www.smoonsharma.blogspot.com

Tuesday, December 30, 2025

सुनको मुल्यमा गिरावट

नेपाली बजारमा छापावाला सुन प्रति तोलामा  ७ हजार ९०० रुपैयाँले घटेको छ ।

हिजो मात्र सुनको मूल्य नेपाल सुनचाँदी व्यवसायी संघले २,७०००० कायम गरेको थियो ।

आज चाँदीको मूल्य ४,५९० रुपैयाँ रहेको छ ।


विगत केही महिनामा सुन र चाँदीको मूल्यमा बढ्ने क्रम रोकिएको थिएन । 


निर्वाचनमा प्रधानमन्त्रीको सक्रियता

दिगो शान्ति र लोकतन्त्रको लागि निर्वाचन अपरिहार्य रहेको प्रधानमन्त्री शुशिला कार्कीले बताएकी छिन् ।

राष्ट्र, राष्ट्रियता,धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका अभियन्ता दुर्गा प्रसाईसँगको भेटमा उनले आफ्नो प्रस्ताव राखेकी हुन् ।

अभियन्ताका कैंयौ माग प्रति सरकारले जवाफदेहिता गर्नु पर्ने भएकोले सरकार गृहकार्यमा जुटिसकेको उद्घोष गरेकी थिइन् । सरकारको शान्त तथा समकक्षी हिसाबमा फागून २१ मा निर्वाचन सम्पन्न गर्ने अभिलाषा रहेको मनोकांक्षा गरेकी थिइन ।

त्यस्तै अशान्त वातावरणमा प्रतिनिधि सभाको निर्वाचन नहुने तर्क गर्दै निर्वाचनलाई खलल नगर्ने वातावरण मिलाउन अभियन्तालाई सुझाव दिएकी थिइन् ।


निर्वाचन आजको साझा रुप हो आजको अवस्थासम्म आइपुग्न निकै सकस परेको र सवै राजनीतिक दललाई निर्वाचनमा तदारुक्ताका साथ होमिन आग्रह गरेकी थिइन् ।


आफूहरु जसरी पनि निर्वाचनमा जानेः उपेन्द्र यादव

जनता समाजवादी पार्टी का अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनका मुद्वा उठाउन थालेका छन् ।


मधेसी, जनजाति, अल्पसंख्यक मुद्वामा कमीकमजोरी रहेका कारण बेला बेलामा आफ्नो पार्टीले आन्दोलन गर्दै आएको उनको स्पष्टोक्ति रहेको थियो ।

सुशासन र भ्रष्टाचार राष्ट्रभरी मौलाइरहेको र आफूहरु पनि जेनजीको मुद्वामा अग्रसर रहेको उनको भनाइ रहेको थियो ।

मधेस आन्दोलनको बलबाट प्राप्त संघीयता, लोकतन्त्र लगायतका उपलब्धि गुम्ने भएकोले आफ्नो पार्टी फागून २१ को निर्वाचनमा  जसरी नि जाने उनको राय रहेको थियो ।


पार्टी माथि मिडियावाजी भएको आरोपः प्रचण्ड


सामाजिक सञ्जाल जनताका अभिलाषा हुन् । सचेतना, राष्ट्रियता, सूचना, मनोरञ्जन र अभिप्रेरणाका संवाहक संचार माध्यम हुन् । उनीहरु समाजका पहरेदार हुन् । पत्रकारिता राष्ट्रको चौथो अंग हो ।

यसो भनिरहँदा नेकपाका संयोजक तथा पूर्व प्रधानमन्त्री प्रचण्डले अचेलका समाचार संञ्चार माध्यम उद्वेलित भएको खण्डण गरेका छन् । उनले मार्मिक रुपमा राष्ट्र सम्मूनत पार्न आफूले महान कार्य गरेको तर यथार्थमा मिडियाहरु सर्वेसर्वा भएको निश्कर्ष गरेका छन् ।

उनले पार्टी कार्यालय पेरिस डाडाँमा पार्टीका त्याग, मूल्य, मान्यता देशलाई यो स्थितीसम्म ल्याउन धेरै कसुर रहेको बताए । तर हल्ला र बेवुनियाँद तर्कहरुले आफूहरुलाई गलत कार्य गरेको जस्तो भान भएको बताए । उनले प्रतिक्रीयावादी, संशोधनवादी, दक्षिणपन्थीले पार्टीलाई खराब गरेको बताएका थिए । तर उनले के अर्थमा मिडियाहरु  मुक्तिदाता भएका हुन् भन्ने अन्वेषण चैं गर्न भ्याएनन् ।  


ठूलोधन राशीको चोरी

६५ लाख १७ हजारको चोरी सहित नेपाल प्रहरीले दाङ्को तुलसीपुरमा एक युवकलाई पक्राउ गरेको छ ।

दुर्गाबहादुर केसीको घरमा खान तलासीको क्रममा उक्त रकम फेला परेको बताइएको छ ।


काठमाडौंको विसालनगरको डिसहोम फाइबर नेटको संञ्चालकको घरबाट उक्त रकम लुटिएको जानकारीमा आएको छ ।

सिसिफुटजबाट चोरको निगरानी गरिएको र दोषी फरार रही तुल्सीपुर पुग्दा प्रहरीले पछ्याएर नीजलाई पक्राउ गरिएको प्रहरी महाशाखाले जनाएको छ ।


निर्वाचन र लोकतन्त्रको विकल्प केही नहुने ओली

नेकपा (एमाले) का अध्यक्ष के.पी. ओलीले सवै दलहरु निर्वाचनमा जाने भएपछि आफू आफ्नो हठबाट हटेको जानकारी दिएका छन् । पार्टीको महाधिवेशनले दिएको राजनीतिक निकास र  महाधिवेशनको सन्देशबाट आफू आघात नहुने प्रष्ट पारेका छन् । संविधानत् कानून नै सर्वोपरी हुने भन्दै उनले लोकतन्त्रमा निर्वाचनको विकल्प केही नहुने बताएका हुन् ।

फागून २१ गतेको निर्वाचनको माहोलमा पनि कांग्रेस र एमाले समकक्षी हुने तर्क गर्दै देशलाई चाहिने सुशासन, शान्ति, पद्वति, नीति, संविधान र राष्ट्रिय स्वभिमान अच्छुण हुने बताए ।


नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा  ‘बादल’ ले एमालेको ११ औं महाधिवेशनले एमालेलाई विभाजित गर्न खोज्ने शक्तिलाई पराजित गरेको बताए ।  

एमाले नेता रामेश्वर फुयाँलले देशको कम्युनिष्ट पार्टीको अधिवेशनको विषयमा चर्चा गर्दै देशमा विद्यमान गरिबी, पछौटेपन, शोषण, अभाव हटाउन आवश्यक रहेको बताए । समृद्ध नेपाल र सुखी नेपाली निर्माणका लागि कम्युनिष्ट पार्टीका अग्रजहरु मदन–आश्रित र बीपी कोइरालाको सपना पूरा गर्नुपर्ने भनाइ राखे ।

मदन–आश्रित स्मृति प्रतिष्ठानले एघारौं राष्ट्रिय महाधिवेशनको सन्दर्भमा मंगलबार काठमाडौँमा आयोजनामा भूतपूर्व प्रधानमन्त्री के.पी. ओलीले आफ्नो विचार राखेका थिए । 


दाउन्नेमा शीतलहरका कारण यातायात ठप्प

 नवलपरासी । मौसममा आएको प्रतिकुलताको कारण सडक यात्रामा कठिनाइ आएको छ । शीतलहरको कारण दाउन्नेमा ३ दिनदेखी बिच बाटामा सवारी साधान अलपत्र परेका छन् ।

बुटवल नारायणगढ खण्डमा सडक निर्माण कार्य सूचारु भइ रहँदा वैकल्पिक मार्गमा यातायात गर्न कठिनाइ आएको बुझिएको छ ।


चिसो कारण सडक चिप्लो भएको र गाडीहरु बर्दघाटबाट भूमही सम्म लाम लागेको र पूर्वी खण्डमा दुम्किबास देखि चोरमारा सम्म सवारी साधन रोकिएको जनाइएको छ ।

यस क्षेत्रमा कल्भर्ट निर्माण भइरहेको र सवारी साधान आवतजावत गर्न दुर्घटना नहोस भनेर लेनको पालना गर्न अधिकारीहरुले चालकहरुलाई सुझाव गरेका छन् ।


हिन्दी चलचित्रकी अभिनेत्री पत्रकारको बारम्बारको प्रश्नपछि बनिन रिसहा

बलिउड । काठमाडौं । चलचित्र “दायरा”को रिलिजपछिको फोटो शुटमा अभिनेत्री करिना कपुर रिसले आक्रामक भएकि छिन् । वास्तवमा पत्रकारले उनलाई देव्रे पट...