Posts

काम त गर्नु नै छ जानी नजानी

Image
वर्ष १६ र १७ को नौलो बिहानी नत कसैको गाली गलौंच न त तिखे हेराई मानविय संवेदना र चेतनाले प्रफुल्ल त्यो मन विहानीको झिसमिसे हुर्कियो शहर मै टाढा थिए समस्या म त अर्कै चिन्ने मानिस अनगिन्ती मुस्किल नहुने कुनै कुरा गर्न मानिसको कस्तो तादम्यता न त ध्वनी, न कोलाहल सफा मन र भावना बोल्नु थियो हाँसी हासीँ अध्ययन जारी नै थियो न त खर्चको जोहो मित्रता पनि हरायो बोली हरायो हाँसो हरायो खुसी केवल न्यानो जीवनका लागी ईश्वर छन् मानिस नि सुखी पूर्वीय दर्शन होस या पश्चिमी संस्कृतको आभास रात र दिनको पलको आभास दिने प्रकृति प्रदत्त हुन सकिने चर्म स्पर्श ज्ञानेन्द्रिय के का लागि अनावश्यक फूर्ती के का लागी समाहित हुनुछ मन, मष्तिस्क र आत्मा माथि पश्चिमा दर्शन त कति कोशौं टाढा मेलै नखाए नि आनन्द दिँदा चोट भरिएको कथालाई आनन्द दिने पूर्वीय दर्शनले घाउमा रुवा कपासले मनमा शान्ति दिलाउने तथापि नीजि काम त गर्नु नै छ जानी नजानी

शून्य समय

समय गएको पत्तो पनि हुँदोरहेनछ । कार्यलय हो समयको लेखाजोखा त हुनुपर्ने । तर मिनेट, घण्टा, दिन, महिना अनि वर्षमा मात्र कुरा अड्किन थाल्यो । बसाई यस्तै हो । कार्यालयमा बस्नु त प¥यो । क–कसलाई भने समयको अभाव । कसलाई भने कसरी समयलाई काबुमा राख्ने भन्ने चुनौती ।  आज कार्तिक १७, दशैं, तिहार र छठ सबै २०७६ सालका चाडपर्व बाहिरिए । वर्षभरी कहिले कार्याशालाबाट छुट्टी नमिल्ने तर दशैं, तिहार ताका खालि बस्न पाउँने समय । कार्यालयमा काम गर्दै थिएँ । तल्ला घरे दाइ आए । चिया पिलाएँ । कुराकानी भयो । खाली समय पछि के गर्ने भन्ने चियो भयो । भन्दै थिए कतै घुम्न जानु पर्छ । चाडवाडमा घुम्न गइयो आफन्तकोमा मात्र । बाहिर गइएन । खै अब समयको लेखा जोखा कसरी गर्ने ?

Daily Routine

Image
             आजको बिहानी तालिका अनुसारको थिएन । दैनिक चर्या कसैको पनि त तालिका अनुसार हुँदैन । तर तालिका अनुसार चल्ने को होला र ! पक्केै पनि नेपालमा तालिका अनुसार चल्न त सभ्रान्त परिवारमा हुर्किनु पर्ला ।    खासै काम पनि केही छैन । अर्थोपार्जन गर्न मुस्किल छ । तर बिना पैसा जीयुन  पनि त चलाचउन गाह्रै पर्ला । भर्खर स्नात्तकोतरको जाँच सकिएको छ । धेरै बत्तिमा पढ्दा स्थिती तनावपूर्ण छ । साथिहरु त परिक्षाको बेला पनि ठट्टा गर्छन । तर मलाई त्यस्तो अफठ्यारो बेलामा मुखमा लाली छाउन गाह्रो पर्छ । सोच्दा पढेर के गर्ने । डिग्री हासिल गर्न त होनी  भन्ने कानमा आवज सुनिन्छ । हिजो सुमनसँग कुरा भयो । उसले भन्यो,“समिर तिमी एम.पि.ए किन ट्राई गर्दनौं । मैले त धेरै साथी सँग मिली त्रिभुवन विश्वविद्यालयमा टेस्ट दिएँ । यस्मा खर्च भर्नाको १७,०० र किताबको १६,०० पर्ने रहेछ । पढ्नमा अब्बल विद्यार्थी उनी । भन्दै थिए । मलाई यिस्पच दिन आउँछ । प्रेजेन्टेसन दिन्छु । अरुलाई बुझाउन पनि आँउछ ।  उनको धोको रहेछ नेपालमै सरकारी जागीर खाने । युरोप तिर बाहिर जा...

दृश्य र सपना

                              एक समय बालापनको थियो । जहाँ म रमाउथेँ न कुनै मानसिक तनाव न शुरता ! बिहान सबेरै उठ्ने, पढ्ने कक्षा कोठा गई अध्ययन गर्ने र बेफुर्सदी गृहकार्य गर्ने । कस्तो मृगतृष्णा माया जसको लागि आज म मरिमेट्छु कहिँ पाइन्न त्यो । परिवारको छत्रछायाँमा लालनपालन भएको र त्यो एकाग्र जीवन कति सन्तोषमय आफूँ त्यसै फूल भइ बुट्यानमा फक्रिरहेको । तर जब म कलेजका छत्र छायाँमा हुर्के दोहोरो मापदण्ड जीवनको गुजारा अनि अंग्रेजी र पत्रकारिताबीचको कठोर मेहेनत त्यहाँ नी आनन्दको छत्रबास नै हुन्थ्यो ।            न त कुनै समसामयीक राजनीति न कुनै रस म एक्लै मौलाउँदै गइरहेको हुन्थे । कठोर मेहेनत र त्यसका विचमा हुने आम्दानी कुनै पराई मानिसका चक्छुका निसायुक्त आँखाले नघच्घच्याउँदा एउटा कलिलो सिसौको जस्तो फर्किएको जीवन कति शुशिल । घर परिवार पनि त खुसी नै थिए अनि म मेरै विल्कुल केही श्रोतको आम्दानी जसको लागि गोडा फैलाउँथे । साथिसंगि आफ्नै लागि हुन जस्तो लाग्थ्यो । १६÷१७ को जीन्दगी । ...

आज मजदुर दिवस मे १

मानिस त्यसै पनि स्वतन्त्र प्राणी । समाजमा स्वतन्त्र जिवन जिउनु संविधान त कार्यान्वयन हुने विषय हो । मानिस स्वस्थ्य हुनु , शिक्षा मैत्री हुनु, आवासको ग्यारेण्टी हुनु र कुनै काम प्रतिको आधारभूत ज्ञान हुनु उसको मानसिकतामा नयाँ विचारको आभास हो ।      आज मजदुर दिवस मे १, “संसारका मजदुर एक हौं” भनि कार्ल माक्र्स र फेडरिच एन्जल्सकोे कम्युनिष्ट घोषणापत्रमा उद्वरीत नाराले आज पनि उत्तिकै महत्व बोकेको छ । १३० औं मजदुर दिवस आज नेपालमा पनि भव्य रुपले मनाइने नै छ । तर मजदुर हक, र हित सम्बन्धि धारणा मानिसमा नहुँदा आज पनि लाखौं मजदुर श्रममा त पिल्सीएका छन् तर उनीहरुले पाउने श्रम अनुसारको ज्याला नपाउँदा उनीहरुको शारिरीक तथा मानसिक स्वास्थ्यमा सहजता नपाएको अनुभव अझै छ । समाजमा मानिस बाच्न उसले कुनै न कुनै कार्य गर्नै पर्छ श्रम प्रतिको साझेदारीको भागेदार बन्नु मानिसको आवश्यकता हो । मानिस जीवनरत कामबाट उम्किन सक्दैन । हिन्दु दर्शनशास्त्र गीतामा पनि भगवाद कृष्णले अर्जुनलाई दर्शन बोध गराउँदा कर्मको उदाहरण दिँदै मानिस पौराणिक रुपमा कर्मयोगी नै रहेको बताउनु भयो । ढुँङ्गे युग, दास युग, पुजी...

विकास, राजनीति, नैतिकता र सफलता

विकास, राजनीति, नैतिकता र सफलतायस्ता पर्यायवाची आधारभूत शब्द हुन जसको परिभाषा केलाउने खड्को हामी सबैलाई छ । विकास मानव सभ्यतामा जब उदारवादको प्रश्रय भयो त्यही दिन देखि चाहे त्यो प्रजातन्त्रमा नै होस वा समाजमादमा चरम प्रयोगको कार्याशाला बन्दै आयो । जनताद्वारा, जनताको लागी र जनताले नै गर्ने शासन भनि विकासको उठान त मत माग्ने नेताले उठाए । तद अनुरुप मोटरबाटो, संञ्चार, प्रविधिमा त विकास भयो । जनताको आधारभूत विषय स्वास्थ्य, शिक्षा र आवासमा पनि संकुचित विकास भयो । संकुचित यस मानेमा दुर दराजमा स्वास्थ्य र शिक्षाबाट लाभान्वित जनता अझै मर्कामा परेका छन् । राजनीतिक रुप जे भए नि जनताका विकासका मूद्वा भाषणमा सिमित छन् । कार्यान्वयनको हिसाबमा नीति नियम र दिगो अर्थनितीको अभावमा नियम राजनीति तरलतामा हाम्रो समाजमा गढेको छ । पार्टी नीतिले जनताको घरमा चुल्हो नभई तरकारीको मरमशला मात्र बनेको छ । यदी सही र जनतामुखी आवाज दिगो अर्थनिती र हाम्रा श्रदेय नेताका मुखवाणी भइदिने हो भने आज आम समुदाय र बरोजगारीमा डुब्दैनथे होलान १ हाम्रो देशको ग्राहस्थ उत्पादन, कुल आयव्यय, बाल मृत्युदर, औषत आयु, विकासको वृद्वि द...

Friday Chaitra 29, 2075

आज शुक्रबार, मलाई संसोधनवाद के होला भन्ने प्रश्नले कुत्कुत्याइरहेको छ । संसोधनवाद भनेको विचारमाथि गरिने संसोधन हो । आफैं भित्र प्रश्न गर्दा वाक्क भएको छु । रिमाल जी लाई सोद्दा वहाँ अनविज्ञ रहेको बताउनुहुन्छ । आज रिमालजीले माछा तन्दुरी ख्वाछु भनि चिकेन नान ल्याउनु भएछ तर के सँधै जस्तो चिकेन नै खानुपर्छ भन्ने वाद नै संसोधनवाद हो । म पक्कै साथीहरु सँग वार्तालाप गर्छु अनि त्यसको विश्लेषण हुन्छ कि त ! मैले हिजो वीर अस्पतालमा वाहिर प्राङ्गणमा वसी टिकट काटेँ । डाक्टरसाबले पूर्जीमा औषधी लेखि दिए ग्यास्ट्रिकको दबाइ र वी कम्प्लेक्स त सजिलै पाइयो तर एउटा औषधीको लागि अस्पतालको लेटरप्याड र डाक्टरको सही छाप नै चाहिँदो रहेछ । दश रुपैयाँमा केही पत्ता खाएपछि अलि राहत मिलेको छ । संसोधनवाद सम्बन्धि अंग्रेजी किताब त छ कसरी पाना पल्टाउँ । चिसो किचनमा समाजवादका पाना पल्टाउँदा विरामी परेको कुरा सम्झन्छु अत्यासलाग्छ आफ्नै सुत्ने खाटमाथि । भाँडा मस्काउन पानी नहुने अनि राती फोहोर सँगै बस्नुपर्ने बाध्यता अस्पताल गएर आइसकेपछि अत्यास लाग्छ । थर्मसमा तातोपनी सार्दै पढ्दै गर्न त मज्जा लाग्छ । परिक्षाका दिन एउ...