www.smoonsharma.blogspot.com

Saturday, June 15, 2019

दृश्य र सपना

                             


एक समय बालापनको थियो । जहाँ म रमाउथेँ न कुनै मानसिक तनाव न शुरता ! बिहान सबेरै उठ्ने, पढ्ने कक्षा कोठा गई अध्ययन गर्ने र बेफुर्सदी गृहकार्य गर्ने । कस्तो मृगतृष्णा माया जसको लागि आज म मरिमेट्छु कहिँ पाइन्न त्यो । परिवारको छत्रछायाँमा लालनपालन भएको र त्यो एकाग्र जीवन कति सन्तोषमय आफूँ त्यसै फूल भइ बुट्यानमा फक्रिरहेको ।


तर जब म कलेजका छत्र छायाँमा हुर्के दोहोरो मापदण्ड जीवनको गुजारा अनि अंग्रेजी र पत्रकारिताबीचको कठोर मेहेनत त्यहाँ नी आनन्दको छत्रबास नै हुन्थ्यो ।

           न त कुनै समसामयीक राजनीति न कुनै रस म एक्लै मौलाउँदै गइरहेको हुन्थे । कठोर मेहेनत र त्यसका विचमा हुने आम्दानी कुनै पराई मानिसका चक्छुका निसायुक्त आँखाले नघच्घच्याउँदा एउटा कलिलो सिसौको जस्तो फर्किएको जीवन कति शुशिल । घर परिवार पनि त खुसी नै थिए अनि म मेरै विल्कुल केही श्रोतको आम्दानी जसको लागि गोडा फैलाउँथे । साथिसंगि आफ्नै लागि हुन जस्तो लाग्थ्यो । १६÷१७ को जीन्दगी । त्यहाँ कसैको लान्छना, बक्रदृष्टि, क्रुरदृष्टि हुने थिएन । हुने थियो त केही कविता, साहित्य र नाटक जसलाई सकिनसकि म पढ्थें गर्थे र क्याम्पस उतिर्ण पनि भएँ ।


जब चर्का चर्किको समय मेरो जीवनमा आयो म माथिको उडानले म घोसो मुन्टोले हिड्ने भएँ र म माथिको वायुले मेरो अस्तित्व नै संकटमा पर्न गयो म ननबोलिँदो घैरो बन्न पुँगे । एककाएक माया हराउँदै गयो । संगि साथि नाम मात्रका भए । पारिवारीक सम्बन्ध औपचारिकताका लागि मात्र भए । एकाध दशक घरबन्धी बनेको म माँ दुर्दशन यन्त्रका ध्वनी र दृश्य अनि सन्देशका वाणि बाबजुत अन्न पानी मात्र भयो ।

  एक दशक पछि जीन्दगीको गोरेटो फेरिएको छ । अध्यात्मिकवाद र भौतिकवाद दुवै संगालोले मलाई जोगाएको छ । विरामी मेरो तगारोको विषय बनेको छ सायद सधैं दीन औंशिको नहोला र भविष्यका सुनौलो आयामले मेरो चुनौतीको ढोका खुल्ला गराएर मलाई स्नेह  स्वास्थ्यको अनुकुलतामा जागृत गर्ने नै छ ।

Wednesday, May 1, 2019

आज मजदुर दिवस मे १

मानिस त्यसै पनि स्वतन्त्र प्राणी । समाजमा स्वतन्त्र जिवन जिउनु संविधान त कार्यान्वयन हुने विषय हो । मानिस स्वस्थ्य हुनु , शिक्षा मैत्री हुनु, आवासको ग्यारेण्टी हुनु र कुनै काम प्रतिको आधारभूत ज्ञान हुनु उसको मानसिकतामा नयाँ विचारको आभास हो ।     
आज मजदुर दिवस मे १, “संसारका मजदुर एक हौं” भनि कार्ल माक्र्स र फेडरिच एन्जल्सकोे कम्युनिष्ट घोषणापत्रमा उद्वरीत नाराले आज पनि उत्तिकै महत्व बोकेको छ । १३० औं मजदुर दिवस आज नेपालमा पनि भव्य रुपले मनाइने नै छ । तर मजदुर हक, र हित सम्बन्धि धारणा मानिसमा नहुँदा आज पनि लाखौं मजदुर श्रममा त पिल्सीएका छन् तर उनीहरुले पाउने श्रम अनुसारको ज्याला नपाउँदा उनीहरुको शारिरीक तथा मानसिक स्वास्थ्यमा सहजता नपाएको अनुभव अझै छ ।
समाजमा मानिस बाच्न उसले कुनै न कुनै कार्य गर्नै पर्छ श्रम प्रतिको साझेदारीको भागेदार बन्नु मानिसको आवश्यकता हो । मानिस जीवनरत कामबाट उम्किन सक्दैन । हिन्दु दर्शनशास्त्र गीतामा पनि भगवाद कृष्णले अर्जुनलाई दर्शन बोध गराउँदा कर्मको उदाहरण दिँदै मानिस पौराणिक रुपमा कर्मयोगी नै रहेको बताउनु भयो ।
ढुँङ्गे युग, दास युग, पुजीँपति र समाजवादी युगबाट विभिन्न चरण पार गरी बनेको एक्काइसौं शताब्दीमा आइपुगे पनि मजदुर वर्गको हक अधिकार त कागजी रुपमा सिमित भए पनि व्यवहारमा हप्कि र धम्कीका साथ काम गर्नु पर्ने कुरा नौलो होइन । सर्व श्रेष्ठ जीव मानिसमा कुनै पनि काम गर्न अरु भन्दा आत्मिक ज्ञान हुन्छ । तर पूजीँ र बजारले घरेलु श्रमिकलाई मसिन मय बनाइदिन्छ । मानिसले दैनिक विहान १० देखि ५ बजे सम्म विश्वव्यापी प्रचलन सामान्य कारिन्दालाई थाहा नहुँदा उ बढि पेलिन्छ । उसको श्रमको वकालत कसले गर्ने ? त्यही अनुसारको पारिश्रमिक आफू भन्दा उपल्लो कारिन्दाले उपलब्ध गराउने हो भने श्रम र कार्य विभाजन अझ स्पष्ट रुपमा झल्किदो होला ।
माक्र्सले बताएका ऐतिहासिक भौतिकवादले मानिसका इच्छा, आकांक्षा, उपाय, विचार र भावनाहरुको समोचित विकास हुनुपर्नेमा जोड गरिएको छ । यसै अनुसार वस्तु र त्यसको मूल्य निर्धारण र एक काम गर्ने मानिसले त्यस बापत पाउनु पर्ने रकमको बारेमा प्रसंग कोटयाइएको छ । यदि कुनैपनि मजदुरले सामानमा लगानी भएको उसको श्रम बापत उचित रकम नपाउने हो भने उसको आधारभूत आवश्यकता कसरी परिपुर्ति होला ।
हुन त कुनै युग पैसा भन्दा सामान साटा साटमा पनि त चलेकै थियो । यसको तात्पर्य चामल जति बोरा साटियो त्यति कै वजनमा सून साटियो भन्ने चैँ हास्यास्पद हुन आउँछ । ति दुई सामानको मूल्य फरक फरक रहेकै हो पहिले देखि ।
कुनै श्रम गर्दा मानिसलाई त्यो काम प्रतिको लगावले उसलाई ८ दस घण्टा एक्ल्याएको नै हुन्छ । कसैको हात गोडा चल्दा हुन , कोई नक्सा नाप्दा हुन, कोही गाडी चलाउँदा हुन, कोही खान्की पकाउँदा हुन, कोही मानसिक तनावमा काम गर्दा हुन । त्यो अवस्थाले समाजवादी दर्शनशास्त्रि दुर्खाइमले आर्दशवादी विहिन भनेका छन् । उनको जीवन समयमा कारखानामा विदेशमा गएका मजदुर हरु पारिवारीक एक्लोपन, अधिक परिश्रम र मानविय संवेदना अचेत हुने हुँदा अनाहकमा जीवन समापन पनि गर्ने गरेको उनको लेखमा भेट्टाइन्छ । अझ दुर्खाइमले समाजमा सम्पूर्ण मानिसको श्रम प्रति विभाजनको सिमा रेखा कोरीन आवश्यक छ भनेर किटान गरेका छन् । यसरी श्रम विभाजनले मानिसले समाज बुझछ र सामाजिक रुपमा उ उत्तरदायी पनि हुन्छ भनेका छन् । सामाजिक उत्तरदायीत्वलाई पारिवारिक माहोल, साथि सँगी र आफनो काममा प्रयोग हुने अरु साथिहरु बीचमा भावना र श्रम साटासाट हुने उनको तर्क छ बीचमा भावना र श्रम साटासाट हुने उनको तर्क छ ।
माक्र्स,दुर्खाइमले भनेका सबै दार्शनिक चरित्रण समाजको श्रम प्रतिको ऐना होइन र ! आज मजदुर दिवस मनाइरहँदा मानिसको श्रम प्रतिको लगाव, उसको पारिश्रमिक, उसको शारिरीक स्वास्थ्य र मानसिकता अब्बल रह्यो भने मात्र एउटा समाज समाजवादमा कल्पना गरेको सुन्दर समाज होला । खोइ हेरौँ न आजका घटना र आवाज समाचारमा कसरी सुन्न पाइएला !


Tuesday, April 23, 2019

विकास, राजनीति, नैतिकता र सफलता


विकास, राजनीति, नैतिकता र सफलतायस्ता पर्यायवाची आधारभूत शब्द हुन जसको परिभाषा केलाउने खड्को हामी सबैलाई छ । विकास मानव सभ्यतामा जब उदारवादको प्रश्रय भयो त्यही दिन देखि चाहे त्यो प्रजातन्त्रमा नै होस वा समाजमादमा चरम प्रयोगको कार्याशाला बन्दै आयो । जनताद्वारा, जनताको लागी र जनताले नै गर्ने शासन भनि विकासको उठान त मत माग्ने नेताले उठाए । तद अनुरुप मोटरबाटो, संञ्चार, प्रविधिमा त विकास भयो । जनताको आधारभूत विषय स्वास्थ्य, शिक्षा र आवासमा पनि संकुचित विकास भयो । संकुचित यस मानेमा दुर दराजमा स्वास्थ्य र शिक्षाबाट लाभान्वित जनता अझै मर्कामा परेका छन् ।
राजनीतिक रुप जे भए नि जनताका विकासका मूद्वा भाषणमा सिमित छन् । कार्यान्वयनको हिसाबमा नीति नियम र दिगो अर्थनितीको अभावमा नियम राजनीति तरलतामा हाम्रो समाजमा गढेको छ । पार्टी नीतिले जनताको घरमा चुल्हो नभई तरकारीको मरमशला मात्र बनेको छ । यदी सही र जनतामुखी आवाज दिगो अर्थनिती र हाम्रा श्रदेय नेताका मुखवाणी भइदिने हो भने आज आम समुदाय र बरोजगारीमा डुब्दैनथे होलान १ हाम्रो देशको ग्राहस्थ उत्पादन, कुल आयव्यय, बाल मृत्युदर, औषत आयु, विकासको वृद्वि दर बलियो हुँदै दक्षिण एसियामा प्रभावकारी आर्थिक नीति हाम्रो निम्ती गर्व सावित हुने थियो कि रु तर हालकै आँकडाले २०२० सम्म हाम्रो देश ६ दशमलबको हाराहारीमा 
आर्थिक विकासको लक्ष्य पार गर्ने सिलसिलेबार नतिजामा पुग्दै गरेको आभास पनि हामी पाउँछौ ।
     तर पूर्ण रुपमा युवाले शिक्षा ग्रहण गर्ने कोटा, आर्थिक श्रम र विचार पोख्ने ठीक जमघट भएन । उसको शारीरिक र मानसिक स्वास्थ्य दुवै सुधार हुने थियो की रु यसका लागि शिक्षा प्राविधिक र सुहाउँदो हुनुपर्छ । यसको मतलब यसमा छनौट हुनुपर्दैन भनेको चैँ पक्कै होइन । प्रतिष्पर्धात्मक शिक्षाले मानिसमा तिख्खरता ल्याउँछ । र उसको परिशानी हट्न उसले शैक्षिक गुणस्तर अनुरुप रोजगार त पाउनै प¥या नी १
आजको २१ औं शताब्दीमा मानिस शिक्षा आर्जन गरी पनि झन अनैतिक हुँदै गइरहेको छ । आदर्श, समाज, नीति, आदर, सदभाव एक शिष्ट गुण हुन । जुन मानिसमा हुने यस्ता गुण हुँदैन मानिस पथभ्रष्ट हुँदै जान्छ समाजमा पथिट हुँदै जान्छ । नैतिकवान, स्वास्थ्य र आदर्शवादी हुनु विज्ञानको आधारशिला त होइन तर समाजको ईकाई भने पक्कै हो ।
तर एक मानिसले जब सम्पूर्ण जीवनको रथयात्रामा सामेल हुन्छ र दिनहूँ आफ्नो नित्य धर्म गर्छ त्यो मानिस कसरी सफलता नकमाओस । आजको दिन न पुरातनवादी समाज हो , न मातृ समाज हो । आज कुँटी वियालो गर्ने दिन त होइन तर एक्काइसौं शताब्दीको आम मानिसको चालचलन, बानिबेहोरा र संगत बढाइ आफू पनि दुरुस्त हुने उपाय वैचारिक, राजनैतिक, नैतिक, विकास, प्रविधिमात्र नभई उचित अर्थोपार्जन पनि हो की १ 

Saturday, April 13, 2019

Friday Chaitra 29, 2075

आज शुक्रबार, मलाई संसोधनवाद के होला भन्ने प्रश्नले कुत्कुत्याइरहेको छ । संसोधनवाद भनेको विचारमाथि गरिने संसोधन हो । आफैं भित्र प्रश्न गर्दा वाक्क भएको छु । रिमाल जी लाई सोद्दा वहाँ अनविज्ञ रहेको बताउनुहुन्छ । आज रिमालजीले माछा तन्दुरी ख्वाछु भनि चिकेन नान ल्याउनु भएछ तर के सँधै जस्तो चिकेन नै खानुपर्छ भन्ने वाद नै संसोधनवाद हो । म पक्कै साथीहरु सँग वार्तालाप गर्छु अनि त्यसको विश्लेषण हुन्छ कि त !
मैले हिजो वीर अस्पतालमा वाहिर प्राङ्गणमा वसी टिकट काटेँ । डाक्टरसाबले पूर्जीमा औषधी लेखि दिए ग्यास्ट्रिकको दबाइ र वी कम्प्लेक्स त सजिलै पाइयो तर एउटा औषधीको लागि अस्पतालको लेटरप्याड र डाक्टरको सही छाप नै चाहिँदो रहेछ । दश रुपैयाँमा केही पत्ता खाएपछि अलि राहत मिलेको छ ।
संसोधनवाद सम्बन्धि अंग्रेजी किताब त छ कसरी पाना पल्टाउँ । चिसो किचनमा समाजवादका पाना पल्टाउँदा विरामी परेको कुरा सम्झन्छु अत्यासलाग्छ आफ्नै सुत्ने खाटमाथि । भाँडा मस्काउन पानी नहुने अनि राती फोहोर सँगै बस्नुपर्ने बाध्यता अस्पताल गएर आइसकेपछि अत्यास लाग्छ । थर्मसमा तातोपनी सार्दै पढ्दै गर्न त मज्जा लाग्छ । परिक्षाका दिन एउटा कम्पेण्डको क्याप्सोल सिँगै निलियो यसले दिमागका तन्तुहरु चलायमान बनायो र  दिमाग विस्फोट भयो होला ।
यसरी पठन पाठन धेरैमात्रामा अत्यास लाग्दो गर्नु हुँदो रैन रछ ।
भएको के हो भने छातीमा सिरानी राखेर १६ घण्टा निरन्तर घोत्लियो । त्यो नि रिभाइज गर्न । चार पाँचवटा किताब त निलियो । तर परिक्षा आउने सोह्र दिनमा मटरको तरकारी खाएर, चाउचाउ लिन पसल गएर, हरियो केराउको तरकारी के चाखेको थिएँ म त सिकिस्त बनिहाले । सासलिन गाह्रो भयो । त्यसो त परिक्षाका घडिले गुट्खा र खैनी नि सेवन गर्ने बानि अत्याधिक बसेको थियो । मैले स्वास्थ्यमा ध्यान पु¥याउनु पर्ने रहेछ निकै, जब अस्पतालका ढोकासम्म पुगियो अनि थाहा पाइयो ।
त्यसो त म बिट पकडिदा के लिनु र ! भर्खर भर्खर त लेख्दै छु । ब्रोइलर कुखुराको कुरा गर्दा सलकपुरमा साइला मामाले सुन्दर हरैचामा ब्रोइलर पालेका छन् । पकाउने पद्वती फरक हुने हुँदा स्वाद फेरिदो रहेछ तर आज रिमाल जीले ख्वाएको चिकेन तन्दुरी सञ्जु माइजुले दशैंमा पकाएको जस्तो पक्कै थिएन । मैले रिमाल जि सँग कुरा राख्दा त्यसो भन्नु हुन्न भनि झपारे । गर्मी महिना लागेको कारण फ्यान बनाए । काम गर्न थालेको छु, अफिसको काम । अब पढ्ने, कम सोच्ने अनि केही नौला खोज गर्ने समय त भैसकेको छोइन तर बीट पनि त मारेको छुइन ।
तथास्तु !

Thursday, April 11, 2019

Would I could get healthier again as before?

म सोच्दै छु, म माँ छायाँ किन आउँछ, दिमागमा अनायासै शरीरका समस्याहरु किन खुल्छन । मनोवैज्ञानिक रुपमा रोगको त्रास खेल्न थाल्छ अनि बतारिएका आवाजले मेरो शरिर काप्न थाल्छ शरिरको तापक्रम हल्का बढ्दै जान्छ । म पानी खान्छु त्यसैले आराम दिँदैन । तातोपानी खाने विचारमा छु । कता कता मेरो दिमागमा अनाधिकृत रुपमा मनोवैज्ञानिक रुपमा त्रासदी छर्ने मानिसका शब्दका वाण सुन्नुपर्छ मलाई मेरो शारीरिक र मानसिक स्वास्थ्य प्रति दिग्दार लाग्छ ।
टेलिभिजन र रेडियोको सन्देश कुनै उल्टो त भएको हैन ? मानिसका अनौपचारिक र औपचारिक शब्द जालले मलाई दिग्भ्रमित बनाउँछ । आँखाका नानीका तर्कनाहरु ज्सका कारण म स्वयं तर्सिरहेको थिएँ । मेरो लक्ष्य, मेरो सपना, मेरा सोच, मेरो कल्पना सबै माटोमा विलिन भएका थिए ।
माया मैले कसैबाट पाइन । त्यो पाउने विषयवस्तु पनि त होइन रछ ।
आजका दिनमा म अचेत छु सायद सचेतना भन्दा अचेत मजदुर काम लाग्छ होला । आज म पनि एक मजदुर भएको छु तर ज्याला मेरो सोच रहेन । त्यसैले म पैसालाई गौण मान्छु । किनकि त्यो मेरो सोच भन्दा टाढाको विषय हो । तर संसार त पैसा मै अडेको छ ।
खाजा समयमा नपाउनु भनेको धुम्रपान भन्दा हानिकारक विषय हो । त्यसैले खाजा म समय मै खान्छु ।
जे भएपनि म स्नाकोत्तरको जिद्यार्थी त भएको छु यसले मेरो जीवनमा नयाँ किरण रोपेको छ ।
तर धेरै उकोहोरिएर पढ्दा विरामी हुने रैछ । आँखा जचाँउदा डाक्टरले सोडियम भेल्पोरिक एसिड मानिसमा एपिलेप्सि हुँदा प्रयोग हुने औषधी रहेको बताएँछन् । मलाई रिंगटा लाग्छ, मष्तिस्कमा नसाहरु कपेको, टाउको घुमेको जस्तो महसुस हुन्छ । मलाई निन्द्रमा त्यस्तो चक्कर आएर पटक पटक व्युझिन्छु ।
भोलि अस्पताल गएर जचाउँछु सायद अस्पतालको ओपीडी खुलेको छ होला, के म फेरी स्वस्थ हुन्छु त ! अब एकोहोरिएर कहिले दिनको १५ घण्टा पढ्दिन ।

Wednesday, April 10, 2019

chitra 27

आज चैत्र २७, बिहान ५ः३० मा उठेर ड्युटी गर्न सधैँ जसो गाह्रो भएन तर आजको समोसा भिन्नै स्वादको थियो । काम खासै भएन, व्यस्त रहिन आज कम थकित भएँ । आज किताब पढ्ने मेसो आएन । न त कुनै पत्रपत्रिका पढियो कारण ३ घण्टा चश्मा नै थिएन आँखामा । आज कम्प्युटरमा हात अरु दिन भन्दा कम चलाएको कारण पनि होला मानसिक तनाव भएन । तर पुतलिसडक तिर चश्मा लिन जान शुरु चोटी गाह्रो भयो । त्यसो त घाममा नहिँडेको धेरै भएछ । आँखामा हाल्ने दुई ड्रप, डिब्बा औषधि ल्याएँ । ब्लुकट लेन्स पनि राखेर चस्मा तयार गर्न लगाएँ । बेलुकि पाँच बजे चश्मा पनि तयार भयो । साथै मन फुरुङ्ग भएको छ आजराती रिङ्गटा लाग्दैन होला । तर वास्तवमा समोसा, चिया, जेरी साँच्चै मीठो थियो ! 

chaitra 26

आज चैत्र २६ गते, केही समाचार त बनाउन भ्याइन । अस्ति एउटा समाचा लेखौं भनेको मौसम मिलेन ।
बिहान ६ बजे नै उठेँ । उठेर पर के.सी. को होटलमा चिया खाजा मगाए, शुशिल टुप्लुक्क आइपुग्यो । खाजा मगायो आलु चना, पकौडा चिया खाइयो । पैसा उसले तिर्यो । रमाइलो गफ भयो । त्यसरी गफ गरेर रेष्टरामा नखाएको धेरै भएछ । अफिस फर्के ।
त्यति कै मा मिनकुमार आइपुगे । हिसाब किताबको हेक्का राखे । डेक्सटपमा डिजाइन गरेँ ।
त्यसपछि खाना खान घर आएँ । जाँदा सुवर्ण बसेको रै छ ? बुबाको पुरानो साथी । सुवर्ण मजाकको गफ गर्ने मानिस । त्यसपछि सुवर्ण अंकललाई चिया दिएर भए पनि गफ गर्न भ्याएँ ।
त्यसपछि कार्यक्रम संयोजक अरुणा लामा साझँका उत्तम रिमाल आए । मेरा बारेमा खासखुस कुरा काट्दै थिए । आमा हस्पिटल जान भनी जबरजस्तपैसा मागि लागिन । यसो पोखरेल अंकलकोमा गएको त नयाँ पत्रिकामा प्रकाशित एउटा लेखमा हस्पिटल ओपीडि सेवा लगायत सबै बन्द लेखिएको पाएँ ।
बिरामीको कुरा गर्दा म पनि बिरामी भएको छु । च्यानल नेपालमा काम गर्दा गौशाला देखि म बिरामी भएको थिएँ । मलाई त्यतिबेला आर्थिक अभावका कारण सो मिडिया छोड्नुपर्यो। त्यसपछि जिन्दगी देखि फ्रस्टेसन भएर आयो । म बौलाउँदै गए । त्यसपछि मानिसले मलाई दायाँ बायाँ हेर्न थाले । त्यो घडी शंकटकालको थियो । मानिससँग डराउने रोग मलाई लाग्यो ।  क्याम्पसदेखि इन्टर्नमा काम गर्न गएको मान्छे म निकै हौसिए छु । मेरा सपना एकै चोटीमा भताभुगं भयो । त्यसपछि मलाई कोमा भयो । खाना खान खाटमा मात्र खान थाले । फ्राई चाउचाउ, मासु (कुखुरा,खसी), काक्रो, बदमका केस्रा, नरिवल मेरा खानकी हुनेगर्थे । मेरो आँखामात्र चल्थ्यो । केही नौला मान्छेले मलाई घुरेर हेर्थे म डराउँथे । म एक दिन आँखा चिम्लीदा भगवान गणेशलाई सपनामा सजिव देखेँ । भगवानको प्रत्यक्ष स्वरुपको दर्शन दिनुभयो अनि भन्नु भयो के माग्छस माग । मैले माभगवान सँग आउने बेलाको शान्ति प्रकृयामा हाम्रो देशमा शान्ति छाओस र आदरणिय गिरिजाबाबु र कमरेड प्रचण्ड बीचको वार्ता सफल होस भनि वरदान मागे । त्यसरात २०६२ तिर गौशालामा भूकम्प गए जस्तो भयो । कुकुर भुकेको आवाज गुञ्जायमान भयो । म कोठा माथि पुगेँ । बुबाले थाम्दै मलाई मेरो खाटमा ल्याउनु भयो ।
त्यसदिन देखि मेरो कोठा बाहिर कदम परेन । त्यस समय क्रान्तिको समय थियो । राजा ज्ञानेन्द्र विरुद्ध घन्किएका स्वरहरु एक एक चोकमा घन्किएका थिए विशेष गरी चक्रपथ वरिपरी । आठ दलको संयुक्त जुलुस २४ दिन सम्म चलेको थियो । म त टिभी नै हेर्दै थिएँ । तर गणतन्त्रको नारा सडकमा कोरिँदा म धेरै खुसी भएको थिएँ । सोचेथेँ गणतन्त्रले हामी जस्ता युवाको भविष्य फेर्ने छ र जनताको छोरा राष्ट्पति बन्न पाउनेछ ।
त्यसपछि मेरो एकोहोरो काम खाटमा टिभि हेर्नु नै थियो । त्यसबाहेक विगतका १६ वर्षमा अन्य काम केही भएन हेर्ने बाहेक ।
एउटा विमली भन्ने गौतम भन्ने मुटु छुने साथी थियो । एक दिन उसकोमा पढ्न भनि पत्रकारिताका किताब बोकी म गएँ । पछि उसले च्यानलमा कान फुक्यो क्यारे पाक्न लागेको जागिर छोड्नु पर्ने भयो । त्यसपछि मैले १५ वर्ष खाट मै टिभी दर्शन गरेँ ।
यौन मेरो लागि के को प्यास हुनु यो त अतृप्त एकल बासमा सिमित भयो धेरै वर्ष ।माया कुनै स्त्रि सँग हुने हुँदै भएन ।
मेरा शुरुका मिडिया छोडेका दिनमा मानिसहरु चिल्लाउथे, अचम्म मान्दै विदेशी आगन्तुक कोठा बाहिर पशुपतिमा पछाडी लाग्थे । मलाई उसले पो मद्दत गर्ने सोची नज्दीक जान्थे उ वतासिन्थ्यो । फेरी हाँसेर अर्को विदेशी केटी आउँथी र अर्को तिर लाग्थी । सर्वत्र मानिस मेरो कुरा काटथे । मलाई लाग्थ्यो म आफै तत्कालीन आतंककारी माओवादी त होइन ? समय र मानिसका घोचिला आँखा र सन्त्रासले मलाई माओवादी विचार मनन गर्न अग्रसर गरायो । दमनले एक्लै कोठामा टिभि हेरिरहेँ । तर हाँसोलाग्दा कुरा त के भने  माओवादी र कम्युनिष्ट भन्नेहरु नै म देखि म स्वयमंलाई पागल बनाई टाढा भाग्थे । मलाई कोठामा गाह्रो परेको थियो ।
आज डिजाइन गरे । ३,५० पिस फाइनान्सको रेट बुझन आएका थिए । लेँखे, पढेँ त्यति ।
तर हिजो मैले विश्व स्वास्थ्य दिवसको बारेमा समाचार लेखेको थिएँ । डाटा प्रशोधन भएन ।
आज घाँटीको टेन्सन छ । घाँटीमा साग अडकिएको रहेछ ब्रस गर्दा थाहा पाएँ। ऋस्पतालको ओ.पि.डी सेवा सञ्चालन भएपछि घाँटी जचाउनु छ।
त्यसो त गौशाला हुँदा खेरी थुक निल्न गाह्रो हुन्थ्यो ।

देउवा पक्षको सचिवालयको विज्ञप्ती

काठमाडौं । नेपाली काङ्ग्रेसको राष्ट्रिय महाधिवेशन मंसिरमा तय हुने प्राय निश्चित भएको छ । पार्टी एकताको लागि बारम्बार प्रयास हुँदा उता कार्यक...