www.smoonsharma.blogspot.com

Sunday, February 9, 2014

अनौठो शहरमा रुमल्लिएको जीवन

काठमाडौं एउटा व्यस्त शहर ! यस्तो व्यस्तता जहाँ मानिसका मनमा केही न केही नौला नौला सपना बुनिएका हुन्छन । हजारौं अपरिचित मान्छे कसैसँग सम्पर्क नभए आफू नै अपरिचित  जस्तै भइने राजधानी त भन्नु मात्रै ? तै पनि के गर्ने ? आफ्नो पढाईको शिलशिला र काम पनि खोज्नु पर्यो भनि मैले यो शहर यावत कठिनाइका बावजुत रोजें ।
बाल्य काल सम्ँिझदा कसलाई आनन्द लाग्दैन र ? समय गएको अत्तोपत्तो नहुँने । बालापन सम्झेर ल्याउँदा त धुरुधरु रुनु जस्तै हुने ?
कहिले हिसाब र विज्ञानका सुत्र घोक्न नआँउदा शिक्षकको लठ्ठी खाएको सम्झना आउँछ र त्यसै हाँस पनि उठ्छ अहिले । संगै साथीहरु संग भेट भइ भलिबल खेलिन्थ्यो । न कसैको डर न केहीको त्रास कस्तो आनन्द ? साथीहरुसंग ठ्ट्यौली, अनि मिलिजुली पढ्ने बानी । त्यस्तो फुर्सदीलो दिन कहिले आउला र अहिले । साह्रै राम्रो समय थियो अब त्यो दिन त फर्केर आउँदैन ? के गर्ने ?
त्यसपछि  प्रविणता प्रथम वर्ष शुरुवात ताका नै अफ्ठ्याराका दिन गन्ती भए । पढाइका साथ साथै काममा व्यस्त हुनुपर्ने पनि त थियो । काम बिनाको आराम कसलाई पुरा हुन्छ र ? राजा देखिन राष्ट्रपति सबैलाई काम गर्नुपर्ने हुन्छ भने हामी त साना तिना झ्याउरे मानिस ! खाली हात यो शहरमा बाँच्न सकिने कुरो पनि भएन । पारिवारिक स्थिती उच्च भएको भए त ती समस्या झिना मसिना हुने थियो होला । त्यसकारण एउटा कम्प्युटरको अफिसमा बसेर डिजाइनरको काम गर्दै मैले पत्रकार हुने सपना बुनें ।
तर मानिसको इच्छा, आकाँक्षा त सम्भव होला तर सपना कहाँ त्यसै पुग्छ । म एउटा टि.भीमा ३ महिने तालिम बेतलबी पत्रकारको रुपमा काम गरेँ । जब नयाँ नयाँ मानिसका संगोलमा पुगेँ । केही नयाँ कार्यक्रम र नयाँ नयाँ जमघटमा भेटघाट हुने जमर्को भयो । अनि आफू भन्दा केही दिग्गज व्यक्ति सँग भेटने मौका पाइयो म निकै आनन्दीत भँए । देशका ठूला पार्टीका नेता, व्यापारी, फिल्मका नायक भेट्दा म आनन्दीत हुन्थे । तर जब आफ्नो जीवन सोच्थें त्यो भ्रम हो कि भन्ने मान्थे ।
अनायासै मैले मेरो पेशा छोड्दा म भ्रममा भुमरिएँ  । एउटा यस्तो भ्रम जहाँ दिमागका रेशा रेशामा कोही मानिस देख्दा डर, त्रास र धम्की दिएको जस्तो  । म विल्कुलै पागल भएको थिएँ । अनि डाक्टरको सुझाव अनुसार मैले पुरा ओछ्यानमा बस्नु पर्यो । पाँच वर्ष अन्तराल त्यसै वित्यो । मेरो एउटै साथी थियो टि.भी. । यस बाहेक अन्य साथीको संगोल त के ? परिकल्पना पनि भएन । त्यो कुरा मेरो जीवनको कटुता थियो । आजकल म भ्रम र वास्तविकतामा फरक त केलाउन सक्दिन तर मायाको लागि म सम्झौता गर्नै सक्दिन । किनकी त्यो दौरानमा मैले माया भन्ने पटक्कै पाएको थिइन ।


Wednesday, November 27, 2013

अध्याँरो रात, तिम्रो मुस्कान मेरै लागी

अध्याँरो रात, तिम्रो मुस्कान मेरै लागी
अध्याँरो रात तिम्रो मुस्कान मेरै लागी
कल्पिदै बस्छु त्यो साथ
कल्पिदैं बस्छु त्यो साथ
मायालु तिम्रो अधर नी मेरै लागी ।
साथ पाउन सकिन जीवनमा कहिले
तिम्रो मुस्कान देउ न जान्छु म कहाँ ।
अध्याँरो रात तिम्रो मुस्कान मेरै लागी ।

साथ हो यो तिम्रो लागी ।
मेरो मुस्कान नी तिम्रो लागी ।
तिम्रो मुस्कान नी मेरा लागी ।
अध्याँरो रात तिम्रो मुस्कान मेरै लागी ।

मिलन कहाँ भयो र तिम्रो र मेरो
विछोड नि भएन ।
साथ पाउन सक्छु कि मँ ।
के तपस्या गरु  प्रिय ।
कस्तो वाचा गरु कति कठोर बनुँ ।
अध्याँरो रात तिम्रो मुस्कान मेरै लागी ।

फक्रिएको सूर्यमुखी फुल जस्तो तिम्रो आँखा ।
गुलाबी तिम्रो ओठ ।
नागबेली तिम्रो चाल ।
कहाँ बिर्सन सक्छु मँ  ।
अध्याँरो रात तिम्रो मुस्कान मेरै लागी ।

घाइते भई तिम्रो तस्विर हेर्छु ।
तिमीलाई भेट्ने वाचा नी गर्छु ।
दिनहरु वित्दै गए पलको कुरै छोडौं ।
चोखो माया देऊ है प्रिय यही नै छ आशा र विश्वास
अध्ँयारो रात तिम्रो मुस्कान मेरै लागी ।

Monday, November 25, 2013

आग्रह र त्यो वेवास्ता
सोमबारे हटीया दौंतरी त थिएन्न त्यो बेला मेरो ।
हरेक क्षण र थकान बिर्सिन गएका थिए ती महिला सब्जी भिन्डी ।
उनीहरु संगको मेरो भेट ।
गफ गाफ गरियो अनि गइयो नजिकैको राँकेको दोकान ।
मुसुक्क हास्ँदा चाउरी परेको मेरो छाला ।
२ पोक्ची रसिला रसिला
सेवारो है सोल्टीनी भन्दा वोलिनन् ।
खाइयो तुन्बा र सुकुटी सेक्पारे सेक्पारे ।
मेरो तालु, छाती र Money Empty उनीहरु माथिका रे साहुनीले भनीन् ।
आग्रह र त्यो वेवास्ता
अनि त्यो मेरो कामिरहेको हात ।

Friday, November 22, 2013

मेरी आमा

मेरी आमा
मेरी आमा अस्पष्ट छिन् ।
तर उनी मलाई मुठ्ठी भरी खान दिन्छिन् ।
रातारात म प्रसन्न हुन्छु ।
तरकेही क्षण म त्यसलाई तिरस्कृत मान्छु ।
इच्छा मेरो भएपनि संस्कृति मेरो आमाको मान्छु ।
संसारले मेरो आमालाई गरिबिको धरातलमा छुपाएको छ ।
म उनलाई पूजा गर्छु ।
यदी मेरी आमालाई धनको खाँचो छ भने म आँफै धनी बन्छु ।
मेरी आमा ज्ञानकी सागर बन्छिन् भने मपनि उनलाई अवुझ भनी देखाउन चाहन्न ।
जीवन लाटो, अस्पष्ट, अँध्यारो चाहन्छिन भने म त्यस्तै बन्छु ।
किनकी मेरी आमा अध्यारो कि पुजारी हुन् भने
म मेरी आमालाई जनजाल बाट छिचोल्दै उज्यालो तर्फ लानेछु ।
किनकि मेरी आमा अध्यारो भन्दा माथि छिन् भने
उनलाई मेरो एक मुस्कानले प्रफुल्ल बनाइदिनेछ ।
र म उनको पेट,दिमाग र स्वभिमानमा कहिले लात मार्ने छुईन ।

Wednesday, October 23, 2013

A Lazy Dog

A Lazy Dog
A dog who never barks
who marches on his way in search of dough.
A loaf of beef he seek once again amused it.
Now, searching water sleeps twelve hrs a day.
When, a milky bar was gift for him
He shakes a tail.
It was unknown about his ways.
A day after, one dog appeared to his side.
It use to have noodles.
It was fond of hamburgers.
It goes to school to it's master.
It use to bark.
As time passed on, the dog barks as though now he doesn't go to school.
He gets up early.
  

Wednesday, October 16, 2013

सन्नाटा

सन्नाटा
सन्नाटा यस्तो  सन्नाटा जहाँ म हराउँछु ।
बिल्कुल एउटा हराएको मानिसको चित्रण ।
जहाँ विचार केही हुनेछैनन् ।
त्यहाँ मानविय प्रतिध्वनी मात्र हुनेछ ।
त्यहाँ सोच्न समेत पाइनेछैन ।
त्यहाँ  खाना अरुले मगाइएको खानुपर्नेछ ।
जहाँ आफ्नो सोच अरुले त्यसै चाल पाइदिनेछन् ।
यहाँ हास्न पाइने छैन, आसु पनि खस्न पाइनेछैन ।
त्यहाँ यौन मारिएको हुनेछ ।
एउटा कुकुर जंगलमा भौतारिएको जस्तो ।
यौन कुण्ठाको लागि स्वयं प्रताडीत हुनुपर्नेछ ।
त्यहाँका चारै ढोका हरहमेसा बन्द गरिनेछ ।
बाहिर निस्कदा त्यो कैदीलाई सबैले नचिन्ने ।
सांगली लाएर पागल कुकुरलाई
मासु दिएर फकाईएको जीन्दगी ।
त्यही सन्नाटा अनी त्यो कैदी । 

Friday, September 27, 2013

Miracle
A lady rush to mine Manson. Says hello?
Curtains wide open  closed again, doors banged, red light flashed.
A  glimpse makes  cool and bloomed.
Staring makes her nervous & blinking eyes as ocean.
Apple chicks, orange nipples want to hug, kiss & bite the lovely lips.
Later, A proclaim come in Massachusetts womb is mine.
Need DNA, frustrates  her to likely to murder.
Never be a companion to thy bitch, they ruin innocence
If it would be than it would be a miracle.

हिन्दी चलचित्रकी अभिनेत्री पत्रकारको बारम्बारको प्रश्नपछि बनिन रिसहा

बलिउड । काठमाडौं । चलचित्र “दायरा”को रिलिजपछिको फोटो शुटमा अभिनेत्री करिना कपुर रिसले आक्रामक भएकि छिन् । वास्तवमा पत्रकारले उनलाई देव्रे पट...