www.smoonsharma.blogspot.com

Thursday, January 15, 2026

२०५८ काण्ड काङ्ग्रेसमा दोहोरीयो काङ्ग्रेस फूटको संघारमा


अन्ततः विशेष काङ्ग्रेस महाधिवेशनले सभापतिमा गगन थापासहित १३ पदाधिकारी र १ सय २१ केन्द्रिय सदस्य निर्वाचित गरेको छ ।

उता संस्थापन इतर देउवा पक्षीय कांग्रेस केन्द्रीय कार्यसमितिले भने महामन्त्रीद्वय गगन थापा र विश्व प्रकाश शर्मालाई कारबाहीको दायरामा ल्याएको छ ।

 वि.सं २०५८ सालमा प्रधानमन्त्रीको प्रतिष्पर्धात्मक रहस्यमा कांग्रेस पार्टी, स्वर्गीय प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला र नेपाली कांग्रेस प्रजातान्त्रिकको अध्यक्षको रुपमा शेर बहादुर देउवाको प्रतिनिधित्व गर्दै दुई भागमा पार्टी फुटेको थियो ।
यसै विच विशेष महाधिवेशनले नेपाली काङ्ग्रेसलाई फूटको संघारमा ल्याएको छ ।


पार्टीको हेड कमाण्डले महामन्त्रीद्वय लाई पाँच वर्ष सम्म साधारण सदस्य नरहने गरी निष्काशन गरेको बताएको छ भने उता विशेष महाधिवेशनमा गएका शुभेछुक्कहरुलाई फर्कन निर्देश पनि गरेको थियो ।


Wednesday, January 14, 2026

भ्रष्ट राजनीतको अन्त्य

 भ्रष्ट राजनीतको अन्त्य

शुक्रबार काठमाडौंको तापक्रम २.४ डि.ग्री मापन गरिएको थियो  । एक विहान आज उठ्दा ठिङ्गुर्याउँदो जाडो रह्यो । दिनहुँ ढिलो उठ्ने बानी परिसकेको छ । पत्रपत्रिका त्यत्ति किनेर पढिँदैन सवै सामाजिक सञ्जाल इन्टरनेटमा पाइहाल्छ ।

जीवन एक संघर्ष हो । यसअर्थमा यो पारिपारिक मायामोह पनि हो । पहिले त एक तनाव जस्तो लाग्ने गर्थो । तर वानी परिसकेको छ । पारिवारीक श्रोत र वाँकि वचेका रहलपहल ।

समाजमा नाक देखाउन मानिसले कर्म गर्नुपर्छ । चाहे ठूलो होस या सानो चाहे झिनो आशा नै किन नहोस केही आय मूलक त हुनैपर्छ । त्यपछि मात्र अनुराग पाइन्छ ।

वितेको दिन सम्झन्छु एक अँध्योरो कोठा, बन्द पर्दा अनि टेलिभिजन अनि दिनहुँको खानेकुरा ।
त्यसबेला केही काम चाँही गरिन्नथ्यो । मानिसको बोली पनि चित्कार जस्तो लाग्न थालि सकेको थियो । किनकी परस्पर बोली कसैसँग हुँदैनथ्यो केवल टेलिभिजनको स्वयम् दर्शन ।

समाचार, राजनीति, चिन्तन अनि राजधानीमा उड्ने हवाइजहाजका आवाज मात्र
। लाग्दथ्यो प्लेनका निश्चत समय र सिमामा यसले उडान पक्कै मार्दैन । मेरो भोजन, टि.भि.का रिमोटबाट संचालित परिदृश्यले उडान भरिएको जस्तो चाल ।

धेरै जस्तो विदेशी च्यानल बिबिसी हेर्ने गर्थे अनि रिमोटले कान्तिपुर टि.भि. थिच्थे स्वाट् हवाइजहाज उडिहाल्थे कस्तो अचम्म !

के म लण्डन पुँगे जस्तो महशुस हुन्थ्यो । जब म फ्लाटबाट वर्षौ पछि बाहिर पुगें त्यतिखेर ठमेल गएँ अनिमात्र ताहा पाएँ विदेशीको जिल्ली र मान्छे उडाउने बोली ।

विद्यार्थी कानमा मैले एक कुशल पत्रकारको छवीको रुपमा आफूलाई प्रस्तुत हुने अड्कल बाजी मारेको थिएँ ।
कुनै टेलिभिजनको पर्दामा न्यूज रिपोर्टरको आवधिक रुपमा केही महिना काम गरेँ र निस्कासित पनि भएँ ।
पत्रकारिता माथि आघात भएको म मा अविशाद प¥यो । चिकित्सकको सल्लाहमा ममा होम हस्पाइसको सल्लाह भयो ।

तर चर्को सम्वेदना आँफैमाथी देशमा राजनीतिक सक्रमणता पनि होमिएको थियो । राजनीतिक तरलता थिएन । युद्वबाट जगजाहेर भएको देशमा म पनि विच्छिप्त भइन तर मानसिक  युद्व को   भइयो ।

आज राजनीतिक माहोल फेरिएको छ  चिन्तित नभएपनि भर्खर जेनजी आन्दोलन सकिएको छ देशले खर्बौको भौतिक क्षति व्यहोरेको छ । थुप्रै यूवाले ज्यान गुमाएका छन् । अनिन्द्रा र सिद्वान्तको निसानी अब नयाँ आउने राजनीतिक दलको भारमा परेको छ ।
 
वस्तुगत रुपमा यथार्थलाई सागर्भित तुल्याउँदै २०८२ साल फागून २१ को  निर्वाचनमा हुनु उनीहरुको तार रहेको छ ।

केही एक्लो र निशब्द हुँदा पनि वैचारिक हिसाबले आज म स्वतन्त्र नै छु । पार्टीको हिसाबमा स्वतन्त्र हुनु नैसर्गिक अधिकार पनि हो । त्यसै पत्रकारलाई स्वतन्त्र हुन चुनौति नै कसले दिनुपर्ला ।

समाजवादी, प्रजातन्त्र, लोकतान्त्रीक संघियता निपूर्णता हुने भन्ने चाँही पक्कै होइन पनि । हो पनि !

फरकधारका पार्टीका आ–आफ्नै विचार होलान् तर उनीहरुले गरेका कामको प्रसंसा जनताले राम्ररी गरेका छन्  । विगत ७० वर्षको दौरानमा दशका्रैं पार्टीका मन पसन्द नेताहरु फेरिए उनका अनुहारलाई जनताले लाखापाखा लगाएका छन् नै !

तर देश वन्धन मुक्त हुन सक्दैन देशलाई प्रतिनिधि सभा, राष्ट्रसभा, नयाँ सरकार सबै चाहिएको छ ।

फागुन २१ गते हुने आम निर्वाचनले राजनीतिक तरलता ल्याउँछ। नयाँ सरकारमा नयाँ पुस्ताका अनुहार भेटिन्छन । भ्रष्टिकरण, देवत्वकरण हट्छ । देश उजागर हुन्छ । देशमा आमूल परिवर्तन हुन्छ र जुझारु नेतृत्वले संविधानत नयाँ विधान पाउँछ र अलोकतान्त्रिक भनिएको पार्टीहरुको  पद्वतीको विकारलाई हटाउँछ ।

देशमा फैलिएको भ्रष्ट साङ्गलो हराई अनुकुल जटिल परिस्थित राजनीति सागर्भित रुपले देशले काँचुली फेर्छ ।
अनि सुमधुर रुपले बहुलता, समावेशिता, लोकतन्त्र, जनताले चुनेका  नेता, नागरीक समाज, कर्तव्य निष्ठ सरकारी कर्मचारी एकै केन्द्रविन्दुमा मिलनवद्व हुन्छन् र यही नै नेपाली राजनीतिको प्रगतिशिल पराकाष्ठा हुनेछ ।

Tuesday, January 13, 2026

काङ्ग्रेस केन्द्रिय समितिको बैठक

काठमाडौं । काङ्ग्रेस केन्द्रिय समितिको बैठक अपरान्ह १ बजे पार्टी हल सानेपामा बस्ने भएको छ ।

पार्टीका ७ वटै सभापतिहरुलाई पार्टीमा छलफलमा बस्नकोको लागि सर्कुलर जारी गरिएको मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए ।

कोटेश्वरबाट लगनखेलको आवागमन

 काठमाडौं । राजधानीको चक्रपथको सडक ट्राफिक प्राय अस्तव्यस्त हुने गर्छ ।

अफिस समयमा चक्रपथबाट सिंहदरबार तिर पस्ने वसहरु प्राय खोचाम खोच हुने गर्छ । साँखुबाट चाबहिल तिर आउने वस, बेनपाबाट काठमाडौं आउने वस, थानकोट बाट काठमाडौं छिर्ने बसहरुको हाल यस्तै हुन्छ ।


यसै मेसोमा सोमबार दिनको ४ बजे तिनकुने , कोटेश्वरबाट लगनखेलको आवागमन बुझ्न हामीले एउटा दृश्य खिचेका थियौं ।

ट्रम्पले आफ्नो राष्ट्रको सहभागीता झिकेपछि नेपाल पनि प्रभावित


 विश्वव्यापी जलवायु परिवर्तनको विश्वव्यापी साझेदारी कार्यक्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो राष्ट्रको सहभागीता झिकेपछि नेपाल पनि प्रभावित हुने बताइएको छ । 

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले भनेका छन्, “महासभाले अनुमोदन गरे अनुसार संयुक्त राष्ट्रसङ्घको नियमित बजेट र शान्ति स्थापना बजेटमा मूल्याङ्कन गरिएको योगदान संयुक्त राज्य अमेरिकासहित सबै सदस्य राष्ट्रका लागि संयुक्त राष्ट्रसङ्घको बडापत्र अन्तर्गत कानुनी दायित्व हो भन्नेमा हामीले निरन्तर जोड दिएका छौँ ।” यसर्थ नेपाल जस्तो विकासशील राष्ट्रले पाउँदै आएको सहयोग रकमबाट केही हिस्सा भने अवस्य कटौती हुने बताइएको छ ।

अमेरिकाले संयुक्त राष्ट्रसङ्घीय संस्थामा विभिन्न मुलुकसँग आबद्ध आर्थिक तथा सामाजिक परिषद् तथा महादेशीय कमिसन, आर्थिक तथा सामाजिक मामिला विभाग, अन्तर्राष्ट्रिय कानुन कमिसन, अन्तर्राष्ट्रिय व्यापार केन्द्र, फौजदारी न्यायका लागि अन्तर्राष्ट्रिय संयन्त्र, शान्ति स्थापना कमिसन, शान्ति स्थापना कोषबाट पनि  हात झिकेको हो । 

पाार्टीमा सिटौलाको प्रभाव

कृष्ण प्रसाद सिटौला नेपाली काङ्ग्रेसका विद्वत नेता भित्र समाहित हुन्छन्।

उनले विस्तृत शान्ति सम्झौतामा उल्लेखनिय भूमिका पनि निर्वाह गरेका थिए ।

कांग्रेसको गुटमा सिटौला कहिले पछि परेनन् । झापाका राजनीतिक हस्तिका रुपमा सिटौलाको नाम कहिले केन्द्रिय समितिमा कथमकदाचित अध्यक्षको पदको लागि दाबी नगरिएका सुमधुर पात्र हुन् यद्यपी अहिले उनै सिटौला काङ्ग्रेसको मतलाई लिएर सदाचारपूर्ण राजनीतिमा पार्टीलाई एकोहो¥याइरहन भ्याएका छन्  ।


अवको राजनीति सुमधुर ऐना भित्रको दुरदर्शनमा जाला भनेर प्रक्षेपण गर्न नेपाली साखकर्ताहरुले सुन्नमा ध्याउनेछन् भनि विश्लेषण गरिएको छ ।

१३औं महाधिवेशनमा राष्ट्रपति रामचन्द्र पौडेल र सिटौलाबीच विरासतको लडाइँ भयो । यी दुईबीचको प्रतिस्पर्धाकै कारण शेरबहादुर देउवा सभापति बने र कांग्रेसभित्र तेस्रो समूह खडा भयो ।

्रअहिले उनी सुनिश्चित छन् पार्टीको राजनीति चलायमान होस र आगमी हुने राष्ट्रिय महाधिवेशनमा पार्टीले उल्लेखनिय भूमिका खेलोस र आम जनताको नजरमा काङ्ग्रस पार्टीको दिशा समुन्नत सिद्वान्त तर्फ जाओस् भनेर ।


भावी सरकार बनोटमा प्रधानमन्त्रीको सिजन दुई काल मात्र रहुनपर्ने

 


काङ्ग्रेस विशेष महासमितिको वैठकमा प्रस्तुत गर्दै महामन्त्री गगन थापाले केही प्रतिवेदनका मस्यौदा समावेश गरेका छन् ।

 उनले पार्टीमा युवा प्रतिनिधित्व, सुशासन, सरकारमा निश्चत कालखण्ड जस्ता कयौं मुद्वामा विशेष ध्यानाकर्षण गराएका छन् ।

उनले भावी निर्वाचनमा गठबन्धन नगर्ने पनि प्रकाशमा ल्याएका छन् ।

उनले पार्टीको सिद्वान्त, मूल्य र मान्यतार्ला अक्षम्य राख्नुपर्ने बताएका हुन् । भावी सरकार बनोटमा प्रधानमन्त्रीको सिजन दुई काल मात्र रहुनपर्ने उनले खुलस्त पारेको बताइएको छ ।


हिन्दी चलचित्रकी अभिनेत्री पत्रकारको बारम्बारको प्रश्नपछि बनिन रिसहा

बलिउड । काठमाडौं । चलचित्र “दायरा”को रिलिजपछिको फोटो शुटमा अभिनेत्री करिना कपुर रिसले आक्रामक भएकि छिन् । वास्तवमा पत्रकारले उनलाई देव्रे पट...