www.smoonsharma.blogspot.com

Tuesday, December 30, 2025

चौंथो ठूलो अर्थतन्त्र भएको देश बन्यो भारत

काठमाडौं । भारतको कुल ग्राहस्थ उतपादन ४.१८ ट्रिलियन डलर पुगको छ । 

आगामी तीन वर्षमा भारतले जमर्नीलाई उच्छिन्ने सरकारी अधिकारीहरुले बताएका छन् ।

अर्को वर्ष यस देशले जापानलाई छलाङ्ग मार्ने निश्चित प्राय छ ।


यद्यपी सन् २०२६ को विश्वको ग्राहस्थ सूची आएपछि सबैकुरा प्रष्ट हुने तथ्याङ्कन गरिएको छ । 

भारत सरकारद्वारा निकालिएको प्रतिवेदनमा सन् २०३० मा यस देशको जिडिपि ७.३ ट्रिलियन डलर पुग्ने बताइएको छ । 

अमेरिकाले यसै वर्ष रुसी तेल खरिद जारी राखेको भन्दै भारतमाथि लगाएको ट्यारिफका बाबजुद भारतको अर्थतन्त्रले गति लिन नछोडेको देखिएको हो । 

सरकारी अधिकारीहरूले भने विश्वव्यापी व्यापार अनिश्चितताका बाबजुद पनि निरन्तर आर्थिक वृद्धि सरकारको ‘लचकता’ को प्रमाण भएको दाबी गरेका छन् ।

जनसङ्ख्याको हिसाबले भारत सन् २०२३ मै छिमेकी चीनलाई उछिनेर विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको देश बनेको थियो । 


सुर्य लाइफ गल्फ प्रतियोगिताको शुभारम्भ

नेपाल प्रोफेसनल गल्फर्स संघ ९एनपिजिए० ले हरेक सिजनमा कूल ८ प्रतियोगिता संचालन गरिरहेको छ । नेपालको गल्फ प्रतियोगिता सूर्य नेपाल प्रालिको प्रायोजनमा लगातार आयोजना भइरहेको पनि छ । सिजनको पहिलो प्रतियोगितामा सूर्य नेपाल सेन्ट्रल ओपनबाट शुरु हुने गर्दछ ।

नेपालमा गल्फ प्रतियोगिता आजबाट १९ वर्षअघिदेखि शुरु भएको हो । यहाँदेखि अहिले २०२५–२६ सिजन गल्फ टुरको १९ औं संस्करणको हो । एनपीजीएका अध्यक्ष रविन्द्रमान श्रेष्ठले यसबारे बताए– ‘सूर्य नेपाल गल्फ टुरले आफ्नो १९औँ वर्षमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ र यसले नेपालको प्रतिस्पर्धात्मक गल्फको विकासमा उल्लेखनीय भूमिका खेलेको छ ।’


उनले बताए –‘यो टुरले व्यावसायिक तथा एमेच्योर खेलाडीलाई प्रेरित गर्दै नयाँ प्रतिभाहरूलाई अगाडि बढ्ने अवसर प्रदान गरिरहेको छ । सूर्य नेपाल प्रा। लि। को निरन्तर सहयोगप्रति हामी हार्दिक आभार व्यक्त गर्दछौं, जसको योगदानले टुरलाई सफल बनाएको छ ।’

सूर्य नेपाल गल्फ टुरअन्तर्गत ८ प्रतियोगिता विभिन्न पाँच गल्फ कोर्समा सञ्चालन हुुने गर्दछ । जसमा, काठमाडौंभित्र गोकर्ण फरेस्ट रिसोर्टमा २ वटा, रोयल नेपाल गल्फ क्लबमा ३ वटा तथा बाँकी ३ प्रतियोगिता काठमाडौंबाहिर पोखरा र धरानको गल्फ कोेर्समा आयोजना हुने गर्दछ । यस सिजनदेखि बर्दिबासस्थित आर्मी गल्फ कोर्समा पहिलो पटक यस टूरको प्रतियोगिता हुने सुरसारमा छ ।

कूल ८० लाख १० हजार

पछिल्ला सिजनमा भन्दा यस सिजनमा पुरस्कार रकममा बढाइएको छ । गत सिजनमा ६७ लाख ३२ हजारको पुरस्कार रकम थियो । तर, यस सिजनमा भने यो बढेर ८० लाख १० हजार पुरस्कार रकम निर्धारण गरिएको छ । यसअनुसार यस सिजनमा १२ लाख ७८ हजार पुरस्कार राशि वृद्धि गरिएको छ ।

सबैभन्दा बढी पुरस्कार प्रतियोगिता

आठौं तथा अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा हुने गर्दछ । यस सिजनमा जुन २ देखि ६ सम्म यो प्रतियोगिता आयोजना हुनेछ । यो सिजनको सर्वाधिक नगद पुरस्कार राशी रहेको प्रतियोगिता पनि हो । यस प्रतियोगिताको कूल पुरस्कार १८ लाख रुपैयाँ रहेको छ ।

फरक प्रतियोगितामा कम पुरस्कार

छैटौं प्रतियोगिता सूर्य नेपाल एनपिजिए म्याच प्ले रोयल नेपाल गल्फ क्लबमा हुने गर्दछ । नकआउटको आधारमा हुने यो प्रतियोगिता अन्य सात प्रतियोगिता भन्दा फरक हुन्छ । यसमा अर्डर अफ मेरिटका उत्कृष्ट १६ खेलाडीले मात्र खेल्न पाउने प्रावधान रहेको छ । यसको पुरस्कार पनि अरुभन्दा कम राखिएको छ । ४ लाख २५ हजार रुपैयाँ पुरस्कार रहेको यस प्रतियोगिता यस सिजनमा अप्रिल ७ देखि ९ सम्म हुनेछ ।

यसपटकको सूर्य नेपाल सेन्ट्रल ओपनका पुरस्कार

पहिलो हुनेले १ लाख ७० हजार रुपैयाँ प्राप्त गर्ने छन् । उपविजेताले १ लाख २५ हजार, तेस्रोले १ लाख रुपैयाँ, चौथोले ८२ हजार रुपैयाँ र पाँचौँ हुने खेलाडीले ७२ हजार रुपैयाँ प्राप्त गर्नेछन् । कट बनाउने शीर्ष १८ खेलाडीले पनि नगद प्राप्त गर्ने छन् ।

(नेपाल समाचारपत्र दैनिकबाट)


हेलिकप्टर आकाशमा जुद्वा एक जनाको मृत्यु

अमेरिका। अमेरिकामा दुईवटा हेलिकोप्टर आकाशमै ठोकिएका छन्। न्यु जर्सीको ह्यामन्टनमा दुई हेलिकप्टर आकाशमै ठोकिँदा एकजना पाइलटको मृत्यु भएको छ। अर्का पाइलट गम्भीर घाइते भएका छन्। दुर्घटनाको अनुसन्धान भइरहेको छ। दुर्घटनाको कारण पत्ता लागेको छैन।

एसोसिएटेड प्रेसका अनुसार घटना स्थानीय समय अनुसार बिहान ११ः२५ बजे एट्लान्टिक काउन्टीको सानो एयरफिल्ड ह्यामन्टन म्युनिसिपल एयरपोर्टमा भएको थियो। ह्यामन्टन प्रहरी प्रमुख केभिन फ्रिलले विमानस्थल नजिकै विमान दुर्घटना भएको खबर पाएपछि आपतकालीन टोलीहरू पठाइएको बताए। घटनास्थलबाट प्राप्त भिडियोमा हेलिकोप्टर जमिनमा ठोक्किनुअघि तीव्र गतिमा घुमिरहेको देखिएको छ।


स्थानीय सञ्चारमाध्यमका अनुसार प्रहरी र अग्निनियन्त्रक टोली घटनास्थलमा पुगेर आगो नियन्त्रण गर्ने कार्य गरेका थिए। संघीय उड्डयन प्रशासनले एनस्ट्रोम एफ(२८ए हेलिकोप्टर र एनस्ट्रोम २८०सी हेलिकोप्टर बीचको ठक्करको रिपोर्ट गरेको छ। दुर्घटनाको समयमा दुवै विमानमा पाइलटहरू मात्र थिए।

(अन्नपूर्ण पोष्टबाट)


रेल दुर्घटनामा १३ को मृत्यु, १०० भन्दा बढि घाइते

मेक्सिकोको ओक्साका क्षेत्रमा रेल पटरीबाट खस्दा कम्तीमा १३ जनाको मृत्यु भएको छ। करिब १०० जना घाइते भएको मेक्सिकन नौसेनाले जनाएको छ।

रेलमा २४१ यात्रु र नौ जना चालक दलका सदस्य थिए। नौसेनाले यस दुर्घटनामा कुल ९८ जना घाइते भएको जनाएको छ। जसमध्ये ३६ जनाको अस्पतालमा उपचार भइरहेको छ।


अधिकारीहरूका अनुसार निजाना शहर नजिकैको घुम्तीमा रेल पटरीबाट खसेको थियो। मेक्सिकोका महान्यायाधिवक्ताले यसबारे अनुसन्धान सुरु गरिएको पुष्टि गरे।

मेक्सिकोका राष्ट्रपति क्लाउडिया शेनबाउमले घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको बताएकी छिन्। उनले नौसेना सचिवसहित शीर्ष स्तरका अधिकारीहरू दुर्घटना स्थलतर्फ प्रस्थान गरेका बताए। 

(अन्नपूर्ण पोष्टबाट)

सुनको भाउ २,७०००० कायम

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा ६ सय रुपैयाँ घटेर प्रतितोला दुई लाख ७० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आइतबार सुनको मूल्य तोलामा दुई लाख ७० हजार ६ सयमा कायम भएको थियो ।


यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलामा ६० रुपैयाँले बढेर चार हजार आठ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदीको मूल्य तोलाको चार हजार आठ सय ३५ रुपैयाँमा कायम भएको थियो ।

(राजधानी डेलिबाट)

लागुपदार्थको विज्ञापनबाट टाढा रहने सुनिल सेठ्ठीको भनाई, ४० करोडको विज्ञापनमा असहमत

                                 
मुम्बई । बलिउड अभिनेता सुनिल शेट्टीले ४० करोडको सुर्ती जन्य वस्तुको विज्ञापन अस्वीकार गरेका छन् । समाज सुर्ती सेवन विहीन हुनुपर्छ भन्ने आफ्नो सिद्धान्तका कारण सुर्ती र पान मसालाको विज्ञापन अस्वीकार गरेको उनले खुलासा गरेका छन् । जबकि उक्त विज्ञापनका लागि ४० करोड रुपैयाँको प्रस्ताव गरिएको थियो ।

पिपिङ मुनसँग गरिएको कुराकानीमा सुनिल शेट्टीले सुर्तीजन्य पदार्थका लागि विज्ञापन गर्न ४० करोड रुपैयाँको प्रस्ताव अस्वीकार गरेको आफैँले खुलासा गरे । यो विज्ञापनले आफूलाई आर्थिक लाभ हुने भए पनि यसले परिवारको इमानदारी र आदर्शमा चोट पुग्ने भएकाले विज्ञापन नखेलेको उनले स्पष्ट पारेका छन् ।

‘मलाई चुरोटको विज्ञापनका लागि ४० करोडको प्रस्ताव आएको थियो । मैले विज्ञापन दातालाई हेरेँ र भनेँ, के तिमीलाई लाग्छ मलाई पैसाको प्रलोभनमा यस्तो काम गर्नेछु ?’

उनले आफ्नो सन्तान अहान र आथियाको छविमा धमिलो हुने कुनै पनि काम गर्दिन भन्ने जवाफ दिँदै त्यो विज्ञापन छाडेको बताएका छन् । साथै अबको दिनमा यस्ता प्रस्ताव लिएर आफू भएको ठाउँमा नआउन पनि उनले चुरोट कम्पनीका व्यवस्थापकलाई निर्देशन दिएका छन् ।

सन २०१७ मा बुबाको मृत्युपछि भएपछि सुनिल चलचित्र अभिनयबाट टाढा रहेको थिए । आफ्नो बुबा करिब ४ वर्ष बिरामी हुँदा आफूले हेरचाह गरेको उनले बताएका छन् । जसका कारण उनले त्यति बेला चलचित्रमा काम गर्न नसकेको पनि यी अभिनेताको कथन छ । अब आफू अभिनेता अक्षय कुमारसँग चलचित्र ‘वेलकम टु द जंगल’ मा प्रस्तुत हुने पनि सुनिलले बताएका छन् ।

(राजधानी डेलिबाट)


Monday, December 29, 2025

समानुपातिक निर्वाचन प्रणालीको सूची तयार गर्न निर्वाचन आयोगमामा तामझाम

काठमाडौँ। प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची बुझाउने अन्तिम दिन निर्वाचन आयोगमा सामेबार राजनीतिक दलको लाम लागेको छ । 

दिनभर समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा राख्ने उम्मेद्वारको छनोटमा व्यस्त राजनीतिक दल दिउँसो ४ः०० बजेअघि नै आयोग पुगेका थिए । आज मुख्य राजनीतिक दललगायतले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची पेस गर्न लाममा बसेका हुन् ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीको नाम बुझाउन आयोग परिसर पुग्नुभएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रचार विभाग प्रमुख मीन विश्वकर्माले यसअघि दलले सार्वजनिक गरेको उम्मेद्वार छनोट मापदण्डका आधारमा सूची तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । संसदीय अभ्यासको कार्यशैली बदल्नुपर्नेमा पार्टीभित्र एकमत रहेको पनि उनले सुनाए। 

संसदीय अभ्यासको योग्यता, क्षमता भएका नयाँ पुस्तालाई उम्मेद्वार बनाइएको नेता विश्वकर्माको भनाइ रह्यो। प्रत्येक प्रदेशबाट युवा उमेर समूहका दुईदेखि तीन जनालाई सूचीमा समावेश गरिएको कांग्रेसले जनाएको छ ।

नेपाली कम्युनिष्ट पार्टीका नेता राजेन्द्र पाण्डेले विगतमा समानुपातिक सूचीमा परेका, मन्त्री भएका, प्रत्यक्ष निर्वाचनतर्फ जितेकालाई यसपटक बन्द सूचीमा समावेश नगरिएको जानकारी दिए। 

पार्टीले ११० जनाको सूची समावेशी सिद्धान्तका आधारमा बुझाउने तयारी गरिएको उहाँले बताए । लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षा मूल लक्ष्य बनाएर पार्टी चुनावमा जान लागेको नेता पाण्डेको भनाइ थियो ।

समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची बुझाउन प्रगतिशील लोकतान्त्रिक पार्टीका सुदन किराती र सन्तोष परियार, राष्ट्रिय मुक्ति पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनता समाजवादी पार्टीको तीन दलीय मोर्चाका तर्फबाट राजेन्द्र महतो, अशोक राई र रेशम चौधरी पनि आयोग पुगेका थिए । 


निर्वाचन आयोगले जारी गरेको कार्यतालिकाअनुसार आइतबारदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची पेस गर्न सुरु भएको हो । पहिलो दिन आइतबार केही साना दलका तर्फबाट मात्र बन्दसूची पेस भएको थियो । 



नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतले आज बन्दसूची बुझाउन लागेका हुन् । समानुपातिकतर्फको बन्दसूची बुझाउन ती दलले आज बैठक पनि आयोजना गरेका थिए । 

आइतबार तीन दलका १३४ जनाले सबै प्रक्रिया पूरा गरेर बन्दसूची पेस गरेका थिए । ती दलले निस्सा लिएर दर्ता प्रक्रिया पूरा गरेका हुन् । उम्मेद्वारको नाम मतदाता सूचीमा छ, छैन, मतदाता नम्बर एवं नागरिकतालगायत कागजात हेरेर आयोगले निस्सा दिएपछि बन्दसूची पेस गरिएको थियो । आज साँझ ५ः०० बजेसम्म करिब एक दर्जन दलले सूची बुझाएको आयोगले जनाएको छ ।

राजनीतिक दलले पुस १३ र १४ गतेसम्म पेस गरेका समानुपातिकतर्फको बन्दसूचीका बारेमा पुस १५ देखि २० गतेसम्म छानबिन गरिने आयोगका  प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए। आयोगले पुस २० गतेसम्म बन्दसूची छानबिन गरेपछि पुस २१ गतेदेखि २७ गतेसम्म दललाई मिलाउन लगाउने कार्यतालिका छ । 

पुस २८ गतेदेखि माघ ३ गतेसम्म दलले मिलाएको बन्दसूची ठीक छ वा छैन भनी हेरिने आयोगले जनाएको छ । माघ ४ गते बन्दसूची प्रकाश गरिने छ । माघ २० गते अन्तिम सूची प्रकाशन गर्ने पनि प्रवक्ता भट्टराईले जानकारी दिए।

सय वटा राजनीतिक दलले ९३ चिह्नमार्फत समानुपातिक प्रणालीतर्फको निर्वाचनमा सहभागी हुन दल दर्ता गराएका छन् । समानुपातिकतर्र्फको निर्वाचन प्रणालीमा भाग लिन दल दर्ता गराएका राजनीतिक दलले मात्र आज र भोलि बन्द सूचीतर्फका उम्मेद्वारको सूची पेस गर्न पाउने छन् । दलले ११ देखि ११० जनाको बन्दसूची बुझाउनुपर्छ ।

आगामी फागुन २१ गते हुने निर्वाचनका लागि एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता रहेका छन् । मतदाताले समानुपातिक र प्रत्यक्षको दुई वटा मतपत्रमा मतदान गर्छन् । 

(गोरखापत्र अनलाइनबाट)

हिन्दी चलचित्रकी अभिनेत्री पत्रकारको बारम्बारको प्रश्नपछि बनिन रिसहा

बलिउड । काठमाडौं । चलचित्र “दायरा”को रिलिजपछिको फोटो शुटमा अभिनेत्री करिना कपुर रिसले आक्रामक भएकि छिन् । वास्तवमा पत्रकारले उनलाई देव्रे पट...