म हराएँ कता कता
म हराएँ कता कता उनकै लागी हराएँ होला । अवाक मेरा आवाजहरु पछ्याउन म सक्दिन कानो वैह्रो मै हुँला । अपत्यारिलो वनको चोइटो मै हुँला । जुन तारा हेर्दै लठ्टिने मै होला । एक्टिङ नजान्ने पाखे वैदार मै हुँला । मेरा रोदन कस्का लागि, मेरा प्रतिबिम्ब उनका लागि कि सबै म ति हुँला ? अविरल वग्दछ इन्द्रावती अनि अविरल वग्दछ वाग्मति कोशिकै किनारा सर्पै सर्पका छाला वगाउँन शंख ध्वनी गरे साधुहरुले । सन्तहरुले मुरली फुके । गएन तुवाँलोे । राम काशी गए । विष्णु गए लंका । इन्द्रले अप्सराको मोहनी लाए चारै द्वार । अग्नि देवले वेगले हावा चलाए । नन्दीले भिरङ्गी बोलाइ लावालस्कर लाए । प्राण पाएनन कसैले । यो कुम्भ मेला अन्त्य कसरी भो आश्चर्य । ज्वार भाटा १६÷१७ को प्रश्न अनेकन थिए भवि प्रतिको संवोधन जानी नजानी भूलोकको अरानी भन्दा प्यारी सान्नानी सुत्रीको डोरीबाट बनेको भविक्ष्यको दरबाजा। पर्दा आगे र पछाडीको कहानी । घर रामै्र थियो जहान ती राम्रै थिइ। कायापलट थियो संसार हे दैव । राइफल समाउने हातले कसरी समाएछ कलम । क्र...