Posts

१५ औं महाधिवेशन २०७३ सालको बैशाख अन्तिम साता हुने

Image
 नेपाली काङ्ग्रेसको १५ औं महाधिवेशन २०७३ सालको बैशाख अन्तिम साता हुने बताइएको छ । शुक्रबार कार्यबाहक सभापति पूर्ण बहादुर खड्काले स्वयमं वैशाख २८,२९,३० र ३१ गते महाधिवेशन गर्ने भनेर नीति समायोजन गरेर केन्द्रिय कार्यालय बिपि स्मृति प्रतिष्ठानमा वैठक पारित भएको थियो । महाधिवेशन अवधि भर वडा, गाउँ–नगर पालिका अधिवेशन, प्रतिनिधि सभा क्षेत्रिय अधिवेशन, जिल्ला अधिवेशन, प्रदेश अविेशन हुँदै केन्द्रिय अधिवेशन हुने पार्टी कार्यलय समितिले जनाएको छ । महामन्त्री गगन थापाको आफ्नो मतः महामन्त्री गगनकुमार थापाले पुस अन्तिम भित्र विशेष महाधिवेशन जसरी पनि हुने ठोकुवा गरेका छन् । उनले काङ्ग्रेसको विधानको घारा १७(२) बमोजिम ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले खुला प्रतिष्पर्धा गर्न इच्छुक हुने तर्क व्यक्त गरेका छन् भने अन्य व्यवहारिक प्रयोजन गरेर पार्टीलाई सुमधुर बाटोमा लान सकिने बताएका छन् । दलले कार्यकर्ताको भावना  अनुरुप काम गर्ने र पार्टीको महाधिवेशन लम्व्याउन नहुने तर्क थापाले राखेका थिए । उनले फागुन २१ को निर्वाचनमा पार्टी सामेल हुनपर्ने कारण सदस्यता नविकरण गर्नु पर्ने यावत समस्या भएको हुँदा पार्ट...

ताप्लेजुङ्को आसपास केन्द्रविन्दु भएर भूकम्प

Image
ताप्लेजुङ् । ताप्लेजुङ्को आसपास केन्द्रविन्दु भएर भूकम्प गएको बताइएको छ । आज बिहान ६ः३१ मा फलैंचा आसपास भएर गएको ४.६ रेक्टर स्केलको भूकम्पको विवरण आउन बाँकी रहेको बताइएको छ ।

बुद्व एयरको विमान रनवे बाट चिप्लीएर दुर्घटना

Image
भद्रपुर । शुक्रबार राती  बुद्व एयरको विमान रनवे बाट चिप्लीएर दुर्घटनामा परेको छ । यद्यपी केही सामान्य चोटपटक बाहेक चालकदलका सदस्य र यात्रुहरु सकुसल रहेको जानकारीमा आएको छ ।  काठमाडौं– भद्रपुरको ९०१ नम्बरको जहाज मा ५१ यात्रु रहको बताइएको छ । शुक्रबार राती ८ः३० बजे जहाज दुर्घटनामा परेको थियो जहाज कसरी रनवे बाट चिप्लियो भन्ने कारणको खोजी भइरहेको अधिकारीहरुले बताएका छन् ।   राति भद्रपुर बसेर शनिबार बिहान पहिलो उडानमा काठमाडौं फर्किने जहाजको तालिका थियो ।

काठमाडौंमा सार्वधिक चिसो मापन

Image
मंगलबार । काठमाडौंको मौसम आज वर्षको सार्वधिक जाडो रहेको मापन गरिएको बताइएको छ । जल तथा मौसम विभागको अनुसार काठमाडौंको आजको न्यूनतप तापक्रम ४.८ डिग्री रहेको बताइएको छ । विभागका अनुसार देशका हिमाली भागमा हिमपात रहेको र तराईका केही स्थानमा शितलहर परेको पनि बताइएको छ । देशका कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानमा विरलै पानी पर्ने मौसम विभागले जानकारी दिएको छ । आजको जुम्लाको न्यूनतम तापक्रम ४.५ डिग्री रहेको र हिजोको काठमाडौंको न्यूनतम् तापक्रम १२ डिग्री रहेको मापन गरिएको थियो ।

सुनको मुल्यमा गिरावट

Image
नेपाली बजारमा छापावाला सुन प्रति तोलामा  ७ हजार ९०० रुपैयाँले घटेको छ । हिजो मात्र सुनको मूल्य नेपाल सुनचाँदी व्यवसायी संघले २,७०००० कायम गरेको थियो । आज चाँदीको मूल्य ४,५९० रुपैयाँ रहेको छ । विगत केही महिनामा सुन र चाँदीको मूल्यमा बढ्ने क्रम रोकिएको थिएन । 

निर्वाचनमा प्रधानमन्त्रीको सक्रियता

Image
दिगो शान्ति र लोकतन्त्रको लागि निर्वाचन अपरिहार्य रहेको प्रधानमन्त्री शुशिला कार्कीले बताएकी छिन् । राष्ट्र, राष्ट्रियता,धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका अभियन्ता दुर्गा प्रसाईसँगको भेटमा उनले आफ्नो प्रस्ताव राखेकी हुन् । अभियन्ताका कैंयौ माग प्रति सरकारले जवाफदेहिता गर्नु पर्ने भएकोले सरकार गृहकार्यमा जुटिसकेको उद्घोष गरेकी थिइन् । सरकारको शान्त तथा समकक्षी हिसाबमा फागून २१ मा निर्वाचन सम्पन्न गर्ने अभिलाषा रहेको मनोकांक्षा गरेकी थिइन । त्यस्तै अशान्त वातावरणमा प्रतिनिधि सभाको निर्वाचन नहुने तर्क गर्दै निर्वाचनलाई खलल नगर्ने वातावरण मिलाउन अभियन्तालाई सुझाव दिएकी थिइन् । निर्वाचन आजको साझा रुप हो आजको अवस्थासम्म आइपुग्न निकै सकस परेको र सवै राजनीतिक दललाई निर्वाचनमा तदारुक्ताका साथ होमिन आग्रह गरेकी थिइन् ।

आफूहरु जसरी पनि निर्वाचनमा जानेः उपेन्द्र यादव

Image
जनता समाजवादी पार्टी का अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनका मुद्वा उठाउन थालेका छन् । मधेसी, जनजाति, अल्पसंख्यक मुद्वामा कमीकमजोरी रहेका कारण बेला बेलामा आफ्नो पार्टीले आन्दोलन गर्दै आएको उनको स्पष्टोक्ति रहेको थियो । सुशासन र भ्रष्टाचार राष्ट्रभरी मौलाइरहेको र आफूहरु पनि जेनजीको मुद्वामा अग्रसर रहेको उनको भनाइ रहेको थियो । मधेस आन्दोलनको बलबाट प्राप्त संघीयता, लोकतन्त्र लगायतका उपलब्धि गुम्ने भएकोले आफ्नो पार्टी फागून २१ को निर्वाचनमा  जसरी नि जाने उनको राय रहेको थियो ।