Skip to main content

Posts

जिम्मेवारी वा अपनत्व

     काठमाडौं । गगन थापा नेतृत्व नेपाली  काङ्ग्रेसको चुनावी सरगम सेलाउन नपाउँदै आंशिक सदस्यहरुमा जिम्मेवारीहरुको लस्कर लागेको छ । पहिले त महाधिवेशनमा के नाराको सम्भावना हुने लोकोत्ती नै तयार भएको थिएन । बल्ल बल्ल सकसका बीच लोकतान्त्रिक समाजवादको नारा मञ्चमा घन्कियो । जेनजी विद्रोहसंगै धुवाँ र आगोको लप्काले पुत्पुतिएको नविन काङ्गेसमा हौसलाको मात रह्यो ।      उता पूर्व प्रधानमन्त्री तथा पूर्व सभापति शेर बहादुर देउवा र धर्मपत्नी आरजु देउवा माथि घरै स्वाहा पारेर सांघातिक आक्रमणले विचलित पार्टी यूवा पंक्तिलाई आन्दोलनको लप्काले विचरण गर्न वाध्य तुल्यायो । उनीहरुले इतिहास पर कुनै निस्सा देखे भने त्यो हो पार्टीको वैधानिकता माथिको प्रश्न !      मानिलियौं एक ज्वारभाटा आँउदै छ, कलिला नौ जवानका लात्ते भकूण्डो र सुम्सुम्याईले अलिकती विसर्जनबाद तर्फ दाईँ गर्न मिल्छ र पार्टी भित्र रहीरहन हारगुहार हुनेछ ।      ठ्याक्कै यही व्यगं विनोदले एकीकृत नेपाली काङ्ग्रेस चोइटियो । राष्ट्रको दुर्गामी र हिमायती शक्तिलाई विभाजीत तुल्यायो ।   ...

आय व्ययको कर प्रणालीको सप्ताहव्यापी प्रशिक्षण शुरु

काठमाडौं । आज मंसिर १ गते राष्ट्रिय कर दिवस ।         मानिसमा आर्थिक आयको बाटो आम्दानीजनक व्यवसाय र उद्योगको परिमार्जनले समावेश गरिदिन्छ । हरेक राष्ट्रमा कर तिर्ने प्रणालीको अभिभारा राष्ट्रले लिएको हुन्छ । विभिन्न नियम तथा कानूनले नीजि उद्योग, व्यवसाय र आर्थिक लाभांसहरुलाई कर नीतिमा समावेश गरेको हुन्छ ।       नेपालमा पनि विभिन्न कार्यक्रमहरु आयोजना गरि विशेष कर दिवस मनाइयो । आर्थिक, सामाजिक, र साँस्कृतिक जनचेतना र जनजीविकाको सवालमा करको छुट्टै स्थान रहेको बताइन्छ । नेपाली जनमानसको जीवनशैलीमा करको आम्दानीबाट संञ्चालित सरकार र प्रतिष्ठानहरु को कार्यक्षमतामा प्रत्यक्ष वा परोक्ष रुपमा राजश्वको प्रभाव सान्दर्भिक हुने गर्दछ ।       राष्ट्रिय कर दिवसको अवसरमा आर्थिक करको दायराको विस्तार, डिजिटल करको प्रयोजन तथा प्राविधिक प्रणालीमा राजस्वको मूल्याङ्कन आवश्यक पर्छ ।      यसै प्रकृयामा आन्तरिक राजस्व विभागले  आन्तरिक कर योगदान गर्ने १९ व्यवसायीलाई पुरस्कृति गरेको छ ।      यसै हप्ता ‘कर न्याय र सुश...

नेपाली काङ्ग्रेसको नीति जनमतको विश्वासमा आधारित

काठमाडौं ।  नेपाली काङ्ग्रेसको इतिहास सदैव निष्ठाको राजनीति रहेको तर्क  पूर्व प्रधानमन्त्री एवं नेपाली नेपाली काङ्ग्रेसका पूर्व सभापति शेरवहादुर देउवाले गरेका छन् । ललितपुरको १५ औं नियमित जिल्ला अधिवेशनलाई संबोधन गर्दै उनले आफूमा पद र वरिष्ठताको मोह त्यती नरहेको तर आफू परायणता वादी समेत नरहेको बताए । उनले नेपाली कांग्रेस भित्रको राजनीति धारहरु विभाजित हुन नहुने र भविष्यमा पार्टी महाधिवेशनले नेपाली जनतामाझ नयाँ सौगात छोड्ने बताएका छन् । उनले आफ्नो पार्टी जनताको त्याग र पसिनाबाट श्रृजित भएको कारण एकिकृत पार्टीको बाटोमा अग्रसर रहेको  कारण जे गर्ने त्यो महाधिवेशनले नै तय गर्ने पनि बताए । महालक्ष्मीस्थानमा भएको कार्यक्रममा कांग्रेस नेता मदनबहादुर अमात्य, राष्ट्रियसभा सदस्य जीतजङ्ग बस्नेत, बागमती प्रदेशका पूर्वमन्त्री उर्मिला केसी नेपाल र निवर्तमान क्षेत्रीय सभापति महेश्वर थापा सहभागी थिए ।

तिर्थालुहरु माझ छठको रौनकता

काठमाडौं । हिन्दु धर्मावलम्वीहरुको महान् चाड छठको पूजाको लागी गौरीघाट र कमलपोखरी स्थीत घाटहरु सरसफाइ गरिएको छ ।  विशेषत भोली आइतबार र पर्सी सोमबार भगवान सूर्यलाई अर्घ दिने र छठीमाईको पूजा अर्चना गर्ने विशेष कार्यक्रम वर्तालुहरुको रहि आएको छ । निराहार वर्त वसी पूजा अर्चना विधिवत सकिएपछि भगवानलाई उखु, केरा,मेवा, सुन्तला, नैवेद आदी पूजा सामाग्रीहरुको भोग लिने परम्परा रहेको छ । देश विदेशमा रहेका आफन्तजन विशेषत छठ कै लागी भनेर स्वदेशमा आइ सरिक हुने परम्परा पनि रहेको छ । हिन्दु धार्मिक ग्रन्थ महाभारतमा पाण्डवहरु गुप्तवास रहेको वेला सूर्य भगवानलाई नमन गरेको इतिहास पौराणिक ग्रन्थमा स्थापित रहेको तथ्य पनि छठको पुनःस्थापित मान्यता रहिआएको इतिहासमा संरक्षित छ । मौलिक परम्परा अनुसार नदी, ताल, तलैयामा वत्र पछिको स्नान र सौर्य दर्शनले समस्त वर्तालुहरुमा पाप मोचन हुने विश्वास रहेको बताइन्छ ।

मधेसमा शनिवार मुख्य मन्त्रीको पदबाट यादवले दिए राजीनामा

काठमाडौ । मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले सांसदमा  अंक गणित नमिल्दा आफ्नो राजीनामा टक्र्याएका छन् । संसदीय दल नेपाली काङ्ग्रसबाट राजनीतिमा हाम फालेका उनले आफ्ना सह पार्टीहरु नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टीबाट आवश्यक मत नपाउँदा राजीनामा दिन बाध्य भएको बुझिएको छ । यसैबीच मधेस प्रदेशका प्रमुख सुरेन्द्रलाभ कर्णद्वारा मुख्यमन्त्री पदको उम्मेदवारको लागि मंसिर ४ गतेसम्म उम्मेदवारीको लागि दर्ता मनोनयनको लागि आव्हान गरिएको छ ।

राष्ट्रपतिद्वारा सवोच्चका न्यायधिसहरुको नियुक्ति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलबाट सर्वोच्च अदालतका पदभारका लागि ४ न्यायधिसको पदावली नियुक्ति भएको बताइएको छ । नेपालको संविधानको धारा १२९ को उपधारा २० बमोजिम न्यायपरिषदको सिफारिसमा उक्त पदहरुको नियुक्ति भएको भनिएको छ । नवनियुक्त पदमा सिफारिस भएका न्यायाधिसहरुको नामाकरण अनुसार डा. रत्न बहादुर बागचन्द, चन्द्र बहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगी रहेको छ ।

सुनमा भारी गिरावट तोलामा १२,६०० को उतार चढाव

काठमाडौं । नेपालीहरुको महान चाडपर्वहरु दशैं र शुभ–दिपावलीको विदाइ सँगै द्रव्य तथा धातुहरुको भाउ ओरालो लागेको छ । नेपाली सुनको बजारमा चाँडपर्व पछि भारी गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी संघको अनुसार तोलामा १२,६०० रुपैयाँले घटेको बताइएको हो । यहि कार्तिक अन्त्य तिर सुनको मूल्य प्रति तोला २ लाख ८४००० ३ सय  आसपासमा पुगकोे थियो । सुनमा भएको भारी गिरावटले यसको प्रति तोला भाउ २ लाख ७१ हजार ७०० कायम गराएको नेपाल सुनचाँदी व्यवसाय संघले बताएको छ । यस्तै चाँदीको भाउ पनि घटेर ३ हजार ८५५ भएको बताइएको छ ।