ? साथीहरुसंग ठ्ट्यौली, अनि मिलिजुली पढ्ने बानी । त्यस्तो फुर्सदीलो दिन कहिले आउला र अहिले । साह्रै राम्रो समय थियो अब त्यो दिन त फर्केर आउँदैन ? के गर्ने ?
त्यसपछि प्रविणता प्रथम वर्ष शुरुवात ताका नै अफ्ठ्याराका दिन गन्ती भए । पढाइका साथ साथै काममा व्यस्त हुनुपर्ने पनि त थियो । काम बिनाको आराम कसलाई पुरा हुन्छ र ? राजा देखिन राष्ट्रपति सबैलाई काम गर्नुपर्ने हुन्छ भने हामी त साना तिना झ्याउरे मानिस ! खाली हात यो शहरमा बाँच्न सकिने कुरो पनि भएन । पारिवारिक स्थिती उच्च भएको भए त ती समस्या झिना मसिना हुने थियो होला । त्यसकारण एउटा कम्प्युटरको अफिसमा बसेर डिजाइनरको काम गर्दै मैले पत्रकार हुने सपना बुनें ।
तर मानिसको इच्छा, आकाँक्षा त सम्भव होला तर सपना कहाँ त्यसै पुग्छ । म एउटा टि.भीमा ३ महिने तालिम बेतलबी पत्रकारको रुपमा काम गरेँ । जब नयाँ नयाँ मानिसका संगोलमा पुगेँ । केही नयाँ कार्यक्रम र नयाँ नयाँ जमघटमा भेटघाट हुने जमर्को भयो । अनि आफू भन्दा केही दिग्गज व्यक्ति सँग भेटने मौका पाइयो म निकै आनन्दीत भँए । देशका ठूला पार्टीका नेता, व्यापारी, फिल्मका नायक भेट्दा म आनन्दीत हुन्थे । तर जब आफ्नो जीवन सोच्थें त्यो भ्रम हो कि भन्ने मान्थे ।
अनायासै मैले मेरो पेशा छोड्दा म भ्रममा भुमरिएँ । एउटा यस्तो भ्रम जहाँ दिमागका रेशा रेशामा कोही मानिस देख्दा डर, त्रास र धम्की दिएको जस्तो । म विल्कुलै पागल भएको थिएँ । अनि डाक्टरको सुझाव अनुसार मैले पुरा ओछ्यानमा बस्नु पर्यो । पाँच वर्ष अन्तराल त्यसै वित्यो । मेरो एउटै साथी थियो टि.भी. । यस बाहेक अन्य साथीको संगोल त के ? परिकल्पना पनि भएन । त्यो कुरा मेरो जीवनको कटुता थियो । आजकल म भ्रम र वास्तविकतामा फरक त केलाउन सक्दिन तर मायाको लागि म सम्झौता गर्नै सक्दिन । किनकी त्यो दौरानमा मैले माया भन्ने पटक्कै पाएको थिइन ।
Wednesday, November 27, 2013
अध्याँरो रात, तिम्रो मुस्कान मेरै लागी
अध्याँरो रात, तिम्रो मुस्कान मेरै लागी
अध्याँरो रात तिम्रो मुस्कान मेरै लागी
कल्पिदै बस्छु त्यो साथ
कल्पिदैं बस्छु त्यो साथ
मायालु तिम्रो अधर नी मेरै लागी ।
साथ पाउन सकिन जीवनमा कहिले
तिम्रो मुस्कान देउ न जान्छु म कहाँ ।
अध्याँरो रात तिम्रो मुस्कान मेरै लागी ।
साथ हो यो तिम्रो लागी ।
मेरो मुस्कान नी तिम्रो लागी ।
तिम्रो मुस्कान नी मेरा लागी ।
अध्याँरो रात तिम्रो मुस्कान मेरै लागी ।
मिलन कहाँ भयो र तिम्रो र मेरो
विछोड नि भएन ।
साथ पाउन सक्छु कि मँ ।
के तपस्या गरु प्रिय ।
कस्तो वाचा गरु कति कठोर बनुँ ।
अध्याँरो रात तिम्रो मुस्कान मेरै लागी ।
फक्रिएको सूर्यमुखी फुल जस्तो तिम्रो आँखा ।
गुलाबी तिम्रो ओठ ।
नागबेली तिम्रो चाल ।
कहाँ बिर्सन सक्छु मँ ।
अध्याँरो रात तिम्रो मुस्कान मेरै लागी ।
घाइते भई तिम्रो तस्विर हेर्छु ।
तिमीलाई भेट्ने वाचा नी गर्छु ।
दिनहरु वित्दै गए पलको कुरै छोडौं ।
चोखो माया देऊ है प्रिय यही नै छ आशा र विश्वास
अध्ँयारो रात तिम्रो मुस्कान मेरै लागी ।
Subscribe to:
Posts (Atom)
हिन्दी चलचित्रकी अभिनेत्री पत्रकारको बारम्बारको प्रश्नपछि बनिन रिसहा
बलिउड । काठमाडौं । चलचित्र “दायरा”को रिलिजपछिको फोटो शुटमा अभिनेत्री करिना कपुर रिसले आक्रामक भएकि छिन् । वास्तवमा पत्रकारले उनलाई देव्रे पट...
-
काठमाडौँ — निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभाको प्रत्यक्षतर्फको निर्वाचनका लागि उम्मेदवारले गर्न पाउने खर्चको सीमा तोकेको छ । आय...
-
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा ६ सय रुपैयाँ घटेर प्रतितोला दुई लाख ७० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल ...
-
काठमाडौँ । सुनजस्तै देखिने धातुको डल्लो देखाई ठगी गरेको अभियोगमा चारजनालाई प्रहरीले पक्राउ गरेको छ। कागेश्वरी मनोहरा नगरपालिका–५ थली क्षेत्र...