www.smoonsharma.blogspot.com

Monday, December 29, 2025

समानुपातिक निर्वाचन प्रणालीको सूची तयार गर्न निर्वाचन आयोगमामा तामझाम

काठमाडौँ। प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची बुझाउने अन्तिम दिन निर्वाचन आयोगमा सामेबार राजनीतिक दलको लाम लागेको छ । 

दिनभर समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा राख्ने उम्मेद्वारको छनोटमा व्यस्त राजनीतिक दल दिउँसो ४ः०० बजेअघि नै आयोग पुगेका थिए । आज मुख्य राजनीतिक दललगायतले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची पेस गर्न लाममा बसेका हुन् ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीको नाम बुझाउन आयोग परिसर पुग्नुभएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रचार विभाग प्रमुख मीन विश्वकर्माले यसअघि दलले सार्वजनिक गरेको उम्मेद्वार छनोट मापदण्डका आधारमा सूची तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । संसदीय अभ्यासको कार्यशैली बदल्नुपर्नेमा पार्टीभित्र एकमत रहेको पनि उनले सुनाए। 

संसदीय अभ्यासको योग्यता, क्षमता भएका नयाँ पुस्तालाई उम्मेद्वार बनाइएको नेता विश्वकर्माको भनाइ रह्यो। प्रत्येक प्रदेशबाट युवा उमेर समूहका दुईदेखि तीन जनालाई सूचीमा समावेश गरिएको कांग्रेसले जनाएको छ ।

नेपाली कम्युनिष्ट पार्टीका नेता राजेन्द्र पाण्डेले विगतमा समानुपातिक सूचीमा परेका, मन्त्री भएका, प्रत्यक्ष निर्वाचनतर्फ जितेकालाई यसपटक बन्द सूचीमा समावेश नगरिएको जानकारी दिए। 

पार्टीले ११० जनाको सूची समावेशी सिद्धान्तका आधारमा बुझाउने तयारी गरिएको उहाँले बताए । लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षा मूल लक्ष्य बनाएर पार्टी चुनावमा जान लागेको नेता पाण्डेको भनाइ थियो ।

समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची बुझाउन प्रगतिशील लोकतान्त्रिक पार्टीका सुदन किराती र सन्तोष परियार, राष्ट्रिय मुक्ति पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनता समाजवादी पार्टीको तीन दलीय मोर्चाका तर्फबाट राजेन्द्र महतो, अशोक राई र रेशम चौधरी पनि आयोग पुगेका थिए । 


निर्वाचन आयोगले जारी गरेको कार्यतालिकाअनुसार आइतबारदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची पेस गर्न सुरु भएको हो । पहिलो दिन आइतबार केही साना दलका तर्फबाट मात्र बन्दसूची पेस भएको थियो । 



नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतले आज बन्दसूची बुझाउन लागेका हुन् । समानुपातिकतर्फको बन्दसूची बुझाउन ती दलले आज बैठक पनि आयोजना गरेका थिए । 

आइतबार तीन दलका १३४ जनाले सबै प्रक्रिया पूरा गरेर बन्दसूची पेस गरेका थिए । ती दलले निस्सा लिएर दर्ता प्रक्रिया पूरा गरेका हुन् । उम्मेद्वारको नाम मतदाता सूचीमा छ, छैन, मतदाता नम्बर एवं नागरिकतालगायत कागजात हेरेर आयोगले निस्सा दिएपछि बन्दसूची पेस गरिएको थियो । आज साँझ ५ः०० बजेसम्म करिब एक दर्जन दलले सूची बुझाएको आयोगले जनाएको छ ।

राजनीतिक दलले पुस १३ र १४ गतेसम्म पेस गरेका समानुपातिकतर्फको बन्दसूचीका बारेमा पुस १५ देखि २० गतेसम्म छानबिन गरिने आयोगका  प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए। आयोगले पुस २० गतेसम्म बन्दसूची छानबिन गरेपछि पुस २१ गतेदेखि २७ गतेसम्म दललाई मिलाउन लगाउने कार्यतालिका छ । 

पुस २८ गतेदेखि माघ ३ गतेसम्म दलले मिलाएको बन्दसूची ठीक छ वा छैन भनी हेरिने आयोगले जनाएको छ । माघ ४ गते बन्दसूची प्रकाश गरिने छ । माघ २० गते अन्तिम सूची प्रकाशन गर्ने पनि प्रवक्ता भट्टराईले जानकारी दिए।

सय वटा राजनीतिक दलले ९३ चिह्नमार्फत समानुपातिक प्रणालीतर्फको निर्वाचनमा सहभागी हुन दल दर्ता गराएका छन् । समानुपातिकतर्र्फको निर्वाचन प्रणालीमा भाग लिन दल दर्ता गराएका राजनीतिक दलले मात्र आज र भोलि बन्द सूचीतर्फका उम्मेद्वारको सूची पेस गर्न पाउने छन् । दलले ११ देखि ११० जनाको बन्दसूची बुझाउनुपर्छ ।

आगामी फागुन २१ गते हुने निर्वाचनका लागि एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता रहेका छन् । मतदाताले समानुपातिक र प्रत्यक्षको दुई वटा मतपत्रमा मतदान गर्छन् । 

(गोरखापत्र अनलाइनबाट)

धातुलाई सुन प्रमाणित गरेर ठग्ने व्यक्तिहरुलाई पक्राउ पूर्जी


काठमाडौँ । सुनजस्तै देखिने धातुको डल्लो देखाई ठगी गरेको अभियोगमा चारजनालाई प्रहरीले पक्राउ गरेको छ। कागेश्वरी मनोहरा नगरपालिका–५ थली क्षेत्रमा ठगी गरी फरार रहेका व्यक्तिहरूको खोजतलासका क्रममा उनीहरू पक्राउ परेका हुन्।

प्रहरीका अनुसार मिति २०८२ पुस ८ गते काठमाडौँ जिल्ला अन्तर्गत कागेश्वरी मनोहरा नगरपालिका–५ थलीमा सुनजस्तो देखिने धातुको डल्लो दिएर दुईजनाको समूहबाट नगद पाँच लाख रुपियाँ ठगी गरी फरार भएका व्यक्तिहरूको खोजी भइरहेको थियो। सोही क्रममा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–६ चुच्चेपाटी क्षेत्रबाट चार जनालाई पक्राउ गरेको जनाएको छ।

पक्राउ पर्नेमा मकवानपुर जिल्ला इन्द्रसरोवर गाउँपालिका–३ घर भई हाल ललितपुर महानगरपालिका–१३ नख्खु बस्दै आएका ४५ वर्षीय सुकुमान सिंह ब्लोन, मकवानपुरकै इन्द्रसरोवर गाउँपालिका–२ घर भई हाल ललितपुर महानगरपालिका–८ पाटन बस्ने ४८ वर्षीय राजेन्द्र तामाङ रहेका छन्।

त्यसैगरी मकवानपुर जिल्ला बकैया गाउँपालिका–११ घर भई हाल ललितपुर महानगरपालिका लगनखेल बस्ने ५३ वर्षीय बिरबहादुर तामाङ भन्ने बिवासित स्याङ्तान र नवलपरासी जिल्ला देवचुली नगरपालिका–१७ घर भई हाल ललितपुर एकान्तकुना बस्ने ४२ वर्षीय जित बहादुर तामाङ पनि पक्राउ परेका छन्।

पक्राउ परेका चारै जनाविरुद्ध ठगी कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। उनीहरूलाई आवश्यक म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरी वृत्त बौद्धले जानकारी दिएको छ।

(गारेखापत्र अनलाइनबाट)


शितलहरले चितवन शहर आक्रान्त , विमानस्तल ठप्प, जनजीवान प्रभावित




चितवन — तीन दिनयता चितवनमा अत्यधिक चिसो बढेको छ । आइतबारदेखि शीतलहर चल्न थालेपछि चिसो अत्यधिक बढेको हो । तीन दिनयता चितवनको औसत न्यूनतम तापक्रम १२ डिग्री सेल्सियस छ ।

भरतपुर विमानस्थलका अनुसार शनिबार न्यूनतम तापक्रम १० डिग्री सेल्सियस थियो भने आइतबार १३ डिग्री र आज ९सोमबार० न्यूनतम तापक्रम १२ डिग्री सेल्सियस रहेको थियो । सोमबार दिउँसो ३ बजेसम्मको तापक्रम १४ डिग्री रहेको छ ।

चिसो बढेपछि चितवनको जनजीवनसमेत प्रभावित बनेको छ । स्थानीयबासी घर छेउछाउमा आगो तापेर बस्न थालेका छन् । रमाइलो चोकमा आगो ताप्दै गरेकी भरतपुर–१० की सीता परियारले चिसोका कारण काम नै प्रभावित बनेको बताइन् । ‘मैले आफैं सिलाइको काम गर्छु, आज धेरै चिसो महसुस भएर कामै गरेकी छैन, आगो तापेर बसिरहेकी छु,’ उनले भनिन् ।

चिसोले बजारमा समेत भीडभाड कम छ । नारायणघाटमा लामो समयदेखि व्यवसाय गर्दै आएका सूर्यभक्त अधिकारीले चिसो बढेपछि ग्राहक कम आएको बताए । ‘केही दिनयता बजारमा चहलपहल कम छ, चिसो बढेर व्यापार पनि छैन,’ उनले भने ।

तीन दिनदेखि भरतपुर विमानस्थल बन्द

चिसो बढेसँगै भरतपुर विमानस्थल तीन दिनदेखि बन्द छ । विमान उडानका लागि मौसम सफा नभएपछि शनिबारदेखि नै उडान ठप्प रहेको भरतपुर विमानस्थलका वरिष्ठ अधिकृत भुवन थापाले बताए । ‘लगातार तीन दिनदेखि उडानका लागि चाहिने भिजिविलिटी पुगेको छैन, अहिले विमानस्थल बन्द छ,’ उनले भने ।

भरतपुर विमानस्थलको भिजिविलिटी सोमबार ११ सय मिटर मात्रै छ । बादलको उचाइ भने १५ सय फिट माथि नै छ । विमान उडानका लागि न्यूनतम् भिजिविलिटी ५ हजार मिटर आवश्यक हुन्छ । बादलको उचाइ भने १५ सय फिटभन्दा माथि हुनुपर्छ । सोमबार बादलको उचाइ मापदण्डअनुसार पुगे पनि भिजिविलिटी नपुग्दा उडान प्रभावित बनेको थापाले बताए । ‘हवाई उडानका लागि भिजिविलिटी र बादलको उचाइ दुवै मापदण्ड पुगेको हुनुपर्छ, एउटा मात्रै पुगेर जहाज उडाउन सकिँदैन,’ वरिष्ठ अधिकृत थापाले भने, ‘दुई दिन दुवै मापदण्ड पूरा भएन, सोमबार बादलको उचाइ पुगे पनि भिजिविलिटी नपुग्दा उडान हुन सकेन ।’

भरतपुर विमानस्थलबाट हाल बुद्ध एयरको दैनिक ७ वटा उडान हुँदै आइरहेको छ । एटीआर ७२ र ४२ विमानले काठमाडौं र पोखरा उडान भर्दै आइरहेको छ । विमान उडान हुन नसक्दा यात्रुको टिकट रकम फिर्ता ९रिफन्ड० गर्न थालिएको बुद्ध एयर भरतपुरका स्टेसन म्यानेजर भक्तबहादुर बस्नेतले बताए । ‘लगातार तीन दिन उडान हुन नसक्दा कतिपयको टिकट रकम फिर्ता गरिरहेका छौं, कतिपयले टिकट पछाडिका लागि सार्नु भएको छ,’ बस्नेतले भने । 

भरतपुर विमानस्थल हुँदै दैनिक ५ सयभन्दा बढी यात्रु चितवन–काठमाडौं आवातजावत गर्दै आइरहेका छन् । अहिले उडान ठप्प हुँदा विमानस्थल सुनसान बनेको छ । हवाई जहाजमार्फत यात्रा गर्ने यात्रुले चितवनबाट काठमाडौं जाँदा ४ हजार ६ सय १५ रुपैयाँको टिकट काट्नु पर्नेछ भने काठमाडौंबाट चितवन आउँदा ४ हजार ७ सय १५ रुपैयाँ टिकट शुल्क रहेको छ ।

भरतपुर महानगरभित्रका विद्यालय एक दिन बन्द

अत्यधिक चिसो बढेसँगै भरतपुर महानगरपालिकाले एक दिनका लागि विद्यालय बन्द गर्ने घोषणा गरेको छ । महानगरको शैक्षिक प्रशासन महाशाखाले सोमबार सूचना जारी गर्दै पुस १६ गते एक दिन विद्यालय बन्द गर्ने घोषणा गरेको हो ।

मंगलबार तमु लोसारको अवसरमा स्वतः बिदा रहेकामा थप एक दिन महानगरले बिदा दिने निर्णय गरेको हो । शैक्षिक महाशाखा प्रमुख सुवास चन्द्र आचार्यले केही दिनदेखि बढेको अत्यधिक चिसोका कारण जनजीवन प्रभावित भइरहेको र बालबालिकाहरूको विद्यालय आवागमन तथा पठनपाठनमा समेत समस्या भएकाले एक दिन विद्यालय बन्द गर्ने निर्णय भएको जानकारी दिए ।

(कान्तिपुर अनलाइनबाट)


निर्वाचन खर्च सिमा तोकियो


काठमाडौँ — निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभाको प्रत्यक्षतर्फको निर्वाचनका लागि उम्मेदवारले गर्न पाउने खर्चको सीमा तोकेको छ ।

आयोगले १६५ निर्वाचन क्षेत्रलाई ५ वर्गमा विभाजन गरेर २५ लाखदेखि अधिकतम ३३ लाखसम्म खर्च गर्न पाउने सीमा निर्धारण गरेको हो ।

अधिकतम सीमा ३३ लाख तोकेको आयोगले ताप्लेजुङदेखि बैतडी १ सम्म २६ वटा क्षेत्रमा ३३ लाख खर्च गर्न पाउने सीमा तोकेको छ ।

काठमाडौंमा ५ वटा क्षेत्रका उम्मेदवारले २५ लाख खर्च गर्न पाउने छन् ।

काठमाडौंका १, ३, ६, ७ र ८ का उम्मेदवारले २५ लाख मात्र खर्च गर्न पाउने भएका हुन् । १७ वटा निर्वाचन क्षेत्रमा २७ लाखको सीमा तोकिएको छ ।

२७ लाख खर्च गर्न पाउने निर्वाचन क्षेत्रमा काठमाडौं २, ४, ५, ९ र १० रहेका छन् । पर्सा १, २, ३ ललितपुर १, २, ३ तथा भक्तपुर २ र कास्की २ का उम्मेदवारले २७ लाख खर्च गर्न पाउने छन् ।

६५ निर्वाचन क्षेत्रका उम्मेदवारले २९ लाख खर्च गर्न पाउने छन् ।

यस्तै, ५२ निर्वाचन क्षेत्रका उम्मेदवारले ३१ लाख र २६ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले ३३ लाख खर्च गर्न पाउने छन् ।

३१ लाख खर्च गर्न पाउने निर्वाचन क्षेत्रमा झापा ५ र डडेल्धुरा १ रहेका छन् । यी निर्वाचन क्षेत्रमा केपी शर्मा ओली र शेरबहादुर देउवा उम्मेदवार रहँदै आएका छन् ।

३३ लाख खर्च गर्न पाउने निर्वाचन क्षेत्रमा ताप्लेजुङ, पाँचथर, संखुवासभा, सोलुखुम्बु, खोटाङ, दोलखा, रामेछाप, काभ्रे १ र २, मकवानपुर १ र २ रहेका छन् ।

गोरखा १, लमजुङ १, अर्घाखाँची १, रोल्पा १, प्युठान १, दाङ १, बर्दियाका १ र २ सल्यान १ का उम्मेदवारले ३३ लाख खर्च गर्न पाउने छन् ।

हुम्ला, जाजरकोट, बझाङ, डोटी र बैतडीका उम्मेदवारले पनि ३३ लाख खर्च गर्न पाउनेछन् ।

फागुन २१ मा निर्वाचन हुने निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची बुझाउँदै गर्दा आयोगले प्रत्यक्षतर्फका उम्मेदवारका लागि खर्चको सीमा तोकेको हो ।

(कान्तिपुर समाचारबाट)


Sunday, December 28, 2025

How is your Days going on


Time never get you freed. Leisure day mentions you a lot. I punished today myself to live doing something. No gathering, not assembling but partly doing naissance.

Some years ago I got English literature, then mass communication books and now doing differently on socialism .

Hovering towards reporting news and desktop publishing either on marketing for press support it has been tough progress.

Complying achievement lacks satisfaction merely thoughts when I was a student.

Far across the distance from eastern background residing in capital been hard climax.

Attorney of people, their demands and impeachment on labor and cost demands on doing merchandised goods is severely tarnishing.

Dramatized gossiping on take and flow of coins on thin calamities are rear banishment on thin foots on my choice of business.

Lord's benediction are for all people. Lord shiva gives peace, prosperity and power to get their charm dreams. Lord Pashupatinath never hang out to devotees to rear hands.

Actions and ordinance were parasites for all people on thy times on river of Bagmati, that was ugly and cold days for Nepalese hands. Now time is just glee . Certain barriers are on politics .

Party politics are on lead of corruption behind 1990. Leaders are biased, government properties are privatized ,mansion and vehicle are overthrown. Democracy, people's right and civil activities, bureaucracy are for mingled to kinship. Poverty is mentioned on the heap of books and papers but never sighted to wrap up through effort of budgets of assembled contemporary governments candidates.

So people leads to civil war on demands of federal democratic Republic. So war goes on 1996. Youngsters that are tempered by unseen demands of labors and jobs runs to party propaganda. Moved to gorilla war, murder, looting, shooting and fighting with Royal Nepalese Army took millions of life to political and public deaths. Bombardment and shooting ends to comprehensive peace accords in 2006 in Nepal. Through the hands of late prime minister Girija prasad Koirala and opposite communist party of Maoist rebel supremo Prachanda alias Puspa Kamal Dahal enriched on 12 points agreement between 7 political parties on fair peace deal.

The unification of government force and people's liberation army Nepal united and constitution assembly made under the rule of political party's discourse Nepal as a democratic Nation and the King Gyanendra Shah dethroned.

In Nepal interim constitution was made. Again preamble through election and fully written .

Government ruled are ambiguous to the parties only, kinship and goodness, corruption and political activism, chauvinism and historical and social materialism was on behind of works of manhood.

Public life was miserable. Remittance and banks, NGO and INGO surplus expenses on interim budget of parties politics.

Earthquake in Nepal with epic Centre of Bar park on Gorkha and Pandemic Covid-19 took near about 25000 life's and loss of huge physical and material properties.

But random expenses on election and dissolution of constitution assembly by late prime minister K P Sharma Oli hangouts public mind with blockades on Nepal by neighbor.

So then the disgruntled rule and failed approach relying on government anyhow with media bans commitment led Zen Z movement as a rebel and revolution.

Huge massacre and destruction of public and private property was damaged. Government was toppled; constitution assembly was dissolved. Nepalese Army took part on making government and now government was formed on lead of prime minister Sushila Karki.

Now I deal with the same content as I do the past writing, doing works on AI 6, InDesign, Ps. Later I used to do on word, freehand and PageMaker.

In past, time was more spent on TV, books and newspapers. But today leisure time is restricted.

ओम शनिश्चराय नमः

 

आज पश्चिमी वायुको प्रभाव रहने छ

                                
देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका अधिकांश स्थानमा हुस्सुरकुहिरो रहनेछ।

देशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।

त्यसैगरी, आज राति तराई भूभागका अधिकांश स्थानमा हुस्सु रहनेछ। कोशी प्रदेश, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ। गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

तराई भूभागमा हुस्सुरकुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्ने देखिएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।आज पश्चिमी वायुको प्रभाव रहने छ । त्यसकारण तराईका भूभागमा चिसो बढ्ने तथा हुस्सो लाग्ने संकेत मौसम पूर्वानुमान महाशाखाले गरेको छ । हिमाली तथा पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहेको छ भने गण्डकी तथा कोशी प्रदेशका मध्य भागमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसमविदहरुले बताएका छन् । (नागरिक न्यूजबाट)


अन्तत जनता समाजवादी पार्टी पनि आगामी चुनावमा समावेश हुने


जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टी सहभागी हुने बताएका छन्। पार्टीको १ नं प्रदेश समितिद्वारा शनिबार विराटनगरमा आयोजित जनसभामा उनले निर्वाचन लोकतान्त्रिक अभ्यास भएकाले जसपा सक्रिय रूपमा सहभागी हुने धारणा राखे।


अध्यक्ष यादवले मुलुकमा भ्रष्टाचार अन्त्यसहित सुशासन कायम हुनुपर्ने, सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउनुपर्नेलगायत माग राखी गत भदौ २३ र २४ गते प्रदर्शन भएकाले यो आमयुवाको माग रहेको उल्लेख गरे। उनले सबै राजनीतिक दल सुशासन कायम गर्नेरगराउने मार्गमा जनअपेक्षा अनुसार चल्नुपर्नेमा जोड दिए। (नागरिक न्यूज)


हिन्दी चलचित्रकी अभिनेत्री पत्रकारको बारम्बारको प्रश्नपछि बनिन रिसहा

बलिउड । काठमाडौं । चलचित्र “दायरा”को रिलिजपछिको फोटो शुटमा अभिनेत्री करिना कपुर रिसले आक्रामक भएकि छिन् । वास्तवमा पत्रकारले उनलाई देव्रे पट...