Posts

chitra 27

आज चैत्र २७, बिहान ५ः३० मा उठेर ड्युटी गर्न सधैँ जसो गाह्रो भएन तर आजको समोसा भिन्नै स्वादको थियो । काम खासै भएन, व्यस्त रहिन आज कम थकित भएँ । आज किताब पढ्ने मेसो आएन । न त कुनै पत्रपत्रिका पढियो कारण ३ घण्टा चश्मा नै थिएन आँखामा । आज कम्प्युटरमा हात अरु दिन भन्दा कम चलाएको कारण पनि होला मानसिक तनाव भएन । तर पुतलिसडक तिर चश्मा लिन जान शुरु चोटी गाह्रो भयो । त्यसो त घाममा नहिँडेको धेरै भएछ । आँखामा हाल्ने दुई ड्रप, डिब्बा औषधि ल्याएँ । ब्लुकट लेन्स पनि राखेर चस्मा तयार गर्न लगाएँ । बेलुकि पाँच बजे चश्मा पनि तयार भयो । साथै मन फुरुङ्ग भएको छ आजराती रिङ्गटा लाग्दैन होला । तर वास्तवमा समोसा, चिया, जेरी साँच्चै मीठो थियो ! 

chaitra 26

आज चैत्र २६ गते, केही समाचार त बनाउन भ्याइन । अस्ति एउटा समाचा लेखौं भनेको मौसम मिलेन । बिहान ६ बजे नै उठेँ । उठेर पर के.सी. को होटलमा चिया खाजा मगाए, शुशिल टुप्लुक्क आइपुग्यो । खाजा मगायो आलु चना, पकौडा चिया खाइयो । पैसा उसले तिर्यो । रमाइलो गफ भयो । त्यसरी गफ गरेर रेष्टरामा नखाएको धेरै भएछ । अफिस फर्के । त्यति कै मा मिनकुमार आइपुगे । हिसाब किताबको हेक्का राखे । डेक्सटपमा डिजाइन गरेँ । त्यसपछि खाना खान घर आएँ । जाँदा सुवर्ण बसेको रै छ ? बुबाको पुरानो साथी । सुवर्ण मजाकको गफ गर्ने मानिस । त्यसपछि सुवर्ण अंकललाई चिया दिएर भए पनि गफ गर्न भ्याएँ । त्यसपछि कार्यक्रम संयोजक अरुणा लामा साझँका उत्तम रिमाल आए । मेरा बारेमा खासखुस कुरा काट्दै थिए । आमा हस्पिटल जान भनी जबरजस्तपैसा मागि लागिन । यसो पोखरेल अंकलकोमा गएको त नयाँ पत्रिकामा प्रकाशित एउटा लेखमा हस्पिटल ओपीडि सेवा लगायत सबै बन्द लेखिएको पाएँ । बिरामीको कुरा गर्दा म पनि बिरामी भएको छु । च्यानल नेपालमा काम गर्दा गौशाला देखि म बिरामी भएको थिएँ । मलाई त्यतिबेला आर्थिक अभावका कारण सो मिडिया छोड्नुपर्यो। त्यसपछि जिन्दगी देखि फ्रस्टेसन भ...

chaitra 25

       आज चैत्र २५ गते, मलाई बिहानको समयमा उठ्ने बानी परको छ, हर्षित छु । त्यसो त व्यवहारिक बनिसकेको छुइन मानसिक तनावमा पर्न थालेको छु । अलिकति बढ्ता कुरा घर परिवारका सदस्यले गर्दा बेहोसी हुन थालेको छु । आमाले कराउँदा मेरो मनबाट अनायास घिन लाग्दा कुरा निस्कन थालिसेकेको छ । मलाई थाहा भएसम्म मेरो मुखबाट यी कुरा त्यती कहिल्यै निस्कदैन । हिजो बहिनी र आमा मिलिमिल कुरा घुमाई घुमाइए दिमाग केलाए, झन्डै बेहोसी भएँ । एक छिन मलिन भएँ । आँखामा आँसु आयो । त्यसपछि खाना निल्न गाह्रो भयो । यो त सत्र दिन सम्म परिक्षामा पढ्न बस्दा पनि झन्डै बेहोसी भई, खानेकुरा निल्न गाह्रो भएको पनि हो । त्यतिन्जेलमा बहिनी र मेरो झगडा परेछ, उसको हातमा मैले नंग्राले कोपरेछु पनि । दिमागको सचेतना हराउँदा ।    बिहानको यात्रा त्रिपुरेश्वरतिर लागियो । बागबजारको बाटोमा एउटी नचिनेको बयस्क महिलाले उताको बाटो तिर जाने संकेत गरि । म गइन । बागबजारको फुटपाथबाट भक्तपुर बसस्टपमा जाँदा ठूलो कुकरले झम्टीन खोजो । खिचा होइन घर पालुवा कुकुर । हस्यांग, फस्यांग गर्दै दौडियो । टोक्ला जस्तो लाग्यो डराएँ । साँच्चि ...

chaitra, 24

आज चैत्र २४ गते शनिबार । आज दिनभर चौतारी मै वित्यो, काम थियो, एउटा घनघसेमा भारी विसाउने हात चिलायो, माखो मारियो । त्यसो त मुर्गा गल्लीमा बसेछी खाइला किन नखानु । धट ! आज त कुखुरालाई वर्ड फ्लु भको छ । शनिवार २०५८ मा भएको भए हिजो आजका कुरा, के घर के डेरा हरिन्थ्यो आज २०७५ के हर्ने ? अँ पुरानो टेलिश्रृखंलाका जीवनत र सरल पात्र बुढा त भएका हुन् । मोर्डन भएका छन् । तर सरल र जीवन्त कलाकारिता र जनजीवनका छायालाई एकोह्र्याउने कथा पंत्तिमा कमि आएको फिल हुन्छ । अस्तिको दिन पिकेको गल्लीमा दुध र पानी मिसिएको चिया आँए र एउटा कलाकारसँग हात मिलाएँ । नाम नसोधी फर्किए छु । हैट सोध्नु थियो । किन सोधिन ? अर्को बेला अवस्य सोध्नेछु ? मेरो कथाको सुरुवात हुने हो की? अँ आज खास काम केही छैन। ज्यामीले नी भारी बोकेकोभए ५÷७ सय बनाइसक्थ्यो होला खाली हात जगन्नाथ । आज गीत पढ्छु । कमसेकम भगवान कृष्णको र जीवनको दर्शन र अलि अलि पूर्वीय दर्शनले मलाई संगाल्छ की । वा मैले अलिकति हावा बोल्छु की । वाईवाई लएको छु अवेर राती सम्म भोक लाग्यो भनि खान । बज्र स्वाठ मोटेले हिजो फोन उठाएन त्यसलाई म दक्षिणा दिन्न । एउटा पाठ पढ्छु ...

2075-12-22

आज चैत्र २२ गते शुक्रबार रातको १ बजे निन्द्रा परेको छैन । शरिरमा शिथिलता नभई परिक्षा ताका भएको प्रयासका बाबजुत भएको शारिरीक कमजोरी मेरो लागि घातक सिद्व हुने हो की जस्तो आभास हुन्छ । तथापि मेरो मनमा भएको दुविधा हट्छ कुनै मोडमा अनि आफ्नो मानसिकता आफैँ स्वच्छ पार्छु । भर्खरै सचेतनाको बारेमा पढेको थिएँ । ऐतिहासिक द्वन्दवाद र चेतनामा भिन्नै प्रसँग छ भनि पाएँ । त्यसो त सो प्रसँग मेरो न्यूज पोर्टलमा पनि अस्ति भेटेको थिँए । पढेपछि यसको बोधार्थ माथि झन छर्लङ्ग भएँ । तर परिक्षा अनुकुल विद्यार्थीको तयारी गर्न गाह्रो हुँदो रहेछ त्यो पनि स्नातोकोत्तरमा । धन्न धन्न पास भइएछ । आज मैले मेरो एउटा कलेजको साथीसँग भेटेँ, चिया खाँए उ भन्दै थिए राम्रै नम्बर आएछ तर तयारी पुगेन । अनायास चिन्तित भएँ तरपनि आउने दिनमा किताबी अक्षरका बनोट अनि उत्तरपुस्तिकामा श्रृजित बनोटको ढंग र त्यसको अंग्रजी लिपिमा साभार र दिमागी सम्झनेशक्तिमा ह्रास क्रमश बढ्ने हो कि घट्ने हो कुनै तुक छैन । आज गिता पढदै छु नेपालीमा केही अफ्ठयारा व्याकरणले मन गुनीलो बनाएर ल्याएको छ बोधार्थ र प्रसंग बुझदा । कता कता समाजवादबाट टाढा अध्यात्म...

Power, Article 1

आज राजनीति पढ्न मन लाग्यो मेरो किताबको अर्को विषय । राजनीति सांस्कृतिक रुपमा बढि फैलिएको हने हुँदो रहेछ । जसरी ओबामा आँफै कालो वर्णका भएपनि पहिलो काला रंगका राष्ट्रपति उम्मेदवार होइकन छाडे । माक्र्सवादी चिन्तनबाट केलाउँदा आर्थिक वर्ग संघर्ष र पूँजीवादको श्रमिक वर्गसँग हुने दवदवाले श्रम वजार र उत्पादन माथिको प्रभावलाई द्वन्दात्मक बनाउँदै हुने जाने रहेछ । नव माक्र्सवादमा समाजको सिद्वान्त र राजनीतिक संघर्ष र त्यसको अधार र पूजीँवादले संसोधनवाद र श्रमिक वर्गसंग मिलिजुलीको राजनीतिक संघर्ष मिलाउँदो हुने रहेछ । वेबरले राज्य व्यवस्थाका कर्मचारी तन्त्रका मनोमानीलाई चिरफार गर्दै बजार तन्त्र र व्यवसायीकरणलाई फैलावट गर्दै जाने रहेछ । कूलीन सिद्वान्तले कुनै निश्चित हेक्काले चूनाव मार्फत प्रजातान्त्रिक मूल्य मान्यताका विचार बोकेका राजनीतिककर्मीमा विभाजन गराई आफ्नो उपादेयतालाई प्रष्ट्याउँदो रहेछ । बहुलवादले इच्छुक समूहलाई राजनीतिक धरातलमा उभ्याई राजनैतिक कृयाकलापमा उभ्याई राजनीतिक कृयाकलापमा संलग्न गराउँदो होला । दुर्खाइमले श्रम प्रति विभाजन, नैतिक समाज, समाजमा मानिसले उत्तरदायित्व बोक्नुपर्ने, व्यत्...

गीता सार !

गीता सार ! आज २०७५ मंसिर २२ गते मंसिर शुरु भएपछि भागवत गीता पढुँला भनेर सोचेको थिँए । अँ दशैको क्याम्पस विदा ताका ४÷५ पाना नियाँलेको थिँए ! महाभारतको प्रसंग दोहोरिएको रहेछ । साँची भन्नै विर्सेको संस्कृत पढ्न नसकिने भएकोले अंग्रेजी गीता पढ्न ल्याएको छु । मानिसलाई दर्शनको प्रभाव चाहिँदो रहेछ । म नपढिकन सोच्छु ! गीता सार काम गर फलको आशा नगर होला ! तर शुरु गर्दै जाँदा महाभारतको अंश जोडिएको रहेछ । धर्म, प्रकृति, मूल्य मान्यता, सचेतना, कलि युग, आत्मा र वस्तु, जीवन प्रतिको मानविय स्थुलको संघर्ष, कृष्णको मायावि संस्सार, मानिसले मृत्ु वरण गर्नुपर्ने सार्थकता, योगको रस्य, भगवान श्री कृष्णको विशाल स्वरुप जगत जहाँ श्री कृष्ण विराजमान हुनुहुन्छ, वहाँको वृस्त्रित अलौकिक रुप जुन रु देख्दा महाभारतका मुख्य पात्र अर्जुन स्वयं अवाक भए, आत्माबाट नै वस्तुवादी स्वरुप चित्रण भयो र यो भ्रम सिवाय केहि होइन, आत्मा जो मृत्युपछि अर्को मानिसको आत्मामा विलिन हुन्छ र प्रत्येक चिज विच चलान्तर छन त्यसमा आत्मा प्रवेश भएका हुन्छ इत्यादी । यस्तै यस्तै रहेछ । तर ज्ञानको सार्थकता कहाँ ८÷१० पानाले हुन्छ पाता नै केलाउनु...