www.smoonsharma.blogspot.com

Tuesday, September 1, 2026

भोटेकोशी बाढीको प्रकोप हजारको मृत्यु, ३ हजार बेपत्ता

काठमाडौं । भदौ १० मा आएको भोटेकोशी बाढिले विकराल क्षती पु¥याएको छ । बाढीको ७  औं दिन सम्म आइपुग्दा प्रकोप थेग्न चुनौति नै रहेको छ । रसुवा, चितवन, धादिङ, तनहुँ, गोरखा, नुवाकोट, र नवलपराशी इलाकामा लासहरुको ठेगाना लगाउन धौ धौ परिरहेको छ । हालसम्म १०५० लासहरु भेटिएको छ । 

प्रधानमन्त्री राहत कोषमा ६ अर्ब भन्दा बढी धनराशी संकलन भएको समाचार  आएको छ । 

उता नेपाल सरकारका पराराष्ट्रमन्त्री शिशिर खनालले यस्तो बाढीको मानवीय जोखिमलाई सामान्य प्रकृतिक विपत्ति मात्र नलिइ हिमाली सुनामी प्रकोपको रुपमा लिन आग्रह गरेका छन् । उनले अन्तराष्ट्रिय न्यायको मुद्वा उठाएका छन्  र जिम्मेवार औद्योगिक राष्ट्रबाट सहयोगको अपेक्षा गरेका छन् ।

तर बाढी ग्रस्त क्षेत्रमा झाडापखाला, भाइरल ज्वरो जस्ता गम्भिर प्रकृतिका विरामहरु पनि फैलँदैँ गएका छन् । 


औषधी अभाव, दुषित पानी भीडभाव, शौचालयको अभावका कारण विरामीहरु शंकटमा परेको बताइएको छ । 


Monday, March 30, 2026

मौसम परिवर्तन सँगै वर्षा


पश्चिमी मौसमको प्रभाव र स्थानीय वायुको प्रभाव तेज देखिएको छ । जसको प्रभावले देशका हिमाली तथा पहाडी भागमा बादल लागेको छ ।

मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान शाखाले देशका कर्णाली र पश्चिम नेपालका केही भूभागमा मेघ गर्जन र चट्याङ्का साथ पानी परिरहेको बताएको छ ।

विभागको अनुसार यी स्थानमा आज दिउँसो पानी पर्ने र देशको तराई भू–भागमा पनि हल्का वर्षा हुने सम्भावना रहेको प्रकाशमा पारेको छ । 


नेपाली चलचित्रमा एआईको प्रयोगबारे प्रशिक्षण


चलचित्र क्षेत्रलाई उज्जल बनाउने हेतुले कला संयोजनमा प्राकृतिक बौद्विकताको पहल हुने बताइएको छ ।

चलचित्र विकास वोर्ड र नेपाल एआइ फिल्म एलायन्स 

(नाइफा)बीच भएको एक समारोहमा नेपाली चलचित्रका २०० भन्दा बढि प्राविधिक र कलाकारहरुको उपस्थिती रहेको बताइएको छ । 

चावहिल स्थित चलचित्र विकास वोर्डको प्रेक्षालयमा अध्यक्ष दिनेश डिसीले नेपाली चलचित्रमा एआईको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।

यस्तै नाइफाका अध्यक्ष करुण थापाले एआईले चलचित्रलाई सम्मून्त बनाउने र यसको लागि कार्य थालनि गरिइसकेको बताए ।

उनले सिनेमा एक उद्योग भएको र यसलाई पर्याप्त जनशक्ति र प्रविधि चाहिएको उजागर गर्दै हाल इन्टरनेट र उपकरण प्रयोग गरी झिनो समयमा कार्य समापन गर्न सकिने पनि उल्लेख गरे ।





व्रिज कोर्ष र तयारी कक्षामा पावन्दी


शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले विभिन्न कक्षा र उच्च शिक्षाका नाममा हुने व्रिज कोर्ष र तयारी कक्षा पूर्ण रुपमा प्रतिबन्ध लगाइने बताएका छन् ।

२०८३ वैशाख १ उपरान्त यस्ता कक्षाहरु सञ्चालन भएमा सरकारी ऐन र कानून उपर शिक्षण संस्थाहरुलाई कार्वाही गरीने बताइएको हो ।

मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, यस्ता कार्यको आयोजनाले विद्यार्थी तथा अभिभावकलाई आर्थिक वोझ पर्न जाने उल्लेख गरिएको छ । 


नेपाली काङ्ग्रेस संस्थापन पक्षको बैठक आव्हान

निर्वाचन र नयाँ सरकारको कार्यान्वयन पछि पछिल्लो पटक नेपाली काङ्ग्रेस संस्थापन पक्षले आगामी मंगलबार अधिवेशन बोलाएको छ ।


विशेषत गौरीबहादुर कार्की आयोगका दोषी निवर्तमान प्रधानमन्त्री के.पी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक र पूर्वमन्त्री दिपक खड्काको पक्राउको विषयलाई पार्टीले कसरी सम्बोधन गर्ने भन्ने विषय उल्लेख रहने पार्टीको अनुशासन समितिले बताएको भनिएको छ । साथै फागून २१ गते भएको निर्वाचनमा नेपाली काङ्ग्रेसको सहभागीता र परिणामको बारेमा समेत छलफल गरीने बताइएको हो ।


Sunday, March 1, 2026

नेपाली काङ्ग्रेस र (बीपी) काङ्ग्रेस समाहित

 नेपाली काङ्ग्रेस र (बीपी) काङ्ग्रेस समाहित भएको छ । आइतबार दुई पार्टी बिच एकता भएको बुझिएको हो । कांग्रेस सभापति गगन थापा र बीपी कांग्रेसका सुसीलमान श्रेष्ठ बीच घोषणा पत्रमा हस्ताक्षर भएको हो । परिवर्तन, लोकतन्त्र, राष्ट्रिय एकता तथा जनअधिकारको संरक्षण र सुदृढीकरणका लागि प्रतिबद्ध रहेको उल्लेख गर्दै जारी वक्तव्यमा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै उक्त निर्णय गरिएको जनाइएको छ । 


कांग्रेसले विशेष महाधिवेशनमार्फत ‘बदलियो कांग्रेस, बदल्छौँ देश’ भन्ने संकल्प अघि सारेको सन्दर्भमा एकीकरणको निर्णय गरिएको सहमतिपत्रमा उल्लेख छ ।

Tuesday, February 3, 2026

औद्योगिक विकासको लागि जापानी सहयोग


सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले जापान भ्रमणको क्रममा नेपाल जापानको सधैं हितैशि रहेको र जापानी उद्योग नेपालमा प्रवद्र्वन गर्न नेपाल सधैं उद्वत रहेको र पूर्ण सुरक्षाको ग्यारेण्टी दिइने औंल्यानु भएको छ । 

उहाँले नेपाल र जापानबीच धार्मिक एकता रहेको पनि प्रकाश पार्नु भएको छ ।

भ्रमणमा उहाँले नेपालमा बुद्व जन्मेको र बौद्वमार्गीहरुलाई नेपाल पर्यटकीय दृष्टिकोणले अति लाभदायक भएको बताउनु भएको छ ।

नेपाल जापानबीचको ७० वर्ष कुटनैतिक सम्बन्ध रहेको सन्दर्भमा आयोजित एक सम्मेलनमा बोल्दै उहाँले कृषि र जलश्रोत जस्ता आयोजनामा जापान सरकारको उल्लेखनिय सहयोग रहेको र सामाजिक न्याय, सुशासन र जनताको समृद्विमा आफू सधैं कटिबद्व रहेको बताउनु भएको छ ।

कार्यक्रममा जापानका लागि नेपालका कार्यवाहक राजदूत हरिहरकान्त पौडेल, परराष्ट मन्त्रालयका  सचिव अमृत राई र सहसचिव भृगु ढुङ्गानाको पनि सहभागिता रहेको बताइएको छ ।  


हिन्दी चलचित्रकी अभिनेत्री पत्रकारको बारम्बारको प्रश्नपछि बनिन रिसहा

बलिउड । काठमाडौं । चलचित्र “दायरा”को रिलिजपछिको फोटो शुटमा अभिनेत्री करिना कपुर रिसले आक्रामक भएकि छिन् । वास्तवमा पत्रकारले उनलाई देव्रे पट...