Posts

लङ्गुर बुर्जे जिवन, साउदी माना,पाना,आना

Image
       उत्तर, विवेचनाका अर्थ राजनीतिमा केवल राजनीतिज्ञहरुलाई आउँछ । त्यसको संगालो, अवगालो, अर्थ र अनर्थ सवैका घर–घरमा खानकी पछि हुँदा सवैको टाउको निको नै हुन्छ ।   आजकल त्यस्तै समस्या ग्रन्थ राजनीतिक तरङ्गको विवेचना ताजा खवर हरेक सञ्चारमाध्यममा हेर्न, सुन्न पाइन्छ ।   भूत पूर्व प्रधानमन्त्री ओलीको निर्वाचनको घोषणावाट कर्कंषिएको राजनीतिको ताउर र माउर आज उपरान्त चलिरहेको छ ।   शुरुमा काङ्ग्रेसी दलहरुको भेला, सभा अनि वैज्ञानिक समाजवाद तर्फ मोडिएको महाधिवेशन । त्यसपछि भेलाले उत्कृष्ट बनाएको भूतपूर्व प्रधानमन्त्री देउवाको कुर्सि मोह अनि कुर्षिको निसाफ वेस्सरी चाखेकै हुन् नेपाली जनताले ।   महाधिवेशन पछि उद्घोष भयो स्थानिय, प्रदेश र केन्द्रको निर्वाचन जसरी पनि हुन्छ । मै गराउँछु । भन्ने परिपाटी ।   पाँपाम् कुश सनासी, म धर्म तु अँलाची अर्थात राजनैतिक चुनावी माहोल पराकास्ट मै चल्यो भने नि हुन्छ ।   हो, १३ औं महाधिवेसनमा जसरी नेपाली काङ्ग्रेसले चुनावी ताउर र माउर मिलायो त्यसरी नै निर्वाचन नि हुँदा, कुर्सीको पेचकस वर्तमान प्रधानमन्त्री ...

कोशी पारी फलाँटका माधव खरेल काभ्रेबाट १६ वर्षको उमेरमा घरबाट भागी काठमाडौं

Image
 कोशी पारी फलाँटका माधव खरेल काभ्रेबाट १६ वर्षको उमेरमा घरबाट भागी काठमाडौं आए  । उनी साधारण लेख पढ् गर्न पनि सक्दैनथे । मानिस नचिन्दा उनको दिनचर्या ठेलामा चना, मक खाने हुन्थ्यो । तत्कालिन प्रमुख उपेन्द्र बहादुर प्रधानाङ्ग शंकरदेव क्याम्पसको डिन हुँदा उहाँको भाइ नगेन्द्रले २०३४ साल मंसिर ४ गते माधव खरेललाई पिउनमा जागिर लाइदिए ।  त्यस बेलामा नागरिकताको पनि चलन थिएन र उनको तलब एक सय सोह्र रुपैया मा मात्र सिमित थियो ।  त्यसबेला कलेजमा ८ घण्टा काम गर्ने र खाली हुँदा दिउँसो पुतलीसडक स्थित प्लाईउड पसलमा पनि संलग्न रहेको उनी बताउँछन् । लेखापढि कम भएका माधव खरेलको तलब बढेर लगभग तीस हजार पुगेको छ । उनका साथमा श्रीमती शुभद्रा खरेल २० वर्ष देखि शंकरदेवमा पिउन कै रुपमा कार्यरत छिन् । उनीहरुको काम चिठी पु¥याउने, बोतलमा पानी भर्ने, हाकिमहरुलाई तातोपानी पु¥याउने , घण्टी बजाउने, चिया बनाउने, बत्ति बाल्ने र नियमित कलेज खोल्ने र कक्षा कोठाहरु बन्द गर्ने रहेको छ । उनको परिवारमा उनका जेठा छोरा राजकुमार खरेल  पनि स्नाकोत्तर तहमा शंकरदेव क्याम्पस मै पढ्ने गर्छन । आफु कर्मचारी भए बापत...

निर्वाचनको सेरोफेरोमा विताएका समय

Image
               म गएँ । एउटा गाउँ । छाना जस्तै खरको । तर थाहा छैन । कता पुगेको हो । उकालो चढ्न गाह्रो । उ त्यो घर हो श्यामेको । उसको घरमा धेरै छन् । आमा–वुवा, बाजे–वराजु, काका, काकी, दाजु भाई र उसकी श्रीमती । घरको रंग फुँग उडेको । छाना पुरानो खरको । धेरै अघि मेरो साथि श्यामे म सँग घुलमिल निकै ग¥थ्यो । जव उ परदेश गयो । उ झर्को फर्को गर्छ म सँग निकै । तर त्यो घरमा निकै मान्छेहरु भए नि उसको ढंगको कारण मलाई फर्केर पनि उसको घर जान मन लाग्दैन । म अझ उकालो लाँगे निकै समय आरामको जीवनवाट सुखी जीवनको यात्रा खोज्दै गाउँका ठाम तिर, वारी तिर । मंसिर महिनामा हलो जोत्ने गोरु भेटिदैनन् । डाले घाँस नपाएका कारण । सानो छँदा जंगल धेरै हुने त्यो गाउँ एकाएक मरुभूमि वनेर उजाड बस्तिमा लागेको रैछ । मैले भेटेको पिपल, बडर, सिसौं, आँप, चाँप, धुपि, सल्ला र कदमका रुखहरुको न्यानो र चिसो मौसम दिने ग्रामिण ठाउँ आज हेर्दा अनौठो, उजाड र म आँफै कता कता गर्मीमा आएको वकुल्लो जस्तो । हिजो देखिएका चिसो ठूलो खोला आज सुस्ताउँदो मैलो पधेँरो जस्तो रैछ । म हिँडे माथि अझ उकालो सकिनसकि हैंसे गर...

आत्मबोध को आत्मसन्तुष्ति

        आत्मसन्तुष्टि नै जीवन हो । सन्तुष्ट रहन मानिस सधैं कर्म गर्छ । त्यसो त पृथ्वीमा अनेक कर्म हुन्छन् । मानिस अध्येता पनि होइन उ त कर्ता हो । धर्ती मा पुन्य र पापको आधारशिला युक्त कर्म बराबरी मात्रामा हुन्छन् ।   मानिसको जीवन अमूल्य छ, तर धर्तीमा जब उ पाइला टेक्छ शिशु, बालापन मा रहर र खुसीको सिमा निर्धारित हुँदैन । एक शिशु रमेको नै हुन्छ परिवार सँग । धर्म प्रति प्रगाढता होस वा नहोस उ भगवान भनेपछि तर्सन्छ र समर्पण हुन्छ नमस्ते गर्दै । शिशु अवस्थालाई हेर्दा बालक आमा प्रति सहानुभूति धेरै नै राख्दछ । आमाको आहार र स्यहारबाट पालन पोषण हुँदै बुवाको आर्शिवादबाट जिम्मेवारी हुँदै विद्यालयमा आश्रित जिवन जुनै बालकको लागि पनि बोधत्व भन्दा फरक भने पक्कै हुँदैन । मानिसहरुको कौटिल्यता र एक व्यक्तिको संस्कार कति खेर देखि परिवर्तित हुन्छ कि जब उ वयस्क बन्दै जाने छ । जब उसको नजरमा अनेक साथिको साथ छाउने छ, राम्रा वा नराम्रा उसले आत्मबोध गर्न जानेको हुँदैन । के गलत र के उत्तम उसको अनु्हारमा केही परिवर्तन आउँदैन । भन्नाको मतलब वयस्क शिशुले भन्दै न कि म गलत व्यवहारमा लागेको छु...

सम्झना लायक दुखःद क्षण

Image
अचानोको चोट अचानोलाई त्यती नै ! राजनीतिको अर्थ थोरै थाहा छ । वातावरण राजनीतिमय बनि जाँदा फेरी किताबको कुनो डोको चौतारी भनेझैं आफू कुनामा हराइरहेको सारा सम्पर्क विच्छेद जस्तै संसारमा सानो अपराधी भएर बस्नु परेको छ । खासै काण्ड त केही छैन ।  देख्दा वैमनस्यता जागेको हुनसक्छ । त्यसो त आजभन्दा धेरै अघि सबैकुरा मिलेको थियो । काम गर्दै थिएँ । तर आज वातावरण चुलिएको छ संदिग्ध अपराधमा जेलनेल जालसाझिँबाट उन्मुक्त परिवार र समाजको हावारुपि चरित्रबाट माथि उठ्न नसक्दा मन पेचिलो भएको छ ।  जुनकिरी हराएकि छे । सुलसुले लागेको छ जिउभरी । पसिनाको धन प्यारो छ । जो हाउडेलाई थाहा भएको कुरो हो । सबै मानिस आफू सहि भनि ढाकछोप गर्न तम्सन्छन् । त्यसपर म थाहा छैन । आज  महामारीको प्रकटता प्रहारले संसार गाँज्दा संसार अमिलो भएको छ जो कोहीलाई ।  अहोरात्र खटियो भाडा, दशैं खर्च, परिक्षाको लागि भनेर । तिहार आयो । तर मल मुत्र त्यागि स्नान गरेछी जनै धारण गर्नु पर्छ भन्ने यो पठ्ठो ब्राम्हणलाई सानै देखि थाहा नभएको कि अन्जानिदो भएको समाजको पात्र वैमनस्यताको लागि चुर सलामी ! गैंडा, घोयल, चौरी, बाघ, मृग, जरायो ...

रुमल्एिको जीवन

Image
                    वास्तविकता भन्दा धेरै टाढा रित्तिएको वितृष्णा,  झिन्झिनाटहटले खल्बलएको कुनो स्थिरताले चुलिँदो अध्यारोँ मष्तिष्कको कुण्ठा । विरत्तीएको आकारको बहुलठ्ठीपन । कारण निमिट्यान्न मानव संवेदनहीनता । जसमा गाली, गलौंच, वितृष्णा, बेढंग र रित्तता पर केही आभा छैन । केही छ भने कुनै भौतिक पदार्थको मोह त्यो नी केही आयश्रोत रहिन्जल ।   साँची म अस्ति सुन्धारा गएको थिएँ । मानिसहरु पसल वरी परी ठूला गफ लडाउँथे । चर्का चर्का राजनीतिक प्रचार बाजी गर्ने गर्छन । कोही अर्थ व्यापारको कुरा गर्छन । कोही घर घडेरीको । कोही सुन्दरीको । अनि क्षतिग्रस्त धरहरा ।   काठमाडौं फेसनको शहर । शहिदगेट निर पाइला चाँले । धेरै भएछ नगएको । भनिन्छ ठाउँ ठाउँको छुट्टा छुट्टै निशा हुन्छ । अस्तित्व हुन्छ । पहिचान हुन्छ । तर पनि शहिदगेटलाई बुझन मैलै भ्याएको छुइन । म नि यस्तै लाउने पोसाकको खोजीमा त्यहाँ गएको थिएँ । न्यूरोडतर्फ तर्फ आकर्षित भएँ । पहिले त जारा प्यान्टको खोजीमा सुरज आर्केड गएँ ।   म ट्याम्पूबाट ओर्ले । सुन्धारामा आवाजै आवाज पा...

कोरोनाको कहर साधुबाद: शान्त सँग वस्न ु! शरिरको हेरचाह गर्नु ! आत्मसम्मान !

 कोरोनाको कहर साधुबाद: शान्त सँग वस्न ु! शरिरको हेरचाह गर्नु ! आत्मसम्मान !   मानिस सामाजिक प्राणी हो । समाजबाट एक्लिएर हरप्रहर एकै ठाउँमा रहिरहन कि त मानिस साधु नै बस्नु प¥यो वा कुनै शाहित्य प्रेमी ? कोरोनाको लकडाउनमा के नै सम्भव छ र ! लामो समय छ । धेरै एक्लै बित्यो । एक्लै बाच्न शरिरमा शक्ति पनि त हुँदैन । कपाल काटन गाह्रो भएको छ । लामा कपालले शरिरलाई झिन्झिनाहट नै पैदा गरेको छ । विश्वस्त छ लामो कपालले साधु नै बनाएकोृ छ  एक्लै बनाएको छ समाजबाट । कोरोनाको महामारीले मानिसलाई हिमालको टुप्पोमा अवतरित गरेको महशुस गराएको छ ।त्यहाँ त मानिस जो पुराना संस्कृति अंगाल्छन् उनीहरुको नै फाइदा जनक हुने गर्छन । जीव वि१ानले मानिस सामाजिक प्राणि भएको पुष्टि गर्छ । समाजमा बाच्न सामुदायिक हुनुपर्नेमा जोड दिन्छ । इतिहाँसमा काँहि नि लेखिएको थिएन मानिस यसरी गीत गाएर समाजबाट एक्लो हुँदै बसोबास गर्नु पर्ने स्थिति । १८ औं शताब्दीमा बेलायतमा यस्तै एक समय आएको थियो जहाँ त्यहाँका अभिजात वर्गले कुलको आँगनमा नमूना पण्डितहरुलाई लिएर समुदायको संरक्षणको लागि मन्दिर स्थापना गरि दिएका थिए । के य...