भ्रष्ट राजनीतको अन्त्य
भ्रष्ट राजनीतको अन्त्य शुक्रबार काठमाडौंको तापक्रम २.४ डि.ग्री मापन गरिएको थियो । एक विहान आज उठ्दा ठिङ्गुर्याउँदो जाडो रह्यो । दिनहुँ ढिलो उठ्ने बानी परिसकेको छ । पत्रपत्रिका त्यत्ति किनेर पढिँदैन सवै सामाजिक सञ्जाल इन्टरनेटमा पाइहाल्छ । जीवन एक संघर्ष हो । यसअर्थमा यो पारिपारिक मायामोह पनि हो । पहिले त एक तनाव जस्तो लाग्ने गर्थो । तर वानी परिसकेको छ । पारिवारीक श्रोत र वाँकि वचेका रहलपहल । समाजमा नाक देखाउन मानिसले कर्म गर्नुपर्छ । चाहे ठूलो होस या सानो चाहे झिनो आशा नै किन नहोस केही आय मूलक त हुनैपर्छ । त्यपछि मात्र अनुराग पाइन्छ । वितेको दिन सम्झन्छु एक अँध्योरो कोठा, बन्द पर्दा अनि टेलिभिजन अनि दिनहुँको खानेकुरा । त्यसबेला केही काम चाँही गरिन्नथ्यो । मानिसको बोली पनि चित्कार जस्तो लाग्न थालि सकेको थियो । किनकी परस्पर बोली कसैसँग हुँदैनथ्यो केवल टेलिभिजनको स्वयम् दर्शन । समाचार, राजनीति, चिन्तन अनि राजधानीमा उड्ने हवाइजहाजका आवाज मात्र । लाग्दथ्यो प्लेनका निश्चत समय र सिमामा यसले उडान पक्कै मार्दैन । मेरो भोजन, टि.भि.का रिमोटबाट संचालित परिदृश्यले उडान भरिएको जस्तो चाल ...