Posts

Steps

when you walk on the way to go you feel ashamed coz you are innocence when you walk you you feel afraid you may exhausted of faces when you walk you feel fatigue you may have never walked... Today I walked more steps I feel relaxed coz its long before I walked
 ऐना, बन्द कोठा अनि क्षितिज २०७१ साल फागून  १६, वेजोडले पानी पर्दैछ कोठा बाहिर । आज पनि मन तन त्यही छ तर आफू आज विस्तरामा छुइन । कठ्यांिग्रदा दिन गए पनि आजको चिसोले पक्कै हल्का शरिरलाई स्फूर्ति बढाइदिएको छ । विचार आज पनि नौला छन  । तर विचारका आयाम र सोच हिजोको जस्तै जुर्मुराएका छन् । खानकी पुगेकै छ । दुई छाक खान लाउन पुगेको छ । काम त्यही छ दै छ टाइपिंग अझ विशिष्ट भाषामा भनौ भने क्तभलयनचबउजभच को ।        यसो सोचेँ राजनीतिसँग नजिकबाट नटासिए पनि टाढा नजिकका राजनीतिक तरंगहरु घनिभूत रुपले देख्न सुन्न पाइन्छ । वास्तवामा के हो ? राजनीति । समाजमा नयाँ विचार होस अनि नयाँ परिवर्तन होस अनि नयाँ नयाँ अविस्कार के त्यही हो राजनीति ? मेरो ज्ञानमा केही घुस्दैन न मलाई हिसाव आउँछ, न कुनै सुत्र नै । विज्ञानले संसारलाई नयाँ उचाईमा पुर्याएको छ । तर मेरो मन मस्तिष्कमा जेरो फिगरको कालो सन्त्रास छ ।     संसारले अमेरिकालाई साम्राज्यवादी, चिनलाई फाँसीवादी, भारतलाई विस्तारवादी, मुस्लीम देशलाई उग्रवादी, रुसलाई विस्तारवादी अनि युरोपलाई संकिर्ण सोच भएका वस्तुव...
                                         अनिश्चित गन्तब्य          मैले विरगंज नै जाने अठोट गरेँ । कसैको अपसोच थियो त घरको बुढी कै ? मीठो मसिनो चामल अनि उनको माया । राति सिमसिमे पानी पर्दै थियो ? कलंकीबाट विरगंज त्यही नौ दश घण्टाको रफतार । फेरी हतासको यात्रा विरानो, कताको मोड हो अत्तो न पत्तो । जेसुकै होस घुमौ न त । काउन्टरमा गफगाफ गरिदैं थियो एउटी युवतिसंग परिचय भयो । उनको रुप, कलिलो काक्रो जस्तै । बोल्न संकोच मानी मानी बोलँे । उनको नाम रहेछ मनिषा । रहिछिन इलामेलि, जान लागेकी धरान । खाजाको अफर राखु भनेको, उनले खाजा खाइसकेकी रहिछिन् । उनको चक्षु मृगनयनी । अनुहार गहुँगोरो चेप्टो परेको अनुहार । मलाई कुनी के को हावा लाग्यो म त्यसै उनीसंग मोहित भएँ । यात्रा अनेक हुन्छन् । वियोग, संयोग, विछोड, मिलन, तृष्णा, क्षितिजको । यस्तै यस्तै यात्रा त क्षितिज कै भ...
विचार र संदेश पयार्यवाची शब्द हुन् । अन्तरंग, परस्पर कुराकानी वा भाषण सबै अन्र्तनिहित धारणा हुन भन्दा गाह्रो हुन्छ । साहित्य श्रृजना हो । वाक्यका चाल अनि त्यस माथिको विवेचना र प्रस्फूटन हुने मानवीय संवेदना बुझ्न गाह्रो हुन्छ शव्दका भावहरु किल्ष्ट नहुँदा ।     कविता,लेख, कथा, नाटक, पुष्तकमा समेटिएका कुरा ग्रहण गर्न र त्यसमा समाहित भई यथार्थमा ढाल्न अत्युक्ति नहोला । मैले दन्ते कथाहरु सुनेथे र पहिलो  कविता लेखेथेँ । भोजबहादुर । साहित्य र श्रृजना अन्तरंगबाट प्रकट हुने व्यंगविनोद हुन् । रातारात जसरी कोही माथी पुग्दैन । त्यसरी नै शाहित्यमा म दिग्गज छु भनी कसैले भन्दैन ।     शाहित्यकारहरु थुप्रै छन् जो अटल प्रयासबाट धेरै समयपछि माथि पुगेका छन् ।
साम्यवादी सपनामा नेपाली क्रान्ति कम्युनिष्ट सिदान्तको प्रतिपादन मा कार्ल माक्र्स र फ्रेडरिच एन्जलसले १८४८  मा गरेका हुन । जुन रुपमा नेपालमा साम्यवाद लादिन  खोजियो त्यसले हजारौं मान्छे घरवार विहिन हुन पुगे, लाखौं मानिस अपाँग भए अनगिन्ती मानिस सम्पति विहिन भए, लाखौं मानिस आफन्तबाट टाढिन पुगे र लाखौं मानिस विदेश पलायन भए ।     मानव इतिहास वर्ग संघर्षको इतिहास हो ।  अफ्रिकामा जसरी सामान्य मानिसलाई कोक्रोचको संज्ञा दिँदै बन्दुकले भुट्ने गरिन्थ्यो त्यसरी नै युदका नाइकेले कसैलाई छोडेन् । विशाल पार्टी बनाउन केटाकेटीलाइ दिउँसै अपहरण गरी ग्रामिण क्षेत्रबाट युदमा लगिन्थ्यो । त कसैलाई राती ओछ्यानमा सुतेका बेला नकाबधारीले अपहरण गर्ने गरेको पाइयो ।     नेपाल एक्काइसौं शताब्दीमा कुइरोको काग बनेको छ, नेपाललाई नयाँ नेपाल बनाउनु छ,  रोजगारीको अभाव छ,  हाम्रो पार्टीमा प्रवेश गर तिमीहरुको घरबार पार्टीलाई सुम्पियौ । तिम्रा घरमा पढ्ने छोरा छोरीलाई हाम्रा लडाकु बनावो, हामी तिमेरलाई गरिबीको खाल्डोबाट छिचोल्दै नयाँ नेपाल दिनेछौं हाम्रो अभियानमा साथ दियौ...

मसान घाटमा परेको किरण

मसान घाटमा परेको किरण एउटा कोपिला जब फक्रिन्छे अनि चुडिन्छे एउटा पुष्पा जब हुर्किन्छे अनि झर्छे हरेक समयमा मासानघाटमा त्यस्तै नयाँ नयाँ मानिसको लास पनि पोलिन्छ । अघोरिबाबालाई त्यो लास सुँघन कति मज्जा आउँदो हो । ६ महिना पछि विस्तारबाट उठेर त्यही मसानघाटमा जान्थे र भिँड हेर्थे । गहिरो निन्द्रामा परेको मलाई गोली पड्काए पनि घैरो आदत भैसकेको थियो । आवाज सुन्दा सुन्दा वाक्क दिक्क लागेको मलाई आफ्नो अस्तित्ववोधको मात्र विलौना थियो । त्यसैले एक धुँवा र त्यही मसानघाट परतिरको शिवालयको दृश्वालोकन गर्दै पुनः कोठमा फर्किएँ ।

म हराएँ कता कता

म हराएँ कता कता  उनकै लागी हराएँ होला ।  अवाक मेरा आवाजहरु पछ्याउन म सक्दिन कानो वैह्रो मै हुँला ।  अपत्यारिलो वनको चोइटो मै हुँला । जुन तारा हेर्दै लठ्टिने मै होला । एक्टिङ नजान्ने पाखे वैदार मै हुँला ।  मेरा रोदन कस्का लागि,  मेरा प्रतिबिम्ब उनका लागि कि सबै म ति हुँला ?  अविरल वग्दछ इन्द्रावती  अनि अविरल वग्दछ वाग्मति कोशिकै किनारा सर्पै सर्पका छाला वगाउँन शंख ध्वनी गरे साधुहरुले । सन्तहरुले मुरली फुके । गएन तुवाँलोे । राम काशी गए । विष्णु गए लंका । इन्द्रले अप्सराको मोहनी लाए चारै द्वार । अग्नि देवले वेगले हावा चलाए ।  नन्दीले भिरङ्गी बोलाइ लावालस्कर लाए । प्राण पाएनन कसैले । यो कुम्भ मेला अन्त्य कसरी भो आश्चर्य । ज्वार भाटा १६÷१७ को प्रश्न अनेकन थिए भवि प्रतिको संवोधन जानी नजानी भूलोकको अरानी भन्दा प्यारी सान्नानी सुत्रीको डोरीबाट बनेको भविक्ष्यको दरबाजा। पर्दा आगे र पछाडीको कहानी । घर रामै्र थियो जहान ती राम्रै थिइ। कायापलट थियो संसार हे दैव । राइफल समाउने हातले कसरी समाएछ कलम । क्र...